IMG-LOGO

निकट भविष्यमा बिबिए र बिसिए सम्बन्धन लिने तयारीमा जुटेका छौं

 मंगल, असार ३०, २०८३  डा. अम्बुभवानी कार्की, संस्थापक क्याम्पस प्रमुख, तेजगंगा बहुमुखी क्याम्पस पनौती, काभ्रे

            २०५७ सालमा स्थापना भएको तेजगंगा बहुमुखी क्याम्पसमा कक्षा ११ देखि BBS, B.ED, BA र MBS सम्मको अध्ययन गर्ने अवसर प्राप्त हुन्छ । त्यसैगरी उक्त क्याम्पसमा कक्षा ११ मा व्यवस्थापन, मानविकी र शिक्षा संकायको पढाई हुन्छ । शैक्षिक क्षेत्रको विकासमा इटा थप्न सफल तेजगंगा बहुमुखी क्याम्पसको क्याम्पस प्रमुख डा. अम्बु भवानी कार्की विगत २६ वर्षदेखि तन, मन, वचन र कर्मको कार्य, शिक्षकहरुको जम्बो टोलीको लगनशिलतको कारण सामुदायिक क्याम्पस मध्येकै स्तरीय शिक्षा प्रदान गर्ने सवालमा परिचित भएको बताउनु हुन्छ : क्याम्पस प्रमुख कार्की । सामुदायिक क्याम्पसको सल्लाहकार समेत रहनुभएकी तेजगंगाको क्याम्पस प्रमुख कार्कीसँग शैक्षिक अवस्था व्याचलर लेबल BBS, Bed र BA भर्ना अभियान, भावी योजनाका साथै प्रतावित कार्यक्रमहरु BBA र BCA संचालन गर्ने तयारी कहाँ पुग्यो ? विविध शैक्षिक सवालका सन्दर्भमा संस्थापक क्याम्पस प्रमुख डा. अम्बुभभवानी कार्कीसँग रेडियो एविसीमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ :

            २०५७ सालमा स्थापित तेजगंगा बहुमुखी क्याम्पसको शैक्षिक उपलब्धीलाई कसरी नियाल्न सकिन्छ ?

त्रिभुवन विश्व विद्यालयबाट २०५७ भाद्र १५ गतेदेखि सम्बन्धन लिई स्तरीय, गुणात्मक शिक्षा प्रदान गर्ने उद्देश्यका साथ व्यवस्थापन, मानविकी र शिक्षा संकायका कार्यक्रम सञ्चालन गरिएको हो । १३ जना विद्यार्थीबाट अध्यापन प्रारम्भ गरेको कलेजमा विगत वर्षहरुमा प्रति कक्षा ४० जना दुई दुई सेक्सन गरी पढाउने कार्य गरीयो । विगत २ वर्षदेखि विद्यार्थीहरुको संख्या घट्दै गएको छ । +२ अध्ययन सफलता हाँसिल गर्ने वित्तीकै विदेश पलायन हुने अवस्था छ । सामुदायिक कलेजहरुले सामुदायको हितमा आफ्नो बुताले भ्याए सम्म गुणस्तरिय शिक्षा प्रदान गर्दै आएका छन् । देशको माटो सुहाउने, गरिखाने शिक्षा दिन राज्यले राम्रो नीति ल्याउन सक्नुपर्छ । वर्तमान शिक्षा प्रणाली व्यवहारिक ज्ञान जीवन सँग प्रतक्ष जोडीने शिक्षा हुनुपर्ने त्यसो हुन सकेको छैन । उत्पादन, उद्योगसँग शिक्षा जोडीनुपर्छ । हाम्रो कलेजमा अध्ययन सफलता हाँसिल गरेका विद्यार्थीहरुले ८० प्रतिशतले रोजगारी प्राप्त गर्न सकेका छन् । सरकारी निकाय सामाजिक संघ संस्था बैंक तथा वित्तीय संस्थामा यहाँ अध्ययन गरेका विद्यार्थीहरु संलग्न छन् । गुणस्तरीय शिक्षा प्रदानका लागि (QAA) सटीफाइड गरी सञ्चालन गरिएको छ ।

            कक्षा १२ को नतिजा सार्वजनिक सँगै विद्यार्थीहरु कलेज र विषय छनोटमा दौडधुप गरेका छन्, भर्ना अभियान कसरी अघि बढ्दै छ ?

काभ्रे जिल्लामा १८/१९ वटा सामुदायिक कलेज संचालनमा छन् । उच्च प्रविधिको विकासलाई समेत मध्यनगर गरी हाम्रा मेहनती प्राध्यापकहरुको लगनसिलता, व्यवस्थापन टिमको उचित प्रबन्ध, मनोरम शैक्षिक वातावरणमा अध्ययन गर्ने अवसर हामीले निर्माण गरेका छौं । विद्यार्थी र अभिभावकहरु शैक्षिक वातावरण बुभ्mन आउने क्रम जारी छ । ७० जना कक्षा ११ मा भर्ना भइसक्नु भएको छ । विद्यार्थीहरुबाट उठेको सबै रकम शैक्षिक गुणस्तर विकास, विद्यार्थीहरुको प्रभावकारी शिक्षण सिकाइमा हामीले खर्च गर्दै आएको छौं । ८० प्रतिशत महिला २० प्रतिशत पुरुषले कलेजमा अध्ययन गरेको अवस्था छ । हामीले काभ्रे जिल्ला र पनौती क्षेत्रमै एक घर एक स्नातक शैक्षिक ज्ञान हाँसिल गरेको जनशक्ति उत्पादनमा अभियान नै चलायौं । कक्षा ११ मा ७० जना, स्नातक तह पहिलो वर्षका लागि भर्ना अभियान अघि बढेको छ । हालसम्म सबै कक्षामा गरी ५ सय १० विद्यार्थी अध्ययनरत छन् ।

            शैक्षिक गुणस्तर विकासको सवाल, सकारात्मक प्रयासका बारेमा बताइदिनुस न ?

विश्व विद्यालय अनुदान आयोगबाट सामुदायिक क्याम्पसको शैक्षिक स्तर विकास गर्न भौतिक पूर्वाधार र शैक्षिक सुधारका लागि सहयोग हुँदै आएको छ । (QAA) गुणस्तर वृद्धिका सूचकहरु पुरा गरेको खण्डमा सहयोग उपलब्ध गराउँदै आएको छ । २०५८ मा कक्षा ११ र १२ त्यसपछि, स्नातक तह र मास्टर डिग्री सम्म कक्षा सञ्चालन गरिएको हो । प्राध्यापकहरुको सक्रिय संलग्नता, मेहनत योगदान, नैतिक, संस्कार, आचरण विद्यार्थीहरुको लागि अतिरिक्त कक्षा सञ्चालन, कम्यूटर ल्याव, आधुनिक किसीमको लाइवेरी, भौतिक पूर्वाधार निर्माण, फर्निचर समाग्रीको राम्रो प्रबन्ध, मनोरम शैक्षिक वातावरण, अनुभवी प्राध्यापकहरुबाट अध्यापन गराउँदै आएका छौं । QAA सटीफाइडमा देशभरका १ सय ५५ विद्यालयहरु आवद्ध भएका छन् र तीनीहरुबाट शैक्षिक गुणस्तर वृद्धि हुँदै गएको छ । ५ सय ४७ सामुदायिक क्याम्पसमा करीब ३ लाख विद्यार्थीहरु अध्ययनरत छन् । सिमित स्रोतसाधनबाट सामुदायिक क्याम्यसले स्तरिय शिक्षा प्रदान गर्दै आएको छ । हाम्रो क्याम्पसले गुणस्तरिय शिक्षा प्रदान गरेका छौं ।

            शैक्षिक आकर्षण र भावि शैक्षिक कार्ययोजना के के छन् ?

नैतिक आचरण, अनुशासन, संस्कार र सिप सहितको शिक्षा प्रदान गर्न निरन्तर लागि परेको छ । विद्यार्थीहरुको मनोभावना रुचीलाई बुझेर शिक्षण सिकाई गरिन्छ । कमजोर विद्यार्थीलाई अतिरिक्त कक्षा, कम्प्यूटर ल्याब, आधुनिक लाइवेरीको प्रबन्ध, गरिब तथा जेहन्दारलाई छात्रवृति प्रदान, मनोरम शैक्षिक वातावरणमा अध्यापन गरिन्छ । QAA सटीफाइड गुणस्तर, वृद्धिलाई मुल उद्देश्य पूर्ति गर्न लागि परेको छ । उच्च शिक्षा अध्ययन गर्न अन्यत्र भौतारिनु पर्ने अवस्था छैन । न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरेका छौं । निकट भविष्यमा नै बजार माग, समुदायको आवश्यकता विश्व बजारमा विक्ने प्राविधिक शिक्षा ग्रहणका लागि हाम्रो व्यवस्थापन र शिक्षक टिम लागि गरेको BCA र BBA सञ्चालनको लागि अन्तिम तयारीमा जुटेका छौं । त्यस्तै जापानको विश्व विद्यालयसँग समन्वय सहकार्य गरी भातृत्व भइचारा र शिक्षण सिकाइका सवालमा समेत बहस पैरवी गर्ने कार्य अघि बढाएका छौं ।

            सामुदायिक कलेजहरुको स्थायित्व, विकास गर्न शैक्षिक विकासमा थप प्रभावकारीता ल्याउन कसरी सम्भव देख्नुहुन्छ ?

स्थानी, प्रदेश र संघ सरकारले सामुदायिक कलेज समुदाय र राज्यको नै सम्पती हो भनेर बुभ्mनुप¥यो । भौतिक पूर्वाधार निर्माण, शैक्षिक सुधारका लागि बजेट उपलब्ध गर्ने, कलेजहरुलाई ३ देखि ४ वटा मास्टर डिग्री सफलता हाँसिल गरेका प्रध्यापक उपलब्ध गराउने गर्नुप¥यो । फर्निया खरिद, लाइवेरी सञ्चालन, प्रविधिको विकासलाई आत्मसाथ गरी उद्योग र उद्यमसँग जोड्नेगरी शिक्षा प्रदान गर्न राज्य तयार हुनुपर्छ । विश्वको विकसित मुलुकमा पढ्दै गर्दैको अवधारण विगत २ दशक अघिदेखि नै सुरु भएको हो । विदेश पलायन रोक्न, आप्mनै देशमा रोजगारको अवसर सृजना गर्न सबै एकताबद्ध हुनुपर्छ । शैक्षिक दक्ष जनशक्ति प्रयोग गर्ने मुलुकले समृद्धि हाँसिल गरेका छन् । हामीले अब आर्थिक सम्मृद्धि हाँसिल गर्न एकीकृत ढङ्गबाट एकै ठाउँमा उभिएर काम गर्नुपर्छ । उच्च शिक्षा अध्ययन पुरा गरेका व्यक्तिहरुलाई रोजगरी, उद्यमसिलताको विकासको प्रबन्ध मिलाउने, देशका तीनै तहका सरकार कटीवद्ध हुनुपर्छ । उच्च शिक्षा गरेका व्यक्तिहरुलाई सटिफिकेट घितो राखेर ऋण प्रवाह गरेको खण्डमा राम्रो हुन्छ । राज्यले अब पढ्दै गर्दैको शिक्षा नीति तुरुन्त समाउनुपर्छ ।

प्रस्तुतकर्ता : रमेशप्रसाद न्यौपाने

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्