२०५० सालदेखि शिक्षण सेवामा लाग्नु भएका टिकाराम घिमिरे २०५४ साल देखि चैतन्य बहुमुखी क्याम्पसमा शिक्षण पेशामा कार्यरत रहनुभयो । २०४८ सालमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिइ चैतन्य बहुमुखी क्याम्पस संचालन भएको हो । २०८२ मंसिर २६ गतेबाट ३५ वर्षपछि बागमती प्रदेश विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा संचालन भएको चैतन्य क्याम्पसमा सूचना तथा प्रविधि, BIT, BBA र LLB त्यस्तैगरी B.ed का कार्यक्रमहरु संचालनमा छन् । BIT, BBA र B.Ed ४ वर्षे, सेमस्टरको कार्यक्रम हो । स्नातक अध्यन पुरा गरेकाहरुले कानुन विषय ३ वर्षे LLB समेत अध्ययन गर्न सक्छन् । काठमाण्डौं विश्वविद्यालयबाट म्याथम्याटिक्स विषयमा एफ.फिल गर्नुभएका चैतन्य क्याम्पसमा २०८३ श्रावण ६ गते देखि क्याम्पस प्रमुखको जिम्मेवारी समाल्नुभएका टिकाराम घिमिरेसँग क्याम्पसको शैक्षिक स्तरीयता, भर्ना कार्यक्रम, आगामी शैक्षिक योजनाको सवालमा रेडियो एविसी एफ.एम. ८९.८ मेगाहर्जमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ :
२०४८ सालमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिइ चैतन्य बहुमुखी क्याम्पस संचालन गर्नुभएको थियो । ३५ वर्षपछि २०८२ साल मंसिर २६ गतेबाट बागमती प्रदेश विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा स्थापना गर्नुपर्ने अवस्था कसरी सृजना भयो ?
२०४८ सालमा त्रिभुवन विश्वविद्यालयबाट संवन्धन लिइ चैतन्य बहुमुखी क्याम्पस संचालनमा आएको हो । शिक्षा संकायका विषयहरु संचालन गरी शिक्षा विषयमा दक्ष जनशक्ति उत्पादन गर्दै आएका थियौं । यस अघि क्याम्पसको प्रमुख जुजुभाइ मानन्धर हुनुहुन्थ्यो । स्थानीय समुदाय, अभिभावक वर्ग काभ्रेली जन सबैको सत विस्वासले क्याम्पसको गरिमा उच्च रहेको छ । विद्यार्थी केन्द्रीत, विद्यार्थीको सर्वाङ्गण विकास हुने शिक्षा प्रदान गरेकै कारण झण्डै साढे तीन दशकदेखि शैक्षिक संस्था निरन्तर संचालन भएकोबाट प्रस्ट हुन्छ । विश्व बजारको माग, सूचना प्रविधिको तिब्रता विकाससँगै विद्यार्थीको रोजाइ जीवनोपयोगी शिक्षा आजको आवश्यकता हो । सोही विषयलाई मध्यनजर गर्दै नयाँ कार्यक्रम संचालन गरेका हौं । बागमती विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा ६ वटा विद्यालय छन् । काभ्रे जिल्लामा चैतन्य क्याम्पस पहिलो हो । सूचना प्रविधि, BIT, BBA, कानुन तर्फ LLB का कक्षाहरु संचालन छन् । त्रिविविको संवन्धनबाट B.ed. का कक्षा संचालनमा छन् । शिक्षा भन्ने वित्तिकै ज्ञान, सिप र सिपसिकाइलाई उत्पादनसँग जोडेर जीवनोपयोगी शिक्षा प्रदान गर्न हाम्रो क्याम्पस टिम र व्यवस्थापन समिति प्रतिवद्ध रहेको छ ।
शैक्षिक शत्र २०८३/०८४ मा BIT, BBA र ३ वर्षे LLB का कक्षा संचालनमा छन् । विषयगत विषशेताको बारेमा प्रस्ट पारिदिनुस न ?
(BBA) ४ वर्षे सेमस्टरको कार्यक्रम हो । बैकिङ र औधोगिक क्षेत्रको पेशागत दक्षताको लागि उपयोगी छ । विश्व बजारको माग अनुसार ज्ञान, सिप संस्कार सहित पढेको विषय जीवनमा उपयोग हुने उत्पादनसँग जोडीने हुनु जरुरी छ । उक्त कार्यक्रममा सफलता हाँसिल गरेका विद्यार्थीहरुले भविष्यमा रोजगारीका अवसरहरु प्राप्त गर्न सक्ने हुन्छन् । त्यस्तै गरी BIT अध्ययन गर्ने सुवर्ण अवसर छ । सूचना र प्रविधिको यूगमा ए आइ आर्टिफिसीयलको जमाना आइ सक्यो । प्रविधिको विकासलाई आत्मसाथ गरी प्रविधिक शिक्षा हाँसिल गर्न जरुरी छ । उक्त ज्ञान र सिप हाँसिल गरी सृजनसिल, व्यवसायी बन्नका लागि विश्वका जुनसुकै कुनामा गएर पनि रोजगारी प्राप्त गरी आर्थिक समृद्धिको यात्रा पुरा गर्न सकिन्छ । संवन्धीत विषयमा दक्षता हाँसिल गराउने हाम्रा विषय विज्ञ शिक्षकहरु हुनुहुन्छ । त्यस्तैगरी स्नातक अध्ययन सफलता हाँसिल गरेका व्यक्तिले कानुन संकाय, ३ वर्षे LLB अध्ययन गर्ने अवसर छ । कानुनमा दक्षता हाँसिल गरी परापर्शदाता भइ काम गर्ने अवसरको सृजना हुन्छ । जुनसुकै विषयमा विशेषज्ञता हाँसिल गरेको खण्डमा वेरोजगार बस्नु पर्दैन ।
BIT, BBA र LLB अध्ययन गर्न लाग्ने शुल्कको बारेमा बताइदिनुस न ?
BIT ४ वर्षे ८ सेमस्टरको ३ लाख २० हजार, BBA को ३ लाख २० हजार, LLB कनुन तर्फ ३ वर्षे कोर्ष १ लाख २० हजार पर्छ । बागमती प्रदेश विश्व विद्यालयका आंगिक क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई छुटको व्यवस्था गरेको छ । गरिब, जेहन्दार, अपाङ्ग असाहयहरुको लागि छात्रवृतिको व्यवस्था गरिएको छ । विद्यार्थीहरुको नेतृत्व, व्यक्तित्व विकास गरी गरिखाने व्यवहारिक शिक्षा प्रदानका लागि संचालक व्यवस्थापन समिति र अनुभवि दक्ष प्रध्यापकहरुको शसक्त टिमले शिक्षण सिकाइ गरेको छ ।
विगत २३ वर्षदेखि निरन्तर शिक्षण सेवामा लागि उर्जासिल समय व्यतित गर्नुभएको छ । वर्तमान शैक्षिक प्रणाली ज्ञान र साक्षारता वृद्धि गर्ने मात्र भयो जिवनोउपयोगी भएन भनिन्छ नि यहाँलाई चाँहि के लाग्छ ? सरकारले सुधार गर्नुपर्ने पक्षहरु के देख्नुहुन्छ ?
शिक्षा भन्ने वित्तीकै ज्ञान, अनुभव सिप, प्रविधि, संस्कार संस्कृति, अनुशासन, अनुशन्धन जस्ता विषयहरु जोडिएका हुन्छन् । देशको सर्वाङ्गीण विकासको प्रमुख आधार नै शिक्षाको स्तर विकासलाई लिनुपर्छ । वर्तमान शिक्षा प्रणाली ज्ञान र अनुभव आदान प्रदान र प्रमाणपत्र मुखि भएको तथ्यलाई केहि सत्य मान्न सकिन्छ । प्रविधिलाई कम जोडेको छ, अब शिक्षालाई नवपर्वतन, प्रविधिको विकासलाई केन्द्रीत गरी देशको लागि आवश्यक पर्ने जनशक्तिको आवश्यकता कुन क्षेत्रमा कति छ सोको अध्ययन अनुशन्धान गर्ने र सोहि अनुसार जनशक्ति उत्पादन गर्दै जानुपर्छ भने अर्को तर्फ विश्वबजारमा प्रतिस्पर्धामा उत्रन सक्ने जनशक्तिको विकास गरी रोजगारीको सृजना गरिनुपर्छ । शिक्षालाई उत्पादन, उद्योग, पेशा व्यवसाय नवप्रवर्धनमा जोडेर जीवनोपयोगी शिक्षा प्रदान गर्ने पाठ्यक्रमको विकास गरी राज्यले शिक्षामा लगानी बढाउनुपर्छ भन्न चाहन्छु ।
शिक्षामा गरेको लगानी दक्ष र अर्ध दक्ष जनशक्तिको उत्पादन भयो । युवा जनशक्ति बिदेश पलायन भए हाम्रो जनशक्तिको उपयोग बिदेशीले गरे, यसलाई कुनरुपमा हेर्नु भएको छ ?
नेपाल सरकार र नागरिकहरुले आफ्ना सन्ततिको शिक्षा दिक्षा राम्रो दिइ सुनौलो भविष्य निर्माणका लागि जुनकिसीमबाट लगानी गरेको छ । सकारात्मक छ राज्यले शिक्षामा गरेको लगानी प्र¥याप्तता छैन । लगानी बढाउनुपर्छ । उत्पादन शैक्षिक जनशक्ति उपयोगको लागि देशमै रोजगारीको अवसर प्रदान गर्ने वातावरण सृजना हुनुपर्छ । विदेशमा पढ्दै गर्दैको अवधारणा ल्याएको छ । त्यस्तो योजना नेपालमा लागु गरी हाम्रो जनशक्ति हामीले नै उपयोग गर्नुपर्छ ।
भावि शैक्षिक योजना के के छन् ?
संस्थागत सुशासन, शिक्षकहरुलाई समय सापक्ष प्रविधिको विकाससँग जोडेर उचित तालिमको प्रबन्ध गर्ने । विद्यार्थीहरुको सर्वाङ्गीण शैक्षिक विकासमा निरन्तर लागि पर्ने सूचना र प्रविधिको विकास अनुरुप विद्यार्थीहरुलाई शिक्षण सिकाइ गर्ने नव प्रर्वद्धनको विकासलाई सशक्त ढङ्गबाट अगाडी बढाउन स्रोत साधनको अधिकतम प्रयोग गर्ने । शिक्षालाई समन्धीत क्षेत्रको पेशा र व्यवसायिसँग समन्वय गरी अनुशन्धानमा जोड्ने उत्पादन भएका जनशक्तिलाई रोजगारी प्रदानको लागि समन्वय र सहकार्य गर्ने, शिक्षालाई प्रविधिको विकाससँग जोडेर जीवनको आर्थिक समृद्धिको यात्रालाई गन्तव्यमा पु¥याउने हाम्रो मुख्य लक्ष्य हो । हामी त्यसमा प्रतिवद्ध छौं । अनुशासित, संस्कार यूक्त सम्भ्य समाज निर्माणका लागि दक्ष जनशक्ति उत्पादन गर्ने हाम्रो मुल ध्येय हो ।
प्रस्तुतकर्ताः रमेशप्रसाद न्यौपाने
