IMG-LOGO

न्युनतम शुल्कमा संस्कार सहितको गुणस्तरीय शिक्षा प्रदान गरेका छौं

 मंगल, बैशाख २३, २०८२  बिमल न्यौपाने न्यूराइजीङ इङ्गलिश सेकेण्डरी स्कुल, पनौती–१

 

    पिता भिम न्यौपाने÷माता मञ्जु न्यौपानेको छोरा बिमल न्यौपानेको जन्म पनौती–३, कुसादेवीमा भएको हो । २०५२ सालमा स्थापना भएको पनौती–१ रयालेमा सञ्चालित न्यूराइजीङ इङ्गलिश सेकेण्डरी स्कुलको प्रिन्सिपलको जिम्मेवारीमा रहेर शिक्षा प्रदान गर्ने सवालमा नेतृत्वदायि भूमिका बिमल न्यौपाने गर्नु भएको छ । उहाँले काडमाण्डौं विश्व विद्यालयबाट एजुकेश्नल लिडरसिप एण्ड म्यानेजमेन्टमा मास्टर डिग्री र त्रिभुवन विश्व विद्यालयबाट पोल्टीकल साइन्समा मास्टर डिग्री गर्नुभएको छ । विद्यालयले प्रदान गरेको शैक्षिक क्रियाकलाप, शैक्षिक उपलब्धी र भावी शैक्षिक योजनाको बारेमा प्रिन्सिपल न्यौपानेसँग रेडियो एविसीमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।

    २०५२ सालबाट पनौतीमा न्यूराइजिङ इङ्गलिश सेकेण्डरी स्कुल सञ्चालन गर्नुभयो शैक्षिक आरोह अवरोहको बारेमा प्रस्ट पारी दिनुसन ?

३० वर्ष अघि काभ्रेको पनौती, भक्तपुर नगरपालिका केहि वडाहरु तथा ग्रामीण भेगमा विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा र राम्रो अंग्रेजीको दख्खलता प्रदान गर्ने उद्धेश्यका साथ संस्थागत विद्यालय सञ्चालन गरेको हो । संस्थागत विद्यालय टिकाउन र विकाउन कठीन थियो । प्रारम्भकालमा राजकुमार सापकोटा, कृष्णमुरारी न्यौपाने र कुलप्रसाद सापकोटाले शैक्षिक क्षेत्रको विकासमा इटाँ थप्न, ग्रामीण भेगमा पनि  संस्थागत विद्यालय सञ्चालण गरि अंग्रेजी माध्यमबाट शिक्षा ग्रहण गर्ने सहज वातावरण निर्माण गर्नुपर्छ भनेर योगदान गर्नुभयो । ६७ जना विद्यार्थीहरुबाट भाडाको एक भवन र ८ जना शिक्षकबाट सञ्चालित विद्यालयमा अभिभावकको विश्वास विद्यार्थीहरुको लगनशिलता, शिक्षाकहरुको प्रभावकारी शिक्षण सिकाई, लगानीकर्ताको र व्यवस्थापन समितिको उचित प्रबन्धको कारण आज ६ सय ५८ विद्यार्थीहरु अध्ययनरत छन् ।

    नयाँ शैक्षिक शत्र २०८२ को भर्ना अभियान कुन रुपमा अघि बढेको छ ?

२०८२ बैशाख ४ गते देखि भर्ना अभियान सञ्चालन गरिएको हो । प्याब्सन काभ्रेको शैक्षिक क्यालेण्डर अनुसार नै विद्यालयमा भर्ना कार्यक्रम सञ्चालन गरिएको हो । काभ्रे जिल्लामा ७२ वटा संस्थागत विद्यालय सञ्चालनमा छन् । हाल ५ वटा विद्यालय थप भएका छन् । पनौतीमा संस्थागत विद्यालय २५, सामुदायिक विद्यालय ३४ वटा छन् । संस्थागत विद्यालयले सृजनात्मक, जीवन उपयोगी, विद्यार्थीहरुको चौतर्फी बिकास हुने शिक्षा प्रदान गरेकोले अभिभावक वर्गको सतवसावास बढेको छ । हरेक वर्ष विद्यार्थीहरुको आकर्षण संस्थागत विद्यालयमा बढ्दै गएको छ । हाम्रो विद्यालयमा यस वर्ष पनि विद्यार्थीहरुको संख्या वृद्धि भएको छ ।

    सामुदायिक विद्यालयका शिक्षकहरुको आन्दोलनले संस्थागत विद्यालयमा विद्यार्थी बढ्ने क्रम हवात्तै बढ्यो भनिन्छ नी ?

२०२८ सालको शिक्षा ऐन अहिले सम्म कार्यान्वयन चरणमा छ । विद्यालय शिक्षा ऐन नयाँ अग्रगामी आउनुपर्छ । संस्थागत र सामुदायिक विद्यालयले प्रदान गरेको शिक्षाको अवस्था राज्यले नियालेको छ । दुवै आवश्यक छ÷छैन । विश्व बजारमा विक्ने शिक्षा प्रदान गर्न कस्तो शिक्षा नीति ऐन चाहिन्छ शिक्षकहरुको सम्मान, संस्थागत विद्यालयहरुको शिक्षामा गरेको लगानीको सुनिश्चितता सबैलाई मध्यनजर गरेर नयाँ शिक्षा ऐन ल्याउनुपर्छ । शिक्षकहरुको सेवा सुविधा, सम्मानको सवालमा भएको शिक्षक आन्दोलन ९ बुदे सम्झौतामा टुङ्गीएको छ । आन्दोलनको कारण संस्थागत विद्यालयमा भर्ना संख्या बढेको होइन । संस्थागत विद्यालयले स्तरीय शिक्षा प्रदान गरेर विद्यार्थी भर्ना बढेको हो ।

     प्याब्सन जिल्ला समिति काभ्रेको सचिव हुुनुहुन्छ, संस्थागत विद्यालयका मुख्य चुनौती ती के के छन् ?

संस्थागत विद्यालयको मुख्य चुनौती आर्थिक व्यवस्थापनको हो । दोश्रो भौतिक पूर्वाधारको सम्पन्नतामा धेरै धनराशी खर्च गर्नुपर्छ । न्यूनतम शुल्कमा स्तरीय शिक्षा प्रदान गर्नुपर्छ । अभिभावकको आयस्तरमा बृद्धी हुन नसक्नु, आर्थिक मन्दी अस्थिर राजनीति, २०२८ साल देखिको शिक्षा ऐन आकर्षीत हुुनु, समय सापेक्ष बैज्ञानिक, विश्व बजारमा बिक्ने, जीवन उपयोगी शिक्षा प्रदान गर्ने वातावरण अनुकुलन भएको होस । शिक्षा सबैले सर्वभुलभ प्राप्त गर्न सकोस, नीजि क्षेत्रले शिक्षा क्षेत्रको विकासमा सधाएको छ । हाम्रो विद्यालयले क्भ्भ् मा सतप्रतिशत विद्यार्थी उतिर्ण गराएको छ । नीजि क्षेत्रको लगानी सुरक्षित हुने कम्पनी ऐन अनुसार संस्थागत विद्यालय सञ्चालन हुने अवस्था हुनुपर्छ । राज्यले प्रदान गर्ने सुविधामा विद्यार्थीहरुलाई समान व्यवहार गरेको हुनुपर्छ सरकारले छात्रवृति सामुदायिक विद्यालयलाई अध्ययन गर्नेहरुलाई मात्र हैन संस्थागत विद्यालयका छात्रछात्रालाई सरकारी छात्रवृति दिनुपर्छ । संस्थागत विद्यालयबाट कर असुलेको छ । सोको ५० प्रतिशत शिक्षक कर्मचारीको वृद्धि विकासमा खर्च गर्ने सक्ने वातावरण तय हुनुपर्छ नयाँ शिक्षा ऐनमा ।

    संस्थागत विद्यालयले स्थानीय सरकारबाट कस्तो खालको सहयोग प्राप्त गर्न सकेको छ ?

संघीय संरचनाको पहिलो निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुले स्थानीय सरकारले शैक्षिक क्षेत्रको विकासमा अलि चासो चिन्तन गरेको थियो । २०७९ को निर्वाचन पछि भने शैक्षिक विकासमा ध्यान केन्द्रीत गरेको बुझीदैन, शिक्षा समिति, स्थानीय शिक्षा ऐन बन्दा शिक्षा क्षेत्र बुझेको शिक्षा समिति बन्नुपर्ने, शैक्षिक क्यालिन्डर सामुदायिक र संस्थागत विद्यालयमा एउटै लागु गर्न सक्नुपर्ने त्यसो हुन सकेको छैन । संस्थागत विद्यालयलाई स्थानीय सरकारले सकारात्मक रुपमा हेर्ने, शिक्षा क्षेत्रको विकासमा सहजीकरण गर्नुपर्ने त्यसो हुन सकेको छैन ।

    न्यू राइजिङ इङ्गलिश सेकेण्डरी स्कुलको शक्षिक आकर्षण ?

आजको युग सूचना र प्रविधिको युग हो । विद्यालय व्यवस्थापनले वैज्ञानिक, उच्च प्रविधिको विकासलाई आत्म सात गरी विद्यार्थीहरुको चौतर्फी विकास हुने, सृजनात्मक, श्रमलाई सिपमा जोड्ने, नैतिक चरित्रवान संस्कार सहितको शिक्षा हामीले प्रदान गरेका छौं । घर, समाज र राष्ट्रप्रति उत्तरदायी हुने कर्मठ विद्यार्थी हामीले उत्पादन गरेका छौं । स्मार्ट बोर्डको प्रयोग, कक्षामा सिसी टीभी जडान, यातायातको सुविधा, अनुशासनको लागि स्काउट, न्यूनतम शुल्कमा गुणस्तरीय गरिखाने शिक्षा, डिजीटल एप, शिक्षक एप सञ्चालन गरी अभिभावकले आप्mना बालबालिकाको शिक्षण सिकाइ गरेको क्रियाकलाप घरबाट नै हेर्न बुभ्mन सकिने, विद्यार्थीहरुले प्रविधिको प्रयोगबाट ज्ञान हाँसिल गर्न सकिने अवस्थाको सृजना गरिएको छ । कला, साहित्य, सृजना, गायन, वक्तित्व कला, हयाण्डराइटीङ लेखन, हाम्रो विद्यालयमा अध्ययन गर्ने बालबालिकाको भविष्य उज्वल रहने वातावरण शिक्षाका लगानी कर्ता र अनुभवि शिक्षकहरुले गर्न सकेको कारण हाम्रो विद्यालय रोजाई पर्न सकेको हो भन्ने मलाई लाग्छ ।

    अभिभावकको ढाङ सेक्ने गरी संस्थागत विद्यालयहरुले शुल्क हरेक वर्ष वृद्धि गर्ने, शिक्षकहरुको वृद्धि विकासमा ध्यान नदिने गरेको आरोप लाग्ने गरेको छ नी ?

यस्ता खालका हामीलाई लगाउने आरोप मिध्या हुन् । हामीले वर्गीकरण अनुसार काभ्रे जिल्लाका सबै संस्थागत विद्यालयहरु (ख)९द्य० श्रेणीका हुन् । सोअुनसार भर्ना र मासिक शुल्क तिर्नुपर्ने तर लिइएको छैन । न्यूनतम शुल्कमा नै अध्यापन गरिएको छ । संस्थागत विद्यालयले स्थानीय सरकारको शिक्षा शाखामा आप्mनो विद्यालयको शिक्षण शुल्क दुई महिना अघि नै बुझाउने गरेको छ । निश्चित मापदण्ड अनुसार भन्दा पनि कम शुल्कमा स्तरीय शिक्षा संस्थागत विद्यालय र हाम्रो स्कुलले सोहो अनुसार गरेको छ । गत शैक्षिक शत्रमा हाम्रो विद्यालय उत्कृष्ट हुन सक्यो । नर्सरी देखि माध्यामिक तह सम्म हामीले विद्यार्थीहरुको मनोभावनालाई बुझेर जीवन उपयोगी शिक्षा प्रदान गरेका छौं । शिक्षकहरुको वृद्धि विकासमा सहयोग पु¥याएका छौं । प्रिप्राइमरी, प्राइमरी आधारभूत र माध्यामिक तहका शिक्षक कर्मचारीहरुलाई खुसी र सुखी बनाएका छौं । कुनैखालको श्रमशोषण गरिएको छैन । शिक्षक र कर्मचारी गरी ५१ जनालाई रोजगारी दिएका छौं ।

    अन्त्यमा केहि भन्नु छ की ?

सामुदायिक विद्यालयमा राज्यले गरेको लगानी १ विद्यार्थी बराबर मासिक ८ हजार लगानी लाग्छ तर संस्थागत विद्यालयले ५० प्रतिशत भन्दा कममा अध्यापन गराएको छ । देश भरका सामुदायिक विद्यालयमा कुल विद्यार्थी संख्यामा ६५ प्रतिशत र संंस्थागत विद्यालयमा ३५ प्रतिशत, काभ्रेको हकमा ५० प्रतिशत सामुदायिक ५० प्रतिशत संस्थागत विद्यालयमा विद्यार्थीहरु अध्ययनरत छन् । संस्थागत विद्यालयलाई नियन्त्रण गर्ने हैन नियमन गरोस । नियमन गर्ने कार्य स्थानीय सरकारले गरोस प्रविधिक धारका विषयहरु संस्थागत विद्यालयलाई सञ्चालन गर्न दियोस । सामुदायिक र संस्थागत विद्यालयले राज्यले दिने छात्र वृद्धि र सुविधा बराबर गरिदियोस भन्न चाहन्छु । हाम्रो विद्यालयको भौतिक पूर्वाधार सम्पन्नता छ आप्mनै भवनमा विद्यार्थीहरुले उपयुक्त शैक्षिक मनोरम वातावरणमा सिक्ने अवसर प्रदान गरेको छ ।

प्रस्तुतकर्ता ः रमेश प्रसाद न्यौपाने

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्