IMG-LOGO

आन्तरिक तथा बाहिय क्षेत्रको पर्यटकहरुको गन्तव्य स्थल बनाउनु छ प्रेमकण्ठ माकजु अध्यक्ष क्षेत्रीय होटल संघ धुलिखेल, काभ्रे

 मंगल, असोज २०, २०७७  रमेश प्रसाद न्यौपाने

    २०५२ साल फगुण देखि धुलिखेल लज रीसोट सञ्चालन गरी होटल व्यवसायलाई नै आफ्नो कर्म थलो बनाइ अघि बढ्नु भएका व्यवसायी हुनु हुन्छ प्रेमकण्ठ माकजु काभ्रे जिल्लाको धुलिखेल रमणीय र स्वच्छ हावापानी व्यवस्थित शहर आन्तरिक तथा बाहिय पर्यटकहरूको आकर्षणको केन्द्र विन्दु बन्दै गएकोमा आफू निक्कै हर्षित भएको बताउनु हुन्छ । क्षेत्रीय होटल संघ काभ्रेका अध्यक्ष एवं धुलिखेल लज रिसोटका प्रवन्ध निर्देषक प्रेमकण्ठ माकजु काठमाण्डौ देखि ३० कि.मि. नजिक रहेको धुलिखेललाई आन्तरिक तथा बाहिय दुबै क्षेत्रको पर्यटनहरूको आकर्षण बढाउनु पर्ने, साथै ग्रामिण तथा पर्यटन विकासको मुख्य केन्द्र निर्माण गर्न स्थानीय सरकारले सहयोग पु¥याउनु पर्ने धारणा राख्नु हुन्छ । कोभिड–१९ प्रकोपलले पर्यटन क्षेत्र नराम्ररी थला परेकोले पुनर जन्म दिन स्थानीय तथा प्रदेश सरकारले स्पष्ट नीति निर्माण गरी व्यवसायीहरूलाई बैँक व्याजमा छुटको प्रवन्ध गर्ने प्रवन्ध गर्न सक्नु पर्छ भन्ने उहाँको तर्क छ । कोभिड–१९ प्रकोपले समस्या ग्रस्त व्यवसायलाई जीवन्तता दिन क्षेत्रीय होटल संघ काभ्रेले आन्तरिक पर्यटकलाई भित्रियाउन १५ प्रतिशत छुटको प्याकेज  निर्माण गरी सूचना प्रवाह गरी धुलिखेलका ४५ वटा होटलको व्यवसायिक अवस्था सुधार गर्ने योजना रहेको क्षेत्रीय होटल संघ काभ्रेका अध्यक्ष माकजु बताउनु हुन्छ । समग्र काभ्रे जिल्लाको पर्यटन क्षेत्रको विकास, पर्यतकहरुको गन्तव्य बनाउने नयाँ योजना के छन भन्ने सन्दर्भमा रेडियो एविसी एफ.एम. ८९.८ मेगाहर्जमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।
१. क्षेत्रीय होटेल संघ काभ्रेको नेतृत्वमा पुन निवाचित हुनु भयो कास्तो अनुभुति भयो ?
    विगत २५ बर्ष देखि निरन्तर रुपमा पर्यटन क्षेत्रको सकारात्मक विकासमा लागेको छु । होटल व्यवसायको प्रवद्धनमा सामुहिक रुपमा जुटेर कार्य गर्न अभिप्रेरित गर्दै आएको छु । होटल व्यवसायि मित्रहरूले कार्यको मुल्याङ्कन गरेर आफूलाई पुनः अध्यक्ष पदमा रहन आग्रह गर्नु भयो । सबैको साथ सहयोगले म निर्वाचित भएको छु । सामुहिक प्रयासबाट एकता बद्ध भइ आन्तरिक पर्यटन भित्रियाउनुका साथै काभ्रेका सबै होटलहरूको व्यापार व्यावसाय बढाउन लाग्नु पर्छ । स्वादिस्ट परिकार गुणस्तरीय सेवा सुविधा दिन सबै प्रतिबद्ध भएर लाग्नु पर्छ । आपूmलाई अध्यक्षको जिम्मेवारी दिनु भएकोमा सबै प्रति आभार व्यक्त गर्दछु ।
२.कोभिड–१९ प्रकोपले समस्या ग्रस्त रहेको पर्यटन क्षेत्रलाई पुनर जीवन दिने नयाँ रणनीतिक योजना के छन् ?
    विश्वमा फैलिएको कोरोना भाइरस कोभिड–१९ प्रकोपले विश्व अर्थतन्त्रलाई संकटमा धकेलिदिएको छ । मानवीय जीवनको रक्षा गरी भोक र शोकले मर्ने अवस्थालाई चिर्नु नै आजको ठुलो चुनौती हो । पछिल्लो समय नेपालमा कोरोना संक्रमण झन बढ्दै गएकोले  सजग र सतर्क रहनु पर्छ । हालसम्म ५ सय २० जनाको कोरोनाबाट मृत्यु भइसकेको छ । २०७७ चैत्र ११ गतेबाट कोरोनाको कारण बन्दाबन्दी गरेको भए पनि बन्दाबन्दी अवधिभर कोरोना संक्रमण झन बढ्दै गयो घटेन । विज्ञहरूले पनि बन्दाबन्दी समस्या समाधान हैन । विकल्प खोजेर समाधान गर्नु पर्छ भनेको छ । विश्व स्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुरुप व्यापार व्यावसाय निर्वाध रुपमा सञ्चालन गर्न दिनुपर्छ  आम नागरिकहरू अनुशासित भइ स्वास्थ्य मापदण्डलाई पालना गर्नु पर्छ । कोरोनालाई परास्त गर्नु एकता बद्ध भइ लाग्नु नि पर्छ । सँग सँगै कार्य पनि गर्दै जानु पर्छ । कोरोना कोरोना भन्दै अल्झेर मात्र हँुदैन । व्यवसायीहरूले व्यापार व्यावसाय सजग र सतर्कताका साथ अघि बढाउने, कृषकहरूले खेति बारीमा उत्पादन बृद्धिमा ध्यान दिइ खेतियोग्य जमिन बाँझौ नराख्ने, होटल व्यवसाय सञ्चालन गर्ने सञ्चालकहरूले पनि पर्यटन क्षेत्रको विकासमा लगनसिल भइ आ–आफ्नो क्षेत्रको जिम्मेवारी पुरा गरी अघि बढ्नुको विकल्प छैन । व्यावसायिक क्षेत्र सबै तहसनहस भएको हुँदा केन्द्र, प्रदेश र स्थानीय सरकारले व्यवसायलाई धारासायी हुनबाट रोक्न आर्थिक राहत प्याकेज सामान्य ढङ्गबाट ल्याएको छ । ऋणमा २ प्रतिशत व्याज छुट र थप कर्जा उपलब्धले मात्र पुग्दैन् । उद्यम व्यवसाय गर्ने उद्यमीलाई ३ देखि ४ प्रतिशत व्याजमा ऋण उपलब्ध गराउनु पर्छ । नाफा आर्जन नभए सम्म कर लिनु भएन् । होटल व्यावसायले पनि देशमा रोजगारी श्रृजना गरेका छन् । प्रोत्साहित गर्नु पर्छ । त्यस्तै कृषकहरूलाई उत्पादनमा बृद्धि ल्याउन प्रोत्साहित गरी मल विउ विजन कृषि औजारमा ७५ प्रतिशत सम्म  छुट दिएर उत्पादन बढाउनु प¥यो । आयत घटाउने निर्यात बढाउने कार्य गर्नु पर्छ । अहिले काभ्रेमा होटलमा कार्य गर्ने एकहजार दुई सय मजदुर छन् । सरकारले बन्दाबन्दी खुकुलो गरे सँगै १५÷१५ दिन रोटेशन मिलाएर मजदुरहरूलाई काम गर्न दिइएको छ । हामी तुरुन्तै धुलिखेलमा पर्यटन सूचना केन्द्र स्थापना गर्ने छौँ । पर्यटन क्षेत्रको व्यवसायिक विकास ग्रामिण पर्यटन क्षेत्रको गन्तव्य धुलिखेललाई बनाउन योजना अघि सारेका छौँ । स्वच्छ हावा पानी मनोरम वातावरण छ । काठमाण्डौ देखि ३० कि.मि. नजिक रहेको धुलिखेलमा पर्यटकहरूको गन्तव्य बनाउनु नै हाम्रो मुख्य लक्ष्य छ । ठूला होटलहरू नै ४५ वटा छन् । सबै होटलहरूमा आन्तरिक तथा बाहिय पर्यटकहरूको आकर्षण बढाउने ग्राहकलाई गुणस्तरीय खानाका परिकार खुवाउने हाम्रो उद्देश्य हो । अतिथि सत्कार गरी सेवा सुविधा प्रदान गर्नु पर्छ । होटल व्यवसायिहरू सँग एक चरण छलफल भइ सकेको छ ।  आगामी २ हप्ता भित्रै बैठक बसेर कोभिड–१९ प्रकोपको प्रभावलाई निस्तेज गर्ने गरी मानिसहरूलाई डिप्रेसन हुनबाट रोक्न शारीरिक व्यायाम भ्रमण गर्न स्वच्छ हावापानी कोलाहल नभएको वातावरण आवश्यक छ । १५ प्रतिशत छुटको प्याकेज ल्याइ शुरुमा आन्तरिक पर्यटन बढाउने हाम्रो योजना दशैँ अघि नै सार्वजनिक गछौँ । धुलिखेलमा पर्यटन सूचना केन्द्र स्थापना गर्न टुरिजम बोर्डले १ करोड बजेट उपलब्ध गराउने भनेको छ । धुलिखेल नगरपालिकाले पर्यटन क्षेत्रको विकासमा १० करोड बजेट विनियोजन गरेको छ । दुबैको साथ सहयोगले घुम्न जाउँ घुम्न जाउँ धुलिखेल बजाउने हाम्रो प्रमुख लक्ष्य हो । त्यहि अनुसार हामी कार्य अघि बढाउँछौ ।

३. अन्य व्यवसाय नरोजी होटल व्यवसाय नै किन रोज्नु भयो ?
    सानै उमेर देखि होटल व्यवसायमा नै लागेर कार्य गरे एसैमा रमाउन मन लाग्यो । अतिथि सत्कार गरेर सेवा गर्दा  मन नै प्रफुल्लीत हुन्छ । २०५२ साल फागुन देखि धुलिखेल लज रिसोट सञ्चालनमा ल्याएँ । माखोबादीहरूले नेपाली काँग्रेसका नेता शेरबहादुर देउवा प्रधानमन्त्री हुदाँ जनताका जनजीविकाका सवालमा ४० सन्ने माग राखेर भूमिगत भएको बेला जुन विसम परिस्थिति थियो । पर्यटन क्षेत्रको जग बसाल्न साहृै गाहृो थियो । शुरुमा ४० लाख लगानी त्यो पनि बैँकबाट ऋण निकालेर होटल व्यवसाय शुरु गरियो । अहिले ६० रोपनी जग्गामा निर्मीत भवनहरू छन् । यस क्षेत्रमा कमाइ भएको सबै लगानी यसैमा गरेको छु । ६० जना मजदुरहरूलाई रोजगारी दिन सकेको छु । सामान्य कार्य गर्नेलाई १४ हजार देखि ४० हजार तलव खाने मजदुर कर्मचारी हामीसँग छन् । उनहिरूको जीवनमा हाँसो र खुसि ल्याउन पाउँदा मन नै फुरुङ्ग हुन्छ । पर्यटन क्षेत्रको विकासमा स्वदेश तथा विदेशका धर्म संस्कृतिको आदन प्रदान हुने अन्तराष्ट्रिय भाइचाराको सम्वन्ध विस्तार देशको विकासलाई पनि सहयोग पुग्ने र धुलिखेललाई पर्यटन क्षेत्रको विकासमा अब्बल छ भनेर विश्वमा चिनाउन  पनि म अन्य व्यवसाय नरोजी होटल व्यवसाय नै रोज्न पुगेँ ।
४. काभ्रेको होटल व्यवसायमा एक हजार दुईसय मजदुरहरूको रोजगारी जोखिममा परेको छ । उनीहरूको चुल्हो बल्न सकेको छैन उनीहरूलाई राहत दिने कार्य किन गर्नु भएन नी ?
    सरकारले विगत ७ महिना देखि कोरोना भाइरस कोभिड–१९ को कारण समस्या त आएको छैन । मजदुरहरूलाई रोजगारी दिन र उनीहरूको दैनिक चुल्हो वाल्नको लागि दशैमा ४ देखि ५ हजार सम्म मासिक रुपमा कार्य नभए पनि दिने योजना हामीले बनाएका छौँ । काभ्रेमा कार्य गर्ने होटलका सबै मजदुरहरूलाई अवस्थामा सुधार आउन साथ काम गर्नु पर्छ भनेर सूचना प्रवाह गर्न सबै होटल व्यवसायिहरूलाई निर्देशन दिइएको छ । सबैले आ–आफ्नो होटलमा कार्य गर्ने मजदुरहरूलाई खवर गरिएको अवगत गराउन चाहन्छु ।
८. पर्यटन क्षेत्रको र चुनौतीलाई अवसरमा बदल्ने सम्भावना चाहि के छ ?
     स्थानीय पालिकाहरूले आन्तरिक पर्यटन क्षेत्रको विकास सहयोग पुग्ने गरी कार्य गर्नु पर्छ । जसले गर्दा पर्यटन क्षेत्रका विकासमा सहयोग पुग्छ । रोजगारीका अवसरहरू श्रृजना हुन्छन् । ग्रामिण अर्थतन्त्र बलियो हुन्छ । काभ्रेको धुलिखेल नगरपालिका कै कुरा गर्नु पर्दा भौतिक पूर्वाधार विकास, स्वास्थ्य सहर कार्यक्रम, धुलिखेल अस्पताल, शैक्षिक क्षेत्रको विकासमा काठमाण्डौ विश्व विद्यालय आकर्षण विन्दु हो भने पाँचखालमा कृषि विश्व विद्यालय खुल्न लागेको छ । केन्द्र र प्रदेश सरकारको नीति अनुसार गाउँपालिकामा १५ सैयाको अस्पताल निर्माण कार्य शुरु भइसकेका छन् । पछिल्लो समय संघीय संरचना अनुरुप भएको निर्वाचन पश्चात पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने गरी बलभद्र कुवँर पार्क, बुद्ध पार्क जस्ता साना ठूला गरी ३६ वटा पार्क निर्माण भएका छन् । रोशीको ३ धारे झरना, पचालचोक भगवती मन्दीर लगाएत पर्यटकीय क्षेत्र भ्रमण गर्ने अवस्था काभ्रे जिल्लामा छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्