IMG-LOGO

गर्भमै शिशुको मृत्यु

 मंगल, माघ ८, २०८१  प्रा.डा. सुमनराज ताम्राकार

       वर्षौंको मेहनतपछिको एसईई परीक्षामा असफल हुँदाको भन्दा कयौं गुणा बढी पीडा हुँदो रहेछ नौ महिनासम्म हुर्काइएको शिशुको मृत्यु गर्भमै हुँदा । प्रसुतीरोग विशेषज्ञको नाताले प्रसुती सेवाको सेवाग्रहीहरुसँगको सानिध्यले पाएको ज्ञान यही हो । मृत्यु कुनै हिसाबले पाच्य विषय हुँदै हुँदैन, जुनसुकै उमेरको मृत्यु भएपनि । तर पनि जन्म अगाडि नै, आफ्नो अंशको मुख नै देख्न नपाईकनैको मृत्यु बढ्ता पीडादायी हुँदोरहेछ । गर्भे शिशुको मृत्युका कारण      गर्भावस्थामा वा प्रसुती व्यथाको दौरान मृत अवस्थामा ५०० ग्राम भन्दा बढी तौलको शिशुलाई मृत शिशु मानिन्छ । नेपाल जस्तो विकासोन्मुख देशमा २८ हप्ता भन्दा पछिको अवधिमा जन्मिने यस्तै खाले शिशुलाई मृत शिशु मानिन्छ । किनकि २८ हप्ता भन्दा अगाडिको यस्तो समस्यालाई गर्भ तुहिएको मानिन्छ । गर्भे शिशुको मृत्यु गर्भवती महिला, साल तथा गर्भे शिशुसँग सम्बन्धित हुनसक्छ । सारांशमा कुनै कारणवश सालमा वा सालबाट रगत प्रवाह पुगेन अप्रत्याशित रुपमा गर्भे शिशुको मृत्यु हुन्छ । तर २५ देखि ३५ प्रतिशत महिलामा बिना कारण पनि यस्तो समस्या देखिन्छ ।      गर्भवती महिलामा उच्च रक्तचापजन्य समस्या, अनियन्त्रित मधुमेह, गम्भीर खालको रक्तअल्पता, उच्च ज्वरो (३९.४ डिग्री भन्दा माथि) (तराई क्षेत्रमा औलो, इन्सेफलाइटिसका कारण) छ वा पाठेघरमा साल ठाउँमा नबसेर वा समय अगावै साल छुट्टिएर सुत्केरीपूर्व योनीद्वारबाट रगत देखा प¥यो भने पनि गर्भे शिशुको मृत्यु हुनसक्छ । त्यसैगरी गर्भवती महिलामा हेपाटाइटिस, पोलियो, हर्पिस, इन्फ्लुएञ्जा, हाँडेज्वरो, टोक्सोप्लाज्मोसिस लगायतका विभिन्न खाले संक्रमण तथा रगतजन्य विकार छ भने पनि यस्तो समस्या आउँछ । दम्पत्ति बीच रगत समूह नमिल्दा पनि दोश्रो पटकको गर्भ देखि यस्तो समस्या उब्जिन्छ ।      गर्भे शिशुमा वंशाणुअंश (क्रोमोजोम) मा खराबी, रुबेल्ला, साइटोमेगालोभाइरस तथा पार्वोभाइरस नामका भाइरलजन्य संक्रमणबाट अकालमा गर्भे शिशुको मृत्यु हुनसक्छ । यस बाहेक स्वास्थ्यकर्मीले पेट बाहिरबाटै बच्चाको अवस्थिति (पाठेघरमा गर्भे शिशुको बसाई) परिवर्तन गर्न खोज्दा, बच्चा पाउनु पर्ने समय सीमा नाघ्दा, कतिपय औषधी सेवनले पनि गर्भे शिशुको मृत्यु हुनसक्छ ।      करिब ८ प्रतिशत महिलामा भने यो समस्या दोहोरिन सक्छ । दम्पत्ति बीच अमिल्दो रगत समूह, गर्भवती महिलामा मधुमेह, भिरिङ्गी, रगतजन्य विकार, जीर्ण खालको मृर्गौलाको समस्या तथा गर्भे शिशुमा वंशाणुअंशमा खराबी छ भने यस्तो समस्या दोहोरिन सक्छ । गर्भे शिशुको मृत्युको निदान कसरी ?      गर्भे शिशुको मृत्युपूर्व गर्भवती महिलाले थाहा पाउने मुख्य लक्षण बच्चा कम चल्ने हो । अर्थात् गर्भमै शिशु मृत्यु भएका धेरैजसो गर्भवती महिलाले यहि शिकायत गर्ने गरेको पाइएको छ । त्यसैले पनि यसलाई हेलचक्रयाईंको रुपमा लिनु हुँदैन । गर्भ भित्रको शिशु मृत्यु भएको निकै समय भैसकेको छ भने गर्भावस्थाका लक्षण चिन्हहरु बिस्तारै हराउँदै जान्छ । जाँचको क्रममा गर्भे शिशुको मुटुको ढुकढुकी सुनिँदैन । वर्तमान समयमा अल्ट्रासाउण्डबाट गर्भे शिशुको मृत्युको निक्र्यौल गरिन्छ । अर्थात् आपूmलाई बच्चा कम चलेको वा चल्दै नचलेको शंका लाग्ने बित्तिकै भिडियो एक्सरे गराई हाल्नु पर्दछ । गर्भमै मृत शिशुको डेलिभरीका लागि स्वास्थ्यसंस्थामा दक्ष प्रसुतीकर्मीको सहयोग लिनु पर्दछ । व्यवस्थापन      यस्तो अवस्थामा गर्भ भित्रै शिशु भएको गर्भवती महिलालाई यसको दोषारोपण गरेर गाली गर्नु भन्दा मानसिक ढाडस दिने, मन हल्का हुने सल्लाह दिनु पर्दछ । मृत शिशु पाएपछि दुध सुक्ने औषधिको अलावा अवस्था हेरिकन एन्टिबायोटिक औषधिको जरुरत पर्दछ । सुत्केरीको छ हप्तापछि चेकअपमा जानु पर्दछ । कम्तिमा ६ महिना अर्को बच्चा नपाउनु राम्रो हुन्छ । जन्मान्तरको लागि उपयुक्त परिवार नियोजनका साधन प्रयोग गर्नु पर्दछ । अर्को बच्चा पाउनु (गर्भ आउनु) पूर्व फेरि चिकित्सकको सल्लाह लिनु पर्दछ । त्यसबखत उच्च रक्तचाप, मधुमेह, रगतको विकार तथा अन्य कुनै संक्रमण छ भने त्यो निराकरण एवं नियन्त्रणमा ल्याउनु पर्दछ । साथै चिकित्सकको सल्लाहमा दैनिक रुपमा फोलिक एसिड नामको भिटामिन सेवन गर्नु पर्दछ ।    

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्