IMG-LOGO

डम्बरु दाहाल प्रमुख प्रशासकिय अधिकृत रोशी गाउँपालिका

 मंगल, असोज २०, २०७७  रमेश प्रसाद न्यौपाने

    धनकुटा ..... जोर पाटी गाउँपालिकामा जन्मनु भएका डम्बरु दाहाल सुनसरी हुलाक कार्यालय मुखिया पदाबाट जन सेवा गर्न शुरु गर्नु भयो । विगत १० वर्ष देखि स्थानीय निकायमा कार्य अनुभव बटुल्नु भएको छ । २०७५ चैत्र १८ गतेबाट रोशी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत पदमा जिम्मेवारी समाल्नु भएको छ । नयाँ संघीय संरचना अनुसार स्थानीय तहको निर्वाचन पछि पालिकाहरूमा जनताहरूको असिमित विकासप्रतिको चाहनामा आवश्यकताको आधारमा भौतिक पूर्वाधारको विकासमा प्रगति भएको तर्क राख्नु हुन्छ । दिगो लक्ष्य प्राप्तिका योजना कार्यान्वयनमा नीति निर्माण भए पनि जनताका अधिक विकासका चाहाना साना साना टुक्रे विकासका योजना निर्माण गरी कार्य गर्नु पर्दा गाउँपालिकाले निर्धारण गरेको उद्देश्य अनुरुप प्रतिफल हुन नसकेको बताउनु हुन्छ । कोभिड–१९ प्रकोपमा रोशी गाउँपालिका समग्र विकासमा पारेको असर कोभिड–१९ प्रकोप रोकथाम तथा नियन्त्रण गर्न कर्मचारीको व्यस्थापन र स्थानीय पालिकाहरूको विकासका चुनौती के हुन भन्ने सन्दर्भमा रोशी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत डम्बरु दाहालसँग रोडियो एविसि एफ.एम. ८९.८ मेगाहर्जमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।
१. कोभिड–१९ प्रकोपको कारण रोशी गाउँपालिकाको समग्र विकासमा कस्तो प्रभाव पा¥यो । यो अवधिमा कर्मचारीको प्रवन्ध कसरी गर्नु भयो ?
    कोरोना भाइरस कोभिड–१९ प्रकोपले विकास निर्माणका कार्यमा शरुमा केही समस्या आए डेढ पहिना जति कार्य हुन सकेन । गत आर्थिक बर्षमा बैशाख मसान्त भित्र उपभोक्ता समितिसँग योजनाहरूको तेस्रो सम्भौता सक्नु पर्ने नीति हामीले बनाएका थियौँ, सोहि अनुसार नै भयो । बैशाख अगाडि नै पूर्वाधार विकासका योजनाहरू ५० प्रतिशत सम्पन्न भएका थिए । बन्दाबन्दीको कारण आन्तरिक आयश्रोतमा संकुचन आयो । डेढ कारोडको लक्ष्य राखेका थियौँ । एक करोड राजश्व संकलन भयो । ढुङ्गा खानी सिफरिस र मालपोत दस्तुर हाम्रो गाउँपालिकाको आयश्रोत हो । साढे ५ करोड ५० लाखको बजेट विनियोजन गरिएको थियो । गत आर्थिक बर्षमा भौतिक उपलब्धी ९० प्रतिशत हाँसिल भएको छ । आर्थिक पक्ष ९० प्रतिशत भन्दा कम भएको छ । चालु आर्थिक बर्षमा ६ करोडको अनुमानित बजेट र डेढ करोडको प्रक्षेपण गरिएको छ । सरकारले विकास निर्माणलाई सुचारु गर्न यातायात साधन सञ्चालनमा सहजता प्रदान गरेको हुदाँ निर्माण सामग्री उपलब्धता भएको हुदाँ भौतिक संरचना निर्माण हुन सकेको हो । समपुरक बजेट केन्द्र र प्रदेशको लगानीमा भएका ५÷६ वटा सडक योजना पुरा हुन सकेका छैनन् । क्रमागत रुपमा कार्य गरिने अवस्थामा छ । कोभिड–१९ को कारण केही समय कर्मचारी व्यवस्थापनमा असहजता भयो । स्वास्थ्य संस्थाका कर्मचारीहरू भने दैनिक रुपमा खटि रहनु भएको छ । त्यस्तै दैनिक सेवा प्रवाहका सवालमा २५ प्रतिशत कर्मचारीले कार्यालय सञ्चालन गर्न, स्वास्थ्य मन्त्रालय र विश्व स्वस्थ्यय संगठनले निर्धारण गरेको मापदण्ड अनुरुप पालना गरी कार्यालय सञ्चालन गरियो । २०७७ भाद्र देखि त नियमित रुपमा कर्मचारीहरूको व्यवस्थापन गरेर जनतालाई सेवा प्रवाह गरेको छ ।
२. गाउँपालिकाको पूर्वाधार तथा शैक्षिक क्षेत्रको विकासलाई कुन रुपमा निय...... सकिन्छ ?
    बागमती प्रदेशको समपुरक बजेटबाट निर्माण चरणमै रहेको छ नारायणथान देखि कटुञ्जेबेसी सडक सञ्जालको विस्तार, ११ वटै वडा कार्यालयहरूको आफ्नै भवन निर्माण भएका छन् । एक घर एक धारा जडान गरी सबै जनताहरूलाई खानेपानी उपलब्धता खानेपानी आयोजना केही निर्माण अभियान निरन्तर जारी छ । सुत्केरी आमा र बच्चाहरूलाई पोसिलो आहार वितरण, जेष्ठ नागरिक सम्मान, माछा पालन व्यवसाय सञ्चालन गर्न प्रोत्साहित गरिएको छ । मौरी पालन, गाइ,भैँसी, बाख्रा पालन गर्ने किसानहरू जसले तनमन धन लगाएर उत्कृष्ट कार्य गर्नेलाई पुरस्कारको व्यवस्था गरिएको छ । त्यस्तै गरी संस्थागत सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर बृद्धि गर्न शिक्षक कर्गहरूलाई समय सापेक्ष तालिमको प्रवन्ध गरिएको छ । सामुदायिक विद्यालयहरूमा दरबन्दी अपुग भएको स्थानमा गाउँपालिकाले एक खालको आधार तयार गरी १५ विद्यार्थी बराबर एक शिक्षक गरी दरवन्दी मिलान गरियो। अपाङ्ग असाहय टुहुरा बालबालिकाहरूको लागि निःशुल्क शिक्षा आवश्यक शैक्षिक सामग्री वितरण छात्रबृद्धि प्रदान गरियो । आगामी २ बर्ष भित्र सबै गाउँपालिकाका बासिन्दालाई स्वच्छ खानेपानीको प्रबन्ध गरिने छ । पर्यटकीय क्षेत्रको विकास गरी आन्तरीक बाहिय पर्यटकहरूलाई आकर्षण बढाउने तीन धारे झरनालाई पर्यटनको रुपमा विकास गर्न त्यस भेगका जनताहरूले होम स्ते सञ्चालन गर्न चाहनेहरूको लागि अनुदान रकमको व्यवस्था मिलाउने कार्य भएको छ । कृषिमा आधुनिकिकरण ल्याइ उत्पादनमा वृद्धि गर्न मल विउविजनमा अनुदान कृषि उपकारणमा अनुदान दिने गाउँपालिकाले निर्णय गरेको छ ।
३. मानवीय चेतनाको विकासको साथ साथै शिक्षा र स्वास्थ्य क्षेत्रको दिगो विकासको प्रमुख आधार हुन त अझै सकेन नी ? यसमा तपाइँ के भन्नु हुन्छ ?
    विकसित राष्ट्रहरूका सबै योजना नै दिगो लक्ष्य प्राप्तीका नै हुन्छन् । उत्पादन क्षेत्रमा आत्मनिर्भर रहनु आन्तरिक आय श्रोतले बजेट निर्माण हुन्छन् । विकासोन्मुख देशको अर्थतन्त्र आयतित अर्थतन्त्र छ । आत्मनिर्भर हुन सकेको छैन् । साधारण तथा प्रशासनिक खर्च वेसी पूर्वाधार, शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा आर्थिक पूँजी लगानी कम छ । जनताका इच्छा चाहना विकासका असिमित आवश्यकता छन् । भौगोलिक विकटता छ । देशमा प्राविधिक क्षेत्रको दक्ष जनशक्तिको अभाव छ । शिक्षालाई उत्पादन र उद्योगसँग जोड्न सकिएको छैन् । युवा जनशक्ति विदेश पलायन भएका छन् । मानविय चेतनाको विकसित भएको छ । जातिय, क्षेतीय, नजिकको गाउँपालिका र नगरपालिकाका विकासका मोडलहरूले प्रभाव पार्ने ससाना योजनाहरूमा बजेट छुट्टाउनै पर्ने अवस्था छ । हाम्रो गाउँपालिकाले ५ लाख भन्दा कम बजेटको योजना नबनाउने नीति अँगालेको हो । तर कार्यान्वयन गर्न निक्कै कठीन भएको छ । जनप्रतिनिधिहरूले हिजो जनताका विचमा आ–आफ्नो वडामा भएका विकासका समस्याको समाधान गर्न प्रतिबद्धता व्यक्त गरेको हुँदा त्यहि बिषयलाई ग..... माग राख्ने हुन्छ । जनताका विकासका अधिक अांकाक्षा र आवश्यकतालाई सिमित श्रोत साधनको सदुपयोग गरेर कार्य गर्नु पर्दा विकासमा दिगो पन आउन कठीन छ । भौतिक पूर्वाधार सडक भवन निर्माण कार्यले पूर्णता पाए पछि शैक्षिक तथा स्वस्थ्य क्षेत्रको सेवा सबैमा पु¥याउन स्वास्थ्य सेवा सुविधा वृद्धि गर्न निःशुल्क उपलब्ध गराउन त केन्द्रिय सरकार लाग्नु पर्छ । स्थानीय सरकारले मात्र गर्न सक्ने हुदैँन माद्यामिक तह सम्म त शिक्षा प्रदान गरेर सबैलाई उद्यमी व्यवसायी बनाउनु आजको आवश्यकता हो । प्रदेश र स्थानीय सरकारले योजना नीति नियम ऐन बजेट निर्माण गरेर कार्यान्वयन गर्ने गरी अघि बढ्नु पर्छ । अनि मात्र दिगो लक्ष्य प्राप्ती हुन्छ ।
४. कर्मचारी तन्त्रको ढिला सुस्ती गर्ने परिवर्तनलाई आत्मसाथ गर्न नसकिएकै करण विकास निर्माणमा थप श्रृजना भएको बुझई छनी जनतामा यसमा तपाइँ के भन्नु हुन्छ ?
    देशको समग्र विकास र समृद्धिमा कर्मचारी तन्त्रको साथ रहन्छ । जन प्रतिनिधि र कर्मचारी वर्ग जनताका सेवक हुन कर्मचारी वर्गले परिवर्तनलाई आत्म साथ गरेका छन् । समाजमा सबै प्रकृतिको सोच भएका मानिस हुन्छन सबैलाई चित्त नवुझेको हुन सक्छ । कर्मचारी वर्ग भनेका ऐन नियमको घेरा भित्र रहेर पालना गरी जनताहरूलाई सेवा प्रवाह गरिएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्