IMG-LOGO

सचेत होऔं कोरना संक्रमित हुनबाट बच्न घरमै बसौ

 मंगल, भदौ ९, २०७७  रमेश प्रसाद न्यौपाने

कोरोना भाइरस कोभिड–१९ प्रकोपले महामारीको रुपलिदैँ छ । नेपाल सरकारलगत चैत ११ गते देखि कोभिड–१९ प्रकोप जोखिम नियन्त्रण तथा रोकथामका लागिबन्दाबन्दि ग¥यो । १ सय २० दिन सम्म गरेको बन्दाबन्दिमा संक्तमण कमफैलिएको थियो । पछि केही खुकुलो गरे पछि संक्रमण डरमर्दो किसिमबाटफैलिएको छ । स्वास्थ्य मापदण्ड परिपालना गरी आम नागरिक सजक सर्तक रहेरसामाजिक र भौतिक दुरी कायम गरी बस्नु पर्छ । राजधानी लगाएतका उपत्यकामासरदर दैनिक ६ सय देखि ७ सयको हाराहारीमा कोरोना संक्रमण फैलनु सामान्यविषय हैन । अत्यावश्यक भन्दा वाहेक घर बहिर ननिस्कौँ मानव मानव विचमास्वास प्रस्वासको माध्यमबाट एक अर्कोमा सर्ने भएकोले भिडभाडमा नजानु घरमबस्नु नै संक्रमण फैलन नदिने प्रमुख उपाय भएको बताउनु हुन्छ । स्वास्थ्यकार्यालय धुलिखेल काभ्रेका कार्यालय प्रमुख डा. नरेन्द्र कुमार झाले भन्नु भयापछिल्लो समय काभ्रे जिल्लामा कोरोना संक्रमण बढेको बढै छ । कोरोना संक्रमणसमुदायमा नै फैलिन थालि सकेको छ । धुलिखेलको एकै परिवारमा ९ जना सम्मकोरोना संक्रमण भएको छ । सोही परिवारमा एक जनाको ९८ वर्षको जेस्ठनागरिकको कोरोना कै कारण निधन भयो । काभ्रेमा १ सय ४५ जना संक्रमितभएका छन् भने ६२ जना उपचार पछि घर फर्केको छन्, २ जना व्यक्तिको मृत्यु भएको छर ८० जना व्यक्तिहरु विभिन्न असपताल तथा होम आइसोलेशनमा उपचाररत रहेका छन। काभ्रे जिल्लालाई कोरोना जोखिम न्यूनिकरण तथा रोकथाम गरी कोरोना मुक्त क्षेत्रघोषण गर्न स्वास्थ्य कार्यालय धुलिखेल काभ्रेले कस्तो रणनीतिक योजना अघि बढाइलागि परेको छ भन्ने सन्दर्भमा कार्यालय प्रमुख डा.नरेन्द्र कुमार झा सँग रेडियाए.वी.सी.एफ.एम ८९.९ मेगाहर्जमा गरिएको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।विगत ५ महिना देखि नेपालमाकोभिड–१९ को संक्रमण शुरु भए देखि नसरकारले सजगता अपनाएर देश भर नबन्दाबन्दि गरेको हो । विश्वको अन्य ुलुकको तुलना गरेर हेर्ने हो भने कोरोनासंक्रमण दर निक्कै कम हो भनेर विश्वस्वास्थ्य संगठनले नै भनेको छ । त्यसो भनेकाछ भन्दैमा हामी फरुक्क पर्ने अवस्था छैन् ।हाम्रो देशमा कोरोना संक्रमण दैनिक बढ्दाअवस्थामा छ परिवार र समुदायमा फैलन शुरुगरिसक्यो । त्रसित मानसिकता बनाएर हैनअनुुशासित र धैर्यवान भएर स्वास्थ्यमापदण्डलाई पालना गर्नु पर्छ । बच्ने उपायभनेको सामाजिक र भौतिक दुरी कायम गर्नु,दिनमा २० पटक मिचिमिचि हात धुनु,सेनिटाइजर प्रयोग गर्नु अत्यावश्यक कार्यामाघर बाहिर निस्कँदा मास्क लगाएर मात्रनिस्कने, त्यस्तै १ सय ४ फरेन हाइट भन्दामाथि ज्वरो आएमा, श्वास प्रश्वास गर्न गाह्राभएमा लगातार सुख्खा खोकी लागेमा र खानाखाजा खाँदा स्वाद थाहा नपाएमा कोरोनाकालक्षण देखा परेको हुन सक्छ । त्यसो भएमानजिकको स्वास्थ्य संस्था वा अस्पतालमाजानु पर्छ । जहाँ सम्म यहाँले कोरोना जोखिमन्युनिकरण तथा रोकथाम गर्न स्वास्थ्यकार्यालयले कस्तो रणनीति अवलम्बन गरेकाछ भन्ने जिज्ञासा राख्नु भयो । स्वास्थ्यकार्यालय धुलिखेलले पहिलो चरणमाकाभ्रेका १३ वटै पालिकाका स्वास्थ्यसंस्थाका प्रमुख तथा स्वास्थ्य कर्मीहरूलाइकोरोना सचेतनाको तालिम प्रदान गरीपालिकाको हरेक वडा वडामा कोभिड–१९बाट बच्ने उपायको बारेमा चेतना मुलकसन्देश प्रवाह गरियो । औषधि सामग्री,स्वास्थ्यकर्मीले प्रयोग गर्ने व्यक्तिगत सुराक्षासामग्री उपलब्ध गराएको छ । दोस्रो चरणमाविदेशबाट स्वदेश फर्केका नागरिकहरूलाइ१४ दिनसम्म एकान्तवासमा राख्नु पनभएकाले जुन जुन पालिकाका नागरिकहरूहुन सोही क्षेत्रमा निर्माण भएका एकान्तवासमाराख्ने कार्य भएको छ । पहिलो चरणकाबन्दाबन्दि अघि २३ जनालाई मात्र संक्रमणभएको थियो र उपचार पछि घर फर्केकाअवस्था थियो । बन्दाबन्दि खुकुलो सँगै प्रदेशनं. १ र २ का नागरिकहरू काभ्रे जिल्ला हुँदराजधानी प्रवेश हुनु, बनेपा, धुलिखेल, पनौती,पाँचखाल, नमोबुद्ध, नगर क्षेत्र भित्र काम गनमजदुरहरू अन्य पेशा व्यवसाय गरेकाहरूघरबाट फर्कदाँ न्यूनतम स्वास्थ्य मापदण्डनअपनाउँदा कोरोना संक्रमण बढेको छ । यसविषयमा आगामी दिनमा चनाखो भइ सिमानाका प्रवेश गर्दा पिसीआर गरेर मात्र प्रवेश गनपर्ने हुन्छ । जिल्लामा हाल सम्म एक सय वेडक्षेमताका आइसोलेसन वार्ड तयार भएको छ ।६ वटा नगाउँपालिकाले कम्तिमा १०÷१० वडाआइसोलेसन कक्षा थप बनाउनु पनकोभिड–१९ प्रकोप संकट व्यवस्थापन समितिडि.सि.सि.एम.सी. ले निर्णय गरे अनुसारपाँचखालले ७ वटा, नमोबुद्धको मेथिनकोटल७ कोठाको आइसोलेसन निर्माण गरेको छ ।धु िलखे ल अस्पतालले ७४ वे ड काआइसोलेसन वेडको वार्ड तयारीको क्रममा छ। शिर मेमोरियल अस्पतालमा १० वेडकाआइसोलेसन तयार गर्न निर्देशन भएको छ ।हाल ३ वटा आइसोलेसन वेडको वाडसञ्चालनमा छ । धुलिखेललाई कोभिड–१९थ्री लेवलको अस्पताल निर्माणको लागिसिफारिस गरिएको छ भने शिरमेमोरियलअस्पताललाई वान लेवलको कोभिड–१९अस्पताल निर्माण गर्न मन्त्रालयलाई सिफरिसपठाएको छ । शनिबार बागमती प्रदेश स्तरीयप्र य ो ग शाला धु िलखे ल को सञ्जिवनीविद्यालयको एक सुरक्षित भवनमा दैनिकरुपमा संकलन भएको स्वाव परिक्षणक्षमताको मेशिन जडान भएर कार्य प्रारम्भभएको छ । पिसिआर परीक्षणमा अब झनतिव्रता आउँछ । सिन्धुपलान्चोक, रामेछाप,दोलखा, सिन्धुलि, काभ्रे र भक्तपुरकानागरिकहरू यस प्रयोगशालाबाट लाभान्वितहुनछन् । बालबालिका र जेष्ठनागरिकहरूलाई कोरोना संक्रमित हुनबाटजोगाउन विदेशबाट स्वदेश फर्केकाआफन्तहरू जो हुनु हुन्छ उहाँहरू सिधसम्वन्धित पालिकाको १४ दिन एकान्तवासमाबसौँ सम्भावित कोरोना लक्षण देखिना साथनजिकको स्वास्थ्य संस्था तथा अस्पतालमासम्पर्क राखौँ, सर सफइमा ध्यान दियौँ,सामान्य ज्वरो, रुघा, खाकी कडा रोग जस्तैःमुटु रोग, स्वास प्रस्वास सम्वन्धि रोग छ भनपनि स्वास्थ्यकर्मीसँग सिधै सम्पर्क राखेरसुझव अनुुसार औषधी सेवन गरौँ भन्नचाहन्छु ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्