२०१४ सालमा स्थापित भालेश्वर माविको ऐतिहासिक र शैक्षिक महत्वको बेग्लै पहिचान बनेको छ । देशकै नमुना विद्यालयको रूपमा परिचित उक्त विद्यालय भौतिक पूर्वाधार, रमणीय शैक्षिक वातावरण रहेको पुष्टि भने हरेक वर्ष विद्यालयमा अध्ययनरत छात्र छात्राले सतप्रतिशत नतिजा ल्याएकोबाट प्रष्ट हुन्छ । राष्ट्रिय परीक्षा बोर्डबाट २०८१ को एसईईको नतिजामा भालेश्वर विद्यालयका १ सय १६ जना अध्ययनरत छात्र छात्रा शतप्रतिशत उत्तीर्ण भएका छन् ।
३ दशमलव ८५ जिपिए ल्याई प्रनिश बञ्जारा विद्यालय प्रथम भएका छन् । विगत २२ वर्षदेखि शैक्षिक सेवामा लाग्नुभई शिक्षामा सेवा गर्नुभएका विद्यालयका प्रधानाध्यापक रामचन्द्र थापा उक्त विद्यालयमा २०७१ सालदेखि प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, अभिभावक र शिक्षक वर्गको सक्रिय मेहनत र विद्यार्थीहरूको अध्ययन लगनशीलता अनुशासन, सृजनात्मक प्रतिभाको उपलब्धिले गुणस्तरमा वृद्धि ल्याउने बताउनुहुन्छ उर्जाशील युवा विद्यालयका प्रधानाध्यापक रामचन्द्र थापा । नेपाल राष्ट्रिय शिक्षक संगठनको केन्द्रीय सदस्य समेत रहनुभएका बालेश्वर मावि पनौतीका प्रधानाध्यापक रामचन्द्र थापासँग कक्षा ११ को भर्ना अभियान, शैक्षिक स्तरीयताको बारेमा रेडियो एबिसीमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ः
आजकाल के कार्यमा व्यस्त हुनुहुन्छ ?
शैक्षिक क्षेत्रमा लागेको व्यक्ति बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको शिक्षण सिकाइलाई परिणाममुखी बनाउन म लगायत शिक्षक वर्ग, प्रशासनिक कर्मचारी टिमको सशक्त टोलीले सक्रियताका साथ लागि परेकाले देशकै नमुना विद्यालय हुन सफल भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले २०८१ को एसईईको नतिजा सार्वजनिक ग¥यो हाम्रो भालेश्वरमाविको कस्तो रह्यो ?
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको २०८१ एसईई परीक्षाको नतिजामा हाम्रो विद्यालयका १ सय १६ जनाले परीक्षा दिएकोमा शतप्रतिशतले उत्तीर्ण हुन सफल भएका छन् । छात्रतर्फ प्रनिश बञ्जारा ३ दशमलव ८५ जिपिए र छात्रातर्फ रचना बजगाईले ३ दशमलव ८३ जिपिए ल्याई विद्यालय प्रथम भइन् । देशकै नमुना विद्यालय आधार स्तम्भ नै भएकाले नतिजा हरेक वर्ष सतप्रतिशत आएको छ । पटकपटक जिल्ला प्रथम भए, उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।
ग्रेडिङ प्रणाली लागू भएदेखि शैक्षिक स्तरीयता वृद्धिमा सामुदायिक विद्यालयको गरिमा कहाँ निर छ भनेर भन्न सकिन्छ ?
विद्यालयबाट शैक्षिक वर्गले शिक्षण सिकाई प्रभावकारी ढङ्गबाट अघि बढाउन दत्तचित भएर लागेको हुन्छ । ग्रेडिङ सिस्टमको कार्यान्वयन सही ढङ्गबाट हुन सक्नुपर्छ । विद्यार्र्थीहरूको प्रतिभालाई निखारत ल्याउन विद्यार्थी व्यक्ति आफैंले मेहनत गर्ने सवालमा भरपर्छ । ग्रेडिङ सिस्टम विश्वमा नै यही विधि अपनाइएको छ । विद्यार्थीहरूलाई जीवनउपयोगी शिक्षा प्रविधि मैत्री शिक्षण सिकाई थप प्रभावकारी बनाउन निरन्तर शिक्षक वर्ग लाग्नु नै पर्छ । स्थानीय सरकारले आधारभूत शिक्षाको दायित्व र जिम्मेवारी लिने माध्यमिक तहको नलिएको अवस्था छ । नियमन गर्न खोज्ने आर्थिक पाटोबाट विद्यालयको शैक्षिक स्तरीयता वृद्धिमा कुनै आर्थिकरुपमा प्रदेश र केन्द्रीय सरकारको भर पर्नुपर्ने अवस्था छ । हाम्रो पनौती नगरपालिकाको हकमा विगत आठ वर्ष अघि भीम न्यौपाने हुँदै विद्यालयमा विज्ञान, गणित शिक्षकहरूको आवश्यकता हुने क्षेत्रमा शिक्षकहरू उपलब्ध गराउने कार्य भएको छ । शैक्षिक सुधारका सवालमा बहस पैरबी गर्ने । त्यस्तैगरी अहिलेको नगर प्रमुख रामशरण भण्डारीले शैक्षिक क्षेत्रको गुणस्तरीय विकासमा सक्दो प्रयास गरेको देखिन्छ । शैक्षिक सुधार, खेलकुद क्षेत्रको विकासमा पनौती नगरपालिका शैक्षिक शाखाले कार्य राम्रै गरेको छ । पनौतीका १३ वटै नै सामुदायिक विद्यालयहरूले शैक्षिक सुधार गर्न आ आफ्नो तर्फबाट प्रयास गर्दै गरेका छन् ।
शैक्षिक प्रणाली सिद्धान्त र प्रमाणपत्रमुखी भयो गरी खाने शिक्षा भएन भनिन्छ ? वास्तविकता त्यस्तै हो ?
विगत १० वर्ष पहिले चाहिँ पाठ्यक्रम सिद्धान्तलाई बढी जोड, व्यवहारिक अभ्यासलाई कम महत्व दिएको अवस्था थियो। अहिले त्यस्तो छैन । शिक्षकले पनि समय सापेक्ष शैक्षिक तालिम लिई सूचना प्रविधि मैत्री शिक्षण सिकाई गर्न सकिने अवस्था छ । स्थानीय, प्रदेश र केन्द्रीय सरकारले शिक्षामा लगानी बढाउनुपर्ने अवस्था छ । शैक्षिक गुणस्तर वृद्धि, सूचना र प्रविधिको विकासलाई आत्मसात गरी सामुदायिक विद्यालयको शिक्षालाई विश्व बजारमा विक्ने गरी खाने शिक्षा प्रदानको लागि कार्यक्रमिक योजनालाई दिगो लक्ष्यको शैक्षिक योजना निर्माण गर्न सक्नुपर्छ । कक्षा ११ र १२ अध्ययन सक्नासाथ उच्च शिक्षा अध्ययनका लागि कार्य गर्दै पढ्दै गर्नको लागि शैक्षिक वातावरण बनाउन जरुरी छ । अहिलेको सरकारले कुल बजेटमा छुट्याइएको १० प्रतिशतबाट २० प्रतिशत पुर्याउन जरुरी छ । विद्यालयका सबै शिक्षकहरूको सामूहिक प्रयासबाट अहिलेकै पाठ्यक्रमबाट गुणस्तरीय शिक्षा प्रदान गर्न सकिन्छ । हाम्रो विद्यालयले विगत १० वर्षदेखि सत प्रतिशत नतिजा ल्याउन सकेको छ ।
अभिभावक र विद्यार्थीहरुको रोजाई भालेश्वर विद्यालय नै किन हुनुप¥यो ?
विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक संघ, शिक्षक वर्गको सक्रिय लगनसिलता, सामुहिक कार्य, विद्यालयका प्रशासनिक कर्मचारी, अभिभावकहरुको विद्यालय प्रतिको सत्विस्वास, विद्यार्थी वर्गको नैतिकता, संस्कार, अनुशासनपूर्वक अध्ययन गर्ने, राम्रो वानी रहेको छ । शिक्षकहरु एक अर्कोमा सहअस्तित्वको आधारमा आप्mनो इमान्दारीता, दायित्वको महशुस गरेर विद्यार्थीहरुलाई शिक्षण सिकाइ गर्नु । विद्यालयको भौतिक पूर्वाधार राम्रो छ । ३४ रोपनी क्षेत्रफलमा ५ वटा भवन, मनोरम शैक्षिक वातावरण, कक्षा कोठामा फाइनको व्यवस्था, हाइटेक इन्टरनेटको सुविधा, कम्प्यूटर ल्याब, पुस्तकालय प्रबन्ध, उच्च प्रविधिको प्रयोगबाट अध्यापन गरिने, टेलिभिजनको प्रबन्ध, कक्षाकोठामा सिसिटीभी जडान, आइ फाईभ कम्प्यूटर ल्याब, कक्षाकोठाबाट शिक्षक, विद्यार्थीहरुले विद्यालय प्रशासन बीच दोहोर सूचना सन्देश आदनप्रदान (टुवे कम्यूनिकेशन) प्रबन्ध, गुड गभरनेश, आर्थिक सुशासन पार्दर्शीता, सामाजिक लेखारीक्षण, त्रैमासिक परीक्षा, विद्यालयको शैक्षिक क्यालेण्डर अनुसार अभिभावक शिक्षा, आमा भेला, अभिभावक बैठक, हरेक वर्ष नयाँ शैक्षिक कार्ययोजना अनुरुप आपैmं भित्र प्रतिष्पर्धा गरी शिक्षण सिकाइ गरेका छौं । अरुसँग हाम्रो प्रतिस्पर्धा छैन् । बालकक्षा देखि माध्यमिक तह सम्म एक हजार ५० विद्यार्थी अध्ययनरत छन् ।
सामुदायिक विद्यालयका अधिकांश शिक्षक र विद्यार्थी दुवैको अल्छीपनाका कारण शैक्षिक सुधार हुन नसकेको भन्ने आरोपप्रति तपाँई के भन्नुहुन्छ ?
तथ्यले के बताउँछ भने शिक्षक दौडे, विद्यार्थी हिड्छ, शिक्षक उडे विद्यार्थी दौड्न्छ भनिन्छ । शैक्षिक गुणस्तर वृद्धिमा सबभन्दा बढी जिम्मेवार शिक्षक नै हो । बालबालिकाको पहिलो पाठशाला घरको आमा हो, घरमा सिकेको संस्कारको आधारमा विद्यालयमा विद्यार्थीहरुको आ–आप्mनो प्रतिभालाई प्रस्फुटन गराइ व्यवहारमा रुपान्तरण गरेर विद्यार्थीहरुलाई अब्वल बनाउने कार्य शिक्षक वर्गले गर्नै पर्छ ।
२०२८ सालको शिक्षा ऐन गणतन्त्र आएपछि पनि आर्कर्षीक हुनुले विद्यालय शिक्षामा कस्तो प्रभाव पारेको छ ?
नयाँ संविधान २०७२ असोज ३ गते जारी सँगै ३ वर्ष भित्र ऐन कानुन बनाइसक्नु पर्ने सम्वैधानिक व्यवस्थामा उल्येख गरेको भएपनि १० वर्ष वित्दा समेत जनताबाट निर्वार्चित जनप्रतिनिधिले कानुन नबनाउनु भनेको जनतालाई धोका दिनु हो । देशलाई विकास र समृद्धिको बाटोमा अघि बढ्नु रोक्नुपनि हो । संघ, प्रदेश र स्थानीय सरकार बिचको समन्वय सहकार्य एकताबाट सञ्चालन हुनुपर्नेमा एकले अर्कालाई अधिकार दिन नचहानुले समस्या आएको छ । जुन सरकार आए पनि राज्यले विद्यालय शिक्षाको गुणस्तर विकास र शिक्षकहरुको गरिमामा आँच आउने कार्य गरेको छ । विभिन्न वहानामा राजनीतिक दलको खिचातानी, संगठन संगठनबीच शिक्षकहरुको मुद्दा साझा हुनुपर्ने आ–आप्mनै स्वार्थले केहि समस्या ल्याएको छ । देशको सर्वाङ्गीण विकास हुन देश समृद्ध हुन शिक्षा राम्रो हुनुपर्छ । निजामति कार्मचारी वरावर शिक्षकले सेवा सुविधा पाउनुपर्छ भन्ने कुरामा एकतावद्ध हुनुपर्छ । शिक्षकहरुले आ–आप्mनो इमान्दारीता कार्य गरी शिक्षा प्रदान गर्नुपर्छ । जाजोल्यमानको कांग्रेस र एमालेको सरकारले शिक्षक आन्दोलनका बीच भएका सहमती सम्झौता कार्यान्वयन गरी नयाँ शिक्षा ऐन ल्याउनु पर्छ ।
पस्तुतकर्ता ः रमेशप्रसाद न्यौपाने
