हँसिलो चेहरा मिलन्सार स्वभावका नागरिकहरुको स्वास्थ्य सेवा प्रवाहको सवालमा निक्कै सम्वेदनशिल भई कर्ममा निरन्तर लाग्नुभएका कर्मठ व्यक्तित्व स्वास्थ्य कार्यालय धुलिखेल काभे्रपलाञ्चोकको बरिष्ठ स्वास्थ्य प्रशासक डा. पुरुषोतम सेढाई विगत २ वर्ष देखि स्वास्थ्य कार्यालय काभे्रको प्रमुखको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । काभे्रका १३ वटा स्थानीय सरकारका सम्बन्धित स्वास्थ्य संस्थाले पु¥याएको स्वास्थ्य प्रवाहको स्तरीयता, आधारभूत स्वास्थ्य सेवा के कसरी सञ्चालन भएका छन ? जिल्लामा मानसिक स्वास्थ्य समस्याको कारणले विगत ३ वर्षदेखि आत्महत्या दिनप्रतिदिन बढेको अवस्था छ । नयाँ आर्थिक वर्ष २०८०÷०८१ सुरुवातको दुई महिना नबित्दिै २२ जनाले आत्महत्याबाट ज्यान गुमाउन पुगेका छन् । आत्महत्या रोकथाम नियन्त्रणमा केन्द्र, प्रदेश र स्थानीय सरकार तथा स्वास्थ्य संस्थाले अब लिनुपर्ने नीति ल्याउनुपर्ने जागरण अभियानको सन्दर्भमा रेडियो एविसीमा एफ.एममा डा. पुरुषोतम सेढाइसँग गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।
नयाँ आर्थिक वर्ष सुरु भएको दुई महिना वित्न लाग्यो यो अवधिमा स्वास्थ्य कार्यलय धुलिखेल काभे्रले स्वास्थ्य सेवा प्रवाह के गर्न सकेको छ ?
गत वर्ष गरेको कार्यको समिक्षा विगतमा निर्माण गरेका प्रभावकारी कार्यान्वयन के कस्ता भए । पछिल्लो जनगणना अनुसार जुन जुन खालको सेवा प्रदान गरियो आगामी दिनमा कुन उमेर समुहका लागि कुन किसिमको स्वास्थ्य सेवा प्रदान गर्दा उपयुक्त हुन्छ भन्ने सवालमा काभे्रका १३ वटै सरकारको स्वास्थ्य शाखाका प्रमुखसँग आगामी वर्षको योजना निर्माण गर्ने कार्यको वर्क सप गरियो । यस भन्दा अघिल्लो जनगणनामा बालिका र बालकको जनसंख्या वृद्धि दर मिल्दोजुल्दो थियो । अहिलेको पछिल्लो जनगणनामा बालकको जनसंख्या अलि बढेको गर्भमा रहेको बेला भु्रणको पहिचान गरेर बालिका छ भने भु्रण हत्या गर्ने कार्य भएको छ । यो निक्कै डरलाग्दो अवस्था हो । यस्तो हुनु हुँदैन बालक र बालिकको जन्म तुलनात्मक रुपमा बराबरी अवस्थामा हुनुपर्दछ ।
काभे्र जिल्लामा विगत ३ वर्षको तुलनालाई हेर्दा नयाँ आर्थिक वर्ष को सुरुवातमा दुई महिना नबित्दै २२ जनाले आत्महत्या गरेर जीवन गुमाएका छन् आत्महत्या दिनप्रतिदिन बढेको छ । रोकथाम र नियन्त्रणको उपायबारे बताइदिनुस् न ?
तनाब, घरयासी घर झगडा, आर्थिक अभाव, सामाजिक सञ्जालको गलत प्रयोग विविध कारणले मानसिक स्वास्थ्य समस्या देखा परेका कारण आत्महत्या बढेको देखिन्छ । मानसिक स्वास्थ्य कम्जोर नबनाई आफूले आफैंलाई माया गर्ने, आफ्नो अमुल्य जिवनलाई सार्थक बनाउन हर हमेशा परिवार, समाजमा केहि गरौं, जीवनमा धेरै खालका समस्या बाधा अड्चन आउँछन त्यसलाई सामाधान गर्न ढृढतापूर्वक लाग्नुपर्छ । समस्या, दु ःख आउँछन् जान्छन् आफूले आफैलाई सिद्धाउनु गलत बाटो लिनु हो । यो धर्तीमा अमुल्य सुनौलो जीवन प्राप्त गर्न सकेकोमा हर्षित खुसी हुँदै घर, परिवार, समाज र राष्ट्रको लागि कल्याण हुने कार्य गर्छु भन्ने उत्साह उमंग लिएर पत्थरको पहाडलाई फुटाएर राम्रो पथ बनाउन सक्छु भन्ने आँट उद्देश्यका साथ मनलाई बलियो बनाएर अघि बढ्नु पर्छ । प्राप्त गरेको जिवनलाई सुनोलो फुल जस्तै बनाउनु पर्छ । काभे्रमा ०७७÷०७८ मा १ सय ३६ , आ.व ०७८÷०७९ मा १ सय १३, ०७९÷मा ९० जनाले आत्महत्या गरी जीवन गुमाएका छन ् । त्यस्तै ०८० ÷०८१ को २ महिना नबित्दै २२ जनाले आत्महत्या गरी जीवन गुमाएका छन् । रोकथाम, नियन्त्रण गर्न व्यक्ति, समाज, स्वास्थ्य सम्बन्धि संस्थामा कार्यरत स्वास्थ्य कर्मीहरुले जागरण ल्याउने कार्ययोजना निर्माण गरी अघि बढ्नु पर्छ । केन्द्र ,प्रदेश स्थानीय सरकारले सुशासन कायम गरी विकास र समृद्धिको यात्रालाई गन्तव्यमा पु¥याई रोजगारीको सृजना गर्ने, विदेश पलायन रोक्ने, शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी बढाउने, कार्य गर्नुपर्छ । स्वास्थ्य संस्थामा मनोपरामर्शदाता नियूक्त गरी मानसिक समस्या समाधान गर्नेतिर लाग्नुपर्छ । काभे्रको मेथिन्कोट अस्पताल भकुण्डे, धुलिखेल, पनौती, स्वास्थ्य संस्थामा निःशुल्क मानसिक स्वास्थ्य सेवा र औषधि उपलब्ध गराउँदै आएको छ । विगतको अवस्थालाई नियाल्दा कृषि क्षेत्र , ज्याला गरी काम गर्ने मजदुरहरुमा आत्महत्याको संख्या वृद्धि भएको देखिन्छ । यस्ता घटनालाई दोहारिन नदिन कारण पत्ता लगाई समस्या समाधानको उपाय खोज्नु पर्छ ।
बालबालिकाहरुको आत्महत्या गर्ने संंख्या किन बढ्यो ?
आमाबाबुले छोडेका, घरमा घर सम्हान्ले अभिभावकले रक्सी सेवन गरी दैनिक झगडा गर्ने, रक्सी सेवन गरी घरपरिवारका सदस्यलाई कुटपिट गर्नेहरु , घर परिवारमा त्यस्तै आधुनिक सूचना प्रविधिको समयमा बालबालिका मोबाइल माग गर्ने , नपाएमा आत्महत्या गर्ने गरेको पनि देखिन्छ । यी यावत कारणले आत्महत्याका घटना घटेका छन् । घरका आफ्ना माता पिता विद्यालयका शिक्षकहरु सबैले यि घटनाहरबाट सिकेर जागरण ल्याइ सम्झाउन बुझाउन सक्नुपर्छ । समय र परिस्थितको माग बुझेर कार्य गर्नुपर्छ । जीवनलाई सकात्मक सोचमा बदल्न लाग्नुपर्छ । जीवन संघर्ष यात्रा सुख दुखको संगम हो भनेर बुझ्न बुझाउन सक्नुपर्छ ।
आत्महत्याका लक्ष्णहरु के के हुन सक्छन् ?
आत्महत्याका धेरै खालका भ्रम छन् । आवेगमा आत्महत्या गर्छन भन्छन त्यस्तो होइन । एकै पटक ग¥यो भन्ने हुँदैन परिवारमा विगतामा त्यस्तो भएको छन् भने पनि त्यस्तो हुन सक्छ । एक्लोपन महशुस गर्ने, एकान्त स्थानमा बस्न मन पराउने, नसुत्ने जस्ता क्रियाकलाप गर्ने गरेको व्यवहारबाट थाहा हुन्छ । त्यस्ता व्यवहार देखिएमा घरपरिवारले मानसिक स्वास्थ्य समस्या छ भन्ने बुझेर मनोपरामर्श दाता डक्टरसँग गएर परामर्श लिनु पर्दछ । मानिसक समस्या निको हुने रोग हो । यो निको हँुदैन भन्ने हैन । जीवन र जगतलाई राम्रोसँग कुझाउन सक्नुपर्छ । घर परिवार समाजमा आशाका किरण छर्न सक्ने बनाएर तयार गर्न लाग्नु पर्छ । जोखिमबाट बच्नका लागि आफ्ना कुरा अरुलाई पनि सुनाउने अरुको कुरा सुन्ने गर्नुपर्छ गर्नुपर्छ ।
स्वास्थ्य संस्थाले उपलब्ध गराउने ९८ प्रकारका निशुल्क प्रदान गर्ने औषधीको बारेमा नागरिक अनविज्ञ छन् । जागरण ल्याउन कुनै पहल कदमी गरेको देखिदैन नि ?
आधारभूत स्वास्थ्य सेवा अन्तरगत नागरिकहरुले ९८ प्रकारका औषधी नि ःशुल्क प्राप्त गर्न सक्छन् । यसको जागरण ल्याउनु आवश्यक छ । त्यसको लागि स्थानीय सरकारका स्वास्थ्य संस्थाका कर्मचारीहरुको टोली, हरेक वडाका जनप्रतिनिधिहरु सबैको दयित्व हुन आउँछ । ९८ प्रकारका औषधि प्राप्त गर्न नागरिकहरुले आधारभूत स्वास्थ्य सेवा नियमित रुपमा २०७२ असोज ३ गते जारी भएको संविधानमा स्पष्ट लेखिएको छ ।
काभे्रका विकट क्षेत्र महाभारत खानीखोला, चौरीदेउराली, रोशी गाउँपालिकाहरुमा सञ्चालित स्वास्थ्य संस्थाबाट नागरिकहरुले सहज रुपमा ९८ प्रकारका निशुल्क औषधी प्राप्त गर्न नसकेको गुनासो आउने गरेका छन नि ? स्वास्थ्य कार्यालयले अनुगमन गरी सहजता प्रदान गर्न लाग्नुप¥यो नि ?
काभे्रका विकट क्षेत्र अहिले मोटर बाटो विस्तार भएर स्तर उन्नती भएका छन् । नागरिकहरुले आधारभूत अस्पतालबाट स्वास्थ्य सेवा प्राप्त गरेका छन् । अहिले जेष्ठ नागरिक स्वास्थ सेवा प्रदान गर्न स्थानीय सरकारबाट सञ्चालित स्वास्थ्य संस्थाबाट स्वास्थ्यको नियमित जाँच सोहि अनुरुपको उपचार गर्नै पद्दतकिो सुरुवात भैसकेको छ । सुगर, प्रेसरको जाँच गरी आवश्यकतका आधारमा औषधी उपचार गर्ने अवसर प्राप्त छ । विकट क्षेत्रमा कुनै समय केहि औषधीहरुको कमी भएको हुनसक्छ । सबै समयमा त्यस्तो हुन सक्दैन । स्वास्थ्य कार्यलयले सम्बन्धीत स्वास्थ्य संस्थाको अनुगमन गर्छ । अनुगमनको क्रममा समस्या आएको देखियो भने कानुनी कारबाही अघि बढ्छ ।
कुकुरको र सर्पको टोकाई भयो भने सहजरुपमा भ्याक्सिनको समस्या छ त्यसको व्यवस्थाको लागि पनि केहि सोच्नुभएको छ त ?
स्थानीय सरकारद्धारा सञ्चालित स्वास्थ्य संस्थामा जहाँ डाक्टरहरु कार्यरत छन् । त्यस्ता स्वास्थ्य संस्थाबाट रेबिज विरुद्धको खोप सर्पको टोकाईबाट भएका व्यक्तिहरुको लागि औषधि उपचारको लागि खोपको लागी स्वास्थ्य कार्यलय सजक र सतर्क छ । धुलिखेलले केहि शुल्क लिएर रेविज विरुद्धको खोप लगाउने गर्छ । जहाँ सरकारी स्वास्थ्य संस्था छन् । चिकित्सक छन् त्यस क्षेत्रबाट रेविज विरुद्धको खोप निशुल्क प्राप्त गर्न सक्छन् ।
प्रस्तुतकर्ता ः रमेश प्रसाद न्यौपाने
