IMG-LOGO

निर्वाचनको बखत घोषित कार्ययोजना मध्ये ९२ प्रतिशत पुरा गरियो

 मंगल, असोज २८, २०८२  सचितानन्द केसी वडा अध्यक्ष, बनेपा नगरपालिका वडा नं. ६

 

२०७४ र २०७९ को स्थानीय तहको निर्वाचनमा दुई पटक निर्वाचित हुनुभएका बनेपा नगरपालिका वडा नं. ६ का अध्यक्ष सचितानन्द केसी हक्की स्वभावका सामाजिक विकासका अगुवाको रुपमा परिचित हुनुहुन्छ । विकास सबैको साझा, सबैले अपनत्व महसुसगरी सहयोगीकोरुपमा सहजीकरण गरिदिने हो भने नागरिकहरुले चाहना गरे अनुरुप आवश्यकता र औचित्यताको आधारमा सहर र गाउँतहका वडाहरुको तिब्र विकास हुन सक्ने धारणा राख्नुहुन्छ वडा अध्यक्ष केसी । बनेपा वडा नं. ६ को समग्र विकास, स्थानीय तहमा विकास निर्माण र नागरिकहरुले प्राप्त गर्ने सेवा प्रवाहमा गुणस्तरीयता दिन के कस्ता चुनौती छन् ? भन्ने सवालमा बनेपा ६ का अध्यक्ष सचितानन्द केसीसँग रेडियो एविसीमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ः

स्थानीय तहको निर्वाचनमा बनेपा नगरपालिका वडा नं. ६ मा दुई पटक निर्वाचित हुनुभयो वडाको विकासको अवस्थालाई कसरी नियाल्न सकिन्छ ?

२० वर्ष जनप्रतिनिधि नहुँदा स्थानीय तहको विकासमा नकारात्मक असर ग¥यो । २०६२÷०६३ को जनआन्दोलनपछि संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिपछि नयाँ संघीय संरचना अनुसार २०७४ मा र २०७९ मा स्थानीय तहको निर्वाचन भयो । त्यसपछि स्थानीय तहका वडाको विकासमा तिब्रता आएको छ । हाम्रो बनेपा ६ नं. वडामा अवस्थित टोल, टोल–गल्ली बस्ति भित्र सामान्य आवतजावत गर्ने बाटो थियो । विरामी पर्दा, हस्पीटल जानको लागि एम्बुलेन्स छिर्ने सडक थिएन । कार्की गाउँ, कुइकेल गाउँ, रातमाटा गैरी गाउँ टोलटोलमा बाटो निर्माण गरी नागरिकहरुलाई आवतजावत गर्न, घर निर्माणको लागि समाग्री ओसार पसार गर्न सहजता प्राप्त भएको छ । खानेपानी, ढल निकास सरसफाइमा निक्कै समस्या रहेको थियो त्यस्तालाई मध्य नजर गरी नागरिकहरुको चाहना, आवश्यकता र औचित्यताको आधारमा बिकास निर्माण गरियो । नागरिकले प्राप्त गर्ने सेवा प्रवाहमा प्रभावकरीता ल्याउन हाम्रो वडाका जनप्रतिनिधि टीम नै सशक्त ढङ्गबाट लागि परेको छ ।

यहाँले निर्वाचनका बखत जनताका बीचमा जारी गर्नुभएको घोषणा पत्र अनुसार बिकास निर्माण गरी प्रतिवद्धता पुरा गर्नु भयो त ?

सबै नागरिकहरुको अभिभावक हो सरकार । संघ प्रदेश र स्थानीय तहका सरकारले आ–आप्mनै अधिकार प्रयोग गरी कार्य गर्नुपर्छ स्थानीय सरकार घर दैलोको सरकार हो । दैनिक जीवन यापनका कार्य देखि प्रशासनिक सेवा, जुन संवैधानिक व्यवस्था अनुसार स्थानीय सरकार संचालन ऐन २०७४ बमोजिम ३८ वटा अधिकार प्रयोग गरी वडा सरकारले कार्य गर्न सक्छ । २२ वटा अधिकारीक अधिकार प्रयोग गरी स्थानीय सरकारले कानुन बनाउन सक्छ । खानेपानी मानव जीवन बचाउने जीन्दगानी हो । मानव, प्रकृति जीव जन्तु सबैको लागि पानी चाहिन्छ । त्यसैले हाम्रो वडाको पहिलो प्राथमिकता योजना एक घर एक धारा जडान अभियान सुरु गरेको छ । स्वास्थ्यको पहुँच विस्तारको कार्य, जेष्ठ नागरिक, स्वास्थ्य परीक्षण, स्वास्थ्य शिवीर संचालन, शैक्षिक गुणस्तर वृद्धिको लागि नगरपालिकाले नमुना विद्यालय छनौट गरी आर्थिक रकम उपलब्ध, पूर्वाधार विकास, वडा भित्रका सडक सञ्जाल विस्तार, स्तर उन्नती, १२ महिना निर्वाध रुपले सडक सञ्चालन हुने प्रबन्ध, सडक ढलान, पिच गरिएको छ । पानीको प्रयाप्तता नभएको टोलमा डिपबोरिङ गरेर प्रबन्ध, पानीको मुहानको वैकल्पिक व्यवस्था गरेर भएपनि आगामी वर्ष भित्र बनेपा ६ नं. वडाका नागरिक सबैलाई एक घर एक धारा जडान गरी पानी खुवाउने छौं । ढल निकासको व्यवस्था, टोलटोलका बाटोहरु आवश्यकताका आधारमा पिच, ढलान गरिनेछ । चुनावको बखत घोषणा गरे अनुरुप ९२ प्रतिशत काम पुरा भएको छ । ८ प्रतिशत काम निकट भविष्य मै पुरा गर्ने छौं ।

स्थानीय सरकार सञ्चालनका प्रमुख चुनौती बारे प्रस्ट पारी दिनुसन ?

केहि विकास विरोधी तत्वहरुले आप्mनो स्वार्थ पुरा नहुँदा साथ विकास निर्माणमा भाँचो हाल्न अदालतमा मुद्दा हाल्ने गर्नु, प्रतिस्पर्धी दलहरु अन्य राजनीतिक दलहरुले स्थानीय सरकारले राम्रो गरेकोलाई प्रोत्साहित, कमजोरी गरेको भए खबरदारी गर्ने राजनीतिक संस्कार नहुनु, विकास निर्माण सबैको साझाँ अवधारणा आवश्यक छ । संघ र प्रदेश सरकारले तीन तहको साझा अधिकारको कानुन बनाउन नसक्दा नागरिकहरुलाई सुशासनको प्रत्याभूति हुनेगरी कार्य गर्न समस्या पैदा हुनु, नागरिकता प्रदान गर्ने, मालपोत कर उठाउने, वन ऐन संसोधन गरी विकास निर्माणलाई तिब्रता दिन सक्नुपर्छ, आप्mनै क्षेत्रमा वन पैदावर छ जग्गा जमिन छ, त्यसको सहि सदुपयोग गरी उपयोग गर्न कानुनले दिदैन, कुनै एक योजनामा अवरोधकारीले एक व्यक्तिले अदालतमा मुद्दा हाल्यो भने बर्षो सम्म पैmसल नहुने जनप्रतिनिधिको कार्यकायल समाप्त हँुदा समेत पैmसला नहुने, अवस्थाले न्याय निरुपण चाडो हुन नसक्नु, संघ र प्रदेशले अधिकार दिन कन्जुस्याइ गर्नु, संघीयताको भावना अनुसार स्थानीय सरकारलाई बलियो बनाउनु, स्थानीय स्रोत साधनलाई उपयोग गर्न स्थानीय सरकारलाई नै अधिकार दिनुपर्छ । बनेपा वडा नं. ६ ले ५६ वटा मुद्दा खेपेर भएपनि विकास निर्माण चणणबद्धरुपमा गर्दै आएका छौं ।

प्रस्तुतकर्ता ः रमेशप्रसाद न्यौपाने

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्