२०४६ साल देखि कम्यूनिस्ट आन्दोलनमा लागि समाज रुपान्तरण गर्ने उद्देश्य बोकी हिड्नु भएका बसुनधरा हुमागाई सालिन व्यक्तित्वमा परिचित हुनुहुन्छ । जनताको सेवक भन्न रुचाउनु हुने बसुनधरा हुमागाई २०७४ मंसिर २१ गते भएको प्रतिनिधिसभा काभ्रे क्षेत्र नं. २ (२) मा नेकपा एमालेबाट चुनावी मैदानमा उत्रेर नेपाली कांग्रेसका कन्चन चन्द्र बादेलाई हराएर २८ हजार ६ सय ७७ मत ल्याइ विजयी हुनुभयो । कांग्रेसका बादेले २१ हजार ७ सय ८० मत ल्याउनु भएको थियो । एमाले काभ्रेको सचिवालय सदस्य भइ कार्य गर्नुभयो । एमाले फुटेर नेकपा (एकीकृत समाजवादी पार्टी) माधव नेपाल पक्षमा लाग्नु भएका हुमागाई बागमती प्रदेशको भूमि व्यवस्था तथा कृषि तथा सहकारी मन्त्री भइ काभ्रे क्षेत्र नं. २ को २ मा समग्र विकासमा भूमिका खेल्नु भएको छ । एकीकृत समाजवादी माधव नेपालको पार्टी नेकपा माओवादी केन्द्र पुस्पकमल दाहालको पार्टी दुवै एकीकरण भएपछि नेपाली कम्यूनिस्ट पार्टी गठन भएको हो । नेपाली कम्यूनिस्ट पार्टीको तर्पmबाट प्रतिनिधिसभा काभ्रे क्षेत्र नं. २ बाट उम्मेदवार बन्नुभएका बसुनधरा हुमागाईसँग आगामी फागुण २१ गते हुने निर्वाचनमा चुनावी एजेण्डा, चुनाव जित्ने आधार, विजयी हुनुभयो भने उक्त क्षेत्रको विकास र समृद्धि गर्ने संकल्पको बारेमा रेडियो एविसीमा हुमागाईसँग गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ः
आगामी फागुण २१ गते हुने निर्वाचनमा उम्मेदवारी दर्तासँगै गाउँ गाउँमा पार्टीको विस्तारीत बैठक भेला गर्दै मतदाताहरुको घर दैलोमा जानुभएको छ जनताको कस्तो प्रतिक्रिया पाउनुभयो ?
आगामी फागुण २१ गते हुने निर्वाचन विगत वर्षहरुमा भन्दा अलिफरक विषेश परिष्तिथिमा हुन लागेको छ । जेन–जी समुहको विद्रोहले भ्रष्टाचारको अन्तयगरी देशमा सुशासन कायम गर्न मार्गदशन गरेको छ । चुनावले एक खालको निकास आउँछ । चुनावी माहोल सृजना गर्न नेपाली कम्युनिष्ट पार्टीको तर्पmबाट उम्मेदवार बनेसँगै सहर देखि गाउँसम्म जनातको घर दैलोमा जानेक्रम अघि बढेको छ । त्यस अघि पार्टी संगठनको वडा कमिटी विस्तारित वैठक छलफल, जन अपेक्षा, जनताका समस्या समाधानका उपाय चुनाव प्रचार प्रसार कमीटी गठन भएको छ । जनताको बीचमा हामी जाँदा उहाँहरुले कृषि र पर्यटन क्षेत्रको विकास रोजगारी सृजना विदेश पलायन रोक्ने, मल विउविजन सहजरुपमा प्राप्त गर्न सक्नुपर्ने माग गर्नुभएको छ । जनताहरुमा उत्साह छ । मतदाताहरु नेपाली कम्युनिष्ट पार्टीको उम्मेदवारीलाई जिताउन लाग्ने आवश्वसन दिनुभएको छ ।
प्रतिनिधिसभा काभ्रे क्षेत्र नं. २ मा २४ उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ बसुनधारा हुमागाईलाई नै मत किन दिने ?
म २०४६ सातादेखि राजनीतिक यात्रामा लागि समाजमा भएका विकृति विसंगति विरुद्ध लागि आम नागरिकहरुको हकहितका लागि कार्य गर्दै आएको पार्टीको एक सिपाही हुँ । बागमती प्रदेशको साम्सद भइ कृषि मन्त्री भएँ । जनताको सेवक भइ कार्य गर्दै आएको छु । काभ्रे प्रतिनिधिसभा क्षेत्र नं. २ ख मा मैले भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्यको पहुँच विस्तार गर्न, कृषि क्षेत्रको व्यवसायिक विकास, पशुपालन व्यवसाय, उद्यमसिलताको विकास गर्न प्रतिवद्ध भइ लागे । क्षेत्र र जिल्लाबाट सांगठनिकरुपमा युवा, जेष्ठले मलाई योग्य ठहराइ उम्मेदवारको लागि सिफारिस गरियो, पार्टी संगठन, यस क्षेत्रका मतदाता सबैले मलाई रुचाउनु भएको छ । मैले कृषि मन्त्री हुँदा कृषक पेन्सन पत्र, किसानले दुध विक्रि गरेको प्रति लिटर बराबर रु ५ दिनुपर्छ भनेर भनेपनि रु २ कायम गरी दुधमा अनुदान दिने व्यवस्था गरे यी यावत कार्यले गर्दा मतदाताले मलाई मत दिनुहुन्छ भन्ने विस्वास मैले लिएको छु ।
काभ्रे क्षेत्र नं. २ मा कांग्रेसका मघु आचार्य, एमालेका अशोक व्याञ्जु, रास्वपाका बदन भण्डारी लगायत २४ उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ यहाँको तिब्र प्रतिष्पर्धा को सँग हुन्छ ?
आगामी फागुण २१ गते हुने निर्वाचनमा सबै आ–आप्mनो एजेण्डा लिएर चुनावी मैदानमा उत्रनुभएको छ । सबै प्रति मेरो सम्मान छ । जनताको सेवक बनेर समाज रुपान्तरण गर्नका लागि म राजनीतिमा आएको व्यक्ति हुँ । म बागमती प्रदेशको सांसद भइ मन्त्री भएँ जनताको पक्षमा कार्य गरेको छु । म आपूm अरुसँग तुलना गर्दिन । जनताप्रति मलाई विस्वास छ । मेरो इमान्दारिता, विगतमा गरेको कार्यले मलाई मतदान गरेर विजयी गराउन हुनेछ । अरु उम्मेदवार भन्दा १ मत बेसी ल्याएर म चुनाव जीत्छु ।
यहाँ विजयी हुनुभयो भने काभ्रे क्षेत्र नं. २ मा विकास र समृद्धिको गन्तव्य पु¥याउने संकल्प के छन् ?
भ्रस्टाचार नियन्त्रण, जनताहरुलाई प्राप्त गर्ने अधारभूत आवश्यकता, गरिवी निवारणका लागि, विपन्न परीवारलाई शिक्षा, स्वास्थ्य निःशुल्क, रोजगारीको सृजनाका लागि िउद्यम व्यवसाय सञ्चालनमा प्रोत्साहन, म मन्त्री हुदाँ भौतिक पूर्वाधार सडकका योजना अपुरा छन् । तीनीहरुको पुरा गर्ने, यस क्षेत्रमा १५ वटा पुल बन्ने क्रम जारी छ त्यसको पुरा गर्ने, हिले जलजले जाने सडक, पूर्वाधार विकास, पर्यटन क्षेत्रको सम्भावना भएको काभ्रेको, नाला भगवती, पनौती इन्द्रेश्वर, नमोबुद्ध, वेथानचोक नारायणथान धार्मिक पर्यटनको विकास, पूर्वाधार विकासलाई दिगो विकास गर्न आवश्यक पर्ने ऐन नियम कानुन बनाउन मेरो भूमिका हुने छ । हिले जलजले योजनामा १८ करोडको प्रोजेक्टमा ९ करोड खर्च भएको छ, बाँकी कार्य पुरा गर्ने छु । खानेपानी, कृषि, स्वास्थ्य शिक्षाको गुणस्तरीय विकासमा मेरो ध्यान केन्द्रीत हुनेछ । जनताहरुले प्राप्त गर्नु पर्ने सेवा प्रवाह भएको ढिला सुस्ती कर्मचारी तन्त्रबाट हुने विषय व्यापक उठेको छ । जनताहरुलाई प्रदान गर्ने सेवा सहजढङ्गबाट प्राप्त गर्ने सवालमा कुनै कसर बाँकी राख्ने छैनौं । जनताले हामीलाई बहुमतका साथ सरकारमा पु¥याउनु हुनेछ । भ्रस्टाचार नियन्त्रण गरी सुशासन कायम गरी देशमा नै विकास र समृद्धि ल्याउन लाग्ने छौं ।
पुराना दल कांग्रेस, एमाले, नेपाली कम्यूनिष्ट पार्टीका शिर्ष नेतृत्व पद नछोड्ने भ्रस्टहरुको संरक्षण गर्ने सत्तामा बसी रहने भनेर नयाँ शक्तिहरु सुशासनका लागि हाम्रो नेतृत्वको सरकार भनि रहेका छन् के भन्नुहुन्छ ?
२०४६ सालमा बहुदलीय व्यवस्था आएपछि मुलुकमा क्रमागतरुपमा के सहर के गाउँ भौतिक पूर्वाधार सडक, शिक्षा स्वास्थ्यको पहुँच विस्तार भएका छन् । जन अपेक्षा अनुसार हुननसकेको स्वीकार्न सकिन्छ केहिनै नभएको छैन भन्ने भास्य सृजना गर्नु अतिरञ्जीत हुन्छ । दल नयाँ र पुराना हुँदैनन् विचार, सिद्धान्त, नीति विधि पद्धतीमा चल्नुपर्छ । २०६२÷०६३ को जन आन्दोलनबाट राजतन्त्रको अन्त्य गणतन्त्रको स्थापना भयो । जनताका हक अघिका सुनिश्चित भए । सामाजिक न्यायका सिद्धान्तका आधारमा विकास र समृद्धि हुन सकेको छैन । शिर्ष नेतृत्व कांग्रेसका शेरवहादुर देउवा, एमालेका केपी ओली, नेपाली कम्यूनिष्ट पार्टीका संयोजक पुस्पकमल दाहाल प्रचण्ड, सह–संयोजक हाम्रा नेता माधव नेपाल, स्वर्गीय गीरीजाप्रसाद कोइराला लोकतन्त्र स्थापनामा महत्वपूर्ण योगदान छ । उहाँहरुले युवा पुस्ताहरुलाई जिम्मेवार हस्तान्तरण गर्दै जानुपर्छ । उहाँहरु पार्टीको संरक्षक र सल्लाहकार, भएर बस्नुपर्छ । रास्वपा श्रमसांकृति पार्टी उज्यालो नेपाल पार्टी जो नयाँ आउनु भएको छ, देश बनाउने नयाँ योजनाका साथ आउनुहोस पुराना दलका नेताहरुलाई गलि गरेर देश बन्दैन । देश बनाउन दुर दृष्टी, चाहिन्छ, राजनीति कुटनीति आवश्यक छ । हा हो गरेर हुँदैन । रास्वपाका केहि नेता कति दागी छन्, अवस्था के छ ठगीका आरोपी अनेक अनेक नौटङ्की गरेर नहिड्दा बेस हुन्छ । अरुहरु सबै खतम नभन्नुस भन्न चाहन्छु । बेथिति, विक्रिती विसंगतिको अन्त्य भस्टाचारको अन्त्य गर्न २०४६ साल यताका उच्च पदस्तमा रहि कार्य गरेका व्यक्तित्व, प्रधानमन्त्री, मन्त्री र कर्मचारी तन्त्रमा रहि कार्यगरेका व्यक्तिहरुको छानाविन गर्न उच्चस्तरको छानाविन समिति गठन गरौं । दोशी देखिएका सबैलाई कारवाही गरी सम्पती राष्ट्रिकरण गरौं देश समृद्ध बन्छ ।
प्रस्तुतकर्ता ः रमेशप्रसाद न्यौपाने
