काभ्रे उपत्यका एकीकृत खानेपानी बनेपा धुलिखेल र पनौती नगरपालिकाको वृहत खानेपानी आयोजना हो । २०१२ हिसेम्बर १९ मा निङबो निङ सिग इन्टरनेश्नल इन्क निर्माण कम्पनीसँग सम्झौता भइ २०१३ जुन १२ बाट कार्य प्रारम्भ भएको हो । सुरुको लागत अनुमान ६७ करोड ३३ लाख २६ हजार ११० भएपनि चौथो भेरिएसनमा बजेट थप गरी ९९ करोड ८ लाख ७ हजार ८२१ बजेटमा २०१५ जुन १२ मा सम्पन्न गर्नुपर्ने सम्झौता पत्रमा उल्येख छ । १२ पटक म्याद । २०२० नोभेम्वरमा काम सक्नुपर्ने थियो सम्पन्न हुन सकेन, ७६ दशमलव ३२ प्रतिशत वित्तीय प्रगती भयो तर हाल सम्म खानेपानी आयोजना सम्पन्न भएको छैन । सन २०२४ को सर्वेक्षण अनुसार बनेपाका ३६ हजार ६ सय ८८, धुलिखेलका १९ हजार २५९ र पनौती नगरपालिकाको ३६ हजार ८८३ नागरिक लाभान्वित हुने जनाएको छ । पहिल्लो सर्वेक्षण अनुरुप भने तीनैवटा नगरपालिकाको १ लाख ४० हजार नागरिकले खानेपानीबाट लाभाम्वीत हुने प्रक्षेपण गरिएको छ । यसै सन्दर्भमा काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजना ७६.३२ प्रतिशत वित्तीय प्रगति भनिएको थियो, प्राकृतिक विपत्तीमा परेको २ वर्ष वितिसक्दा पनि खानेपानी आयोजना मर्मत सुधार हुन किन सकेन ? नगरवासीहरु खानेपानी उपभोग गर्न नपाइ व्याकुल छन, धेरै आक्रोसित छन् । आयोजना पुनः संचालन गर्न के ले रोक्यो ? भन्ने जनचासोलाई मध्य नजर गरी यसै सन्दर्भमा बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारी र धुलिखेल नगरपालिका कार्यवाहक नगर प्रमुख निराजन जंगमसँग अब नगरवासीले कहिलेदेखि काभ्रे उपत्यका एकीकृत खानेपानी उपभोग गर्न पाउँछन् भन्ने सवालमा गरिएको कुराकानीको मुख्य अंश उहाँ प्रस्तुत गरिएको छ :
पनौती नगरपालिकाका नगरवासीलाई व्यवस्थित र स्वच्छ खानेपानी खुवाउने अभियान जारी छ । काठमाण्डौं महानगरपालिकामा मेलम्ची खानेपानी आयोजना सम्पन्न भइ नगरवासीले उपभोग गर्न पाएका छन् । हाम्रो वृहत खानेपानी आयोजना काभ्रे उपत्यका एकीकृत खानेपानी २०८१ असोज १०–१२ को बाढी पहिरोले समस्या खडा ग¥यो । हाम्रो काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजना काठमाण्डौं पछिको दोश्रो ठूलो खानेपानी आयोजना हो । काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजना २०६६ सालमा सम्झौता भइ कार्य प्रारम्भ भएको आयोजनामा बनेपा, धुलिखेल र पनौती नगरपालिका नगरवासीले उक्त वृहत खानेपानी उपभोग गर्ने योजना अनुरुप तीनैवटा नगरले १२÷१२ करोड खानेपानीमा लगानी गर्दै आएको छ । व्यस्थित तथा स्वच्छ खानेपानी पनौती नगरवासीलाई खुवाउने उद्देश्य अनुसार नगरको हालको ४, ५, ६, ७, ८ र ९ वडाका करीब ७ हजार नागरीक लाभान्वित हुने योजना साथ कार्य अघि बढेको हो । आयोजनाले पानी ९८% काम सम्पन्न भएको र पानीको प्रेसर परीक्षण पछि तत्काल तीनैवटा नगरपालिकाका नागरिकहरुलाई गुणस्तरीय पिउने पानी उपलब्ध गराउने भनेको थियो । २०८१ असोज १०–१२ गतेको प्राकृतिक प्रकोपको कारण रोशी खोलाको टयाङ्की, विच्छाइएको जीआइ पाइपमा धेरै नै क्षति पुग्यो, मर्मत सुधारको कार्य हुन सकेको छैन । खानेपानी आयोनाले सर्वेक्षण गरे अनुरुपको खानेपानी पनौती नगरपालिकाले नगरवासीलाई २०८१ असोज ९ गते सम्म अस्थायी रुपमा एकिकृत खानेपानी खुवाएका थियौं । बाढीकै प्रकोपका कारण टयाङ्की, पाइपमा ठूलो क्षति पुग्दा खानेपानी अवरुद्ध भएको छ । नेपाल सरकारले २० करोड बजेट विनियोजन गरेको छ । बहुवर्षीय योजना अनुरुप अब ठेक्का आह्वान हुन्छ । खानेपानी आयोजनाको मर्मत सुधार, नयाँ पाइप राख्ने कार्य अब केहि महिनामै सुरुवात हुन्छ । अन्य बाँकी वडाहरुमा भएको मुहान संरक्षण गर्ने, अभियान, एक घर एक धारा जडान गरी सबै नगरवारीलाई हामी पानी खुवाउन लागि परेका छौं । काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाका लागि बनेपा धुलिखेल र पनौतीको साझेदारी गरेर खानेपानी आयोजना सम्पन्न नगरिन्जेल सहकार्य गरी जाने सहमती भएको छ । खानेपानी आयोजनाको लागि साझेदारी रुपमा बजेट विनियोजन गरेर आयोजना सम्पन्न गर्न हामी प्रतिबद्ध छौं । खानेपानी आयोजनालाई सम्पन्न नभइन्जेल केन्द्रीय सरकारले बजेट विनियोजन गर्छ ।
प्रस्तुतकर्ता : रमेशप्रसाद न्यौपाने
