IMG-LOGO

सृजनात्मक र जीवन उपयोगी शिक्षा प्रदान गरेका छौं

 मंगल, बैशाख १६, २०८२  महेन्द्र विष्ट प्रिन्सिपल, ज्योति एकेडेमी इङ्गलिश सेकेण्डरी स्कुल, बनेपा–८

        बनेपा नगरपालिका वडा नं. १२ बाँस्डोलमा २०४७ साल फागुण १६ गते महेन्द्र विष्ट जन्मनु भएको हो । विगत २० वर्ष देखि शिक्षण पेशामा लाग्नुभएका मेहन्द्र विष्ट २०८१ पुष ११ गते प्याब्सन बनेपा नगरको अध्यक्षमा निर्वाचित हुनुभयो । एमएस्सी, ग्रामिण विकासमा एमए शैक्षिक योग्यता हाँसिल गर्नुभएका विस्ट संस्थागत विद्यायहरुले देशको शैक्षिक क्षेत्रको विकासमा र शैक्षिक जनशक्तिलाई रोजगारीको प्रबन्धमा समेत राज्यलाई सहयोग पु¥याएको बताउनु हुन्छ । युवा जोस जागँरका साथ शैक्षिक क्षेत्रमा लगानी गरेर विद्यार्थीहरुको मनोभावना अनुरुप शिक्षा प्रदान गर्न संस्थागत विद्यालयलागि परेको बताउनु हुन्छ । बनेपाका स्थानीय त्रिरत्न मानन्धर र मेहन्द्र विष्टको लगानिमा स्थापित ज्योति एकेडेमीमा विस्ट प्रिन्सिपलको जिम्मेवारी समाल्नु भएको छ । विद्यालयको शैक्षिक स्तरीयता र भावि कार्ययोजनाको सवालमा रेडियो एविसीमा गरिएको कुराकानीको मुख्य अंश प्रस्तुत गरिएको छ ।

        नयाँ शैक्षिक शत्र २०८२ प्रारम्भ भएको छ । भर्ना अभियान कुनरुपमा अघि बढेको छ ?

शैक्षिक शत्र नयाँ प्रारम्भ भएसँगै भर्ना अभियान तिव्ररुपमा अघि बढेको छ । सामुदायिक विद्यालयका शिक्षकहरु नयाँ शिक्षा ऐन जारी गर्न दवाव दिन विगत २७ दिनदेखि आन्दोलनमा लागेको हुँदा विद्यालय बन्द छ । संस्थागत विद्यालयहरु नयाँ शैक्षिक शत्रको सुरुवात सँगै आ–आप्mनो क्षेत्रमा भर्ना अभियान निरन्तर चलिरहेको छ । संस्थागत विद्यालयका शिक्षकहरु आप्mनो क्षमतालाई तिखार्दै विद्यार्थी वर्गको शिक्षण सिकाइलाई सृजनामा बढल्न, गुणस्तरीय शिक्षा प्रदान गर्न प्रतिवद्ध छन् । हाम्रो ज्योति एकेडेमीमा हरेक दिन विगत वर्षको तुलनामा ३÷४ जनाको रुपमा दैनिक विद्यार्थीहरु भर्ना गर्ने बढेको अवस्था छ । सहरी एरियाको भन्दापनि ग्रामीण भेग, रोशी, चौंरीदेउराली, तेमाल र बेथानचोक गाउँपालिका र नमोबुद्ध नगरपालिका विद्यार्थीहरु पढ्नका लागि भर्ना हुन आएका छन् । विद्यालय व्यवस्थापन समिति, शिक्षक वर्गको सत विस्वासका कारण भर्ना विद्धिदर बढेको छ । ५० प्रतिशत ग्रामीण बस्ती ५० प्रतिशत सहरी क्षेत्रबाट पढ्नका लागि विद्यालय आउने क्रम रहेको छ । बेनपा नगर भित्र ३१ वटा संस्थागत विद्यालय प्याब्सन बनेपा नगर अन्तरगत रहेर सञ्चालित छन् ।

        सामुदायिक विद्यालयका शिक्षकहरुको आन्दोलनको प्रभावले संस्थागत विद्यालयमा विद्यार्थी नयाँ भर्नाले कतिको लाभ मिलेको छ । तपाई त प्याब्सन बनेपा नगरको अध्यक्ष समेत हुनुहुन्छ नी ?

२०२८ देखिको शिक्षा ऐन नै अहिले सम्म कार्यान्वयन गरिएको छ । विश्वबजारमा विक्ने वैज्ञानिक, आधुनिक व्यवहारिक शिक्षा आजको अवश्यकता हो । पाठय क्रमको विकास सोहि अनुसार हुुनुपर्छ । विद्यार्थीहरुको गुणस्तर वृद्धि, व्यवहरिक ज्ञान सहितको शिक्षा, शिक्षकहरुको सेवा सुविधा र मर्यादा हुनु जरुरी छ । संस्थागत विद्यालयहरुले विद्यार्थीहरुको रुचि अनुसार चौतर्फी विकास हुने शिक्षा प्रदान गर्दै आएको छ । समय सापेक्ष बैज्ञानिक, प्रविधिको विकासँग जोडेर ज्योति एकेडेमीले शिक्षा प्रदान गरेको छ । केहि सामुदायिक विद्यालयका शिक्षकहरुले पनि लगनासिलताका विद्यार्थीहरुको सक्षयता विकास भएको छ । अधिकांस विद्यार्थीहरु एसईईमा अनुतिर्ण भएकाले विस्तार जनविस्वास घट्दै गएको छ । संस्थागत विद्यालयहरुको सञ्चालकहरुको घर जग्गा धितो राखेर लगानी गरेर रोजगारीको सृजना समेत गरेका छन् । अभिभावकको जनविश्वास समेत कायम भएको छ । हाम्रो विद्यालयमा गत वर्ष ४ सय ३० विद्यार्थी अध्ययनरत थिए हाल ५ सय ४० विद्यार्थीहरु अध्ययनरत छन् । विद्यार्थीहरु संख्यात्मक वृद्धि भएका छन् ।

        ज्योति एकेडेमीको शैक्षिक आकर्षण ?

मुलत शैक्षिक कार्यक्रम योजना शैक्षिक सुधार कार्यक्रम हरेक वर्ष वृद्धि गर्दै लगेका छौं । हाम्रो विद्यालयमा उपयुक्त शैक्षिक वातावरण, एसईईमा शतप्रतिशत उतीर्ण, विद्यार्थीहरुको अतिरिक्त, सृजनात्मक शिक्षण सिकाई, स्मार्ट बोर्डको प्रयोगबाट शिक्षण सिकाई, बालमैत्री शिक्षा, नैतिक संस्कार सहितको शिक्षा, विद्यार्थीहरुको अवस्यकताको आधारमा वस सेवा, न्यूनतम शल्कमा स्तरीय शिक्षा, अनुभवी शिक्षकहरुको लगनशिलताले शैक्षिक उपलब्धी हाँसिल भएकोले ज्योति एकेडेमी रोजाइ भएको हो । भूकम्प प्रतिरोधक भवनबाट शिक्षण सिकाई भएको छ ।

        संस्थागत विद्यालयका मुख्य चुनौतिहरु के छन् ?

संस्थागत विद्यालयका मुख्य चुनौती भनेकै आर्थिक श्रोतको व्यवस्थापन, भौतिक पूर्वाधार निर्माणको प्रयाप्ततामा समस्या छ । संस्थागत विद्यालयका सञ्चालकहरुले विद्यालय सञ्चालन घर जग्गा धितो बैंक तथा वित्तिय संस्थामा राखेर ऋण लिई शिक्षामा लगानी गरेका छन् । सरकारले लगानीकर्ताहरुको लगानी सुरक्षाको प्रबन्ध हुन सकेको छैन । संस्थागत विद्यालयहरुले विद्यार्थीहरुको शैक्षिक गुणस्तर वृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । सामुदायिक र संस्थागत विद्यालयहरुको विद्यालय शिक्षाको सन्दर्भमा शैक्षिक सुधार र शिक्षकहरुको अधिकार सेवा सुविधाको प्रबन्ध गर्न शिक्षा ऐन जारी गर्नुपर्ने २०२८ सालको शिक्षा ऐन नै हालसम्म आकर्षित हुनु भनेको राज्यको गैरजिम्मेवारीपन हो । संस्थागत विद्यालयलाई शैक्षिक गुठी अनुसार सञ्चालन गर्ने भनिएपनि कार्यान्वयन भएको छैन । शैक्षिक विकासमा संस्थागत विद्यालयले सरकारलाई सघाएको छ भन्नुको अर्थ स्तरीय शिक्षा प्रदान गरेको छ भन्ने हो । २०६३ सालदेखि ज्योति एकेडेमीले बनेपाबाट काभ्रे आसपासका विद्यार्थीहरुको शिक्षण सिकाईमा प्रभावकारीता ल्याएको छ । शिक्षक र प्रशासनिक गरी ४५ जनालाई रोजगारी दिएको छ । प्याब्सन केन्द्रमा पूर्व अध्यक्ष डिके ढुङ्गाना, वर्तमान अध्यक्ष कृष्ण अधिकारी शैक्षिक उपलब्धी हाँििसलमा निरन्तर प्रयासको कार्य भएको छ । नीजि क्षेत्रको लगानीमा त राज्यले सुरक्षाको ज्ञारेन्टी, शिक्षकहरुलाई समय सापेक्षको क्षमता अभिवृद्धि तालिम सामुदायिक विद्यालयका शिक्षक सरह गराउनु उपयुक्त हुन्छ । किनकी राज्यलाई हामीले कर तिरेका छौं ।

        शैक्षिक गुणस्तर वृद्धिमा भएका प्रयासहरु बारे बताइदिनुस् न ?

विद्यार्थीहरुलाई व्यवहारिक, प्राविधिक शिक्षा, उद्यमसिलताको विकाससँग जोड्ने कार्य गरेका छौं । दैनिक जीवनमा प्रयोग हुने जीवन उपयोगी शिक्षा, स्थानीय सरकार बनेपा नगरपालिकाले तयार पारेको पाठ्यक्रम बनेपा परिचयको अध्यापन प्रारम्भ भएको छ । बनेपाका ऐतिहासिक महत्वका सवाल, भौगोलिक अवस्था मात्र हैन, उद्योग, धन्दा कृषिको व्यवसायिक विकासको समेत सवाल पाठ्यक्रममा समावेस गर्न प्याब्सन काभ्रेको र बनेपा प्याब्सनले सुझाव दिएका छौं ।

        शिक्षक तथा कर्मचारी वर्गको वृद्धि विकासमा के के गर्न सकेको छ ?

विद्यालयको आर्थिक स्रोतको प्रबन्ध अनुरुप शिक्षक तथा कर्मचारीहरुलाई तलब सेवा सुविधा प्रदान गरिएको छ । नियुक्त पत्र दिएको छ । ५ वर्ष माथि सेवा गर्न शिक्षकलाई सिनियरको दर्जा कायम गरिएको छ । इच्छा जाँगर भइन्जेल शिक्षकहरुले निरन्तर कार्य गर्न सक्नेछन् न्यूनतम पारिश्रमीक जुन राज्यले तोकेको हामीले पारिश्रमीक सोही अनुरुप दिएका छौं ।

        शैक्षिक सुधारको भावि योजना के छन् ?

प्रिप्राइमरी तर्पm मन्टेश्वरीको अवधारणा अनुरुप शिक्षण सिकाई गर्ने, शैक्षिक सुधारको लागि विभिन्न शैक्षिक विभाग तोकी संयोजक, इन्चार्जको दर्जा दिइ शैक्षिक उपलब्धी हाँसिल गर्ने प्रबन्ध गरिएको छ । बालबालिकाहरुको दैनिक हेर चाहमा ध्यान केन्द्रित गरिएको छ । इसिए शैक्षिक प्रणालि लागु गरिएको सोलाई निरन्तरतता, खेलकुदक्षेत्र, गायन तथा नृत्य क्षेत्र र विद्यार्थीहरुको व्यक्तित्व र नेतृत्व विकासको लागि निबन्ध र भाषण कलालाई थप प्रभावकारी बनाउने, फुटसलको प्रबन्ध गर्ने छौं । विद्यार्थीहरुको शैक्षिक क्रियाकलापमा निरन्तर सुधार, सृजनात्मक, व्यवहारीक र जीवन उपयोगी शिक्षा दिएकै कारण अभिभावक वर्गको विस्वास स्नेह पाएका छौं । यहाँहरुको हार्दिकता सहयोगले हामी हर्षित छौं । विद्यालयलाई यहाँहरुको सल्लाह सुझाव निरन्तर आवश्यक छ । विद्यालयको शैक्षिक वातावरण हेर्न बुभ्mन निरन्तर आउन हार्दिक अनुरोध गर्दछु ।

प्रस्तुतकर्ता ः रमेशप्रसाद न्यौपाने

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्