IMG-LOGO

स्वास्थ्यको दृष्टिले योमरीको महत्व

 मंगल, मंसिर २५, २०८१  - प्रा.डा. सुमनराज ताम्राकार

     योमरी पुन्ही (धान्य पूणर्िमा) को दिन नेवारहरुले चामलको पिठो मुछेर अंजीर आकार बनाई त्यस भित्र तिल मिसाइएको चाकुको झोल हालिन्छ र त्यसलाई उसिनेर पकाइन्छ । यसका साथै मासको पेस्ट हालेर योमरी  बनाई खाने चलन पनि छ । यस दिन रोटीकै लक्ष्मी, कुबेर आदि थरिथरिका देवीदेवता बनाइ ढुकुटीमा राखेर पुजिन्छ । ठाउँ अनुसार पर्व मान्ने चलन अलि फरक हुनसक्छ । तिथी अनुसार यो पटक आउँदो मंसीर ३० गते आईतबार योमरी पुन्ही मनाईंदैछ ।       यसै योमरी पुन्ही सम्बन्धी किंवदन्ती यस प्रकार छ । योमरीको उत्पत्तिलाई ‘रत्नबदाने बुद्ध वचन’ मा उल्लेख गरिए अनुसार लिच्छवीकालका प्रख्यात राजा अंशुवर्माको पालामा पाञ्चाल नगर (अहिलेको पनौती) मा सुचन्द्र नामका नामूद महाजन र उनका श्रीमती रहेछ । दुवै जना दयावान एवं भगवान विष्णुका भक्त पनि रहेछ । सुचन्द्रको आनीबानी देखेर एकपटक मंसीर पूणर्िमा (योमरी पुन्ही) को दिन उसको उदारता परीक्षण गर्न कुबेर दरिद्र ब्राम्हणको भेषमा हातमा ज्यामिर लिई सुचन्द्रको घरमा गए । आफ्नो घरमा दरिद्र ब्राम्हण भिक्षा माग्न आएको देखेर दुवै दम्पत्तिले आँगनमा आई ठूलो सत्कार गरी घरभित्र लगे । नयाँ वस्त्र दान दिए । अनि आपूmहरुले बनाई राखेको विशेष प्रकारको रोटी सहित मिठो भोजन गराए । यही रोटी योमरी रहेछ ।      सुचन्द्रको दम्पत्तिले देखाएको सत्कार, सम्मान देखेर कुबेर प्रसन्न भई आफ्नो वबस्तविक रुप देखाएर उनीहरुलाई आवश्यक ज्ञान बुद्धि दिनुका साथै आपूmले ल्याएको ज्यामिर दिई अन्तध्र्यान भए । कुबेरको वचन अनुसार रोटीको कुबेर, लक्ष्मी, गणेश, कुमारको मूर्ति र कुबेरले दिएको ज्यामिर सबै एकै राखी अन्न राख्ने भकारी भित्र स्थापना गरी विधिपूर्वक चार दिन सम्म छोपेर पूजा गरे । साथै योमरी, अन्न र द्रव्य दान गरे । आपूmहरुले पनि योमरी भोजन गरे । त्यसको प्रतापले धनसम्पत्ति वृद्धि भयो ।      त्यसबेला देखि उपरोक्त किसिमले मार्ग शुक्ल पूणर्िमाको दिन योमरी पुन्ही पर्व मान्ने चलन शुरु भयो । उक्त दिन सो पर्व मान्नेको घरमा धन सम्पत्ति, अन्नको दुःख हुँदैन, निरोगी भई शरीर हृष्टपुष्ट हुन्छ भन्ने भनाई छ । तिहारमा देउसी खेले जस्तै यस दिन बेलुका विशेषतः नेवार समुदायका मानिसहरुले ॅत्यःछिं त्यः ब्वकछिं त्यः’ भनि योमरी तथा अन्य नगद जिन्सी माग्ने चलन छ ।      योमरी बनाउनका लागि ताइचिन धानको पिठो, चाकु, भुटेको तिल, तेल, खुवा, थोरै चिनी चाहिन्छ । योमरी बनाउन तिल भुटेर पिँधिन्छ । चाकुलाई पानीमा पगालिन्छ । यो चाकु पानीमा पिँधेको तिल र अलिकति पिठो मिसाएर उमालेर लेदो बनाइन्छ । थप स्वादिलो बनाउन खुवा, नरिवलको धूलो मिसाउन पनि सकिन्छ । त्यसपछि चामलको पिठोमा तातो पानी मिसाएर मुछिन्छ । सानो ठिक्कको पिठाको डल्लो लिई अंजीर (घण्टा) आकार बनाई तलको पिँधतिर बाट प्वाल बनाइन्छ । पिँधतिरबाट चाकुको लेदो राखी घुमाउँदै मुख सानो सानो बनाउँदै लगि मुख टालिन्छ । निश्चित संख्यामा योमरी बनाएपछि त्यसलाई प्वाल प्वाल भएको भाँडोमा मःमः जस्तै बफाईन्छ । आजकाल चाकुको ठाउँमा थोरै चिनी थपेको खुवा राखेर पनि योमरी बनाइन्छ । र, माय्मरि बनाउनका लागि चाकुको सट्टा बाराको लागि जस्तै नुन मसला मिसाइएको मासको पेस्ट चाहिन्छ । माय्मरिको आकार चाहिँ त्रिकोण एवं चेप्टो आकारमा बनाइन्छ । गुलियो योमरी मात्र खाँदै गर्दा स्वाद फेर्न माय्मरी खानु राम्रै हुन्छ । स्वास्थ्यको दृष्टिले यसको महत्व      योमरी तथा माय्मरि बनाउनको लागि आवश्यक चामल तथा चाकुमा शक्ति प्रदायक कार्बोहाइड्रेट प्रशस्त मात्रामा पाइन्छ । जाडोको बेला शरीरको तापको लागि आवश्यक शक्तिको श्रोतको रुपमा रहन्छ । जाडो महिनामा यो पर्वको मनाउनुको सान्दर्भिकता यस कारण पनि छ ।      त्यसैगरी योमरीमा राखिने चाकु पनि विशेषतः यो शक्तिप्रदायक खाद्य पदार्थ हो । यसमा कार्बोहाइड्रेट उच्च मात्रामा हुन्छ । यसको अलावा क्याल्सियम, आइरन, क्यारोटिन पनि पाइन्छ । यो विभिन्न आयुर्वेदिक औषधी बनाउन प्रयोग गरिन्छ । नेवारी सम्प्रदायमा माघे संक्रान्तिमा बाहेक सुत्केरी महिलालाई पनि अधिक ख्वाइन्छ । यसले शरीरमा शक्ति दिन, खोकी निको पार्न, पाठेघर खुम्च्याउन मद्धत दिन्छ ।      चाकुमा मिसाइने तिल जाडो याममा खानाले शरीरमा थप ऊर्जा प्राप्त हुन्छ । कालो तिल सबैभन्दा गुणकारी मानिन्छ । यो वात्त, पित्त र कफनाशक हुन्छ । तिलमा भिटामिन ई समेत हुन्छ । तिलमा प्रोटिन, क्याल्सियम, भिटामिन बी कम्प्लेक्स प्रचुर मात्रामा हुन्छ । यसको सेवनले मानसिक दुर्बलता एवं तनाव हटाउँछ । दाँत बलियो पार्न, अल्काईबाट बच्न, कपाल झर्न तथा फुल्नबाट जोगाउन तथा तिल उपयोगी मानिन्छ ।      चाकुको लेदोमा थप स्वादिष्ट बनाउन नरिवलको धुलो मिसाउन सकिन्छ । त्यसो त नरिवलको उपयोग फल, पानी र रसका रुपमा गरिन्छ । यो पुष्टिकारक, बलवद्र्धक, रक्तविकार एवं वातपित्त नाशक हो । यसको पानीले तिर्खा मेटाउने, पाचन बढाउने गर्दछ । यो विर्यवद्र्धक पनि हुन्छ । यसमा शरीरका लागि अति उपयोगी भिटामिन ए, बी, सी का साथै प्रोटिन, क्याल्सियम र आइरन हुन्छ । आन्द्राको जीणर् रोग क्रोहन्स डिजिजका लागि उपयोगी नरिवल आन्द्रामा जलन, पखाला, दिसामा रगत आउने, तौल कम हुने क्षमता हुन्छ । यसमा कोर्टिकस्टोराइड जस्तै फाइटोस्टेरोल्स हुने हुनाले सुजन आदि घटाउन मद्धत गर्दछ । ताजा नरिवलमा प्रशस्त मात्रामा पाइने जिंकका कारण मोटोपना घटाउँछ ।      त्यसैगरी माय्मरि बनाउन प्रयोग गरिने मास प्रोटिनको मुख्य श्रोत हो । यसले शरीरमा तागत र भोजनमा रुचि बढाउँछ । यसले शरीरलाई चुस्त, तन्दुरुस्त राख्नुका साथै रक्तनलीलाई शक्ति पनि प्रदान गर्दछ । कलेजोको लागि पनि लाभदायी मानिन्छ । यसको अलावा मासमा मुख्यतः पानी, क्याल्सियम, फस्फोरस, आइरन र रेसा पाइन्छन् । यसमा पाइने लवणको मिश्रणले रगत बन्न मद्धत गरि स्वास्थ्यलाई थप फाइदा गर्दछ । मास मृगौलासम्बद्ध रोगमा समेत फाइदाजनक हुन्छ । यसमा एन्टिअक्सिडन्टको मात्रा बढी हुन्छ । एन्टिअक्सिडेन्ट शरीरका कोशिका मर्मतमा उपयोगी मानिन्छ । मासमा ॅफाइटोइस्ट्रोजेन’ पाइने भएकाले स्तन क्यान्सरको जोखिम पनि घटाउँछ ।      मासमा पाइने राइबोफ्लेबिन शरीरको कोशिका प्रक्रियाका लागि निकै आवश्यक घटक हो । सिमी यसको मुख्य श्रोत हो । यसबाट क्यालोरी (उर्जा) पनि पाइन्छ । यसको ॅग्लाइसेमिक इन्डेक्स’ कम हुन्छ । यसको मतलब प्रायः भोज्य पदार्थले जस्तो मासले रगतमा चिनीका मात्रा बढाउँदैन । यसमा पाइने फाइबरले रगतमा चिनीको स्तर एकनासको बनाइराख्न सहयोगी हुन्छ । यही विशेषताले गर्दा मधुमेह रोगीलाई खाने सल्लाह दिइन्छ । मासमा पाइने घुलनशील रेसा (फाइबर) मुटुरोगीका लागि निकै लाभदायक हुन्छ । मास नियमित खानाले ६ सातामा रगतमा कोलेस्टेरोलको घट्छ र रक्तचाप पनि बढ्दैन । हृदयाघातको जोखिम घट्न सक्छ । कब्जियतका समस्या भएकाका राम्रो गर्दछ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्