देशकै नमुना शैक्षिक संस्थाको रुपमा परिचित संजीवनी नमुना माध्यामिक विद्यालयबाट अध्यापन गराउन सुरु गरेको संजीवनी कलेज धुलिखेलले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी २०६३ कर्तिक देखि सञ्चालन गरेको हो । संस्थापक कलेज प्रमुख अमरनाथ यगोल हुनु हुन्थ्यो । धुलिखेल नगर भित्रका शैक्षिक क्षेत्रका बौद्धिक व्यक्तित्वहरू, सामाजिक विकासमा योगदान पु¥याएका अग्रज व्यक्तिहरुको सहयोगबाट र यस कलेजमा अध्यापन गराउने प्राध्यापकहरुको समेत महत्वपूर्ण योगदान रहेको बताउनु हुन्छ कलेज प्रमुख पुजन यगोल श्रेष्ठ । शिक्षण सिकाई प्रभावकारी बनाउन दक्ष जनशक्ति उत्पादनमा सहयोग पुर्याउने उद्देश्यका साथ धुलिखेल नगरपालिकाले समेत आर्थिक सहयोग कलेजलाई उपलब्ध गराउँदै आएको छ ।
व्यवस्थापन संकाय BBS र शिक्षा संकायमा BEd स्नातक तह अध्यापन गराउँदै आएको सञ्जीवनी कलेजका क्याम्पस प्रमुख पुजन यगोल श्रेष्ठले २०७६ श्रावण देखि जिम्मेवारी सम्हाल्दै आउनु भएको हो । विगत २३ बर्ण देखि शैक्षिक क्षेत्रमा आवद्ध भइ कलेज प्रमुख यगोलले कार्य गर्दै आउनु भएको छ । व्यवस्थापन संकायमा मास्टर डिग्री गर्नु भएका पुजन यगोलसँग कलेजको शैक्षिक गुणस्तरीयता विकासको सवालमा रेडियो एवीसीको समयसन्दर्भ कार्यक्रममा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ :
संजीवनी कलेज धुलिखेलले स्थापना भएको २० वर्षको अन्तरालमा प्राप्त गरेको उपलब्धीलाई कसरी नियाल्ने ?
शिक्षा सेवी अमरनाथ यगोलको सक्रियता, धुलिखेलका स्थानीय, बुद्धिजीवी वर्ग कलेजका संचालक अध्यक्ष दिलसुन्दर श्रेष्ठ एवं सञ्चालक समिति, हाम्रो कलेजका प्राध्यापक तथा प्रशासनिक कर्मचारी सबैको योगदानले शैक्षिक संस्था टिक्न मद्दत गरेको छ । धुलिखेल नगरपालिकाका निवर्तमान नगरप्रमुख अशोक व्यान्जु लगायत सम्पूर्ण जनप्रतिनिधिले शैक्षिक गुणस्तर विकासका लागि धुलिखेल नगर भित्रको कलेजलाई आर्थिक अनुदान दिएर शैक्षिक क्रियाकलापको स्तर वृद्धि गर्न सहयोग पुग्यो । धुलिखेल भित्रका स्थानीयका उच्चशिक्षा अध्ययन गर्नेहरुलाई मासिक शुल्क निःशुल्कमा अध्ययन गर्ने अवसर छ । त्यस्तै गरी नगरबाहिरका लागि ५० प्रतिशत छुटमा अध्ययन गर्न सकिन्छ । डाडापारी क्षेत्रका विद्यार्थीहरुलाई ७५ प्रतिशत छुट, दलित जनजाति, अल्पसंख्यख, विपन्न वर्गको लागि छात्रवृतिको प्रबन्ध गरिएको छ । हालसम्म ३ हजार भन्दा बेसी छात्रछात्राहरुले उच्च शिक्षा अध्ययन गरी विभिन्न पेशा व्यवसाय गरिरहनु भएको छ । ७० प्रतिशत भन्दा वेसीले रोजगारीमा हुनुहुन्छ । सरकारी, अर्धसरकारी, नीजि क्षेत्र, बैंक तथा वित्तीय क्षेत्र, सहकारी संस्थाहरुमा हाम्रा कलेजका विद्यार्थी जो उच्च शिक्षा हाँसिल ग¥यो, उनीहरु आफ्नो खुट्टामा उभिएर जीवनलाई सकारात्मक मार्गमा लेगका छन् । युके, अमेरीकामा समेत अध्ययन र काममा गएका छन् ।
BBS र BEd ४ वर्षे स्नातक तह भर्ना अभियान कुन रुपमा अघि बढेको छ ?
Bachelor in Business Studies (BBS) र Bachelor in Education Major English, Nepali, Health (BEd) का लागि भर्ना कार्यक्रम तिब्र रुपमा अघि बढेको छ । संचारमाध्याम, प्रोस्टर पम्प्लेट, भिडियो, फेसबुक पेज सबैबाट प्रचार प्रसार गरिएको छ । शैक्षिक गुणस्तर विकासका लागि शिक्षण सिकाइलाई थप प्रभावकारी बनाउन नयाँ प्रविधिको विकासलाई प्रयोग गरी शैक्षिक क्रियाकलाप गरेको छ । विद्यार्थीहरुको चौतर्फी बिकास गर्न खेलकुद, हाइकिङ्ग, भ्रमण, इन्टर्नसिप गर्न बैंक तथा अन्य संघ संस्थासँग समन्वय गरी रोजगारी प्रदान गरेको छ । विद्यार्थीहरुको लागि जीवन उपयोगी शिक्षा प्रदान गर्न हाम्रो शिक्षक टिम लागि परेको छ ।
कलेजको शैक्षिक आकर्षणको सवालमा बताउनुस न ?
अनुभवी शिक्षकबाट अध्ययन, प्रविधिमैत्री स्मार्ट वोर्डको प्रयोगबाट शिक्षण सिकाई, अनलाइनको माध्यमबाट समेत शिक्षण सिकाइ गरिन्छ । विद्यार्थीहरुको शैक्षिक व्यक्तित्वका लागि सृजनात्मक क्रियाकलाप, नेतृत्व विकासका लागि अतिरिक्त कार्यक्रम, बैंक तथा वित्तीय संस्थासँग समन्वयगरी इन्टरर्नसिपको प्रबन्ध, कम्प्यूटर बेसीसको माध्यमबाट एकाउन्टिङ र टयाक्सेसनको बारेमा आवश्यक पूर्वाधारसहित सिकाइन्छ । मानवीय जीवन पद्दतीमा सुधार ल्याई गरिखाने सिप विकासका कार्यक्रमहरु संचालन, क्षमता अभिबृद्धि तालिम नेतृत्व र व्यक्तित्व विकासका क्रियाकलाप शसक्त ढङ्गबाट संचालन विद्यार्थीहरुलाई उत्प्रेरणा, उत्साह ल्याउने कार्यक्रमिक योजनाका साथ शिक्षण सिकाई गरिएको छ । अनलाइन TU Board Exam तयारी कक्षाहरु लिने गरिन्छ । विश्वविद्यालय अनुदान आयोग (UGC) बाट विद्यार्थी र शैक्षिक गुणस्तरका आधारमा भौतिक पूर्वाधार विकासका लागि बजेट उपलब्ध गरेको छ ।
विश्व विद्यालय अनुदान आयोगबाट आउने आर्थिक सहयोग हरेक वर्ष घट्दो क्रममा हुँदा समेत कलेज व्यवस्थापन र कलेज प्रमुखको उत्तरदायित्व र जिम्मेवारी वहनको सवालमा केहि कमजोरी भएका कारणले त्यस्तो भएको हो भन्नेमा कलितको महसुस गर्नुभएको छ ?
विश्व विद्यालय अनुदान आयोगले सामुदायिक कलेजहरुको शैक्षिक गुणस्तर विकासका लागि र भौतिक पूर्वाधार विकास तर्फ जुन सहयोग गर्दै आएको छ । विगतका सरकारले गरेको स्वागत योग्य राम्रो छ । यसलाई अझ बढाउँदै लग्ने, विद्यार्थीहरुको शैक्षिक विकास, क्षमता, सिप विकास गर्न बजेट बढाउँदा राम्रो हुन्छ । विद्यार्थी संख्या र हरेक वर्ष कलेजका विद्यार्थीले वार्षिक परीक्षाको नतिजा राम्रो ल्याउने उत्तीर्ण अंकको आधार मात्र नमानी त्यसको साथ साथै कलेजको भौतिक अवस्था, शिक्षकहरुको स्थायित्व र विकासमा समेत सहयोग पु¥याएको खण्डमा सामुदायिक कलेजहरुको वृतिविकास सम्भव छ । सामुदायिक कलेज समुदायको राष्ट्रिय पूँजी हो । कलेज व्यवस्थापन टिम, शिक्षक वर्ग आफ्नो समुदायको हितमा आफ्नो लगनसिलता, क्षमता, सिपको प्रयोग, उत्तरदायित्व र जीम्मेवारी सम्झेर गर्नुभएकै छ । हाम्रो व्यवस्थापन टिम, कलेज नेतृत्व शैक्षिक स्तर विकासमा आफ्नो वलबुताले भ्याए सम्म लागेकै छ । (UGC) बाट वार्षिक १३ देखि १५ लाख सम्म बजेट आएको छ । विद्यार्थी थप घट अनुसार बजेट पनि थप घट नै भएर आएको छ । समुदायबाट आएका सकारात्मक सुझावलाई आत्मसाथ गरी शैक्षिक गुणस्तर वृद्धि गर्न हामी लागि पछौं । नयाँ सरकारले पनि सामुदायिक कलेजहरुको वृति विकासका लागि सकारात्मक थालनी गरोस भन्न चाहन्छु । नेपालमा शैक्षिक जनशक्तिको बिकास भएको छ । रोजगारीको अवसर नहुँदा विदेश पलायन भएको छ । यो रोक्न कार्य विद्यार्थीले पढ्दै गर्दैको अवसरको सृजना गर्न राज्यले नीति बनाउनु पर्छ ।
शैक्षिक सुधार गर्दै स्तर विकास गर्ने रणनीतिक योजना के छन् ?
त्रिभुवन विश्व विद्यालय (TU) को शैक्षिक क्यालिण्डर अनुसार परीक्षामा आउने प्रश्नपत्रको सम्भावित प्रश्नपत्र छनोट गरी तयारी कक्षा संचालन गर्ने विद्यार्थीहरुको मनोभावनालाई बुझेर शिक्षण सिकाइ गर्ने, नेतृत्व विकास र व्यक्तित्व विकासका लागि कार्यक्रम गर्ने, संघ, प्रदेश र स्थानीय सरकारलाई सामुदायिक कलेजहरुले शैक्षिक जनशक्ति विकासमा सहयोग पु¥याउन आवश्यक छ । उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुलाई पढ्दै गर्दैको अवस्थालाई ध्यान केन्द्रीत गरी तीनै तहका सरकारले हरेक वर्ष सामुदायिक कलेजको शैक्षिक स्तर विकास, सिप क्षमता विकासमा मद्दत पुग्नेगरी बजेट विनियोजन गर्न सक्नुपर्छ । हामी हाम्रो जनशक्ति टीम प्रयोग गर्न तयार छौं । आगामी वर्ष एम.एड. तह स्नातकोत्तर र व्याचलर लेवलमा BHM होटल म्यानेजमेन्ट संचालन स्वीकृतिमा जुटेका छौं ।
प्रस्तुतकर्ता : रमेशप्रसाद न्यौपाने
