२०५० सालदेखि शिक्षण सेवामा लाग्नु भएका ध्रुव भट्टराई २०७५ सालमा स्थाई हुनुभयो । उहाँले हिमालय मा. वि बनेपामा २०६३ साल देखि प्रधानाध्यपकको जिम्मेवारी सम्माल्नु भयो । अंग्रेजी विषयमा एम.ए शैक्षिक योग्यता हाँसिल गर्नु भएको ध्रुव भट्टराई भन्नु हुन्छ समुदायहरुको चिन्तन सकारात्मक सोचले जागरुकता ल्याई समुदयिक विद्यालयहरुको शिक्षणमा आमुल परिवर्तन ल्याउन सकिने धारणा राख्नुहुन्छ । विद्यालय व्यवस्थापन समिति, शिक्षक वर्ग र अभिभावक वर्गको सम्बन्ध सुमधुर रहनुुुु पर्छ भन्ने तर्क गर्नु हुन्छ प्रधानाध्यापक भट्टराई । स्थानीय सरकारको नियमित अनुगमन, त्यस्तै गरी विद्यालयको आवस्यकता र औचित्यको आधारमा शैक्षिक क्षेत्रमा लगानी बढाउन सकेको खण्डमा शैक्षिक क्षेत्रमा सुधार ल्याउन सकिने उँहाको तर्क छ । हिमालय मा. वि. का प्रधानाध्यापक भट्टराई सँग शैक्षिक गतिविधि र कक्षा ११ मा भर्ना अभियानको सवालमा रेडियो एविसीमा गरिएको कुरा कानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।
हिमालय माध्यामिक विद्यालयको शैक्षिक आरोह अवरोहको बारेमा बताई दिनुस न ?
२०१८ साल श्रावण ५ गते बनेपाको वकुटोलमा स्थापना भएको हिमालय मा. वि. प्राथमिक तहमा अध्यापन गरिन्थ्यो । ४ रोपनी जग्गामा २०२३ सालमा भवन बनेको थियो । २०५० सालमा मा. वि. भएको यस विद्यालयमा माध्यामिक तहका कक्षा ११ र १२ संचालन भएको छ । व्यवस्थित खेलकुद मैदान र्निमाण गर्न बाँकि छ । स्थानीय अभिभावकहरुको चासो र सकारात्मक चिन्तनले विद्यालयको शिक्षण सिकाईलाई थप प्रभावकारी बनाउने अभियानमा शिक्षक वर्ग र व्यस्थापन समिति लागि परेको छ ।
सामुदायिक विद्यालयका चुनौती चाँहि के के हुन ?
सामुदायिक विद्यालयका चुनौतीहरु धेरै छन् । व्यवस्थित भौतिक पूर्वाधारको विकासको अभाव, खेलकुद मैदानको उपलब्धता नहुनु, विषयगत शिक्षकहरुको पर्याप्तता नहनुु, शिक्षकहरुको दरवन्दी मिलानहुन नसक्नु , शिक्षकहरु कोहि राहत, कोहि स्थायी, कोहि अस्थायी शिक्षकहरु बिच विभेद हुनुपनि हो शिक्षण पेशा पवित्र पेशा हो । राज्यले शिक्षा क्षेत्रको उचित कदर गर्न किन पनि सक्नुपर्छ । देशको सर्वाङ्गीण विकासको सम्बाहक शिक्षण क्षेत्रको गुणस्तर र प्राविधिक शिक्षाले नै गर्छ त्यसैले शैक्षिक क्षेत्रको स्तरीय विकास आवस्यक छ ।
हिमालय मा. वि. को शैक्षिक अवस्थालाई कुन रुपमा नियाल्न सकिन्छ ?
२०७२ भुकम्पले पूर्ण क्षति भएका भवन निर्माण भएका छन । ४ रोपनी जग्गामा ४ वटा भवन निर्माण भएका छन । म्ीएक्ष् ९डि.एल.पि.आइ० बाट ३ वटा भवन ,१ वटा जिल्ला शिक्षा कार्यालयबाट भवन निर्माण भएका छन । एछा नेपालको सहयोग, संघ सस्था र अभिभावक वर्गले साथ सहयोग गर्नुभएको छ । चुनौतीको सामना गर्दै शिक्षण सिकाईलाई थप प्रभावकारी बनाउन लागी परेका छन । २ वटा कम्प्युटर ल्याव छन्, उपयुक्त पुस्तकालय, ४८ वटा कम्प्युटरको ल्याब छ । विद्यार्थीहरुले कम्प्युटर शिक्षा ग्रहण गर्न सक्छन । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत ९ जना शिक्षकहरुलाई ल्याप्टप प्रदान गरेका छौं । प्रविधि मैत्री शिक्षा प्रदान गर्ने अभियानमा जुट्का छौं ।
कक्षा ११ को भर्ना अभियान सुरु भएको छ, विद्यार्थीहरुले हिमालयमा.वि नै किन रोज्ने ?
भौतिक पूर्वाधारले सम्पन्नता पाएको छ । उपयुक्त शैक्षिक वातावरण छ । व्यवस्थित खेल मैदान गर्न बाँकी छ । हामी त्यो गर्दै छौं । अहिले पनि ४ सय जना विद्यार्थीले अध्ययन गर्दै आएका छन । व्यवस्थापन समिति पुनर गठन भएको छ । २०७९ को एसइइ परीक्षामा विद्यार्थीहरुले २ देखी २.८५ जिपिए ल्याउन सफल भएका छन । शैक्षिक गुणस्तर वृद्धि गर्न शिक्षकहरुलाई तालिमको प्रवन्ध गरिएको छ । दक्ष अनभवी शिक्षकहरुबाट प्रध्यापन हुने यस शैक्षिक संस्थामा विद्यार्थीहरुको रोजाई बढ्दै गएको छ । व्यवस्थापन, मानविकी, संकाय अन्तरगत अध्ययन गर्न सकिन्छ । विगतका वर्षमा कक्षा १२ मा ५५ जनाले परिक्षा दिएका थिए । शिक्षण सिकाइबाट विद्यार्थी वर्ग र अभिभावक वर्ग सन्तुष्ट हुनुहन्ुछ ।
नयाँ शैक्षिक योजना केहि छन कि ?
प्राविधिक, व्यवसायिक र व्यवहारीक शिक्षा नै आजको आवश्यकता हो । त्यसैले आगामी वर्षमा होटल म्यानेज्मेन्ट, कम्प्युटर साइन्स विषयहरु थप गरी शिक्षण सिकाइ गर्ने छौं । विद्यार्थीहरुले छनोट गरेका विषय अनुसार १० जनाको रोजाइ अनुसार अध्यापन गराउने वातावरण गर्नेछौं ।
संस्थागत विद्यालयमा आकर्षण बढ्नु, सामुदायीक विद्यालयमा आकर्षण घटेको कारण सामुदायीक विद्यालयमा अध्यापन गराउने अधिकांश शिक्षकका छोराछारी नै संस्थागत विद्यालयमा पढाइएको कारण हो भनिन्छ नी ?
सामुदायीक विद्यालयमा पढाउने केहि शिक्षकका छोराछोरी संस्थागत विद्यालयमा पढाएका छन । उक्तकार्य नगर्न कर्मचारी, शिक्षक, सांसद मन्त्री सबैलाई विधिले बाँध्न सक्नुपर्छ । अन्यथा यो कार्य रोक्न सकिदैन । सामुदायीक विद्यालयमा अध्यापन गर्ने विद्यार्थी अनुशासित हुन्छन, सँस्कारी हुन्छन, सामाजिक क्रियाकलापमा सक्रिय हुन्छ । संस्थागत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरु अंग्रेजी विषयमा जानकार हुन्छन । विदेशजान सहजता हुन्छ भन्ने बुझाई छ हाम्रो समाजमा । देखासेखी आदि कारणले हो । शिक्षकहरुको छोराछोरी संस्थागत विद्यालयमा पढाएर मात्रै सामुदायीको अवस्था खस्केको हैन । सामुदायीक विद्यालयको शैक्षिक सुधार गर्न शिक्षकवर्ग, समुदाय, स्थनीय प्रदेश, र सरकारले पहल कदमी थालेको छ । क्रमिक रुपमा सुधार पनि हुँदै आएको छ ।
अन्त्यमा केहि भन्नुहुन्छ की ?
विद्यार्थी र अभिभावक दुबैले आफ्नो क्षेत्र वरीपरी रहेको शैक्षिक संस्थालाई जोगाएर राख्नु, सकारात्मक सल्लाह दिनु, आवस्यक छ परेको बेला सहयोग गर्नु पर्दछ । समुदायको सकारात्मक सहयोगले शैक्षिक संस्थाले पनि स्थायीत्व प्राप्त गर्न सक्छ । शिक्षक वर्ग र अभिभावक दुवैमा नियमित अन्तरक्रिया छलफल आवश्यक छ । शिक्षकहरु लगनशिल भई शैक्षिक संस्थनलाई अब्बल बनाउन लाग्नुपर्छ । विद्यार्थीहरुले आफ्नो घरपायक पर्ने शैक्षिक संस्थामा अध्ययन गरेको खण्डमा समय र आर्थिक रकम दुबै बचत हुन्छ ।
प्रस्तुतकर्ता ः रमेश प्रसाद न्यौपाने
