IMG-LOGO

अभिभावक वर्ग र विद्यार्थीहरुले निःशुल्क हैन गुणस्तरीय शिक्षा खोजेका छन्

 मंगल, जेठ ५, २०८३  श्यामप्रसाद पाण्डेय, प्रधानाध्यापक, श्री चण्डेश्वरी सृस्टिकान्त माध्यमिक विद्यालय, बनेपा–४, नाला

                २००४ सालमा स्थापना भएको श्री चेण्डेश्वरी सृष्टिकान्त माविको शैक्षिक उपलब्धीलाई कसरी नियाल्न सकिन्छ ?

आरध्यदेवी चण्डेश्वरी माताको नामबाट नै स्थापीत विद्यालय २०१७ सालमा नालामा स्तान्तरण गरिएको हो । उक्त विद्यालय २०० मिटर नजिकै रहेको सृष्टिकान्त आधारभूत विद्यालय एकीकरण भएसँगै श्री चण्डेश्वरी सृष्टिकान्त मावि भएको हो । नीजि स्तरबाट सञ्चालित विद्यालयको शैक्षिक अवस्था सुधार हुँदै जाने सामुदायिक विद्यालयको शैक्षिक स्तर खस्कँदो अवस्थामा रहने भएको थियो । २०६५ सालमा विद्यालय व्यवस्थापन समिति, स्थानीय सामुदाय बुद्धिजीवीहरुको सहयोग शिक्षकहरुको लगनशिलताको कारण अभिभावक र विद्यार्थीको रुची अनुसार नेपाली र अंग्रेजी माध्यमबाट अध्यापन प्रारम्भ गरियो । २०७१ सालमा कक्षा ११ र १२ सञ्चालन गरियो । अंग्रेजी शिक्षण सिकाइ मात्र शैक्षिक मानक त छैन । ज्ञान, सिप संस्कार, अनुसाशन श्रमलाई सृजना र उद्योगसँग जोड्ने शिक्षा प्रदान गर्नुपर्छ । ज्ञान, विज्ञान प्रविधिको विकासलाई आत्मसाथ गरी सरकारले शैक्षिक पाठ्यक्रम विकास गरी पढ्दै गर्दैको अभ्यास अब सुरु गर्नुपर्छ ।

                श्री चण्डेश्वरी सृष्टिकान्त माध्यमिक विद्यालय नै विद्यार्थीहरुको रोजाइ हुनुपर्नेका कारण ?

एसईईमा शत प्रतिशत नतिजा ल्याउन सफल, शैक्षिक वातावरण राम्रो, विद्यालयको व्यवस्थापन टिम, शिक्षक वर्गको जागीरे मानसिकता नभइ विद्यालयको उच्च गरिमा राख्न सरकारले निधारण गरेको समय भन्दा शिक्षक वर्गले थप समय, काम गर्ने मेहनति, लगनसिल हुनु, अभिभावकहरु, स्थानीय भद्र भलादमीको आर्थिक सहयोग, विद्यार्थीहरुको अनुशासन शिक्षाप्रतिको लगनसिलताको कारण शैक्षिक स्तर विकास भएको छ । ISO (आइएसओ सटिफाइड पद्धतीबाट) शैक्षिक गुणस्तर विकासमा मद्दत पुगेको कारण र विद्यार्थीहरुको शिक्षा, स्वास्थ्य र सुरक्षाको प्रबन्ध बस सेवा सञ्चालन भएका कारण विद्यार्थीहरुको रोजाइ हुन पुगेको भन्ने लाग्छ ।

                आइएसओ सटिफाइड मान्यता प्राप्त भएसँगै विद्यार्थीहरुको शिक्षण सिकाइ प्रभावकारीतामा र कार्यान्वयनले शैक्षिक गुणस्तरीय विकास तर्पm कस्तो प्रभाव रहेको पाउनुभयो ?

शिक्षण सिकाई प्रभावकारीताको ४ वटा विषय बस्तुलाई आधार मान्न सकिन्छ । विद्यार्थीको सिकाइ स्तर मापन गर्ने । सबैले अध्ययन गरी सफलता हाँसिल गर्न सक्न सक्छन् । विद्यार्थीहरुको कार्यसम्पादन परीक्षण, कार्य सम्पादन मुल्याङ्कन विद्यार्थी र शिक्षक दुबैको, त्यस्तैगरी सिकेका विषयहरुको महिना महिनामा शैक्षिक प्रदर्शनी, ज्ञान र सिप प्रविधिको उच्चतम प्रयोग, उच्च दक्षत, कमजोर पक्ष भएका विद्यार्थीहरुको पहिचान गरी अध्ययन गर्न समय थप गरेर शिक्षण सिकाई गर्ने, विद्यार्थीहरुको चौतर्फी बिकास हुने शिक्षा प्रदान गर्न सकिन्छ । विद्यार्थी, विद्यालय सुरक्षा, देशको विकास, संस्कृति संस्कार जोगाउने, श्रम बजारमा विषयगत दक्षता हाँसिल गरेकाहरुको बजार मागको अवस्था, कार्य गर्ने अवसर प्राप्तिका सवालमा समेत ज्ञान हाँसिल गर्न सक्छन् ।

                सामुदायिक विद्यालय सञ्चालनका मुख्य चुनौती के के छन् ?

भौतिक पूर्वाधारको प¥याप्तता नहुनु, विषयगत शिक्षकहरुको दरबन्दी मिलान नहुनु । राज्यले जवरजस्ती निःशुल्क शिक्षा भनेर अभिभावकमा लाद्नु ठिक हैन । अभिवभावकले आप्mना बालबालिकालाई प्रविधिमैत्री, सिपसहितको अन्तराष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा प्रदान गर्ने रुची राखेको छ । आर्थिक अवस्था कमजोर भएका, विपन्न असाहयलाई निःशुल्क उच्च शिक्षा अध्ययन गर्न गर्ने अवसर प्रदान गर्दा हुन्छ । सामुदायिक विद्यालयका प्रधानाध्यापक लगायत शिक्षकहरुलाई हात खुट्टा बाँधेर नदी र पोखरीमा पौडी खेल्न पठाएर सामुदायिक विद्यालयको शैक्षिक सुधार सम्भव छैन । यो विषयमा शुल्क लिने यो विषयमा नलिने अभिभावकको गुणस्तरीय शिक्षको चाहना, विद्यार्थीहरुको क्षमता दक्षताका आधारमा शिक्षण सिकाइमा लाग्ने शुल्क विद्यालयले लिन पाउने प्रबन्ध गरिनुपर्छ ।

                सामुदायिक विद्यालयमा पढाउने अधिकांस शिक्षक राजनीतिक दलका पिछेलग्गु भए त्यसो भएर शिक्षामा सुधार हुन सकेन शिक्षक संगठन विद्यार्थी संगठन खारेज गर्नुपर्छ भने सरकारले खारेज ग¥यो ? यसलाई कसरी हेर्नु भएको छ ?

विद्यार्थीहरुको संघ संगठन संविधान कानुन अनुसार सञ्चालित हुन्छन् । शिक्षकहरुको पेशागत हकहित र विद्यार्थीहरुको शैक्षिक स्थायित्व र विकासमा सुधार ल्याउन हो वेथिती छ जहाँ छ त्यहाँ सुधार गर्न सकियो कानुन विपरित छ भने राज्यका निकायले कारवाही गर्न सकिन्छ नी । राजनीति समाज बिकास, देश विकासको मुल नीति हो योबाट कोही टाढा हुन सक्दैन । राजनीतिक चेतनाको विकास भएको नेतृत्व लिएको संघ संस्था वा विद्यालयमा सुधार भइ कार्य सम्पादन भएका छन् । कमजोरीहरुलाई सच्याउदै लग्नुपर्छ जुनसुकै संगठन खारेज गर्नु समस्याको समाधान हैन ।

                अन्त्यमा केहि भन्नु छ की ?

कक्षा ११ को भर्ना प्रारम्भ भएको छ । हाम्रो विद्यालयमा व्यवस्थापन कार्यक्रम तर्पm होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स, एकाउन्टेन्सी, इकोनोमिक्स र विजीनेश विषयको अध्यापन गरिन्छ । विद्यालयको शैक्षिक वातावरण बुभ्mन अभिभावक र विद्यार्थीहरुलाई अनुरोध गर्दछु ।

प्रस्तुतकर्ता : रमेशप्रसाद न्यौपाने

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्