विगत ४८ वर्षदेखि नेपाली कांग्रेस पार्टीमा निरन्तर लागि परेका योद्धा हुनहुन्छ मधु आचार्य । २०५७ सालमा नेपाली कांग्रेस काभ्रेको जिल्ला सभापति भई कार्य गर्नुभयो भने २०७२ सालमा जिल्लाको पार्टी हाक्ने जिम्मेवारी प्राप्त गर्नुभयो । आगामी फागुण २१ गते हुने प्रतिनिधि सभा सदस्य काभ्रे क्षेत्र नं. २ को उम्मेदवार बन्नुभएका मधु आचार्य चुनावी मैदानमा प्रतिस्पर्धामा उत्रनुभएको छ । कांग्रेस पार्टीको विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभयो । आगामी फागुण २१ गते प्रतिनिधिसभा सदस्य चुनाव गर्ने सरकारको तयारी छ । प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा कांग्रेस केन्द्रीय सदस्य समेत रहनुभएका मधु आचार्यसँग चुनावी एजेण्डा, चुनाव जित्ने आधार, विजयी भएको खण्डमा उक्त क्षेत्रको विकास र समृद्धि गर्ने दृढ संकल्प के छ ? भन्ने सवालमा रेडियो एविसीमा गरिएको मुख्य कुराकानीको प्रस्तुत गरिएको छ ः
आगामी फागुण २१ गते हुने निर्वाचनमा चुनावी प्रचारमा घर दैलो अभियानमा जानुभएको छ कस्तो अनुभूति गर्नुभयो ?
आगामी फागुण २१ गते हुने निर्वाचनमा मलाई पार्टीले टिकट दिएपछि काभ्रे क्षेत्र नं. २ को पार्टी नगर कार्य समिति र गाउँ कार्य समिति ७ वटैमा पार्टी कार्यकर्ता, शुभचिन्तकहरु र मतदातासँग बहस र छलफल भएको छ । यस क्षेत्रमा ६६ वटा वडा छन् ति सबैमा पुग्नु छ । कांग्रेस पार्टीको विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ उर्जाका साथ पार्टी रुपान्तरण भएको छ । यो सन्देश लिएर गाउँगाउँ जाँदा पार्टीका कार्यकर्ता उत्साहीत भएको पाँए । म आपैm पनि पार्टीलाई सुदृढ गर्दै राष्ट्रियता तोकतन्त्र र समाजवाद बलियो वनाउन लागेको हुदाँ मित्रहरुले थप हौसला दिनुभयो । म थप उत्साहित भएको छु ।
काभ्रे क्षेत्र नं. २ मा २४ जना उम्मेदवार चुनावी मैदानमा छन् कांग्रेसका मधु आचार्यलाई नै किन मत दिने ?
जेन–जी आन्दोलनको मुलमर्म, देशमा भ्रस्टाचारको अन्त्य सुशासन कायम गर्न माग छ । त्यसको अपन्तव लिने कार्य हामीले गरेका छौं । विगत ४८ वर्ष देखि मेरो राजनितिक यात्रा, कांग्रेसको नेतृत्वको सरकारले देशको आर्थिक, सामाजिक र गरिबी निवारण गर्ने कार्य गरेको छ । काभ्रे जिल्लाको हकमा पनि समग्र काभ्रे जिल्लाको विकासमा समेत महत्वपूर्ण भूमिका खेलेको छ । शिक्षा स्वास्थ्य, खानेपानी भौतिक पूर्वाधार विकास कांग्रेसकै पालामा भएको हो । गुटको राजनीतिको अन्त्य, पार्टीलाई सुदृद गर्न, पार्टी र सरकारलाई नीति विधि, पद्दतीको मार्गमा डो¥याउन मेरो वर्गतले भ्याएसम्म गर्दै आएँ । नयाँ सोच विचार सहित पार्टीलाई रुपान्तरण गर्ने अभियानको मुख्य पात्र गगन थापा विश्व प्रकाश शर्मा लगायतका थुप्रै युवा वर्गका दुकदुकी मध्ये म आपैm पनि त्यहि अभियानमा लागेको पात्र हुँ । भ्रस्टाचारको अन्त्य सुशासनको अभियान्ता म हुँ त्यसैले पनि मलाई पार्टी र कार्यकर्ताले मलाई साथ दिनुभएको छ मलाई मत दिएर विजयी गराउनु हुन्छ ।
तपाँई विजयी हुनुभयो भने काभ्रे क्षेत्र नं. २ मा बिकास र समृद्धि ल्याउने दृढ संकल्प के छन् ?
नेपाली कांग्रेसको नेतृत्वमा २००७, २०३६, २०४६ र २०६२÷०६३ जन आन्दोलनबाट राजतन्त्रको अन्त्य, नयाँ संविधान जारी, गणतन्त्रको स्थापना भयो । जनताका हक अधिकार सुनिश्चित, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारको विकास भएको छ । अब देशमा भएको चरम बेथिति, भ्रस्टाचारको अन्त्य गरी सुशासन ल्याउनु छ । राजनीतिक दलका नेता जो उच्च पदमा पुगे, जो कर्मचारी तन्त्र जसले जनताप्रीत घात गरेर अकुद कमाए भन्ने छ, त्यस्तो कोहि कसैबाट भएको छ भने सर्वशक्तिमान संसदीय उच्चस्तरको छानाविन समिति गठन गरेर दोशी देखिएका सबैलाई कानुनी कठाघरमा उभिने प्रबन्धको लागि मेरो भूमिका हुन्छ । दुई तिहाइ किसान भएको देशमा मल विउविजन प्राप्त गर्न सकेका छैनन् प्राप्त गर्ने वातावरण बनाउनु छ । उत्पादनमा वृद्धिगरी ग्रामीण अर्थतन्त्र बलियो बनाउनु छ । कृषि, पशुपालनमा व्यवसायीकरण, उद्यमसिलताको विकास, पर्यटन क्षेत्रको विकास, धार्मिक पर्यटन विकास, किसानलाई पेन्सन, गाइ, भैसी पशुपालनबाट उत्पादीत दुधमा अनुदान दिने, कृषकको नाममा विचौलीय हावी छ । सरकारी अनुदानको दुरुपयोग भएको छ । त्यसको अन्त्यका लागि मेरो खबरदारी हुन्छ । देशलाई सुशासन कायम गर्न आवश्यक पर्ने ४१ वटा कानुन बनाउनुपर्ने छ । भ्रस्टाचारको अन्त्य आर्थिक सामाजिक रुपान्तरण गरी जनतालाई धनि बनाउने, दुई तिहाइ किसानहरुलाई आर्थिक सम्पन्नता बनाउने मेरो मुल लक्ष्य हो । आयतित अर्थतन्त्र बलियो बनाउने कार्यमा मेरो भूमिका हुन्छ । म पार्टीको असल सिपाही हो । काभ्रे क्षेत्र नं. २ का जनताले मलाई मतदान गर्नुहोस यहाँको विकास र समृद्धिमा मेरो भूमिका हुन्छ । यहाँहरुले मलाई विस्वास गर्नुहोस यहाँहरुको शिर निहुरीन दिन्न देशका दुई तिहाइ किसानको आर्थिक समृद्धिको लागि मेरो उम्मेदवारी हो । युवा लक्षित कार्यक्रम, उद्योग व्यवसाय सञ्चालन, रोजगारीको सृजना विदेश पलायनमा न्यूनिकरण गर्ने कार्य गर्नुछ ।
कांग्रेस, एमाले, नेपाली कम्यूनिस्ट पार्टीले मिलेर ३५ वर्ष साशन सत्ता समाले देशलाई भ्रस्टाचारको चंगुलमा डुबाए भनि नयाँ सक्ति सहितका पार्टीहरु रास्वपा, उज्यालो नेपाल पार्टी र श्रमसंस्कृति पार्टीहरु चुनावी मैदानमा आएका छन् यसमा तपाई के भन्नुहुन्छ ?
पार्टी नयाँ र पुरानो हुँदैन, पार्टी, नीति विचार दुर दृस्टीबाट चल्छ । नीति विचार सिद्धान्त, राजनीति कुटनीति के हो कुनै ठाउँ ठेगान छैन नयाँ भनिएका पार्टीहरु त्यतीकै चुमुक चुमुक गरेर मात्रै हुन्छ यो सबै राजनीतिलाई विषयान्तर गर्ने प्रप्रन्च हो । रास्वपाको सभापति रवि लामिछानेको अदालतमा कतिवटा मुद्दा छ ? जनतालाई राम्रोसँग थाहा छ । उज्यालो नेपाल पार्टीका कुलमान घिसिङको पनि अख्तीयारमा मुद्दा छ । त्यसो भन्दै गर्दा अन्यथा लाग्ला जनतालाई भ्रममा नराखौं । नेपाली कांग्रेस भ्रस्टाचारको अन्त्यगरी सुशासन ल्याउन कटीबद्ध छ । सबै नागरिकको समृद्धिको लागि विगत ७६ वर्षदेखि लड्दै आएको पार्टी हो कांग्रेस । सामाजिक न्यायका लागि हामी दत्तचित्त भएर लाग्छौं । कांग्रेस पार्टीलाई नेपाली जनताले बहुमत दिन्छन् हामी देशमा सुशासन कायम गछौं । भ्रस्टाचारी जोसुकैलाई कारवाही गछौं ।
