डेढ दशक देखि अनवरत रुपमा शिक्षा क्षेत्रमा लाग्नु भएका ख्वप माद्यामिक विद्यालय भक्तपुरका प्रिन्सिपल प्रकाश धवुजी (श्रेष्ठ) माद्यामिक तहको विज्ञान संकायको जिम्मेवारी समाल्नु भएको छ । व्यवहारिक, सिपमुलक र प्राविधिक शिक्षाले मात्र देशको समग्र विकासलाई सघाउँछ । साथै देशलाई आवश्यक पर्ने दक्ष जनशक्तिको मागलाई परिपूर्ति गर्छ भन्ने तर्क राख्नु हुन्छ । विद्यार्थीहरूको चौतफी विकास सहित दक्ष जनशक्ति उत्पादन गर्नु ख्वप माद्यामिक विद्यालयको मुख्य उद्देश्य रहेको बताउनु हुन्छ । कोराना कहरमा ख्वप माद्यामिक विद्यालयले विद्यार्थीहरूको शैक्षिक प्रति ध्यान आकृष्ट गर्न कस्तो नीति अवलम्वन गरेर अघि बढेको छ । कक्षा ११ को भर्ना अभियान कुन रुपमा सञ्चालन गर्नु भएको छ भन्ने सन्दर्भमा रेडियो एविसि एफ.एम. ८९.८ मेगाहर्जमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।
१. कोरोना कहरको कारण सरकारले बन्दाबन्दी ग¥यो । उक्त अवधिमा विद्यार्थीहरूको शिक्षण सिकाइ निरन्तरताको लागि वैकल्पिक व्यवस्था अपनाउनु भयो की ?
कोभिड–१९ प्रकोपको कारण मानव जातीमा त्रासदी फैलनुका साथै नागरिकको जीवनमा ठूलो क्षेति भएको छ । सामाजिक, आर्थिक, शैक्षिक, राजनीतिका व्यवसायिक सबैै रुपले सबै क्षेत्रमा नकारात्मक असर गरेको छ । २०७६ चैत्र ६ गते क्भ्भ् (एस.इ.इ) परिक्षा स्थगीत ग¥यो । यो सँगै हाम्रा विद्यार्थीहरू घर घरमा के कसरी बसे होलान ? के गर्दै होलान भन्ने कौतुहलता लाग्यो । कक्षा ११ र १२ को परिक्षा पनि रोकियो । कक्षा ११ सम्मको परिक्षा विद्यालयले नै लिने व्यवस्था सरकारले निर्णय गरे सँगै वैकल्पिक व्यवस्था गरी विद्यालयहरूले विद्यार्थीहरूलाई अध्ययन गराउने अनुमति प्रदान ग¥यो । २०७७ जेष्ठको साताबाट अनलाइन कक्षा शुरुवात ग¥यो । पहिले त हामीले इन्टरनेटको पहँुच कहाँ कहाँ सम्म पुगेको छ । विद्यार्थिहरूको त्यसमा पहुँच पुग्छ की पुग्दैन सम्भावना के छ भनेर तथ्याङ्क संकलन गर्ने कार्य गरेयौँ । हाम्रो विद्यालयमा कक्षा ११ मा १ हजार ६ सय र कक्षा १द्द मा १ हजार ३ सय विद्यार्थी अध्ययनरत छन् । उनीहरूको फोन सम्पर्क गरेर अवस्था बुझ्ने कार्य गरियो । रुकुम, रोल्पा, कालिकोट, भोजपुर, नेपालगञ्ज र स्याङजा जस्ता अतिविकट क्षेत्रका विद्यार्थीहरू हामीकोमा अध्ययन गर्छन् । अनलाइन शिक्षा प्रदान गर्न ९२ प्रतिशतलाई सम्भव भयो । अध्यापन गराएर आन्तरिक परिक्षा समेत लिने कार्य गरियो । श्रावण ४ गते देखि १४ प्रि वोर्ड सञ्चालन गरियो । शिक्षा मन्त्रालयबाट कार्य विधि आयो । आन्तरिक रुपमा लिइएको परीक्षालाई आधार मानी नतिजा प्रकाशन गर्न सकिने भन्ने रह्यो । एसइइको नतिजा सार्वजनिक सँगै कक्षा ११ को भर्ना कार्यक्रम अनलाइन सेवाबाट नै लिने कार्य भयो । गत बर्ष पनि विज्ञान र व्यवस्थापन संकायमा १ हजार ४ सय विद्यार्थीहरू हुनु हुन्थ्यो । अहिले पनि २ हजार ४ सय विद्यार्थीहरूले अनलाइन फारम भरेर अध्ययन गर्ने इच्छा जाहेर गर्नु भएको छ । ख्वप माद्यामिक विद्यालयले शुरुवात देखिको नै शैक्षिक विकासमा पु¥याएको योगदान अभिभावक र विद्यार्थीहरूको अटुट विश्वासले नै हो भन्ने लाग्छ ।
२. ख्वप माद्यामिक विद्यालयको शैक्षिक आकर्षण के के हुन् , किन ख्वप नै रोज्ने ?
ख्वप माद्यामिक विद्यालय र क्याम्पसको सक्षम व्यवस्थापन टिम जसले निःस्वार्थ रुपमा शैक्षिक दिगो विकासमा सहयोग पु¥याउनु भयो । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे संसद प्रेम सुवाल, भक्तपुर जिल्लामा निर्वाचित सवै सांसदहरू यस जिल्लाको शिक्षा क्षेत्रको गुणात्मक विकासमा लागि राख्नु भएको छ । ंयहाँका स्थानीय अभिभावकहरूको साथ सहयोग, त्यस्तै २०५४ सालको स्थानीय तहको निर्वाचन पछि भक्तपुर नगरपालिकाले १० बर्ष सम्म निरन्तर रुपमा भौतिक संरचना निर्माण, ल्याव तथा पुस्तकालयलाई थप व्यवस्थीत गर्न सहयोग रह्यो । ११ बर्षे यात्रा देखि विद्यार्थीहरूको शुल्कबाट नै प्राध्यापक, शिक्षक र प्रशासनीक सहितको १ सय ८० जना कर्मचरीहरुलाई तलव सेवा सुविधा प्रदान गर्न सकेको छ । अहिलेका भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापति हुनु हुन्छ । उहाँले विद्यालयको शैक्षिक स्तरीयता वृद्धि गर्न निरन्तर सहयोग पु¥याउनु भएको छ । यहाँका शिक्षक तथा कर्मचारी टिमहरू शिक्षण सिकाइमा सूचना र प्रविधिको युग सुहाँउदो शिक्षा दिन समय सापेक्ष तालिम लिइ खोज अनुसन्धान गरी विद्यार्थीहरूलाई उत्प्रेरणा सहितको गुणस्तरीय शिक्षा प्रदान गर्न तल्लीन रहनुभएको छ । यहाँ उत्पादन भएका विद्यार्थीहरू कोही पनि कमजोर नहुन भन्ने हेतुले विद्यार्थीहरूको चौतर्फी विकास गरी विद्यार्थीहरूलाई आत्मनीर्भरको पथमा अधि बढ्ने ढुङ्गबाट शिक्षा प्रदान गर्न सकेको छ । विद्यार्थीहरूमा सामुहिक भावनाको विकास, राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा यहाँ उत्पादन भएका विद्यार्थीहरूले उल्लेखनीय प्रगति गर्न सकेका छन्् । भक्तपुर नगरपालिकााद्वारा न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा दिन सकेका छौँ । विश्व वजारमा विक्ने प्रतिस्पर्धामा उत्रने शिक्षा दिएकै कारण हाम्रो ख्वप माद्यामिक विद्यालयको शैक्षिक आकर्षण भइ विद्यार्थीहरूको रोजाइ रहेको भन्ने म ठान्द छु ।
३. आगामी शैक्षिक नयाँ योजना केही छन् की ?
हामीले विवगत १० वर्ष देखिनै विश्व विद्यालयको अवधारणा अनुरुप द्यिालय सञ्चाल गर्न निरन्तर प्रयास गरे पनि हामीलाई सञ्चालन गर्न दिइएको छैन् । मेडिकल सेक्टर र इन्जिनियरिङ सेक्टरमा विश्व विद्यालयको प्रारुप अनुरुप सञ्चालन गर्न खोजिए पनि अहिले सम्म हाम्रो प्रयास निरर्थक रहेको छ । हामीलाई कहिले शिक्षा मन्त्रालय कहिले शिक्षा विभाग, कहिले संसद्भवनमा विद्येक प्रस्तुतमा समस्या देखाएर सरकार आफ्नो दायित्वबाट पन्छेको छ । शैक्षिक क्षेत्रको विकासमा ख्वप माद्यामिक विद्यालयले भक्तपुर जिल्लाको शिक्षाको विकासमात्र गरेको नभइ देशकै शैक्षिक विकासमा इँटा थपेको छ । दक्ष जनशक्ति विकासमा दायित्व निर्वाह गरेको सवाललाई राज्यले वेवास्ता ग¥यो । हामी भन्दा पछि प्रयास गरेकाहरूले मेडिकल र इन्जीनियरिङ सेक्टरको विश्व विद्यालय सञ्चालन गर्न अनुमति प्रदान गरियो । हामी माथि अन्याय भएको छ । विश्व विद्यालयको स्वीकृत भए पछि आपैmँ खोज अनुशन्धान गरी आफ्नो जिल्लाको आवश्यकताको आधारमा पाठ्यक्रमको विकास गरी अध्यापन गराउने र परिक्षा लिइ नतिजा आफैँले विकाल्न सकिने छ । उक्त कार्य हामी गर्न चाहन्छौँ । हामीसँग आर्थिक, सामाजिक, भौतिक, शैक्षिक जनशक्ति तयार हामीसँग छ । राज्यले स्वीकृती दिएको छैन् । विश्व विद्यालय खोल्ने हाम्रो सपना अधुरै रहेको छ । विश्व विद्यालय खोल्न भने हाम्रो प्रयास निरन्तर जारी नै छ ।
