बनेपामा २०६७ सालमा स्थापित बनेपा ब्वाईज क्लव टिम (द्यद्यऋ) काभे्रका अध्यक्ष महेशकुमार कर्माचार्य सामाजिक कार्यको अभियानकर्मीको रुपमा पनि परीचित हुनुहुन्छ । खेलकुदको सकारात्मक विकास, कला र संस्कृतीको जर्गेनाले बनेपा र काभे्रको राष्ट्रिय र अन्तराष्ट्रिय पहिचान बनाउने अभियानमा लागि परेको बताउनुहुन्छ महेशकुमार कर्माचार्य । “हाम्रो अभियान खेलको शान, सँस्कृति र सम्बृद्धि बनेपाको पहिचान” चन्ने मुल पहिचान बोकेर बनेपाका युवालाई संगठित गर्दै खेलकुद क्षेत्रको विकास गरेर बनेपाको पहिचानलाई उच्च राख्न सकेको भनाई कर्माचार्यको छ । बनेपा ब्वाईज क्लवले आगामी असोज १९ गते देखि कात्र्तिक ४ गते सम्म १६ दिने बनेपा महोत्सव सञ्चालनको पूर्वतयारी मुख्य आर्कषण सुरक्षा प्रवन्ध, महोत्सव भव्य र सभ्य रुपमा सञ्चालन गर्ने योजना के छन् ? भन्ने सवालमा रेडियो एवीसीमा क्लवका अध्यक्ष कर्माचार्यसँग गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।
बनेपा महोत्सव २०८० असोज १९ गतेदेखि कात्र्तिक ४ गते सम्म चौथो संस्करण सञ्चालन गर्दै हुनुहुन्छ पूर्व तयारीका बारेमा बताउनुहोस् न ?
काभे्र जिल्लाका सामाजिक संघ संस्था, अन्तराष्ट्रिय स्तरका लायन्स, लियो रोटरी क्लव र जेसीस जस्ता सँस्थाहरुसँग समन्वय गरेर महोत्सवलाई थप व्यवस्थित र मर्यादीत बनाउन अग्रसर छौं । स्थानीय सरकार काभे्रका १३ वटै पालिका र त्यहाँ सञ्चालित उद्योग वाणिज्य संघहरुसँग समन्वय र सहकार्य गर्ने । काभे्र उद्योग वाणिज्य संघ हाम्रो महोत्सवको मुख्य सल्लाहकारको रुपमा रहने छ । दोश्रो चरण अन्तरगत शनिबार बनेपा पार्टी भेन्यूमा सञ्चारकर्मीसँग छलफल गर्ने कार्य भयो । बनेपाको उगे्रश्वर मन्दिर परिसरमा बनेपा महोत्सव संचालन हुने छ । १ सय ३० वटा स्टल निर्माण गर्ने योजना छ । मेला व्यवस्थापनको जिम्मा संयूक्त नेपाल महोत्सव गु्रपले लिएको छ । मेलको संरक्षक मातृ संस्था टिम विविसीले गर्ने छ । महोत्सवको प्रमुख सल्लाहकार रामराज जोशी, मुख्य संयोजकमा सरोज तिमल्सिना, खेलकुद प्रतियोगिता संयोजक किशोर तरुण, भलिबल प्रतियोगिता संयोजक राजु लामा, गायन प्रतियोगिता संयोजक रविनसन श्रेष्ठ, नृत्य प्रतियोगिता संयोजक प्रताप हुमगााइ नियुक्तहुनुभएको छ । थप संयोजकहरु सम्मिलत उपसमिति गठन हुने छन् ।
बनेपा महोत्सवको विशेष आकर्षण के छन् ?
बनेपा ब्वाईज क्लवले युवाहरुलाई कुलतबाट बचाउँदै स्वास्थ्य जिवन यापन गर्न सिकाउँदै सामाजिक कृयाकलापहरुमा सहभागी हुने, स्थानीय संघ संस्था सँग समन्वय गर्दै नेतृत्वदायी भूमिका खेलेको छ । क्लव स्थापना देखि नै काभे्र जिल्लाका कुना काप्चा र सहरी क्षेत्रका प्रतिभावान खेलाडिहरुलाई दक्ष प्रशिक्षकहरुबाट प्रशिक्षित गराएर खेल प्रतियोगितामा जस्तै फुटवल र भलीवल प्रतियोगीता प्रतिस्पर्धामा प्रथम, दृतय र तृतीय हुन सफल भएको छ । क्लवकाट उत्पादित खेलाडीहरु राष्ट्रिय स्तरको फुटबल प्रतियोगितामा व्यवसायिक रुपमा देशका प्रतिष्ठीत ब्,द्य डिभिजन क्लवमा आवद्ध भई जिल्लाको प्रतिनिधित्व गर्दै आएको छ । प्रतिभावान खेलाडीहरु उत्पादन भएका छन् । खेलकुद क्षेत्रलाई गतिशिल बनाउने, आन्तरिक पर्यटनलाई आर्कषित गर्ने, विभिन्न कृषि, धार्मिक, साँस्कृतिक, औधोकिक, हस्तकलालाई प्रवद्र्धन गर्ने, खेलकुदको व्यवसायिक विकास, घरेलु उद्योग, व्यापारिक पवद्र्धन, तथा प्रचार प्रसार गर्ने उद्देश्यले दशैं तिहारको अवसरमा “हाम्रो अभियान खेलको शाान सँस्कृती र समृद्धि बनेपाको पहिचान “भन्ने मुल नारा सहित २०८० असोज १९ गते देखि कात्र्तिक ४ गते सम्म १६ दिने चौथो संस्करण बनेपा महोत्सव सञ्चालन हुँदै छ । कृषि घरेलु समाग्री लगायत १ सय ३० वटा स्टल रहने छन् । बालउद्यान, राष्ट्रिय र स्थानीय कलाकारहरु सम्मिलत साँस्किृतिक कार्यक्रम, १३ वर्ष मुनिका युवालाई फुटबल प्रतियोगिता, खुल्ला नृत्य तथा गायन प्रतियोगिता, मार्सल आर्ट बनेपा सम्बन्धीत चित्रकला प्रतियोगिता, व्यापारिक, साँस्कृतिक, मनोरञ्जनात्मक खेल मेला नै हो महोत्सवको आकर्षण ।
बनेपा महोत्सवमै किन खुम्चिएको बृहत काभे्र महोत्सव गर्न सकिन्थ्यिो होला नि ?
बृहत काभे्र महोत्सव गर्न सकिन्थ्यिो । विगतमा काभे्र उद्योग वाणिज्य संघले जिल्लाको कृषि पर्यटन र व्यापारिक क्षेत्रको व्यवसायिक विकासको लागि काभे्र महोत्सव गर्दै आएको छ । हामी त्यतातिर लागेनौं हाम्रो बनेपा ब्वाईज क्लव खेलकुद क्षेत्रको व्यवसायिक बिकास गर्ने कला र सँस्किृतको जगेर्ना, पर्यटन क्षेत्रको विकास गर्ने उद्देश्यले बनेपा महोत्सव, काभे्र र बनेपाको उच्च पहिचानको लागि नै हो ।
बनेपा महोत्सवलाई थप मर्यादित र व्यवस्थित गर्न सुरक्षा व्यवसायलाई कसरी मिलाउनुभएको छ ?
जिल्ला प्रशाासन प्रहरी काभे्र, जिल्ला ट्राफिक कार्यालय , इलाका प्रहरी कार्यालय, जिल्ला प्रहरी काभे्र, राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ सस्था सँग समन्वय गरेर महोत्सवलाई व्यवस्थित गर्ने अभियान गरेका छौं । विगतमा गरेको महोत्सवलाई नियालेर आवश्यकताका आधारमा सुरक्षा संयत्र, स्थानीय पालिकाहरु, काभे्र उद्योग वाणिज्य संघ सँग समन्वय गरेर कार्य गर्न विषयगत विशेषताको आधारमा समिति र उपसमिति बनाएर संयोजक तोकेर कार्य अघि बढाएका छौं ।
बतनेपा महोत्सवको आय श्रोतको प्रक्षेपण र खर्चको व्यवस्थापन कसरी गर्ने योजना बनाउनुभएको छ ?
मेलाा महोत्सव ग्रुपलाई व्यवस्थापन गर्ने जिम्मा दिइएको छ । १ सय ३० स्टल निर्माण गर्ने, स्टलबाट आम्दानी गर्ने, त्यस्तै टिकट शुल्क नै हो । प्रति स्टल १० हजार लिने र रु ६० विद्यार्थीको लागि रु. ४०, जेष्ठ नागरिक र ७ वर्ष मुनीका बालबालिकाको लागि निःशुल्क प्रवेश गर्ने व्यवस्था मिलाएका छौं ।
महोत्सवकाट कति कारोबारको अपेक्षा गर्न सकिन्छ ?
बनेपा महोत्सवबाट करीव साढें २ करोड देखि ३ करोड सम्म कारोबारको अनुमान गरिएको छ ।
बनेपा महोत्सवबाट बचेको रकम के गर्ने सोच बनाउनुभएको छ ?
२०७६ सालमा गरेको महोत्सवबाट ५ लाख ८५ हजार रकम बचत भएको थियो । यस पटकको महोत्सवबाट ७ देखि १० लाख सम्म बचत गर्न सकिन्छ भन्ने अनुमान गरिएको छ । बचत भएको रकमले खेलकुदको व्यवसायिक विकास, कलाा, संस्कृतिको संरक्षण गर्ने योजना छ । गित संगित क्षेत्रका प्रतिभावान प्रतिभाहरुको प्रतिभा उजागर गर्ने, खेलाडीहरुको प्रतिभालाई थप मजवुद बनाएर फुटबल, भलिबल खेल प्रतियोगिता क्षमतावान खेलाडी उत्पादन गरेर राष्ट्रिय र अन्तराष्ट्रिय जगत सम्म पहुँच विस्तार गर्ने हो ।
विगतका मेला महोत्सवका आय व्यय अभिलेखिकरण र पारदर्शीताका सवालहरु उठ्ने गर्छन् त्यसमा कतिको सजग रहनुभएको छ ?
सामाजिक संघ संस्था सबैले कानुनलाई मान्नु पर्छ । हिसाब किताबमा पारदर्शिता हुनुपर्छ । अडिट गर्नुपर्छ सार्वजानिक गर्नुपर्छ विगतमा सञ्चाकर्मीहरुलाई र फेसबुक पेजबाट पनि सार्बजानिक गरिएको थियो । आगामी दिनमा पनि महोत्सब समापन भएपछि आय व्ययको अवस्था के छ सो को प्रस्ट गराउने छौं । पत्रकार सम्मेलन गरेर नै आयको बारेमा प्रस्ट पार्छौं ।
अन्त्यमा केहि भन्नुहुन्छ की ?
भुकम्प र कोभिड १९ को विपतको समयमा बनेपा ब्वाईज क्लवले सहयोग गर्दै आएको छ । २०७२ सालको भूकम्पको विपदको समयमा रामपुर डाँडाका निम्न वर्गाीय भएको क्षेत्रमा २५ वटा टहरा निर्माण ग¥यौ, त्यसैगरी कोभिड १९ मा रोगले भन्दा भोकले कोहि पनि मर्नु नपरोस भनेर बनेपा, धुलिखेल, पनौती क्षेत्रका गरिब असाहय, मजदुरहरुलाई ५४ दिन सम्म खाना खुवाउने, कार्य गर्यो । यो क्लवमा आवद्ध रहेका सदस्यहरु, व्यवसायी र सञ्चारकर्मीको सक्रिय सहयोगबाट आर्थिक सहयोग गरेर सामाजिक क्रियाकलापमा अग्रस्थानमा रहेको छ । आगामी असोज १९ देखि कात्र्तिक ४ गते सम्म हुने बनेपा महोत्सवमा, काभे्र, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, काठमाडौं, भक्तपुर, ललितपुर, जिल्लाका नागरिकहरुलाई महोत्सव भव्य र सभ्य बनाउन सहभागी भएर सहयोग गर्न आग्रह गर्न चाहान्छु ।
प्रस्तुतकर्ता ः रमेश प्रसाद न्यौपाने
