IMG-LOGO

अत्याधुनिक उपकरणको माध्यमबाट आँखाको नानाी फेर्ने सेवा प्रदान गर्ने तयारीमा छौं

 मंगल, जेठ २३, २०८०  डा. लिशा श्रेष्ठआँखाको नानी विशेषज्ञ, रेयुकाई एईको मासुनागा आँखा अस्पताल, बनेपा

 

       रेयुकाई एईको मासुनागा आँखा अस्पताल आँखाको नानी विषेशज्ञको रुपमा जिम्मेवारी सम्माल्नु भएकी डा. लिशा श्रेष्ठले यस अघि नेपाल आइ हस्पिटल काठमाडौंबाट कार्य सुरु गर्नुभयो । मानिसको अाँखामा सानो चोट लाग्दा हेलचेक्रायाँइ गर्न नहुने नजिकको आँखा परिक्षण स्वास्थ्य चौकीमा अनिवार्य रुपमा जानु पर्ने हुन्छ अन्यथा सानो भुलले गर्दा दृष्टि विहीन हुन सक्ने उहाँको भनाई छ । आँखा मानिसको संसार देखाउने महत्वपूर्ण अङ्ग हो । आँखा विना संसार अन्धकार देखिन्छ  त्यसैले हरेक मानिसले नियमित आँखा जाँच गर्न सुझाव दिनु हुन्छ आँखाको नानी विषेशज्ञ डा.लिशा श्रेष्ठ । बालबालिका, युवा वर्ग, जेष्ठ नागरिक सबैले समय समयमा नियमित आँखा जाँच गर्नु नितान्त आवश्यक छ । जसले गर्दा आँखामा आएका सबै समस्याहरुको पहिचान भई उपचार गर्न सहज हुन्छ भन्ने तर्क गर्नु हुन्छ आँखा नानी विशेषज्ञ डा. श्रेष्ठ । निकट भविष्य मै रेयुकाइ आँखा अस्पतालमा आँखाको नानी फेर्ने सेवा, आँखाको शल्यक्रिया गर्ने उपकरण समेत ल्याउने तयारी भएको र मानिसहरुलाई मरणोप्रान्त आँखा दान गर्ने प्रोत्साहित गरिने कार्यक्रम तय भएको बताउनुभयो । अस्पतालले पु¥याएको स्वास्थ्य सेवा र आँखाको हेरचाहको बारेमा आँखा अस्पतालकी आँखा नानी विशेषज्ञ डा. लिशा श्रेष्ठसँग भएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।

       रेयुकाइ एईको मासुनागा आँखा अस्पताल बनेपाले उपलब्ध गराएका सेवा प्रवाहका बारेमा बताइदिनुस न ?

रेउकाइ एईको मासुनागा आँखा अस्पतालले नगरिकहरुको नियमित स्वास्थ्य जाँच, मोतिया विन्दु , जल विन्दु , भएकाहरुको आँखाको शल्यक्रियासमेत सेवा प्रवाह गरेको छ । विमा गरेका नागरिकहरको लागि समेत सुविधा उपलब्ध रहेको छ ।

       आँखाको हेरचाहमा ध्यान दिनु पर्ने कुराहरु के के हुन ?

आँखाको सरसफाइ निरन्तर गर्नुपर्छ , नागरिकहरुले कार्य गर्ने क्रममा आँखामा चोटपटक लाग्न सक्छ । लागेको खण्डमा नजिकको अस्पतालमा गई आँखा विशेषज्ञलाई देखाइ उपचार गर्नुपर्छ  ।  चोटपटक लाग्यो सानो त नि भनेर हेलचेक्र्याइँ गर्नु हँुदैन सानो मिस्टेकले जीवनभर दृष्टी विहिन हुन सक्छ । आँखा मानव शरिरको अभिन्न अङ्गमध्ये एक हो । आँखाले संसारलाई नियाल्न सक्छ  । उज्यालो अँध्यारो छुट्याउन सक्छ । त्यसैले सबैले आफ्नो आँखाको सुरक्षामा ध्यान दिऊँ भन्न चाहान्छु ।

       जेष्ठ नागरिक र बालबालिकाहरुको आँखाको सवालमा सजगता अपनाउनु पर्ने विषयहरुबारे बताइदिनुस न ?

युवा पिढीबाट ४० वर्ष कटेपछि मानिसहरुलाई सुगर पे्रसरले ग्रसित बनाउन सक्छ । कम्तीमा ३÷४ महिनामा नियमित आँखा जाँच गराउँ । आँखाको पर्दामा नानीमा समस्या भएर  आँखाको देख्ने शक्ति ¥हास हुँदै जान्छ । । आँखाको देख्न  सक्ने शक्ति दुरदृष्टिलाई कायम राखि नजिक टाढा दुवै राम्रो सँग देख्न सक्ने बनाउनका लागी नजिकैको क्लिनीक, स्वास्थ्य संस्थामा झन्झट नमानी आँखा परिक्षण गर्न सुझाव दिन चाहान्छु । आँखामा समस्या आएको रहेछ भने त्यसको उपाय खाजी गरेर सल्यक्रिया गर्नुपर्ने अवस्था आए आँखाको सल्यक्रिया गर्न सकिन्छ । चस्मा लगाउनु पर्ने अवस्था आएमा चस्मा लगाउनु पर्ने हुन्छ । त्यस्तै गरी अहिले सानासाना बालबालिकाहरु ,स्कुलमा पढ्ने छात्रछात्राहरु मोबाइल र टेलिभिजनमा बढि केन्द्रित भएको पाइन्छ । सिमित समयमा मात्र मोबाइलमा टिकटक हर्ने, गेम खेल्ने, टेलिभिजन धेरै हेर्ने नगरौं । आँखा दुख्ने मात्र नभई कोहिकोहिलाई नजिक नदेख्ने कोहिकोहिलाई टाढा देख्न नसक्ने हुन्छ यस्तो समस्या सामाधानको उपाय खोज्नु पर्छ ।  

       रेयुकाई आँखा अस्पतालको भावी योजना केहि छन की ?

रेयुकाई आँखा अस्पतालले नागरिकहरुलाई सर्वसुलभ ढङ्खबाट आँखा सम्बन्धी उपचार सेवा स्तरीय प्रदान गरेको छ । काभे्रको नमोबुद्घ भकुण्डे आँखा उपचार केन्द्र, सिन्धुपाल्चोकको खाडी चौरमा उपचार केन्द्रको रुपमा , धनुसा ढल्केबारमा अस्पतालबाट सेवा प्रवाह गरेको छ । ३ महिनापछि  जनकपुर आँखा उपचार केन्द्रबाट पनि नागरिकहरुले आँखाको  परिक्षणको सेवा प्राप्त गर्न सक्छन । रेयुकाई बनेपा आँखा अस्पतालमा नँया सेवा प्रारम्भ गर्ने तयारीमा छौं । बनेपामा आँखाको प्रविधीमैत्री अस्पतालको विकास गरिएको छ । निकट भविस्यमै आँखाको नानी फेर्ने, सल्यक्रिया गर्नुपर्ने अवस्था आएमा आँखाको सल्यक्रिया गर्ने प्रवन्ध समेत मिलाउन लागिएको छ । अस्पताल सञ्चालक समिती टिम , सञ्चालक अध्यक्ष मधु आचार्य, त्यस्तै गरी अस्पताल प्रमुख हिरामणी शर्मा लगायत कर्मचारी टिम, नेत्र विशेषज्ञ, दृष्टी विशेषज्ञ, सबैको सत्प्रयासबाट र नागरिकहरुको सहयोग सदभावले अस्पतालले सबैलाई स्तरीय सेवा दिन सकेको छ । अत्याधुनिक उपकरण प्रविधीको प्रवन्ध गरेर केहि समयमै आँखाको नानी फेर्ने सेवा समेत हामी गर्दै छौं । त्यस्तै गरी नागरीकहरुलाई मरोणन्त पूर्व आँखा दान गर्ने गरी प्रोत्साहित गर्ने कार्यक्रम अघि बढाइएको छ । आँखाको नाी फेर्ने आवस्यक परेको खण्डमा सल्यक्रिया गर्ने दुबै कार्य गरी नागरिकहरुले आँखा सम्बन्धी सबै सेवा प्रवाह गर्ने सवालमा हामीले ध्यान केन्द्रित गरेका छौं । 

प्रस्तुतकर्ता ः रमेश प्रसाद

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्