-
लम्जुङ मध्य नेपाल नगरपालिका वडा नं ७ मा जन्मनु भएका ईश्वरचन्द्र घिमिरे नेपाल बनेपा बहुप्राविधिक शिक्षालय काभे्रको शिक्षालय प्रमुखको जिम्मेवारी सम्हाल्नु भएको छ । १९८९ मा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदको आंगिक संस्थाको रुपमा नेपाल बनेपा पोलिटेक्निक इन्टिच्यूटको रुपमा सम्बन्धन प्राप्त भएको हो । ३ वर्षे डिप्लोमा अध्ययन गर्ने अवसर प्राप्त यस इन्टिच्यूटमा विद्यार्थीहरुले डिप्लोमा इन इन्फरमेशन टेक्नोलोजी (म्क्ष्त्), डिप्लोमा इन इलेक्ट्रीकल इन्जिनियरिङ (म्भ्भ्), डिप्लोमा इन होटल म्यानेजमेन्ट (म्ज्ः), डिप्लोमा इन सिभिल इन्जीनियरिङ (म्ऋभ्), र डिप्लोमा इन जियोमेट्रीक इन्जीनियरिङ अध्ययन गर्न सक्नेछन् । जसले कक्षा ११ र १२ उत्तीर्ण गरेका छन् त्यस्तै एसईई अध्ययन सफल गरेका विद्यार्थीले पनि सिप मुलक शिक्षा लिन सक्ने अवस्था छ । होटल म्यानेजमेन्टमा मास्टर डिग्री सम्म उत्तीर्ण गर्नुभएका शिक्षालय प्रमुख घिमिरेसँग नयाँ भर्ना अभियान पोलिटेक्निक इन्टिच्यूटको शैक्षिक उपलब्धीको बारेमा रेडियो एविसीमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।
नेपाल बनेपा पोलिटेक्निक इन्टिच्यूटको शैक्षिक उपलब्धीको बारेमा बताइदिनुस न ?
सिटीभिटीबाट सम्बन्धन प्राप्त गरी शिक्षण सिकाई प्रारम्भ भएको हो । सिटीभिटी कै आङ्खिक संस्थाको रुपमा १९८९ मा स्थिापित यस बहु प्राविधिक शिक्षालयले निम्न र मध्यम वर्गीय व्यक्तिहरुले श्रम बजारमा बिक्ने सिप मुलक शिक्षा प्रदान गर्ने शैक्षिक संस्था हो ३ वर्षे डिप्लोमा कोर्ष हो । सामान्य भन्दा अलि फरक मध्यम खालको प्राविधिक जुन व्यवसायिक शिक्षा पनि हो । यो शिक्षा ग्रहण गरेपछि बेरोजगार बस्नु पर्दैन । स्वदेश र विदेश दुवैमा श्रम बजारमा गएर आफूले प्राप्त गरेको योग्यता र क्षमता प्रस्तुत गरी काम गर्न सक्छ । यहाँ अध्ययन सफलता हँसिल गरेका व्यक्तिहरु करिब ८० प्रतिशतको हाराहारीमा औधोगिक क्षेत्र, व्यवसायिक र्फम, स्थानीय सरकार, संघ संस्था आदीमा रोजगारी प्राप्त गर्न सकेका छन् ।
बहुप्राविधिक शिक्षालयमा विद्यार्थीहरुले कस्ता बिषयहरु छनौट गरी अध्ययन गर्ने अवसर प्राप्त गर्न सक्छन् ?
एस.इ.इ. उत्तीर्ण गरेका कक्षा ११ र १२ अध्ययन सफलता हाँसिल गरेका विद्यर्थीहरुले ३ वर्षे डिप्लोमा कोर्ष पढ्न सक्छन् । नेपाल सरकार र चिन सरकारको सहयोगमा तत्कालिन नगर प्रमुख डा. शुरेन्द्र वादेको पहलमा बनेपा नगरपालिका वडा नं ५ मा १ सय २ रोपनी क्षेत्रभित्र भौतिक पूर्वाधार सम्पन्न भवनमा प्राविधिक शिक्षा विद्यार्थीहरुले ग्रहण गर्न सक्छन् । आधुनिक उपयूक्त ल्यावको प्रबन्ध भएको यस शिक्षालयमा जियोमेट्रीक इन्जिनियरिङ, सभिल इन्जिनियरिङ, सूचना प्रविधि, इलेक्ट्रीकल इन्जिनियरिङ, होटल म्यानेजमेन्ट कार्यक्रमहरुमा ३ वर्षको कोर्षको अध्ययन गर्ने अवसर छ । देशका विभिन्न जिल्ला मध्य पश्चिम र सुदुरपश्चिम क्षेत्रका विद्यार्थीहरु यहाँ अध्ययन गर्न आउँछन् । बागमती प्रदेशका १३ जिल्ला जुन काभे्र जिल्लाको हकमा भन्नु पर्दा अति न्यून विद्यार्थीहरु अध्ययन गर्छन । पिछडीएका वर्ग, दलीत जनजाति र निम्न आय श्रोत भएकाहरुलाई छुट्टाछट्टै कोटामा समेत अध्ययन गर्न आउने व्यक्तिहरुको अभाव छ । धेरै हाइफाइ भएका विद्यालय र विदेश दर्गुने नजिकको सुविधा सम्पन्न शिक्षलयमा नपढ्नु निकै दुःखदायी विषय हो ।
१९८९मा सिटीइभिटीइबाट सम्बन्धन लिएर सञ्चालित शिक्षालय विद्यार्थीको रोजाई हुन नसक्नु भनेको यहाँहरुको कम्जोरी भएन र ? विद्यालय र विश्व विद्यालयमा विद्यार्थीको खडेरी छ किन ? कम्जोरी सच्याउनु पर्छ भन्ने लाग्दैन ?
विद्यार्थीहरुको रोजाई नेपाल बनेपा बहुप्राविधिक शिक्षालय हुन सक्नुपर्ने यहाँको जिज्ञासा स्वाभाविक हो । राष्ट्रिय र अन्तराष्ट्रिय श्रम बजारमा बिक्ने प्राविधिक सिप सहितको शिक्षा प्रदान गरेका छौं । प्रचार, प्रसार, चेतना मुलक सन्देश फैल्याउन आवश्यक छ त्यो अनुसार हुन सकेको छैन ।केहि कम्जोरी सच्याएर अघि बढ्नु पर्छ सामान्य लेखपढ गर्नेहरुलाई ३ सय ९० घण्टाको सिप मुलक जुन प्लम्बर, इलेक्ट्रोनिक, कुक, बरिस्ता र बेकरी जस्ता तालिम प्रदान गरेका छौं । त्यस्तैगरी डिप्लोमा तहको ३ वर्षको कोर्ष एसईई र कक्षा ११ र १२ अध्ययन सफलता हाँसिल गरेकाहरुले स्वर्ण अवसर प्राप्त गर्न सक्छन् । मध्यम खालको प्राविधिक शिक्षा दक्ष जनशक्ति उत्पादन गरेका छौं । यसको महत्व विद्यार्थी र अभिभावकलाई बुझाउन सकिएन, केहि कम्जोरी भएका छन् सच्याएर अघि बढ्नुपर्छ ।
बागमती प्रदेश भित्रका १३ वटा जिल्ला काभ्रे जिल्लाका १३ वटा पालिकाहरुका शैक्षिक संस्थामा शिक्षालयले कार्यक्रमको सवालमा र महत्वकोबारेमा किन अन्तरक्रिया हुन सकेन ?
गत वर्ष काभ्रेका १३ पालिका सरकारका सँग अन्तरक्रिया कार्यक्रम गरेका छौं । शैक्षिक संस्थाहरुमा हाम्रो शिक्षालयका कार्यक्रमहरु सिपमुलक दक्ष जनशक्ति उत्पादनका सवालमा सन्देश पैmलाउन योजनाका साथ हामी आगामी दिनमा लागि पर्नेछौं । बागमती प्रदेश भित्रका जिल्लाहरुमा पनि हाम्रो टिमले प्रचार प्रसार गर्न ध्यान केन्द्रित गर्छ । बनेपा नगरपालिका जुन गरिव तथा जेहन्दार विद्यार्थी अल्पसंख्यकले प्राप्त गर्ने कोटामा समेत पढ्ने विद्यार्थी नहुनु ठिक होइन, विद्यार्थीहरु राजधानी र विदेश दौडनु ठिक हैन । “प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदबाट सम्बन्धन लिइ सञ्चालित आङ्गिक कलेज देशमा ६५ वटा छन् । डिप्लोमा तहको ३ वर्षको कोर्ष, इलेक्ट्रीकल, सिभिल, जियो मेट्रीक इन्जिनियरिङ र होटल म्यानेजमेन्टको अध्ययन गर्ने अवसर छ । ३६ महिनामा ९८ हजारमा राष्ट्रिय श्रम बजारमा विक्ने सिपमुलक शिक्षा ग्रहण गर्ने अवसर विद्यार्थीले प्राप्त गर्न सक्छन् । सिपमुलक प्रविधिक शिक्षा ग्रहण गर्न विदेश भौतारिनु पर्दैन, सक्षम बेनर राष्ट्र निर्माणमा लाग्न सकिन्छ ।
नेपालका शैक्षिक संस्थाहरु शैक्षिक वेरोजगार उत्पादन गर्ने उद्योगको रुपमा हेरिन्छनि त ?
श्रम बजारमा विक्रि हुने प्राविधिक शिक्षा अध्ययन गरेमा स्वदेश या विदेश दुवैमा कर्मगर्न सक्ने हुन्छन् । प्रविधिक ज्ञान प्राप्त गरी सक्षम बन्नु आवश्यक छ । राष्ट्र निर्माणमा योगदान गर्नु नै उत्तम हुन्छ । आर्थिक रकम बढि रकम कमाउने लोभमा विदेश जानेहरु पनि अधिक छ । विदेशमा चांहि पैसाको बोट छैन । देशमा नै प्राविधिक ज्ञान हाँसिल गरेर देश बनाउन सकिन्छ । शिक्षामा लगानी गरे अनुसार रोजगारी प्राप्त गर्न नसक्नु एक कारण हो राज्यले औधोगिक क्षेत्रको विकास गरी रोजगारीको श्रृजना गर्ने कार्यमा चुकेको छ । शैक्षिक संस्थाले रोजगारिको जिम्मा लिन सक्ने अवस्था होइन । राज्यले अव बनाउने शिक्षा नीति विद्यार्थीले पढ्दै काम गर्दैको अवसर दिनुपर्छ हामीले लगानी गरेको दक्ष जनशक्ती विदेशलाई प्रयोग गर्न दिनु ठिक हैन ।
प्रस्तुतकर्ता ः रमेश प्रसाद न्यौपाने
