IMG-LOGO

विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गरेका छौं

 मंगल, असार २३, २०८३  रोहित दाहाल, शिक्षालय प्रमुख, नेपाल बनेपा बहुप्राविधिक शिक्षालय, काभ्रे

                २०३० साल कार्तिक ९ गते विराटनगरमा जन्मनु भएको रोहित दाहालले अर्थशास्त्रमा मास्टर डिग्री, ग्रामीण विकासमा एमए (MA) शैक्षिक योग्यता हाँसिल गर्नुभएको छ । २०५४ साल देखि रोजगारीमा प्रवेश लाग्नुभएका दाहालले पोखरा तालिम केन्द्रबाट कर्म प्रारम्भ गर्नुभएको हो । देशको विकास र समृद्धिका लागि सिमुलक प्राविधिक शिक्षा आवश्यक रहेको बताउनुहुन्छ रोहित दाहाल । नेपाल बनेपा बहुप्राविधिक शिक्षालय काभ्रेका प्रमुख रोहित दाहालले २०८३ पुष २० गतेदेखि जिम्मेवारी समाल्नु भएको हो । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (CTEVT) को आङ्गिक क्याम्पसको रुपमा सञ्चालित उक्त शिक्षालय भवन बनेपा नगरपालिकाले जग्गा उपलब्ध गरेको र चाइना सरकारको आर्थिक सहयोगमा २०६५ सालमा स्थापना भएको हो । १ सय २ रोपनी अर्थात ५ दशमलव २ हेक्टरमा पैmलिएको शिक्षालयमा हाल ४ सय १० विद्यार्थी अध्ययनरत छन् । नेपाल बनेपा बहुप्रविधिक शिक्षालयको शैक्षिक स्तरियता, शैक्षिक उपलब्धी, भावि शैक्षिक योजनाको सवालमा शिक्षालय प्रमुख रोहित दाहालसँग रेडियो एविसीमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ :

                २०६५ सालमा स्थापित नेपाल बनेपा बहुप्राविधिक शिक्षालयको शैक्षिक उपलब्धीलाई कसरी नियाल्न सकिन्छ ?

बनेपा नगरपालिकाको योगदान, चाइना सरकारको सहयोगमा शिक्षालय भवन निर्माण भएको हो । १ सय २ रोपनी, ५ दशमलव २ हेक्टर क्षेत्रफलमा पैmलिएको भावनामा ४ सय १० विद्यार्थी अध्ययनरत छन् । यस शैक्षिक शत्रमा ९५ जना विद्यार्थी भर्ना भएका छन् । विकास र समृद्धिकालागि प्राविधिक सिप सहितको शिक्षा प्रदान गर्ने उद्देश्यका साथ शिक्षालय सञ्चालन भएको हो । स्वदेश तथा विदेशमा रोजगारीको अवसर, उद्यमसिलताको विकासलाई समेत मद्दत पुग्नेगरी गुणस्तरीय सिपमुलक शिक्षा हामीले प्रदान गरेका छौं । डिप्लोमा ईन ईन्फरमेशन टेक्नोलोजी (IT) डिप्लोमा ईन ज्योम्याट्रिक्स इन्जिनियरिङ, डिप्लोमा ईन इलोक्ट्रिकल ईन्जिनियरिङ र डिप्लोमा ईन होटल म्यानेजमेन्ट गरी ५ वटा कार्यक्रम सञ्चालन प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदको सर्वोत्कृष्ट रुपमा सम्मानित समेत भएको छ । देशको लागि आवश्यक पर्ने प्राविधिक दक्ष जनशक्ति उत्पादन नै यसको मुख्य मुख्य उद्देश्य हो । सोही कार्य गरेको नै मुख्य उपलब्धी हो भन्ने लाग्छ ।

                डिप्लोमा ३ वर्षे कार्यक्रम भर्ना अभियान कसरी सञ्चालन भइरहेको छ ?

एसईई अध्यन सफलता प्राप्त गरेका विद्यार्थीहरुले आ–आप्mनो रुचि अनुसार इन्फरमेसन टेक्नोलोजी (IT), सिभिल ईन्जिनियरिङ, होटल म्यानेजमेन्ट, ज्योम्याटिक्स ईन्जिनियरिङ र इलेक्ट्रिकल इन्जिनियरिङ अध्ययन गर्ने अवसर छ । कक्षा १२ अध्यन सफलता हाँसिल गरेका विद्यार्थीहरु पनि आधुनिक सूचना प्रविधि (IT) सिप सिक्न र व्यवहारिक ज्ञान लिन आउने गरेका छन् । भर्ना कार्यक्रमबाट हालसम्म ९५ जना डिप्लोमा ३ वर्षे अध्ययनका लागि भर्ना भइसकेको अवस्था छ । प्रविधिक शिक्षा ग्रहणका लागि सिन्धुपाल्चोक, रामेछाप दोलखा, सिन्धुली त्यस्तैगरी मधेश र लुम्बीनी क्षेत्रका विद्यार्थीहरु बेसी अध्ययन गर्न आउने गरेका छन् । बनेपा नगरपालिकाको सिफारिसमा छात्रवृतिमा अध्यन गर्ने अवसर छ तर हालसम्म आएको छैन । काभ्रे जिल्लाका १३ पालिकाहरु छन् । राष्ट्रिय तथा अन्तराष्ट्रिय रोजगार बजारका लागि प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति विकास गर्न उक्त क्षेत्रका विद्यार्थीहरुलाई अध्ययनका लागि प्रोत्साहन गर्नुपर्ने हुन सकेको छैन । त्यस्तै बनेपाको कोटाका लागि २४ हजार ५ सयमा अध्ययन गर्ने अवसर छ । बनेपाका स्थायिरुपमा बसोबास गर्ने व्यक्तिले उक्त सुविधा प्राप्त गर्नसक्ने छन् । हालसम्म उक्त सुविधा उपभोग गर्ने कोहि छैनन् । नगरपालिकाले नागरिकहरुलाई सचेतना गराउनु राम्रो हुन्छ ।

                डिप्लोमा ३ वर्षे कोर्षको ५ कार्यक्रमको सिट संख्या कति छ ?

आधुनिक सूचना प्रविधि (IT) ४८, जना सिभिल इन्जीनियरिङ ४८, होटल म्यानेजमेन्ट ४८, सिभिल इन्जीनियरिङ ४८, इलेक्ट्रिकल इन्जिनियरिङ ४८, ज्योम्याट्रिक्स भर्ना क्षमता रहेको छ । प्राविधिक ज्ञान र सिप प्रदान गरिने भएको हुँदा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा समेत रोजगारी प्राप्त गर्न सकिने क्षमताको विकास भएको हुँदा ३ बर्षे डिप्लोमा विषय अध्ययन गर्न म आग्रह गर्न चाहन्छु ।

                डिप्लोमा ३ वर्षे अध्ययन सफलता गरेका विद्यार्थीहरुले प्राप्त गर्ने रोजगारका अवसर के के छन् ?

सूचना प्रविधिमा दक्षता हाँसिल गरेकाहरुले व्यापार, उद्योग र प्रविधि क्षेत्रमा जिविकोपार्जनका लागि अवसर, वेवसाइट सप्mटवेयर बनाउन सकिने, कम्यूटर मर्मतको सिप हाँसिल, त्यस्तै गरी सिभिल इन्जीनियरिङ तर्पm भवन निर्माण, सीप सिक्ने, सडक सिंचाइ, खानेपानी, हाइड्रोपावर, आपूर्ति सम्बन्धी सिप, पूर्वाधार विकासका लागि सहयोग लोकसेवा आयोय अन्तरगत ५ औं तह सब इन्जिनियर सम्म कार्य गर्न योग्य हुने, त्यस्तै होटल म्यानेजमेन्टमा होटल तथा आतिथ्यता सम्बन्धी सिप, वेटर, कुक, हाउसकिपिङ, वेटर, वेकरी, निर्णय क्षमता तथा व्यवस्थापन गर्न सक्ने क्षमताको विकास, होटल आतिथ्यताको संगठनात्मक संचालनको ज्ञान हाँसिल, त्यस्तैगरी ज्याम्याटिक्स इन्जीनियर तर्फ आधुनिक प्राविधिको ड्रोन, भूमि सर्वेक्षण र नक्साङ्कनको सिप सिकाउने, (GIS को प्रयोग गरी जग्गाको क्षेत्रफल तथा अन्य (Spotital Analysis गर्ने सिप हाँसिल गर्न सकिन्छ । जग्गाको कित्ताकाट गर्ने सिपसिकाउने लोक सेवाको ५ औं तह सर्वेक्षक सम्म काम गर्न योग्य र इलेक्ट्रिकल इन्जिनियरिङ अध्ययन सफलता हाँसिल गरेको खण्डमा घर तथा उद्योगमा, विद्युत जडान, सबै सिप सिक्ने सकिने, पावर सिस्टमा बिजुली प्रणाली कार्यहरु जान्न सकिने, सोलार मेसिन र उद्योगका उपकरणहरु, सञ्चालन तथा मर्मत गर्ने सिप, इलेक्ट्रिकल तर्फ ५ औं तहको सबइन्जीनियर बन्न सकिन्छ ।

                ३ वर्षे डिप्लोमा कोर्ष कम्प्लीट गर्न शुल्क कति लाग्छ ?

इन्जीनियर कार्यक्रम तर्फ ८० हजार र होटल म्यानेजम्यन्ट तर्फ ८० हजार शुल्क लाग्छ । न्यूनतम शुल्कका राष्ट्रिय तथा अन्तराष्ट्रिय रोजगार बजारमा प्रतिस्पर्धा गरि रोजगार प्राप्त गर्न सक्छन् । कम शुल्कमा प्राविधिक ज्ञान सिपमुलक शिक्षा ग्रहण गरी जीवनलाई आर्थिक समृद्धिको मार्गमा अगाडी बढाउन र स्वरोजगारी बन्ने अवसर छ ।

                विश्व विद्यालय तथा कलेजहरुमा विद्यार्थीहरुको खडेरी किन ?

विकसित देश युरोप, अमेरिका, चाइना, जापानमा पढ्दै गर्दैको नीति आयो । नेपाली विद्यार्थीहरु स्वदेशमा रोजगारीको अवसर कम हुने उद्योग धन्दा नयाँ नखुलेको हुँदा, रोजगारीको अवसर छैन । सरकार र नागरिक दुवैको लगानीले उत्पादन गरेको दक्ष जनशक्ति विदेशले प्रयोग गरेको छ । विदेशमा राम्रो आम्दानी पनि हुने । पढ्ने अवसर दुवै हुँदा कक्षा १२ उत्तीर्ण गर्नासाथ विदेश पलायन बढ्यो । स्वदेशमै रोजगारीको अवसर प्राविधिक ज्ञान, सिप र सिपलाई उत्पादनसँग जोड्ने शैक्षिक नीति अवलम्वन गर्न राज्य लाग्नुपर्छ । जुन देशले युवा जनशक्तिको उपयोग गर्छ त्यो देश समृद्धि र सर्वशक्तिमान भएको छ ।

प्रस्तुतकर्ता : रमेशप्रसाद न्यौपाने

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्