IMG-LOGO

राज्यले पढ्दै, गर्दैको नीति कार्यान्वयन गरे विदेश पलायन रोकिन्छ

 मंगल, सावन ५, २०८३  श्रीकुमार सुवाल, क्याम्पस प्रमुख, इन्द्रेश्वर क्याम्पस, पनौती

                २०४५ सालदेखि शिक्षण सेवामा लाग्नु भएका शिक्षा सेवी श्रीकुमार सुवाल इन्द्रेश्वर क्याम्पस पनौतीको २०६३ सालदेखि क्याम्पस प्रमुखको जिम्मेवारी समाल्दै आउनुभएको छ । २०५८ सालमा स्थापीत इन्द्रेश्वर क्याम्पसको संस्थापक क्याम्पस प्रमुख देवकृष्ण शर्मा हुनुहुन्थ्यो । काभ्रे जिल्लामा १७ वटा सामुदायिक क्याम्पस सञ्चालनमा ग्रामीण दुरदराजका क्याम्पस सञ्चालन गर्न नै कठीन भएको बताउनु हुन्छ क्याम्पस प्रमुख सुवाल । कारण कक्षा १२ उत्तीर्ण गर्ना साथ युवा वर्ग पलायन, त्यस्तैगरी साुमदायक आधारित क्याम्पस भएकाले विद्यार्थी वर्गले तिरेको शुल्क नै प्रमुख आय श्रोत हुन्छ क्याम्पस प्रमुख सुवालको भनाइ छ । इन्द्रेश्वर क्याम्पसमा व्याचलर लेवलमा व्यवस्थापन कार्यक्रम अन्तरगत BBS, BA, MBS, त्यस्तै शिक्षा B.ed तर्फ नेपाली, इको, इङ्गलिश र म्याथ, मनविकी तर्फ BASW मा सोसल वर्क र अतिरिक्त कम्प्यूटर कक्षा सञ्चालन हुँदै आएको छ । ऐतिहासिक नगरी पनौतीमा सञ्चालित दक्षिण भेग दुरदराजका मध्यम, सामान्य र विपन्न वर्गले अध्ययन गर्ने दरविलो शैक्षिक संस्थाको रुपमा रहेको समुदायमा आधारित क्याम्पसकारुपमा परिचित छ इन्द्रेश्वर क्याम्पस । सामुदायिक क्याम्पसका प्रमुख चुनौती, शैक्षिक स्तरीयता र भावी योजनाको सवालमा क्याम्पस प्रमुख श्रीकुमार सुवालसँग रेडियो एविसीमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ :

                २०५८ सालमा स्थापना भएको इन्दे्रश्वर कलेजको शैक्षिक आरोह अवरोहको बारेमा बताइदिनुस न ?

इन्द्रेश्वर क्याम्पस २०५८ सालमा स्थापना भएको हो । ग्रामीण समुदाय दुरदराजका नागरिकहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने मुल ध्येय लिइ सञ्चालन भएको यस कलेजले समुदायको शैक्षिक स्तर विकास गर्न महत्वपूर्ण भूमिका खेलेको छ । अहिले रजत वर्ष प्रारम्भ भयो । स्नातक तहदेखि देखि उच्च शिक्षा अध्ययन गर्न टाढा जनुपर्ने अवस्था छैन । न्यूनतम शुल्कमा घर कै खाना खाएर आँगन कै कलेजमा अध्ययन गर्ने अवसर छ । रमणीय शैक्षिक वातावरण, दक्ष योग्य अनुभवि प्राध्यापकहरुबाट शिक्षण सिकाइ हुन्छ । सर्व सुलभ ढङ्गबाट स्नातकदेखि मास्टर डिग्री सम्मको शिक्षा अध्ययन गर्ने अवसर छ । यो खालको अवसर उपयोग गर्न सबैलाई आग्रह गर्न चाहन्छु ।

                कक्षा १२ को नतिजा सार्वजनिक भए सँगै स्नातक तहको भर्ना अभियान कसरी सञ्चालन भएको छ ?

सामुदायमा शैक्षिक बिकासको लहर ल्याउन पनौती भेगका आम नागरिक, राजनीतिक कर्मी, बौद्धिक वर्ग, शिक्षा प्रेमी, सबैको त्याग, शिक्षक वर्गको योगदानको कारण पनौतीको एैतिहासिक मठमन्दिरको सहरमा झण्डै साढे दुईदशक शैक्षिक संस्था विद्याको मन्दिर सञ्चालन हुनु राम्रो हो भनेर बुभ्mन सकिन्छ । कक्षा १२ को नतिजासँगै अभिभावक वर्ग विद्यार्थीहरु शिक्षा ग्रहणको विगतको अवस्थालाई नियाल्दै शैक्षिक गन्तव्य कसरी राम्रो बनाउन सकिन्छ भनेर भविष्यमा स्तरीय शिक्षा लिइ जीवनलाई सकारात्मक मार्गमा डो¥याउने वातावरण तयारका लागि विद्यार्थी, अभिभावक वर्ग, विद्यालय भ्रमण गर्न आएको अवस्था छ । विद्यार्थी भर्ना कार्यक्रम निरन्तर अघि बढेको छ ।

                इन्द्रेश्वर क्याम्पसको शैक्षिक आकर्षण बारे थप प्रष्ट पारीदिनुस न ?

शैक्षिक संस्था सञ्चालनको २५ वर्ष रजत जयन्ती आगामी वर्ष मनाउनुपर्छ । विद्यार्थीहरुको शिक्षण सिकाइ थप प्रभावकारी बनाउने, थप व्यवस्थित भौतिक पूर्वाधार निर्माणलाई प्रबन्ध, विगतमा भएका समस्यालाई हटाउने । शैक्षिक सुधार गर्न रणनीतिक योजना अनुसार आधुनिक, वैज्ञानिक, विश्व बजारमा विक्ने व्यवहारिक ज्ञान सहितको शिक्षा प्रदान गर्न हाम्रो व्यवस्थापन र शिक्षक टिम सशक्त ढङ्गबाट लागि परेको छ । उचित लाइवेरी, कम्प्यूटर ल्याबमा, ल्यापटप कम्प्यूटर थप गर्ने, कम्प्यूटर सम्बन्धी ज्ञान हाँसिल गर्न सम्बन्धीत विषयमा विशेषज्ञता प्राप्त गरेका प्राध्यापकहरु थप गरी शैक्षिक स्तरीयता कायममा थप स्तर वृद्धि गर्न हाम्रो टिम शसक्त भइ लागि पर्ने छ । हाम्रो इन्द्रेश्वर क्याम्पसमा अध्ययन सफलता गरेका शैक्षिक जनशक्ति ७५ देखि ८० प्रतिशत रोजगारी प्राप्त गर्न सकेका छन्, अरु २० प्रतिशत जनशक्ति व्यवसाय सञ्चालन, स्वरोजगार भएको अवस्था छ । यो नै शैक्षिक आकर्षण हो भन्ने लाग्छ ।

                तीन दशक देखि शिक्षण सेवामा लाग्नुभएको छ, सामुदायिक कलेज सञ्चालनका प्रमुख चुनौती के के रहेछन् ?

त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन लिइ सञ्चालन भएको हाम्रो कलेज समुदायबाट नै चल्ने हो । विद्यार्थीहरुले तिर्ने शुल्क नै प्रमुख आर्थिक स्रोत हो । पछिल्लो समय विगत ६ वर्षदेखि विश्व विद्यालय अनुदान आयोगबाट TU बाट सम्बन्धन लिएको कलेजहरुको शैक्षिक अवस्था, विद्यार्थीको संख्याको आधारमा सहयोग उपलब्ध गराएको छ । उक्त रकमले कलेजलाई आवश्यक पर्ने भौतिक पूर्वाधार संरचना निर्माण कार्य भएका छन् । यसले मात्र प¥याप्त छैन । सामुदायिक कलेजहरु समुदायको नै सम्पती हो, केन्द्र, प्रदेश र स्थानीय सरकारले शैक्षिक गुणस्तर बिकासका लागि आवश्यक सहयोग उपलब्ध गराउनुपर्छ । भौतिक पूर्वाधार निर्माण, शैक्षिक सुधारका लागि नीतिगत रुपमा हरेक वर्ष बजेट उपलब्ध गराएको खण्डमा शैक्षिक विकासमा परिवर्तन आउन सक्छ । सामुदायिक कलेजहरु कठीन अवस्थामा पनि चलिरहेका छन् ।

                शैक्षिक सुधार गर्ने कार्यक्रमिक भावी योजना के छन् ?

स्नातक तहमा BBS, BA, BEd का कक्षा सञ्चालन गर्दै आएका छौं । त्यस्तैगरी उच्च शिक्षा मास्टर डिग्रीमा MBS, BASW र अतिक्त कम्प्यूटर कक्षाबाट कम्प्यूटर सम्बन्धी शिक्षा प्रदान गरेका छौं । शिक्षा प्राप्त गर्नु भनेको ज्ञान, सिप संस्कार, अनुशासन प्राप्त गरी जीवनलाई सकारात्मक मार्गमा डो¥याउने हो । जुन देशमा राज्यले शिक्षामा बेसी लगानी गर्छ । शैक्षिक विकासमा जति धेरै लगानी त्यति धेरै देशको समृद्धि र बिकास सम्भव छ । दक्ष मनवीय जनशक्तिको प्रयोग भएका देशहरु, आर्थिक, सामाजिक, सांस्कृतिकरुपमा समृद्ध भएका छन् । शिक्षालाई उत्पादनसँग जोड्नेगरी शिक्षा नीति निर्माण गर्न जरुरी छ । निकट भविष्यमा नै त्रिभुवन विश्व विद्यालयबाट स्नातक तहमा BBA सञ्चालनका लागि तयारीमा गुटेका छौं । यसमा सफलता प्राप्त भए प्राविधिक विषयहरु सञ्चालन गर्ने सोच छ ।

                संघ प्रदेश र स्थानीय सरकारले शैक्षिक उन्नयन विकासका लागि अव के गर्नुपर्ला ?

बर्तमान परिपेक्षमा सूचना र प्रविधिको विकासमा विश्वले फड्को मारेको अवस्था छ । शिक्षालाई प्रविधिसँग जोड्दै उत्पादनलाई उद्योगसँग जोड्दै मानवीय जनशक्तिलाई गरीखाने बनाउनु जरुरी छ । विश्वका शक्तिसाली राष्ट्र अमेरीका, युरोपका मुलुकहरु त्यतिकै धनि र सम्पन्न भएका हैनन् । परिश्रम र मेहनत गरेर सम्भव भएको हो । युवा जनशक्तिलाई देशमै रोजगारीको अवसर दिनु जरुरी छ । स्नातक तह अध्ययन गर्न पढ्दै गर्दैको अवधारणा नीति राज्यले लागु गर्नुपर्छ । स्नातक तह र मास्टर डिग्री सफलता हाँसिल पनि गर्ने काम गरेर पढ्ने, रोजगारी गरी आप्mनो घर परिवारलाई समेत खुसि राख्न सक्ने अवस्था सृजना हुनुपर्छ । नयाँ सरकारले आगमी वर्ष देखि यो लागु गरोस् भन्न चाहन्छु । पढ्दै गर्दैको नीति कार्यान्वयनले युवा जनशक्ति पलायन रोकिन्छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्