१९९० साल बनेपामा स्थापीत बाल निकेतन इङ्गलिस बोर्डिङ स्कुल बाल केन्द्रित शिक्षण सिकाइलाई मुल मर्म बनाई आत्मसाथ गरेको बताउनु हुन्छ विद्यालयका संस्थापक प्रिन्सिपल दिलिपकुमार मुखिया । विगत ३६ वर्षदेखि शिक्षण सेवा गर्दै आउनुभएका प्रिन्सिपल मुखिया प्याब्सन काभ्रेको अध्यक्ष समेत हुनुभयो । आप्mनो उर्जासिल समय शिक्षण सेवामा विताउनु भएका बाल निकेतन विद्यालयका संस्थापक प्रिन्सिपल दिलिपकुमार मुखियासँग शैक्षिक स्तरीयता, भावि शैक्षिक योजना, शैक्षिक उपलब्धीको बारेमा रेडियो एविसीमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ :
विगत ३६ वर्षदेखि सञ्चालनमा आएको बालनिकेतन इङ्गलिस सेकेण्डरी स्कुल बनेपाको शैक्षिक उपलब्धीलाई कसरी नियाल्न सकिन्छ ?
शिक्षण सिकाइ प्रक्रिया पदद्दतीबाट चल्ने हो । चाडै आजै परिवर्तन र परिमाणमुखी नतिजा आउने होइन, केही समय लाग्छ । शिक्षा भन्ने वित्तिकै ज्ञान, सिप, अनुशासन, संस्कार सबैको समिश्रण हो । लेखन र पठन मात्र शिक्षा होइन, शिक्षा ज्ञान आर्जन गर्ने मात्र हैन । सकेका विषय बस्तु जीवन पद्दतीमा लागु गर्ने शिक्षा ग्रहरण गर्नुपर्छ । बालनिकेतन स्कुल बालकेन्द्रित शिक्षण सिकाइबाट विद्यार्थीहरुको चौतर्फी विकास हुने शिक्षा प्रदान गर्दै आएका छौं । हाम्रो विद्यालयको एस.एल.सी. पहिलो व्याच विक्रम मानन्धर त्रिभुवन विद्यालयको सहायक डिन भइसक्नुभएको छ । यहाँ अध्यन सफलता हाँसिल गरेका विद्यार्थीहरु प्रशासनिक तथा वित्तीय क्षेत्रमा रोजगारी प्राप्त गर्न सकेका छन् । एसईईमा राम्रो जीपिए ल्याई सतप्रतिशत नतिजा ल्याउन सफल दिपसप मुखिया यस्तै विद्यालयको एकेडेमीक प्रिन्सिपल हुनुहुन्छ । कन्चन मुखिया अस्ट्रेलियामा मास्टर डिग्री गर्दै हुनुहुन्छ । त्यस्तै गरी यसै विद्यालय अध्ययन सफलता हाँसिल गर्नुभएका बिसप मुखिया आँखाको डाक्टर बनिसक्नु भएको छ । यस विद्यालयमा अध्ययन सफलता गरेका अंधिकांस विद्यार्थीहरु उद्यमी स्वरोजगार सरकारी कर्मचारी, बैंक तथा संघ संस्थामा रोजगारी प्राप्त गर्न सकेका छन् । यहि नै उपलब्धी हो भन्ने लाग्छ ।
नयाँ सरकार गठनसँगै सामुदायिक तथा संस्थागत विद्यालयहरुले भर्ना कार्यक्रम बैशाख १५ गते देखि सुरु गर्नु भन्यो शैक्षिक क्रियाकलापमा कस्तो प्रभाव पर्छ ?
शिक्षण सिकाइ पाठ्यक्रम विकास, नीति विधि पद्दती, मुल्य मान्यताका आधारमा हुन्छन् । सरकारले नयाँ केहि गर्न खोजेको हुनुपर्छ । यसलाई सकारात्मक रुपले बुभ्mनुपर्छ । चैत्र मसान्तसम्म नतिजा सार्वजनिक गर्ने, बैशाख १५ देखि कक्षा सञ्चालन गर्ने भनिएको छ । प्याब्सन काभ्रेले जाडो विदालाई कटौती गरेर शैक्षिक कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको छ । १५ दिन विदा कटौती गर्ने, शिक्षण सिकाइलाई थप प्रभावकारी बनाउन सबै संस्थागत विद्यालय लाग्नुपर्छ । आइतबार विदा हुँदा थप ५२ दिन विदा थपिन्छ । विहान वेलुका समय बढाएर भएपनि बालकेन्द्रित शिक्षा प्रदान गर्नुपर्छ । विद्यार्थीहरुको शैक्षिक क्रियाकलापमा केहि असर गर्छ । त्यसलाई सरकारले पनि ध्यान दिनुपर्छ । कम महत्व भएको पाठ्य समाग्री नपढाइदा पनि हुन्छ । नयाँ सरकारले शिक्षा नीति ऐन शिक्षामैत्री बनाओस शुभकामना छ ।
संस्थागत विद्यालयले हरेक वर्ष भर्ना शुल्क लिने गर्यो उक्त शुल्क अभिभावकलाई फिर्ता गर भन्यो सरकारले अब फिर्ता गर्नुहुन्छ ?
शिक्षा नीयमावली, शिक्षा ऐन अनुसार विद्यार्थी भर्ना हुँदा एक पटक भर्ना शुल्क लिए पछि अर्को कक्षामा उतीर्ण भइ जाँदा पुनः भर्ना शुल्क लिइदैन, नीतिमै हरेक वर्ष वार्षिक शुल्क भनेर दुई महिना बराबरको मासिक शुल्क लिने व्यवस्था अनुसार लिएको हो । अभिभावकले त्यहि शुल्कलाई भर्ना शुल्क भनेर बुभ्mनुभयो त्यस्तो हैन, हाम्रोमा त्यस्तो छैन । स्थानीय सरकारले अनुगमन गरे भइगोनी । कोहि कसैले हरेक वर्ष एउटै विद्यार्थीलाई सोहि विद्यालयमा अध्ययन गर्दा भर्ना शुल्क लिन पाइँदैन । अनुगमन गर्दा त्यस्तो फेला परे कार्वाही गरे हुन्छ त ।
भर्ना शुल्क र मासिक शुल्क कति लिनुहुन्छ ?
भौतिक पूर्वाधार सम्पन्नता भएको राम्रो शैक्षिक बातावरण, खेलकुद मैदान आप्mनै भएकोलाई क वर्गमा वर्गीकरण गरेको छ । हामी क वर्ग भएपनि शिक्षा ऐन, नियमावली अनुसार भन्दा कम शुल्कमा हामीले विद्यार्थी अध्यापन गराएका छौं । नर्सरी २,०००/–, कक्षा ५ सम्म ३,६००/– शुल्क लिइएको छ । माध्यामिक तह सम्म ५ हजार भन्दा बेसी शुल्क नै लिइएको छैन । बनेपा नगरपालिका, वडा कार्यालयबाट वर्षमा दुईतीन पटक अनुगमन आउने गरेको छ ।
संस्थागत विद्यालयका मुख्य चुनौती के के छन् ?
आर्थिक संकलनको पाटो नै संस्थागत विद्यालयको प्रमुख चुनौती हो । त्योसँग भौतिक पूर्वाधार, निर्माण, शैक्षिक आधारभूत भौतिक पूर्वाधारको तयारी, अर्को चुनौती हरेक सरकार फेरिने वितिकै संस्थागत विद्यालयलाई हेर्ने दृष्टीकोण फरक हुनु । स्पष्ट शिक्षा नीति नहुनु, संस्थागत विद्यालयमा लगानी गरेर गुणस्तरीय शिक्षा प्रदान गर्दा समेत राज्यले राम्रो गरेको छ भनेर भन्दैन । शैक्षिक संस्थाहरुले गरेको गुण र दोषको आधारमा दण्डीत र पुरस्कृत गर्नुपर्ने त्यसो हुन नसक्नु पनि चुनौती हो ।
शैक्षिक सुधारका प्रयास भावि योजना के छन् ?
हरेक वर्ष नै शैक्षिक कार्य योजना निर्माण गरि शिक्षण सिकाई गरिएको छ । महेनती शिक्षक वर्ग, प्रशासनिक कर्मचारी वर्ग, अभिभावक, विद्यार्थी, व्यवस्थापकीय टिम सबैको सहकार्यबाट शिक्षामा गुणात्मकता ल्याउन सक्छ । बालकेन्द्रित, शिक्षण शिकाइ हाम्रो मुल ध्यय हो । बालबालिकाको सृजनसिलतालाई प्रोत्साहित गरि, सामाजिक संस्कार, ज्ञान सिप व्यवहारिक शिक्षा विद्यार्थीहरुको चौतर्फी विकास हुने शिक्षा हामीले प्रदान गरेका छौं । जुन विद्यार्थी देशकोलागि योग्य सक्षम नागरिक उत्पादन गरेका छौं । कमजोर विद्यार्थीहरुलाई निःशुल्क थप पढाइ दिने गरेका छौं । प्रविधिको विकासलाई प्रयोग गरी लाइवेरीको प्रबन्ध, कम्प्यूटर, साइन्स ल्याबको व्यवस्था गरिएको छ ।
संस्थागत विद्यालयका सञ्चालकहरु विद्यार्थीहरुसँग अधिक शुल्क लिने तर शिक्षक र प्रशासनिक कर्मचारीलाई श्रमसोशण गर्ने गरेको आरोप छ नी यसमा के भन्नुहुन्छ ?
शिक्षा नीति नियमवोली र शिक्षा ऐन भन्दा माथि गएर शुल्क लिएको छैन । वाहिर आएको हल्ला निराधार हो । विद्यालयले लिएको शुल्कको ६० प्रतिशत शिक्षक, कर्मचारी र ४० प्रतिशत शैक्षिक स्तर वृद्धि, शिक्षण प्रभावकारीता ल्याउन भौतिक पूर्वाधार निर्माण गर्न सकिन्छ । हाम्रो विद्यालयले शिक्षक, कर्मचारीलाई उठेको शुल्कको ८० प्रतिशत तलब सेवा सुविधामा खर्च हुन्छ । प्रविधि मैत्री आधुनिक शिक्षा जीवनउपयोगी शिक्षा कम शुल्कमा स्तरीय शिक्षा प्रदान गरेका छौं ।
प्रस्तुतकर्ता : रमेशप्रसाद न्यौपाने
