IMG-LOGO

सामुदायक विद्यालयमा रमाइ रमाइ खुसी साथ अध्ययन गर्ने वातावरण हुन्छ

 मंगल, सावन ९, २०८०  ध्रुव भट्टराई प्रधानाध्यापक, हिमालय माध्यमिक विद्यालय

 

       २०५० सालदेखि शिक्षण सेवामा लाग्नु भएका ध्रुव भट्टराई २०७५ सालमा स्थाई हुनुभयो । उहाँले हिमालय मा. वि बनेपामा २०६३ साल देखि प्रधानाध्यपकको जिम्मेवारी सम्माल्नु भयो । अंग्रेजी विषयमा एम.ए शैक्षिक योग्यता हाँसिल गर्नु भएको ध्रुव भट्टराई भन्नु हुन्छ समुदायहरुको चिन्तन सकारात्मक सोचले जागरुकता ल्याई समुदयिक विद्यालयहरुको शिक्षणमा आमुल परिवर्तन ल्याउन सकिने धारणा राख्नुहुन्छ । विद्यालय व्यवस्थापन समिति, शिक्षक वर्ग र अभिभावक वर्गको सम्बन्ध सुमधुर रहनुुुु पर्छ भन्ने तर्क गर्नु हुन्छ प्रधानाध्यापक भट्टराई । स्थानीय सरकारको नियमित अनुगमन, त्यस्तै गरी विद्यालयको आवस्यकता र औचित्यको आधारमा शैक्षिक क्षेत्रमा लगानी बढाउन सकेको खण्डमा शैक्षिक क्षेत्रमा सुधार ल्याउन सकिने उँहाको तर्क छ । हिमालय मा. वि. का प्रधानाध्यापक भट्टराई सँग शैक्षिक गतिविधि र कक्षा ११ मा भर्ना अभियानको सवालमा रेडियो एविसीमा गरिएको कुरा कानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ । 

       हिमालय माध्यामिक विद्यालयको शैक्षिक आरोह अवरोहको बारेमा बताई दिनुस न ?

२०१८ साल श्रावण ५ गते बनेपाको वकुटोलमा स्थापना भएको हिमालय मा. वि. प्राथमिक तहमा अध्यापन गरिन्थ्यो । ४ रोपनी जग्गामा २०२३ सालमा भवन बनेको थियो । २०५० सालमा मा. वि. भएको यस विद्यालयमा माध्यामिक तहका कक्षा ११ र १२ संचालन भएको छ । व्यवस्थित खेलकुद मैदान र्निमाण गर्न बाँकि छ । स्थानीय अभिभावकहरुको चासो र सकारात्मक चिन्तनले विद्यालयको शिक्षण सिकाईलाई थप प्रभावकारी बनाउने अभियानमा शिक्षक वर्ग र व्यस्थापन समिति लागि परेको छ  ।

       सामुदायिक विद्यालयका चुनौती चाँहि के के हुन ?

सामुदायिक विद्यालयका चुनौतीहरु धेरै छन् । व्यवस्थित भौतिक पूर्वाधारको विकासको अभाव, खेलकुद मैदानको उपलब्धता नहुनु, विषयगत शिक्षकहरुको पर्याप्तता नहनुु, शिक्षकहरुको दरवन्दी मिलानहुन नसक्नु , शिक्षकहरु कोहि राहत, कोहि स्थायी, कोहि अस्थायी शिक्षकहरु बिच विभेद हुनुपनि हो शिक्षण पेशा पवित्र पेशा हो । राज्यले शिक्षा क्षेत्रको उचित कदर गर्न किन पनि सक्नुपर्छ । देशको सर्वाङ्गीण विकासको सम्बाहक शिक्षण क्षेत्रको गुणस्तर र प्राविधिक शिक्षाले नै गर्छ त्यसैले शैक्षिक क्षेत्रको स्तरीय विकास आवस्यक छ ।

       हिमालय मा. वि. को शैक्षिक अवस्थालाई कुन रुपमा नियाल्न सकिन्छ ?

२०७२ भुकम्पले पूर्ण क्षति भएका  भवन निर्माण भएका छन । ४ रोपनी जग्गामा ४ वटा भवन निर्माण भएका छन । म्ीएक्ष् ९डि.एल.पि.आइ० बाट ३ वटा भवन ,१ वटा जिल्ला शिक्षा कार्यालयबाट भवन निर्माण भएका छन । एछा नेपालको सहयोग, संघ सस्था र अभिभावक वर्गले साथ सहयोग गर्नुभएको छ । चुनौतीको सामना गर्दै  शिक्षण सिकाईलाई थप प्रभावकारी बनाउन लागी परेका छन । २ वटा कम्प्युटर ल्याव छन्, उपयुक्त पुस्तकालय, ४८ वटा कम्प्युटरको ल्याब छ । विद्यार्थीहरुले कम्प्युटर शिक्षा ग्रहण गर्न सक्छन । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत  ९ जना शिक्षकहरुलाई ल्याप्टप प्रदान गरेका छौं । प्रविधि मैत्री शिक्षा प्रदान गर्ने अभियानमा जुट्का छौं ।

       कक्षा ११ को भर्ना अभियान सुरु भएको छ, विद्यार्थीहरुले हिमालयमा.वि नै किन रोज्ने ?

भौतिक पूर्वाधारले सम्पन्नता पाएको छ । उपयुक्त शैक्षिक वातावरण छ । व्यवस्थित खेल मैदान गर्न बाँकी छ । हामी त्यो गर्दै छौं । अहिले पनि ४ सय जना विद्यार्थीले अध्ययन गर्दै आएका छन । व्यवस्थापन समिति पुनर गठन भएको छ । २०७९ को एसइइ परीक्षामा विद्यार्थीहरुले २ देखी २.८५ जिपिए ल्याउन सफल भएका छन । शैक्षिक गुणस्तर वृद्धि गर्न शिक्षकहरुलाई तालिमको प्रवन्ध गरिएको छ । दक्ष अनभवी शिक्षकहरुबाट प्रध्यापन हुने यस शैक्षिक संस्थामा विद्यार्थीहरुको रोजाई बढ्दै गएको छ । व्यवस्थापन,  मानविकी, संकाय अन्तरगत अध्ययन गर्न सकिन्छ । विगतका वर्षमा कक्षा १२ मा ५५ जनाले परिक्षा दिएका थिए । शिक्षण सिकाइबाट विद्यार्थी वर्ग र अभिभावक वर्ग सन्तुष्ट हुनुहन्ुछ ।

       नयाँ शैक्षिक योजना केहि छन कि ?

प्राविधिक, व्यवसायिक र व्यवहारीक शिक्षा नै आजको आवश्यकता हो । त्यसैले आगामी वर्षमा होटल म्यानेज्मेन्ट, कम्प्युटर साइन्स विषयहरु थप गरी शिक्षण सिकाइ गर्ने छौं । विद्यार्थीहरुले छनोट गरेका विषय अनुसार १० जनाको रोजाइ अनुसार अध्यापन गराउने वातावरण गर्नेछौं ।

       संस्थागत विद्यालयमा आकर्षण बढ्नु, सामुदायीक विद्यालयमा आकर्षण घटेको कारण सामुदायीक विद्यालयमा अध्यापन गराउने अधिकांश शिक्षकका छोराछारी नै संस्थागत विद्यालयमा पढाइएको कारण हो भनिन्छ नी ?

सामुदायीक विद्यालयमा पढाउने केहि शिक्षकका छोराछोरी संस्थागत विद्यालयमा पढाएका छन । उक्तकार्य नगर्न कर्मचारी, शिक्षक, सांसद मन्त्री सबैलाई विधिले बाँध्न सक्नुपर्छ । अन्यथा यो कार्य रोक्न सकिदैन । सामुदायीक विद्यालयमा अध्यापन गर्ने विद्यार्थी अनुशासित हुन्छन, सँस्कारी हुन्छन, सामाजिक क्रियाकलापमा सक्रिय हुन्छ । संस्थागत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरु अंग्रेजी विषयमा जानकार हुन्छन । विदेशजान सहजता हुन्छ भन्ने बुझाई छ हाम्रो समाजमा । देखासेखी आदि कारणले हो । शिक्षकहरुको छोराछोरी संस्थागत विद्यालयमा पढाएर मात्रै सामुदायीको अवस्था खस्केको हैन । सामुदायीक विद्यालयको शैक्षिक सुधार गर्न शिक्षकवर्ग, समुदाय, स्थनीय प्रदेश, र सरकारले पहल कदमी थालेको छ । क्रमिक रुपमा सुधार पनि हुँदै आएको छ ।

       अन्त्यमा केहि भन्नुहुन्छ की ?

विद्यार्थी र अभिभावक दुबैले आफ्नो क्षेत्र वरीपरी रहेको शैक्षिक संस्थालाई जोगाएर राख्नु, सकारात्मक सल्लाह दिनु, आवस्यक छ परेको बेला सहयोग गर्नु पर्दछ । समुदायको सकारात्मक सहयोगले शैक्षिक संस्थाले पनि स्थायीत्व प्राप्त गर्न सक्छ ।  शिक्षक वर्ग र अभिभावक दुवैमा नियमित अन्तरक्रिया छलफल आवश्यक छ । शिक्षकहरु लगनशिल भई शैक्षिक संस्थनलाई अब्बल बनाउन लाग्नुपर्छ । विद्यार्थीहरुले आफ्नो घरपायक पर्ने शैक्षिक संस्थामा अध्ययन गरेको खण्डमा समय र आर्थिक रकम दुबै बचत हुन्छ ।

प्रस्तुतकर्ता ः रमेश प्रसाद न्यौपाने

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्