IMG-LOGO

धार्मिक, सांस्कृतिक र पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न शान्ति पदयात्रा

 मंगल, बैशाख ३०, २०८२  पुरुषोत्तम नेपाल अध्यक्ष, काभ्रे सेवा समाज

     मण्डनदेउपुर नगरपालिका वडा नं. १०, पिता टंक प्रसाद शास्त्री नेपाल ÷ माता महम माया नेपालको छोरा पुरुषोत्तम नेपालको जन्म २०१९ कार्तिक २७ गते भएको हो । २०४० सालमा सरकारी सेवा प्रवेश गर्नुभएका नेपाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको योजना प्रमुख हुँदै राष्ट्रिय दलित आयोगको सचिवको जिम्मेवारी समाली कार्य गर्दै आउनुभयो । २०७५ सालमा अवकास लिनु भएका नेपाल भन्नु हुन्छ देशमा आर्थिक, सामाजिक रुपान्तर हुन तत् तत् निकायमा रहेका सबैले अनुशासित मर्यादीत ढङ्गले कानुनी परीपालन गरेर आ–आप्mनो जिम्मेवारी पुरा गरेको खण्डमा राज्यले लिएको आर्थिक समृद्धिको गन्तव्य पुरा हुन्छ र देशका नागरिकहरु समृद्ध बन्नेछन् भन्ने तर्क गर्नुहुन्छ । सरकारी सेवाबाट अवकास प्राप्त कर्मचारीहरु संगठीत भई गठन गरेको काभ्रे सेवा समाजले २०८२ बैशाख २९ गते बुद्धजयन्तीका अवसरमा पनौतीदेखि नमोबुद्ध सम्मको शान्ति पदयात्रा कार्यक्रम तय गरेको छ । कार्यक्रमको मुख्य उद्देश्य, समाजका भावि कार्ययोजना के के छन् भन्ने सवालमा काभ्रे सेवा समाजका अध्यक्ष पुरुषोत्तम नेपाल सँग रेडियो एविसीमा गरिएको कुराकानीको मुख्य अंश प्रस्तुत गरिएको छ ः

     काभ्रे सेवा समाजले २०८२ बैशाख २९ गते बुद्धजयन्तिको अवसरमा पनौतीदेखि नमोबुद्ध सम्मका शान्ति पदयात्राको मुख्य उद्देश्य के हो ?

काभ्रे सेवा समाज काभ्रे सेवा समाज सरकारी सेवाबाट अवकास प्राप्त काभ्रेलीहरु त्यस्तै अन्यत्र जिल्लामा काभ्रेली भइ कार्य गरी अवकास प्राप्त गरेका सबै तह तप्काका निवृत भएका कर्मचारीहरुको संगठित सामाजिक संस्था हो । हाम्रो पवित्र उद्देश्य भनेको कर्मचारीहरुको ज्ञान वुद्धि विवेक, सिप क्षमताको प्रयोग गरी स्थानीय सरकारसँग समन्वय र सहकार्य गरी काभ्रे जिल्लाको विकास र समृद्धिको यात्रालाई सघाउने हो । जिल्लाको भौतिक पूर्वाधार विकास पर्यटन, धार्मिक, सांस्कृति सम्पदाको संरक्षण सम्वद्र्धन, प्राकृतिक स्रोतको दिगो व्यवस्थापनको लागि हाम्रो सहज र सहजीकरणको लागि हाम्रो ल्यागत र ताकातले भ्याए सम्म हाम्रो संस्था प्रतिवद्ध भइ लाग्ने छ ः सोहि क्रममा बनेपा धुलिखेल, पनौती, नमोबुद्ध, पाँचखाल, मण्डनदेउपुर नगरपालिका मात्र नभई काभ्रे जिल्लाका १३ वटै पालिकामा सम्भावनाको खोजी गर्दै धार्मिक, सांस्कृतिक, पर्यटन होस या उत्पादनलाई उद्योगसँग जोडेर आर्थिक समृद्धिको यात्रालाई गनतव्यमा पु¥याउने अभियान स्वरुप पनौतीदेखि नमोबुद्ध सम्मको शान्ति पद यात्रा हो । शान्ति पदयात्राको उद्घाटन गणतन्त्रका प्रथम राष्ट्रपति डा. रामवरण यादवले गर्नुभयो । यसले गरिमा बढाएको छ ।

     २०८० असोज ६ गते पनौतीदेखि नमोबुद्ध सम्म शान्ति पदयात्रा गरिएको थियो अहिले पनि दोहो¥याइयोनि कीन अन्यत्र गर्न सकिन्थ्यिो होला नि ?

हो यहाँले भन्नु भए जस्तै २०८० असोज ६ गते नमोबुद्ध सम्म शान्ति पदयात्रा गरिएको हो । विश्व सम्पदा सुचिमा प्रस्तावित र मन्दिहरुको सहरकोरुपमा परिचित काभ्रेको पनौतीदेखि गौतम बुद्धले पाइला टेकेको नमोबुद्ध सम्म सांस्कृतिक पदयात्रा गर्न लागिएको हो । विश्वभर शान्ति पैmलाउने, सदभावको सन्देश दिने पनौतीदेखि नमोबुद्ध सम्म ९ १÷२ किमि दुरीको यात्रा गरिने छ । आन्तरिक, तथा बाहिय पर्यटक भित्रयाउने, कला र संस्कृतिको सम्र्बद्धन गर्ने मुल ध्यय हो । शाक्य बुद्ध जन्मनु भन्दा ७ सय वर्ष अघि जन्मेका नमोबुद्ध भएका कारण पनि बुद्ध सकिटेको विकास गर्न संघ र प्रदेशको पर्यटन मन्त्रालयको सघाउने भएको हुँदा पनि यो वर्षपनि पनौती – नमोबुद्ध शान्ति पदयात्रा गरिएको हो । शान्ति पदयात्रा पनौतीको ऐतिहासिक महारथ राजाको दरवार रहेको मानेश्वरीबाट सुरु गरी मकर मेला लाग्ने पनौती त्रिवेणीबाट परिक्रमा गर्दै सुनथान इँटे–शंखु शंखेश्वरी जंगल हुँदै नमोबुद्धमा पुगेर टुङ्गिने कार्यक्रम तय गरिएको छ ।

     कार्यक्रममा सहभागीता र लागत खर्चको व्यवस्थापन कसरी गर्नुभएको छ ?

सामाजिक संघ संस्थाका प्रतिनिधिहरु राजनितिककर्मी, सञ्चारकर्मी र लब्धप्रतिष्ठित व्यक्तिहरु गरी औपचारिक कार्यक्रममा १ हजार ५ सय र करीब एकहजार ५० जति शान्ति पदयात्रामा गरी दुई हजार ५ सय ५० को सहभागीता रहने छ । बागमती प्रदेश पर्यटन मन्त्रालयबाट ३ लाख, बनेपा, पनौती, धुलिखेल, पाँचखाल र नमोबुद्ध नगरपालिकाबाट सहयोग प्राप्त हुने वातावरण काभ्रे सेवा समाजका पूर्व अध्यक्षद्वय प्रहलाद केसी, केशव थापा लगायत हाम्रो सिङ्गो टिमको सक्रियता, स्थानीय सरकारको सहयोग, त्यस्तै गरी बैंक तथा वित्तीय संस्थाको सहयोगबाट ७ लाख ५० हजार गरी करीब १० लाख ५० हजार रकम संकलनबाट कार्यक्रम भब्य र सब्यरुपमा सम्पन्न हुनेछ । संस्था स्थापना देखि नै काभ्रेका सञ्चार जगतले प्रचार प्रसारमा सहयोग प्राप्त भएको छ । काभ्रे जिल्लाको संमग्र विकासमा संघ प्रदेश, स्थानीय सरकारले बजेट उपलब्ध गराउने छ । उहाँहरुको लागि आवश्यक पर्ने जनशक्तिको परिचालनमा सहजता र सहजीकरण काभ्रे सेवा समाजले गर्ने छ ।

     युवा जनशक्ति विदेश पलायन हुने क्रम तिव्र छ स्वदेशमा सरकारी सेवामा युवा पुस्ताको सहभागीता घट्दो छ, आकर्षण बढाउन काभ्रेका जनशिक्तिलाई परिचालन गराउने तिर संस्थाको ध्यान केन्द्रीत कहिले हुन्छ ?

अहिलेको युवा पुस्ता क्भ्भ् उत्तीर्ण गर्नासाथ घर छोड्ने सहर पस्ने, +२ अध्ययन सक्नासाथ देश छोड्ने क्रम बढेको छ । संघ, प्रदेश र स्थानीय सरकारले किसानबाट उत्पादन भएका कृषिउपजलाई बजारीकरण, उत्पादनलाई उद्योग घन्दासँग जोडेर युवापुस्तालाई उद्यमी व्यवसी बनाउने नीति अघि सारेर बजेटको दायरा फराकीलो बनाएर अघि बढ्नुपर्छ । देशको भौगोलिक अवस्था जनशक्तिको उपयोगितालाई ध्यान दिई कुन क्षेत्रमा कति जनशिक्तको प्रयोग गर्ने त्यसको लेखाजोखा गरेर सोही अनुरुप कार्य गर्नुपर्छ । काभ्रे सेवा समाजमा अवद्ध हुनुभएका अवकास प्राप्त कर्मचारीहरुको सिप क्षमतालाई सदुपयोग गर्न स्थानीय सरकार लागिपरे हामी काभ्रे जिल्लाको विकास र समृद्धिलाई सघाउन प्रतिवद्ध छौं । युवा पिढींलाई सरकारी रोगगारीमा आकर्षण बढाउन राज्यले प्रोत्साहीत गर्नुपर्छ । हामी पनि जिल्लाका सामुदायिक संस्थागत विद्यालयमा अध्ययनरत छात्रछात्राहरुलाई लोक सेवा पूर्व तयारी कक्षा, देशमा नै केहि गरेर मुलुुकको समग्र विकासमा सहयोग पु¥याउने कार्यमा हामी लाग्ने छौं ।

     भावि कार्ययोजना के के छन् ?

काभ्रे सेवा समाज काभ्रे जिल्लालाई शिक्षा, स्वास्थ्य र आर्थिक विकासमा देशकै नमुना जिल्ला बनाउन हामी तम्तयार छौं । विगत १३ वर्ष देखि काभ्रे जिल्लालाई विकास निर्माणमा प्रत्यक्ष अप्रत्यक्षरुपमा स्थानीय सरकारलाई आवश्यक पर्ने सहजीकरण, सहकार्यताको आवश्यतालाई व्यवस्थापन गर्न हामी तयार छौं । स्थानीय सरकारलाई आवश्यक पर्ने मानवीय पूँजीको प्रबन्ध, विकास निर्माणलाई गतिसिलता दिन, दीगो लक्ष्य प्राप्तका लागि पर्ने सहजीकरण गर्न हामी प्रतिबद्ध छौं। जिल्लाको धार्मिक, सांस्कृतिक सम्पदा संरक्षण, सम्वद्र्धन, पर्यटन क्षेत्रको विकासमा टेवा पु¥याउन काभ्रे सेवा समाज तयार छ । काभ्रेली जनशक्ति कुनक्षेत्रमा के के कार्य गर्नु हुन्छ त्यसको अभिलेखीकरण गर्ने कार्य हामी गछौं । काभ्रे जिल्लालाई अन्तराष्ट्रिय क्षेत्रमा पहिचान गराउन होस या समग्र विकासमा आवश्यक पर्ने योगदान गर्दा पूर्व कर्मचारीहरु समेत सहयोग पु¥याउन तयार छौं । काभ्रे जिल्लाको समग्र विकास गर्न सबै हातेमालोगरी एकतावद्ध भई अघि बढौं । २ साय ४७ सदस्य आवद्ध हुनुभएका सदस्यहरु सबैै काभ्रे जिल्लालाई समृृद्ध बनाउन आ–आप्mनो क्षेत्रबाट लाग्नु भएकै छ, अभैm ससक्त भएर कार्यमा जुटौं भन्न चाहन्छु ।

प्रस्तुतकर्ता ः रमेश प्रसाद न्यौपाने

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्