IMG-LOGO

उद्यमी व्यवसायीको हितमा आर्थिक राहत प्याकेज ल्याउन सरकार प्रतिवद्ध हुनुपर्छ । रोसनी उपाध्याय

 मंगल, असोज ६, २०७७  रमेश प्रसाद न्यौपाने


बरिस्ठ उपाध्यक्ष
नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्रिय महिला उद्यमी समिति
भूमिका
    कोरोना भाइरस कोभिड–१९ प्रकोप महामारीको कारण पछिल्लो समय नेपालमा संक्रमित संख्या फैलँदो अवस्थामा छ ।साढे ५ महिनाको बन्दा बन्दीको कारण आर्थिक क्षेत्रमा महासंकट आएको छ । ६० लाख मजदुरहरूको रोजगारबाट विमुख हुनु परेको अवस्था छ । विपन्न वर्ग र मजदुर गरिखाने वर्ग भोक भोकै मर्ने अवस्था आइ सक्यो । कोरोना कहरका कारण साना तथा मझौला उद्योग ठुला उद्योग धन्दा पून सञ्चालनमा आउन सकेका छैनन् । देशमा विकास निर्माण कार्य सुस्तरी अघि बढेको छ । व्यापार व्यवसाय धारासायी भएको छ । घरेलु तथा साना उद्योग देखि ठुला उद्योगहरू नै उठ्न नसक्ने गरी थला परेका छन् । आर्थिक क्षेत्र चलायमान गराउन, अर्थतन्त्रलाई माथि उकास्न केन्द्र सरकारको स्पष्ट नीति जुन नीतिले थला परेका उद्योगी व्यवसायीहरूले लगानी गर्न प्रोत्साहित हुन सक्नु पर्छ । व्यवसाय गर्नेहरूलाई सहुलियत व्याजदरमा ऋण प्रवाह, बन्दा बन्दी अवधी भरको ऋणमा लाग्ने व्याज मिनाह, त्यस्तै घरेलु तथा साना उद्यमीहरूले उत्पादन गरेका वस्तुहरूको बजारीकरण गर्न प्रदेश र स्थानीय सरकारले सहयोग पु¥याउने वातावरण तयार गर्न सक्नु पर्छ भन्ने धारणा राख्नु हुन्छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्रिय महिला उद्यमी समितिकी बरिस्ठ उपाध्यक्ष रोसनी उपाध्याय । घरेलु तथा साना उद्योग सञ्चालन गर्ने उद्यमीहरूको संरक्षण र सम्बद्धनमा कस्तो भूमिका खेल्न सकेको छ । आगामी दिनमा कसरी अघि बढ्दै छ भन्ने सवालमा रेडियो ए.वी.सी.एफ.एम. ८९.८ मेगाहर्जमा नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्रिय महिला उद्यमी समितिकी बरिस्ठ उपाध्यक्ष रोसनी उपाध्यायसँग गरेको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।
१. कोरोना कहरले देशको अर्थतन्त्रमा ठूलो आघात पुगेको छ । घरेलु तथा साना उद्योग सञ्चालन गरी उद्यमी व्यवसायी बनेकाहरू, आफैँ वेरोजगार बनेकाा छन् । व्यवसायीहरूलाई पुनर जीवन दिन केन्द्रिय महिला उद्यमी समितिले कस्तो भूमिका खेल्दै छ ?
    कोरोना भाइरस (कोभिड–१९) महामारीले नेपाललाई मात्र नभइ विश्वलाई नै ठूलो आघात पु¥याएको छ । मानवीय जीवनको क्षति हुनुका साथै आर्थिक र सामाजिक संरचनामा नै ठूलो संकट पैदा भएको छ । त्रसित र हतास मन स्थिरति नगरी मन मस्तिकलाई दरविलो बनाएर दृढ अठोटका साथ कार्य अघि बढाउनुको विकल्प छैन । पहिले त आँफै सुरक्षित रहनु प¥यो अनि परिवार र समाजलाई सुरक्षित राख्न व्यक्ति आँफै सजक र सर्तक रहनु पर्छ । विश्व स्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्डलाई अनुशासीत ढङ्गबाट पालना गर्नु नै कोरोनालाई जीत्न सकिन्छ । बाँचे पछि न भोलिका दिन केही गर्ने हो । एक आपसमा सेवा भावका साथ बाँच्ने र बचाउने कार्यमा लाग्नु पर्छ । उद्योग व्यवसाय ठूलो हुन या साना उद्योग सञ्चालन गरी स्वरोजगारी बनेर उद्यम व्यवसाय गरी आफ्नो र परिवारको जीवन यापनमा सहज पु¥याउनुको साथै व्यावसायबाट आफ्नो इज्जत र प्रतिस्ठा राख्न सकेको थियो । घरेलु तथा साना उद्योगले त्यसमा कोभिड–१९ ले नकारात्मक प्रभाव पारेको छ । यसको पुनर जीवनको लागि त प्रदेश र स्थानीय सरकारले विशेष योजना नै ल्याएर उद्योग व्यवसाय सञ्चालनमा आर्थिक प्याकेज ल्याउन जरुरी छ । ऋणको व्याजमा छुट, सहुलियत दरमा ऋण प्राप्त गर्न सक्ने अवस्था श्रजना गर्न सक्नु पर्छ । देशमा नै उत्पादन भएका बस्तुहरूको सहज उपलब्धता र वाहिरबाट प्राप्त गर्नु पर्ने कच्चा पदार्थ समेत सहजीकरण गरी दिएको खण्डमा घरेलु तथा साना उद्योगीहरू व्यवसाय सञ्चालन गरी आफ्नो जीवनयापन सञ्चालनमा प्रभावकारीता ल्याउन सक्छन् । ग्रामिण  क्षेत्रको अर्थतन्त्र पनि बलियो बन्न मद्धत पुग्छ । युवा वर्ग, सिप भएका जनशक्ति विदेश पलायन हुनबाट रोकिन्छ । ६० वटा जिल्लामा घरेलु तथा साना उद्योगको शाखा छ आगामी बर्षमा ७७ वटै जिल्लामा शाखा गठन गर्ने लक्ष छ । १५ हजार उद्यमीहरूले घरेलु तथा साना उद्योग सञ्चालन गरी उद्यमी व्यवसायि बनेका छन् । अरुलाई थप गरी देश व्यापी बनाउने हाम्रो योजना छ । उद्यम र व्यवसाय गरे पछि आर्थिक समृद्धिका ढोका खोलिन्छन । देश समृद्धिको पथमा अघि बढ्छ । बन्दा बन्दी अवधिमा पनि उद्योगी व्यवसायिहरूको समस्याहरूको बारेमा अवस्था बुझ्न जुम मिटिङ गरियो । गत बर्ष हामीले महिला उद्यमीहरूको लागि अवसर चुनौती गोष्ठी तालिम सेमिनार सञ्चालन गरी उद्यमी व्यवसायी बन्न प्रोत्साहित गर्ने कार्य हामीले ग¥यौँ । उद्योग व्यवसाय सञ्चालन गर्न आवश्यक पर्ने परामर्श दिने कार्य गरिएको छ ।
२. तपाँइ त काभ्रे महिला उद्यमी समितिको सचिव भएर नि कार्य गर्नु भयो । घरेलु तथा साना उद्योगहरूको सम्भावना र चुनौतीहरू के छन् ?
    घरेलु तथा साना उद्योगहरूको सम्भावित सम्भावनाहरू धेरै छन् । प्रदेश र स्थानीय सरकारहरूले उद्योग धन्दा सञ्चालन गर्नेहरूलाई आवश्यक सेवा सुविधा उपलब्ध गराउन सकेका छैनन् । आन्तरिक तथा बाहिय दुबै पर्यटन क्षेत्रको विकासमा होम स्टे सञ्चालन गर्न सकिन्छ ,मखमलको जुत्ता निर्माण, बाँस तथा निगाँलो चोयाबाट डोका, डालो, मान्द्रो, कुर्सी, ¥याक, दराज निर्माण, नाङलो जस्ता सामग्रीको उद्योग सञ्चालन गर्न सकिन्छ । मोतिको माला, चुरा, पोते बनाउने कार्य भएका छन् । उत्पादित बस्तुहरू महिला उद्यमीहरूले घर घरमा पु¥याएर विक्रि गर्ने कार्य भएको छ । धुप, मैनवत्ति उद्योग सञ्चालन गर्न सकिन्छ  । घरेलु तथा साना उद्योगहरूको व्यवसायिक विकास गरी फस्टाउनको लागि प्रदेश र स्थानीय सरकारले सहुलियतदर ऋण समेत सहयोग पु¥याउनु पर्छ । नयाँ प्राविधिको विकासलाई आत्मसाथ गर्ने गरी उद्यमी व्यवसायिहरूलाई तालिमको प्रवन्ध गरिनु पर्छ । उत्पादित भएका बस्तुहरूको हरेक पालिकाहरू घरेलु उत्पादनहरूको संकलन केन्द्र स्थापना गरी बजार प्रवद्धनमा सहयोग पु¥याउनु पर्छ त्यसो भए मात्र जनशक्ति पलायन हुुन सक्दैनन् भने पूँजीको राम्रो परिचालन हुन सक्छ । ग्रामिण अर्थतन्त्र मजबुत हुन्छ ।
३. उत्पादनलाई उद्योगसँग जोड्ने, महिलाहरूको नेतृत्व विकास, क्षमता विकास गरी अर्थिक सशक्तिकरणका लागि सघं र प्रदेश सरकारले कस्ता योजना अघि सार्नु पर्छ । जसले गर्दा थप व्यवस्थित र प्रभावकारी बानोस् ?
    संघीय सरकारले सर्व प्रथमत उद्योग मैत्री नीति अवलम्वन गर्नु प¥यो । देशको पूँजीलाई बाहिर जान दिनु भएन् । देशको जनशक्तिलाई सहि उपयोग गरी कृषि उपज उत्पादन देखि हरेक क्षेत्रमा आत्म निर्भर बन्ने वातावरण श्रृजना गर्नु पर्छ । पर निर्भरता हटाउन सरकार प्रतिवद्ध हुनु प¥यो, लगानीको वातावरण तयार गर्नु प¥यो । ७७ वटै जिल्लामा स्थानीय पालिकाहरूले आफ्नो क्षेत्रमा कस्ता खालका उद्योगहरूको सम्भावना छ । के के उत्पादन हुन्छन् । त्यसको लेखाजोखा गरी तथ्याङ्क संकलन गर्नु पर्छ । महिला उद्यमी मैत्री नीति निर्माण गर्न जरुरी छ । उद्योग धन्दा दर्ता गर्न पैत्रिक सम्पतीको हक महिलामा हुन जरुरीछ । जग्गा जमिनको लाल पूर्जा विना उद्योग दर्ता हुँदैन । महिलाहरूले  मात्र चाहेर पनि घरेलु उद्योग होस या ठूला उद्योग कुनै दर्ता हुने अवस्था छैन । त्यसको बाटो खुल्ला गर्ने व्यवस्था गरिनु पर्छ । प्रदेश र स्थानीय सरकारले मुख्य योजना निर्माण गरी उद्योग धन्दा सञ्चालन गर्न सम्भावना भएको क्षेत्रको पहिचान गरेर लगानी मैत्री वातावरण बनाइ दिने व्यवस्था हनुपर्छ । व्यवसाय फस्टाउन नसकिन्जेल ३ वर्ष वा ५वर्ष सम्म कर छुटको प्रवन्ध गर्नुपर्छ । देशमा उत्पादन भएका बस्तुहरूको कच्चा पदार्थ  उत्पादनमा अनुदानको व्यवस्था गरिनु पर्छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्