रोशी गाउँपालिका वडा नं. १ ताङलिङ। पिता च्याङवा लामा ÷ माता छलीमाया तामाङ लामाको छोरा अमित लामाको जन्म २०३८ साल मंसिर ६ गते भएको हो । २०६२ साल देखि सक्रिय राजनीतिमा सक्रिय हुनुभएका अमित लामा युवा संघ नेपालको पूर्व उपाध्यक्ष, एमालेको ११ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभयो । विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा प्रारम्भ गर्नुभएका अमितले ४४ वर्षको उमेरमा एमालेका तर्पmबाट काभ्रे क्षेत्र नं. १ को उम्मेदवार बन्नुभएको छ । युवा विद्यार्थीमा संगठिक क्रियाकलापमा माहिर खेलाडीको रुपमा परिचित अमित पार्टीका पूर्व केन्द्रीय सदस्य रेशम लामा, बागमती प्रदेशका पूर्व मन्त्री चन्द्र लामालाई उछिन्दै टिकट प्राप्त गर्न सफल भएका छन् । काभ्रे क्षेत्र नं. १ का मतदाताले किन मतदान गर्ने, चुनाव जित्ने के आधार छ र विजयी भए के गर्ने संकल्प छ ? भन्ने सवालमा रेडियो एविसीमा प्रतिनिधि सभा काभ्रे क्षेत्र नं. १ का एमालेका उम्मेदवार अमितसँग आगामी फागुण २१ गते हुने निर्वाचनको सवालमा गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ः
काभ्रे क्षेत्र नं. १ मा एमालेबाट उम्मेदवार बन्नुभएको छ । १८ जना चुनावी मैदानमा उत्रेका छन्, तपाई नै किन मतदान गर्ने ?
सुखी नेपाली संमृद्ध नेपालको परिकल्पनाकार, हाम्रा श्रद्धेय अध्यक्ष केपी ओली हुनुहुन्छ । एमाले नेता मदन भण्डारीको बहुदलीय जनवाद, मोनमोहन अधिकारीको आप्mनो गाउँ आपैm बनाउँ अभियान, जेष्ठ नागरिकहरुलाई भत्ता प्रदान, देश विकासको नायक, राष्ट्र र राष्ट्रियताप्रति अडिक, विदेशीसँग कहिल्यै नझुक्ने, लिपुलेक लिपीया धुरा, कालापानी हाम्रै हो भनेर नेपाली भुभाग समेटेर चुच्चे नक्सा जारी गर्ने देशभक्ती राष्ट्रभक्तीको पार्टी हो नेकपा एमाले । सुखी नेपाली समृद्ध काभ्रेको लागि मेरो उम्मेदवारी हो । नेकपा एकालेको केन्द्र, प्रदेश र स्थानीय नेतृत्वको सरकार हुँदा काभ्रे जिल्लाको भौतिक पूर्वाधार, भूकम्प पछिको पूननिर्माण एमालेकै नेतृत्वमा भएको छ । काभ्रेली जनताले एमालेलाई अपार माया दिएका छन् । एमाले पार्टीले हाल १ सय ६५ प्रत्यक्ष तर्पm युवा नयाँ पिढींलाई ४० प्रतिशत टिकट प्रदान गरेको छ । चुनावमा कार्यकर्ता अग्रज नेता गण, शुभेच्छुक सबैले एमाले पार्टीलाई मतदान गर्ने वातावरण बन्दै गएको छ । एमाले विकास प्रेमी जनताको सुख दुःखमा साथ दिने पार्टी भएकाले जनसागरले नै देशभरी नै एमालेलाई जिताउने छन् । म काभ्रेली माटोमा जन्मेको एक युवा काभ्रे क्षेत्र नं. १ विकासको सारथी बनेर जनताको विकासको आंकाक्षा पुरागर्ने छु । सडक सञ्जालको स्तर विकास सडक पिच, खानेपानी, शिक्षा, स्वास्थ्यको गुणस्तर विकासमा मेरो ध्यान केन्द्रीत हुन्छ । एमालेको सच्चा सिपाही हुँ । जनताले मलाई विस्वास गरी जिताउनु हुन्छ ।
चुनावी मैदानमा होमिएसँगै कार्यकर्ता र जनता बीच जानुभएको छ कस्तो प्रतिक्रिया पाउनुभयो ?
आगामी फागुण २१ गते हुने निर्वाचन नजिकिदैं गर्दा हामी हाम्रा कार्यकर्ता, अग्रज व्यक्तित्वहरुको साथ साथमा रहेर, गाउँ, नगर कमीटी र वडा कमिटीका पदाधिकारी र कार्यकर्ता बीच भेटघाट छलफलमा छौं । माघ १७ गते खानीखोला, १८ गते महाभारत गाउँपालिका गयौं, नागरिकहरुसँग पनि जाँदै छौं । जन आंकाक्षा अनुरुप, विकासमा तिब्रता नभएको सडक सञ्जाल विस्तार भएपनि मुल सडक भन्दा वाहेक साहयक सडक सञ्जाल गत वर्ष र यस वर्षको प्राकृतिक विपत्तीमा सडक क्षत विक्षत भएको छ । गाउँपालिका र नगरपालिकाको बजेटले अवरुद्ध सडक खुलाउने कार्य भएको छ । ढल निकास सडक कालो पत्रे गर्न बजेट अभाव हुँदा प्रदेश र केन्द्र सरकारको सहयोग आवश्यक भएको कुरा पार्टीका कार्यकर्ता र नागरिकहरुको गुनासो रहेको छ । डाडापारी र कोशीपारी क्षेत्र दुवैमा सडक व्यवस्थित गर्न, खानेपानी शिक्षा, कृषि क्षेत्रको व्यवसायिक विकास स्वास्थ्यको पहुँच विस्तार, ग्रामीण भेगमै गुणस्तरीय शिक्षा माध्यमिक तहसम्म आवश्यक छ ।
चुनाव जित्ने आधार के छन् ?
एमाले नेतृत्वको केन्द्र प्रदेश र स्थानीय सरकारले गरेका काभ्रेको समग्र विकासको आधार स्तम्भ तयार भएको छ । सडक सञ्जाल विस्तार, शिक्षा, स्वास्थ्य सेवा प्रवाह भएका छन् । भएको विकासलाई थप प्रभाकारी बनाउनुपर्छ । नागरिकले प्राप्त गर्ने आधारभूत सेवा सहजीकरण गर्न सबै मिलेर लाग्नुपर्छ । भौतिक पूर्वाधार विकास व्यवस्थित, ढल निकास, कृषिमा आधुनिकीकरण, व्यवसायिक कृषि, पशुपालन व्यवसाय सञ्चालन गर्न अभिरेरित गर्नुपर्छ, आगामी वर्षमा रोशीपारी, कोशीपारी, डाडापारी क्षेत्रमा सडक कालो पत्रे, ढल निकास, एक घर एक धारा नपुगेको क्षेत्रमा पु¥याउन केन्द्र र प्रदेश सरकारसँग मेरो समन्वयकारी भूमिका खेल्ने छु । एमालेप्रति जनताले विस्वास गरेको छ । उक्त विस्वासलाई शिरमा राखेर कार्य गर्ने छु । युवा लक्षित स्वरोजगार कार्यक्रममा सञ्चालन गर्ने मेरो योजना छ । युवालाई विदेश पलायन रोक्ने कार्य राष्ट्रिय नीति आवश्यक छ । युवा, जेष्ठ सबैको माग भए अनुसार समृद्ध काभ्रे सुखी काभ्रेली बनाउने योजना मेरो छ, म त्यो गर्छु । मलाई मतदान गरी विजयी गराउन आग्रह गर्दछु ।
काभ्रे क्षेत्र नं. १ मा यहाँको प्रतिस्पर्धा कोसँग हुन्छ ?
एमालेको संगठन बलियो छ । अग्रज नेतागण एमाले काभ्रेको सिंङ्गोटीम नै दुवै क्षेत्र विजयी गराउन नगर, गाउँ, वडा कमीटी निर्वाचन परिचालन कमीटी गठन भइसकेको छ । एमाले नेता गोकुल बास्कोटा, एमाले काभ्रेका अध्यक्ष राजन भूर्तेल सहित सिङ्गोटीम नै साथमा छ । एमाले नेता रेशम लामा, चन्द्र लामा सँगै चुनावमा खटीनु भएको छ । मुल राजनीतिक दलका कांग्रेस, नेपाली कम्यूनिस्ट पार्टीबाट उम्मेदवार बन्नुभएका साथीहरु हुनुहुन्छ । मेरो अरुसँग प्रतिष्पर्धा हुँदैन । म काभ्रे क्षेत्र नं. १ का मतदाताले मलाई जिताउनु हुन्छ भन्ने विस्वास लिएको छु ।
पुराना राजनीतिक दलले भ्रस्टाचार अन्त्य र सुशासन कायम गर्न सकेनन् । नयाँ शक्तिहरु रास्वपा, उज्यालो नेपाल पार्टी, श्रम संस्कृति पार्टी शसक्तरुपमा गाउँ गाउँ पुगी सकेका छन् । अभैm पनि कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार विकासका योजना बाँड्दै घर दैलोमा हिडेका छन्, सांसद भएपछि कानुन बनाउने काम चाहिं कसले गर्छ ?
जन आंकाक्षालाई सम्वोधन गर्नु राज्यको कर्तव्य हो । भौगोलिक विकटता, जनताका विकासका आवश्यकतालाई पुरा पनि गर्दै जाने, विद्यमान परिस्यितिलाई नियाल्दै भ्रष्टाचारको अन्त्य, सुशासन, जनताहरुलाई सेवा प्रवाहमा सहजीकरण, नीति विधि प्रविधिको प्रयोगबाट सेवा प्रवाह, कृषि क्षेत्रको वैज्ञानिकीकरण ग्रामीण अर्थतन्त्रलाई आत्म निभर बनाउन योजना नीति कार्यक्रम बजेट उपलब्ध गराउने कार्य गर्नुपर्छ । सांसदको कार्य देशमा सुशासन कायम गर्न आवश्यक पर्ने ऐन नियम कानुन बनाउने र विकास निर्माण पनि गर्दै जाने हो । एमाले पार्टी देशभक्त पार्टी हो । कांग्रेस र एमाले पार्टीको ऐतिहासिक विरासत छ । लोकतन्त्र र संविधानको जगेर्णा गरी देशलाई अग्रगमनमा लग्न विगतमा भएका कमजोरी चच्याएर अघि बढ्नुपर्छ । रास्वपा पार्टी ठगहरुको झुण्ड, विदेशी दलालको पार्टी हो । यसले अर्को लुसीफर बालेन्द्र शाह लुसीफरलाई भित्रयाएर जो विदेशी दलदलमा फसेर नेपालका राष्ट्रिय सम्पदा जलाउने कार्य गरेको पुस्टी हुँदै गएको छ । देश जलाउने नयाँ शक्ति भनिएका रास्वपा र देश बनाउने शक्ति एमाले बिच कुनै प्रतिस्पर्धा हुँदैन जनताले राम्रोसँग बुझेका छन् । जनताले एमालेलाई विजयी गराउँछन् । पुस्टी हुँदै गएको छ ।
प्रस्तुतकर्ता ः रमेशप्रसाद न्यौपाने
