देशकै नमुना शैक्षिक संस्थाको रुपमा परिचित सञ्जीवनी नमुना माध्यामिक विद्यालयबाट अध्यापन गराउन सुरु गरेको संजीवनी कलेज धुलिखेलले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी २०६३ कर्तिक देखि सञ्चालन गरेको हो। संस्थापक कलेज प्रमुख अमरनाथ यगोल हुनु हुन्थ्यो । धुलिखेल नगर भित्रका शैक्षिक क्षेत्रका बौद्धिक व्यक्तित्वहरू, सामाजिक विकासमा योगदान पुर्याएका अग्रज व्यक्तिहरुको सहयोगबाट र यस कलेजमा अध्यापन गराउने प्राध्यापकहरुको समेत महत्वपूणर् योगदान रहेको बताउनु हुन्छ सहायक कलेज प्रमुख पुजन यगोल श्रेष्ठ/ हाल कलेज प्रमुख हुनुहुन्छ । हरिष चन्द्र श्रेष्ठ धुलिखेलको शैक्षिक क्षेत्रको विकासमा इटा थप्ने कार्य भएको छ । शिक्षण सिकाई प्रभावकारी बनाउन दक्ष जनशक्ति उत्पादनमा सहयोग पुर्याउने उद्देश्यका साथ धुलिखेल नगरपालिकाले समेत आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ ।
व्यवस्थापन संकाय द्यद्यक् र शिक्षा द्य।भम संकायको स्नातक तह अध्यापन गराउँदै आएको सञ्जीवनी कलेजका सहायक क्याम्पस प्रमुख पुजन यगोल श्रेष्ठले २०७६ श्रावण देखि जिम्मेवारी सम्हाल्दै आउनु भएको हो । विगत २२ बणर् देखि शैक्षिक क्षेत्रमा आवद्ध भइ कार्य गर्दै आउनु भएको छ । व्यवस्थापन संकायमा मास्टर डिग्री गर्नु भएका पुजन यगोल सँग कलेजको शैक्षिक गुणस्तरीयता विकासको सवालमा रेडियो एवीसीको शिक्षा सरोकारमा गरिएको कुराकानीको अंश यहाँ प्रस्तुत गरिएको छ ।
सञ्जीवनी कलेजको शैक्षिक पृष्ठ भूमिको बारेमा बताइदिनुस् ?
काभ्रे जिल्ला कै शैक्षिक धरोहरको रूपमा परिचित सामुदायिक विद्यालय सञ्जीवनी नमुना माध्यामिक विद्यालयमा कक्षा १२ सम्म अध्यापन हुन्थ्यो । विद्यार्थीहरुले + २ अध्ययन सके पछि स्नातक र मास्टर डिग्री अध्यन गर्न राजधानी काठमाण्डौ पुग्नुपर्ने अवस्था थियो ।
विद्यार्थीहरुको अनुरोध, आग्रहबाट जिल्ला कै सदरमुकाम धुलिखेल, काभ्रेका १३ स्थानीय तहका विद्यार्थीहरु कै समस्या भएको हुँदा उच्च शिक्षा अध्ययन गर्न कतै बाहिर जान नपरोस भन्ने हेतुले सञ्जीवनी कलेजले स्नातक तहमा व्यवस्थापन ९द्यद्यक्० र शिक्षण संकायमा द्य।भम सञ्चालन गरेका छौं । २०६३ कार्तिकबाट त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन प्राप्त काभ्रे जिल्ला कै शैक्षिक विकासमा सहयोग पुर्याउने उद्देश्यका साथ हामी लागि परेका छौं । सहकारी, वित्तीय संस्था, बैंक, व्यवसायिक फर्म, उद्योगधन्दाको लागि आवश्यक पर्ने जनशक्ति उत्पादन हामीले गरेका छौं ।
पब्लीक क्याम्पस स. सञ्चालनका प्रमुख चुनौतिहरु के हुन् ?
उपयुक्त भौतिक पूर्वाधारको अभाव, त्यस्तै अध्यापन गराउने प्राध्यापकहरु लाई काम अनुसारको दाम दिन आर्थिक समस्या नै छ । हाम्रो सञ्जीवनी कलेजको हकमा धुलिखेलका सामाजिक विकासमा सहयोग पुर्याउने व्यक्तिहरू र विश्वविद्यालय अनुदान आयोगको सहयोगमा कलेज भवन निर्माण गरिएको छ । कम पारिश्रमिक लिएर भए पनि यहाँ अध्यापन गराउने १७ जना प्रध्यापकहरु ३ जान प्रशासन क्षेत्रका कर्मचारीहरुको लगनशीलता रहेको छ। अर्को समस्या अभिभावकहरूको आयस्तर कम हुनु, मध्यम र उच्च वर्गका छोरा छोरी विदेश अध्ययन गर्ने संख्या बढ्दै गएकोले विद्यार्थी पाउन मुस्किल छ । कम शुल्कमा विद्यार्थीहरुलाई अध्यापन गराउनु पर्ने अवस्था छ । कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्न कठीन छ । त्रिविविबाट सम्बन्धन लिएका पब्लीक क्याम्पसहरु त्यही शैक्षिक क्यालिण्डरवाट संचालन हुनु पर्यो । राजनीतिक हडताल, राजनीतिक खिचातानी, अन्तर द्वन्द जस्ता क्रियाकलापले गर्दा द्यद्यक् र द्य।भम को ४ वर्षे कोषको परीक्षा लिइ नतिजा निस्कदा अर्का एक वर्ष ढिला हुने अवस्थाले गर्दा यी यावत समस्या छन् ।
विधार्थीहरुको रोजाइ सञ्जीवनी कलेज नै हुनुपर्ने कारण ?
कम शुल्कमा स्तरीय शिक्षा हामीले दिन सकेका छौं। नियमित कक्षा सञ्चालन हुन्छ । अंग्रेजी ल्याङ्ग्वेजका कक्षा सञ्चालन कम्प्युटर प्रणालीबाट नै एकाउन्टीङ प्याकेज ट्रेनिङ, “बैकिङ तथा सहकारी क्षेत्रको लागि जनशक्ति उत्पादनको लागि इन्टरनसीपको प्रवन्ध शिक्षा सेवा आयोगका कक्षा सञ्चातान, लोक सेवा अयोगका तयारी कक्षा बैदेशीक अध्ययन तथा रोजगारीको लागि परामर्श सेवा मोटीभेसन कक्षा सञ्चालन, नेतृत्व तथा व्यक्तित्व विकास तालिम सहितका कक्षा सञ्चालन गरी विद्यार्थीहरुलार्य अब्बल बनाउने नीतिका साथ अघि बढेकाले पनि सञ्जीवनी कलेज विद्यार्थीहरुको रोजाई हुन पुगेको हो । त्यस्तै गरी व्यस्थापन संकाय र शिक्षा संकाय दुवैमा ब् ल्याउनेलाई ७५ प्रतिशत, द्यं ल्याउनेलार्य ५० प्रतिशत र द्य ल्याउनेलाई २५ प्रतिशत छात्रवृद्धिको व्यवस्था गरिएको छ ।
एस ई.ई उत्तीणर् गरी उच्च शिक्षा अध्यनका लागि अलमलमा परेका विद्यार्थीहरुलाई के सुझाव दिन चाहनु हुन्छ ?
अभिभावक, विद्यार्थी सवैले ध्यान दिनुपर्ने प्रमुख सवाल भनेको घर परिवारको आर्थिक अवस्था के छ । आफूले प्राप्त गरेको जनु शैक्षिक संस्थामा शैक्षिक उपलब्धी हाँसिल गरेको छ । त्यस अंकको मुल्याङ्कन आफूले अध्ययन गर्न छनौट गरेका विषयहरुले पनि दुरगामी प्रगति आफ्नो क्षमता सबैको बारेमा शैक्षिक परामर्श लिएर विषय छनौट गर्नु भयो भने अध्ययनमा सफलता मिल्छ । पहिलो रोजाई डाक्टर, इन्जीनियर अध्ययन गर्न निक्कै मेहनतको खाँचो हुन्छ । आर्थिक रकम निक्कै जोह गर्न सक्नु पर्छ । अवस्था के छ त्यसलाई मसिनो ढङ्गबाट विश्लेषण गरेर अध्ययन गर्नु राम्रो हुन्छ । दोश्रो रोजाई विद्यार्थी उत्तीणर्को एक सय संख्यामा ६५ जना व्यवस्थापन संकाय अध्ययन गर्ने गरेको पाइन्छ । शिक्षा संकाय वा व्यवस्थापन संकाय सबैमा राम्रो दख्खल सहितको विशेषज्ञता हाँसिल गर्ने गरी अध्ययन गर्नु भए राम्रो हुन्छ ।
अन्तरवार्ताः
रमेशप्रसाद न्यौपाने