सरर्लाही जिल्ला इस्वरपुर नगरपालिका वडा नं. ४ मा जन्मनु भएका नवराज चौलागाइले फाइनान्स र मानव संसाधन व्यवस्थापनमा मास्टर दिग्री गर्नुभएको छ । बैंकिङ क्षेत्रबाट सेवा प्रारम्भ गर्नुभएका नवराज चौलागाइले विगत ५ वर्ष देखि ज्ञानकुञ्ज शेक्षिक प्रतिष्ठानद्वारा सञ्चालित ज्ञानकुञ्ज कलेजको सहायक क्याम्पस प्रमुखको जिम्मेवारी समाल्नु भएको छ । संस्थागत विद्यालयको मुख्य आकर्षण विद्यार्थीहरुलाई सृजनात्मक सिकाइ, प्रविधिको विकास सँग जोडेर व्यवहारीक ज्ञान प्रदान, सिक्दै गर्दै गरी गुणस्तरीय शिक्षा प्रवाह गरेकै कारण संस्थागत विद्यालय विद्यार्थीहरुको रोजाइ भएको तर्क गर्नुहुन्छ सहायक क्याम्पस प्रमुख चौलागाइ । ज्ञानकुञ्ज स्कुल कलेजको शैक्षिक अवस्थाको बारेमा गरेको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।
एस.ई.ई. पास विद्यार्थीहरुले ज्ञानकुञ्जलाई किन रोज्ने ?
एस.इ.इ.को नतिजा आएको हप्ता दिन बढी भै सकेको छ । एस.ई.ई.मा पास भै आफ्नो शैक्षिक गन्तब्य चयन गर्न लाग्नु भएका सम्पूर्ण विद्यार्थीहरुलाई हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु । ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले गु्रप देखि स्नाकोत्तर तह सम्म पढाई हुने एउटा उत्कृष्ट शैक्षिक संस्थाको रुपमा आफूलाई प्रमाणित गरी सकेको छ । विगत १६ बर्ष देखी व्यवस्थापन संकाय मात्र पठनपाठन गराउँदै आएको छ । नतिजामा काभ्रे जिल्लामा नै उत्कृष्ट नतिजाल्याई विद्यार्थीहरुलाई जिल्ला प्रथम गराउन सफल भएको छ । तसर्थ कक्षा ११ मा व्यवस्थापन संकायलिई अध्ययन गर्न चाहने विद्यार्थीहरुको लागि पहिलो रोजाइमा पर्दै आएको छ ।
ज्ञानकुञ्ज जिल्लामै उत्कृष्ट नतिजा कसरी प्राप्त गर्न सफल भएको हो ?
नैतिक, व्यावहारिक तथा व्यावसायिक शिक्षाको लागि ज्ञानकुञ्ज भन्ने नारा लिएर सो लक्ष्य प्राप्त गराउन विद्यार्थीहरुलाई एकीकृत लक्ष्य निर्धारण गराई अगाडी बढाउदछ । त्यसको लागि अनुभवी अध्यापकहरु, त्रिभुवन विश्व विद्यालयबाट विशेषज्ञ प्राध्यापहरुको भिजीटिङ्ग कक्षाहरु, प्रविधिमैत्री अत्याधुनिक कक्षा, प्रोजेक्टवर्क, फिल्ड भिजिट, विद्यार्थीहरु बिच टिमवर्क जस्ता शिकाई तथा विद्यार्थी मैत्री पठनपाठनको व्यवस्था लगाएत अन्य व्यवहारिक तथा व्यवसायिक शिक्षाको नविनतम विधीको कारणले नै उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको हो ।
व्यवस्थापन विषय विद्यार्थीहरुको लागि किन आकर्षक बनेको हो ?
व्यवस्थापन विषय ‘युनिभर्सल फेनोमेनान’ हो । व्यवस्थापन पढेर विद्यार्थीहरुले कार्यालय व्यवस्थापन र उद्यमशिलता वृद्धिको निमित्त विशेष शिप हासिल गर्न सक्दछन् । सरकारी क्षेत्र, बैकिङ्ग तथा विमा क्षेत्र, औद्योगिक क्षेत्र, एन.जी.ओ, आइ, एन.जि.ओ, प्रहरी प्रशासन, सुरक्षा निकाय, धितो तथा पँुजी बजार लगाएत हरेक क्षेत्रमाव्य वस्थापकिय सिप हासिल गरेका दक्ष जनशक्तिको देश विदेशमा उच्चमाग रहेको छ । तसर्थ ती क्षेत्रहरुमा अत्याधिक रोजगारीको माग भएकाले सजिलै रोजगारीको अवसहरु पाउने भएरै आजको दिन व्यवस्थापन विषयको माग उच्च रहेको हो । र विद्यार्थीहरु सोही विषय पढ्दा पढ्दै पनि आफूलाई मन पर्ने व्यवसाय गरी कम उमेरमा सजिलै आत्म निर्भर हुन सक्ने भएरै हो ।
ज्ञानकुञ्जले विद्यार्थीहरुलाई के के सुविधा दिएको छ ?
हामीले विद्यार्थीहरुको बहु आयामिक विकास होस भनी विविध सुविधाहरु प्रदान गरेका छौं । सरकारी मापदण्ड अनुरुप शत प्रतिशत छात्रबृत्ती, आधुनिक शिक्षण प्रणाली, डिजिटल युक्त शिक्षण प्रणाली, रिसर्चमा आधारित शिक्षण कृयाकलापका सुविधाहरु भए भने, भौतिक तर्फ सुविधा सम्पन भवन, खेल मैदान, हल, प्रयोगशालाका साथै यातायातको सुविधा, जसमा पाँचखाल, काभ्रेभञ्याङ्ग, पनौति, कुशादेवी, संखु, रविओपि लगाएतमा यातायतको सुविधा प्रदान गरेका छौँ । त्यस्तै आधुनिक कक्षा कोठा, खेलकुद मैदान, खेलकुदका विविध सामाग्री तथा प्रतियोगिताहरु सञ्चालन गरी विद्यार्थीको वृत्ती विकासको लागि यावत सुविधाहरु उपलब्ध छन् ।
व्यवस्थापन संकाय भित्र कुन कुन विषयहरु पढ्न पाइन्छ ?
विश्व बजारको माग अनुसार राष्ट्रिय परीक्षा वोर्ड तथा पाठ्क्रम विकास केन्द्रले विविध विषयहरु पढाउन सकिने गरी विषयहरु छनोट गर्ने सुविधा दिएको छ । सोही कुरालाई ध्यानमा राखी हामीले होटल व्यवस्थापन, ट्राभल एण्ड टुरिजममा उन्टेरिङ्ग, कम्प्युटर साइन्स, अर्थ शास्त्र, विजनेश स्टडिज, बिजनेश म्याथ लगाएतका विषयहरु पढ्न पाइन्छ । मलाई लाग्दछ हामीले काभ्रे जिल्लामानै १६ वर्ष पहिले पहिलो पटक होटल व्यवस्थापन, ट्राभल एण्ड टुरिजम माउन्टेरिङ्ग अध्ययन र कम्प्युटर साइन्स विषय पढाउन सुरु गरेका हौं । र विद्यार्थीहरुको व्यवस्थापन संकायमा पहिलो रोजाई यही विषयहरु बनेको छ । साथै यस प्रतिष्ठानबाट उत्पादित विद्यार्थीहरुले देश तथा विदेशमा पनी उच्च ओहदामा रहि आ–आफ्नो पेशा, व्यवसायमा नेतृत्व गरिरहेको देख्न सुन्न पाउँदा औधि खुशि लाग्दछ ।
ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानका संचालक टिमको भूमिकाले कस्तो प्रभाव पार्न सकेको छ ?
नैतिक, व्यावहारिक तथा व्यावसायिक शिक्षाको लागि ज्ञानकुञ्ज भन्ने मुल नाराका साथ संचालित यस संस्थाका संचालकहरु व्यावसायिक तथा सामाजिक रुपमा सफल व्यक्तित्वहरु भएका कारण हाम्रा विद्यार्थीहरुलाई मेहनतका साथ पढाईका साथ साथै निरन्तर रुपमा उद्यमी तथा व्यवसायमा लाग्न उत्प्रेरणा जगाई राष्ट्र निर्माणमा हातेमालो गर्न सदा सर्वदा हौसला प्रदान गर्दै, संस्थागत तथा व्यक्तिगत रुपमा महत्वपूर्ण सहयोग पु¥याउँदै आएको छ । त्यसै कारण हाम्रा विद्यार्थीहरु पढाईका साथ साथै विभिन्न पेशा तथा क्षेत्रहरुमा नेतृत्वदायी भूमिकामा सफलता हासिल गरिरहेका छन् ।
अन्त्यमा केहि भन्नु छ की ?
एस.इ.इ.ले १.६ जी.पि.य. ल्याउने विद्यार्थीहरुले जुन विषयहरु पनि पढ्न पाउने नयाँ प्रावधान यस पटक राखेको छ । तसर्थ विद्यार्थीहरुले आफ्नो क्षमता र दक्षतालाई ध्यानमा राखेर मात्र संकाय छनोट गर्न सुझाव दिन्छु । आफ्नो क्षमता र कौशलता भन्दा बढी मेहनत गर्नु पर्ने संकाय छनोट गर्दा जीवनमा ठूलो क्षती र असफलता प्राप्त गर्नु पर्ने हुन्छ तसर्थ यसमा धेरै सजक हुन जरुरी देख्दछु । त्यसको लागि हामीले करियर काउन्सेलीङ्गको समेत व्यवस्था हाम्रो प्रतिष्ठान भित्र राखेका छौँ । विद्यार्थीहरुले त्यसको सुविधा हाम्रै प्रतिष्ठान प्राङ्गणबाट लिन सक्ने छन् । अध्ययन गर्दा गर्दै नै उच्च शिक्षाको साथ साथै व्यवसायमा पनि संगै लान सकिने संकाय भएको कारण व्यवस्थापन विषय सम्बन्धी अन्य जानकारीको लागि कलेजमा एक पटक सम्पर्कको लागि हार्दिक अनुरोध गर्दछुँ ।
प्रस्तुतकर्ता ः रमेश प्रसाद न्यौपाने
