IMG-LOGO

वर्षात् मौसममा महिला यौनाङ्ग चिलाउने समस्या

 मंगल, भदौ २६, २०८०  – प्रा.डा. सुमनराज ताम्राबकार

     गर्मी तथा वर्षात् मौसममा ओसिलो एवं न्यानो वातावरण एवं विभिन्न खालका किटाणुहरुको अत्याधिक वृद्धिका कारण सरुवा रोग अर्थात् संक्रामक रोगहरु तुलनात्मक रुपमा बढी देखा पर्दछ । यसमाथि महिलाहरुको यौनाङ्गको बनावट र अवस्थितिका कारण सरसफाईमा अलिकति तलमाथि हुनासाथ विभिन्न समस्याहरु देखा पर्न सक्दछन् । त्यसो त स्त्री जननेन्द्रिय (योनी) भन्दा माथि रौ ढाकिएको नरम भागलाई अंग्रेजीमा भल्भा भनिन्छ । किशोरीवस्थामा पुगेपछि यो भागमा जुन स–साना रौं पलाउन थाल्छ । शरीरमा अन्य अङ्गहरुमा भैंm यहाँ पनि घाउ (अल्सर) आउने, दुख्ने, चिलाउने हुन सक्छ । तर गर्मी अथवा वर्षात् मौसममा भने अलि बढी यस्ता समस्या हुन्छन् ।      भल्भामा धेरै जसो यौनजन्य संक्रमण (भिरिङ्गी, हर्पिस, सेन्क्रोइड आदि) का कारण घाउ, अल्सर आउन सक्छ । त्यसको अलावा आन्द्रालाई पनि असर गर्ने क्रोन्स डिजिज, पटक पटक मुख तथा आँखामा पनि अल्सर आउने बेहसेट डिजिज तथा इप्स्टिन बार भाइरसको कारणले हुने लिपसुज संक्रमणमा पनि भल्भामा अल्सर (घाउ) आउँछ । अल्सर जस्तै भल्भामा अप्थस अल्सर, हर्पिस संक्रमण, भल्भामा रहने स्नायुको सुजन, सिस्नुले पोलेको भैंm अनुभव हुने अवस्था, योनी तथा पिसाब खुल्ने द्वारको दुखाई सरेर वा मानसिक रुपमा त्यतिकै पनि दुख्न सक्छ ।      स्त्री रोग विभागको बहिरङ्गमा आउने करीब १० प्रतिशत महिलाले यौनाङ्ग वरिपरि चिलाउने गुनासो गर्न सक्छ । ट्राइकोमोनास तथा क्यान्डिडाको संक्रमण, त्यहिँ सोरियासिस, इन्टरट्राइगो तथा डर्मेटाइटिस जस्तो छालाको समस्या, फङ्गस भाइरस जुम्रा तथा चुर्नाको कारण, भिरिङ्गी, एलर्जीका कारण चिलाउने हुन सक्छ । कहिलेकाहीँ क्यान्सरको पूर्व स्थितिको पूर्व लक्षणको रुपमा चिलाउने हुनसक्छ । यसको अलावा मधुमेह, भिटामिनको कमी कुपोषण कारण पनि यौनाङ्ग वरिपरि चिलाउने हुन्छ ।       यसरी यौनाङ्ग वरिपरि देखापर्ने यी लक्षण चिन्हहरु अधिकांश समय सामान्य खालको हुन्छ । जसको कारण अनुसार उपचार गर्न सकिन्छ । तर विरलै भएपनि यी लक्षण चिन्हहरु क्यान्सरको पूर्व लक्षण हुन सक्ने हुनाले सतर्कता भने अपनाउनु पर्दछ । यौनाङ्ग वरिपरि घाउ आउने, पीडा हुने तथा चिलाउनेको अलावा गिर्खा आउने, सेता तथा राता दागहरु आउने हुनसक्छ ।      यौनाङ्ग वरिपरिको कतिपय समस्यामा चिलाउने र पीडा हुने सँगसँगै नै हुनसक्छ । स्त्री जननेन्द्रियमा दुख्नु एवं पीडा हुनु र चिलाएको अनुभूती हुनु फरक कुरा हो भन्ने कुरा मनन गर्न जरुरी छ ।  महिलाहरुको यौनाङ्ग वरिपरि चिलाउने समस्याले पीडा गराउने, अङ्ग विशेषमा छुँदा वा दबाउँदा दुख्ने एवं सुन्निने पनि हुँदैन । प्रताडित महिलाले रातीको समयमा बढी चिलाउने शिकायत गर्छिन् । रातीको समयमा एकाग्रता बढ्नु, केन्द्रिय स्नायु प्रणाली थकित हुनु एवं यौनाङ्ग वरिपरि तातोपना बढ्नु तथा हावाको चलखेल घटी हुनुको कारणले पनि राती बढ्ता चिलाउँछ । यौनाङ्ग किन चिलाउँछ ?      स्त्री जननेन्द्रियको योनीश्राव, त्यस वरपरको छालाको समस्या, विभिन्न खाले संक्रमण एवं भल्भामा लाग्ने क्यान्सर तथा क्यान्सर पूर्वको अवस्थामा पनि यौनाङ्ग चिलाउने हुन्छ । त्यसमाथि महिला विशेषमा मधुमेह वा एलर्जीको समस्या छ भनेपनि पटक पटक यौनाङ्ग चिलाउने समस्या भईराख्छ । स्त्री जननेन्द्रिय अन्तर्गतको योनीद्वारमा ट्राइकोमोनास तथा क्यान्डिडाको संक्रमणका कारणले हरियो वा सेतो पानी (योनीश्राव) बग्यो भने चिलाउने पनि हुन्छ । तर यौनाङ्ग वरिपरि पिलो वा अन्य पिपयुक्त समस्याका कारण यौनाङ्ग चिलाउने र योनीद्वार आसपासका भल्भामा पीडा उत्पन्न गराउँछ । त्यसैगरी यौनाङ्गको समस्या तथा सोरियासिस, सेबोरिक डर्माटाइटिस, इन्टरट्राइगो लगायतका भल्भाकै छालाजन्य समस्याले भल्भालाई पनि असर पु¥याउँदा पनि यौनाङ्ग वरिपरि चिलाउँछ ।      पंmगस (क्यान्डिडा), भाइरस (हर्पिस, वार्ट), परजीवि (चुर्ना, लुतो) एवं यौनजन्य संक्रमण (धातुमेह, ट्राइकोमोनास) लगायतका भल्भामा हुने विभिन्न खाले संक्रमण, एलर्जी तथा नाइलनयुक्त भित्री कपडा वा कतिपय साबुन एवं केमिकलले धोएको भित्री कपडाको प्रयोगले पनि यौनाङ्ग वरिपरि चिलाउने समस्या हुन्छ । भल्भामै हुने कतिपय क्यान्सर र ट्युमरमा पनि चिलाउने समस्या हुन्छ ।      यसरी भल्भामा चिलाउने समस्या भएका महिलामा मधुमेह, औषधिको एलर्जी, भिटामिन विशेषको कमी हुनसक्छ । ती महिला मनोरोगबाट प्रताडित भएको पनि हुन सक्छ । त्यसो त भल्भामा चिलाउने समस्या अन्य रोगको एउटा लक्षण मात्र हुनसक्छ । त्यसैले भिलाउने समस्या भएकी महिलालाई विस्तृत तवरमा चिलाउन थालेको अवधी, अन्य लक्षण चिन्ह, परिवार नियोजनको प्रयोग, मानसिक समस्या, भित्री कपडाको बनोट सोध्नु पर्दछ । शारीरिक जाँचको क्रममा तिनीहरुको पोषणको स्थिति, पंmगल वा अन्य संक्रमणको प्रमाण, चुर्ना, दाद भए नभएको चेक गर्नु पर्दछ ।      सम्भावित रोगको निक्र्यौलका लागि प्रभावित क्षेत्रको छाला खुर्केर एवं रगत, पिसाब, दिसाको जाँचबाट कारक तत्व पत्ता लगाउन सकिन्छ । तर भल्भामा मात्र अत्याधिक चिलाउने समस्या छ भने ट्राइको मोनास, क्यान्डिडा संक्रमण, भल्भाकै छालाजन्य समस्या, मधुमेह तथा भल्भाकै क्यान्सर वा ट्युमर सम्झिनुपर्दछ । उपचारको क्रममा व्यक्तिगत सरसफाई, भित्री कपडाको उचित छनौट, एन्टिबायोटिक वा स्टेरोइडयुक्त मलमको अलावा मधुमेह, एलर्जीको यथोचित उपचार पनि गर्नुपर्दछ । यौनाङ्गको सरसफाईका लागि तडकभडक विज्ञापनको प्रलोभनमा नपरि विभिन्न किसिमका स्याम्पू वा भजाइनल वाशहरु प्रयोग गर्नु भन्दा नियमितजसो साधारण तवरमा सफा पानीले धोई पखाली गरि सुख्खा राख्नु बुद्धिमानी हुन्छ । आशातित रुपमा यौनाङ्ग चिलाउने समस्या रहिरहेमा सम्बन्धित चिकित्सकको सल्लाह परामर्श लिन ढिलाई गर्नु हुँदैन । किनकि ट्युमर वा क्यान्सर लागेको भए प्रभावित क्षेत्रबाट मासुको अंश निकाली (बायोप्सी गरी) त्यसको रिपोर्ट अनुसार आवश्यक उपचार शुरु गराउनु पर्दछ ।  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्