बोलीचालीको भाषामा आमाशयलाई पेट भनिन्छ । अझथप प्रष्टताको लागि आममानिसले पाठेघरलाई तल्लो पेट भनेर बुभ्mने हुनाले आमाशयलाई शायद माथिल्लो पेट भन्नु उपयुक्त होला । जे भएपनि आमाशयको सतही कोषबाट आमाशयको क्यान्सर विकसित हुन्छ । आमाशयको क्यान्सरलाई पनि कुन चाहिँ कोषबाट शुरु भएको हो त्यसको आधारमा एडेनो कार्सिनोमा, लिम्फोमा र मेसेन्काईमल ट्युमर भनेर वर्गीकरण गरिएको हुन्छ । विश्व व्यापी तवरमा आमाशयको क्यान्सर पाँचौं मुख्य क्यान्सर हो भने क्यान्सरबाट हुने मृत्युको तेश्रो मुख्य कारक हो । पूर्वी एशिया र पूर्वी युरोपमा पनि तुलनात्मक रुपमा आमाशयको क्यान्सरका केसहरु बढी छन् । त्यस माथि जापान र दक्षिण कोरियामा आमाशयको क्यान्सरको समस्या झन् बढी छ । त्यसैले त्यहाँ यो समस्याको लागि नियमित रुपमा स्क्रिनिङ गरिन्छ । लक्षणचिन्ह आमाशयको क्यान्सर प्रायः लक्षण चिन्ह रहित वा अलि वृहत् खालको लक्षण चिन्ह युक्त हुन्छ । जसले गर्दा आमाशयको क्यान्सर समय मै पत्ता लगाउन, क्यान्सरको शुरुवाती अवस्थामा पत्ता लगाउन गाह्रो हुन्छ । अर्को अर्थमा लक्षण चिन्ह सहितको यो क्यान्सर पत्ता लाग्ने बेला सम्म समय निकै घर्कि सकेको हुन्छ । जसले गर्दा शल्यक्रिया लगायतका सहज उपचार गर्न मिल्ने सम्भावना कम हुन्छ । र, प्रभावित व्यक्ति लामो समय सम्म बाँच्न सक्ने सम्भावना पनि कम हुन्छ । यो क्यान्सर लाग्दा बिना कारण वाकवाकी लाग्ने, उल्टी आउने, आलोपालो झाडा लाग्ने वाकब्जियत हुने, शारीरिक वजन क्रमशः घट्दै जाने हुन्छ । यी त भए आमाशयको क्यान्सरहो किभनेर आशंका गर्न मिल्ने खालका लक्षण चिन्हहरु । आमाशयको क्यान्सरको शुरुवाती तिर अर्थात् क्यान्सर आमाशय भन्दा अन्यत्र पैmलिन सकेको बेलामा खाना अमन हुने, अपचहुने तथा मुटु पोल्ने समस्या हुन्छ । खाना अमनको हकमा मांसाहारी व्यक्तिमा मुख्यतः मासुका परिकार पनि खान मन नलाग्ने हुन्छ । तथ्यांककै कुरा गर्दा ५० व्यक्ति मध्ये एक भन्दा कम व्यक्तिमा खाना नपचेकै कारण इन्डोस्कोपी गर्दा आमाशयको क्यान्सर पत्ता लाग्ने गरेको छ । क्यान्सर अलिअन्यत्र पैmलिसकेको अवस्थामा कमजोरी हुने, आलस्यहुने, खाना खाए लगत्तै ध्याउ ध्याउ (डकार) आई रहने, माथिल्लो पेट दुख्ने, वाकवाकी लाग्ने हुन्छ । आमाशयको क्यान्सर कलेजो, फोक्सो, हड्डी, पेटको सतह, लिम्फनोडमा पनि पैmलिन सक्दछ । आमाशयको क्यान्सरको थप पैmलावटले शारीरिक तौल घट्ने, रगत बान्ता हुने, दिसामा रगत देखापर्ने, कालो दिसा (रगत पचिसकेको अवस्थामा), रक्त अल्पता हुने, खाना निल्न गाह्रो हुने (आमाशयको घाँटीमै ट्युमर पलाएको वा आमाशयको क्यान्सर खाद्यनली सम्म पैmलिएको अवस्थामा) हुन्छ । पैmलिएको ठाउँको आफ्नो छुट्टै लक्षण चिन्हहरु पनि देखा पर्न सक्दछ । जोखिमतत्व खासमा आमाशयको क्यान्सर धेरै थरिका जोखिम तत्वको समुच्च प्रभावले हुने हुन्छ । शायद महिलमा बढी हुने ईस्ट्रोजन हर्मोनले जोगाउने हुनाले एवं महिलाहरु खाने मामिला अलि सजगता बढाउने हुनाले आमाशयको क्यान्सर पुरुषहरु बढी हुने गरेको छ । आमाशयको क्यान्सर हुन ६० देखि ८० प्रतिशतमा हेलिका ेब्याक्टर पाईलोरी नामको व्याक्टेरिया जन्य संक्रमण आवश्यक हुने भएपनि हेलिको ब्याक्टर पाईलोरीबाट संक्रमित करिब २ प्रतिशतमा मात्र आमाशयको क्यान्सर विकसित भएको देखिन्छ । यो व्याक्टेरियाको निरन्तर (जीर्ण) संक्रमणपछि आमाशयको सतहमा आउने परिवर्तनका कारण वा यो किटाणुले उत्पादन गर्ने हानीकारक तत्वका कारण आमाशयको क्यान्सर हुने आँकलन गरिएको छ । हेलिको ब्याक्छर पाईलोरीको अलावा ईप्स्टिन बार भाईरसका कारण वर्सेनी एक लाख मानिसलाई आमाशयको क्यान्सर हुने गरेको छ । साथै, एच आई भी संक्रमण वा एड्सले पनि यो क्यान्सरको जोखिम बढाउँछ । अर्को मुख्य कारक भनेको धुम्रपान वा सुर्ती सेवन हो । अहिले धुम्रपान गरिरहेकामा आमाशयको क्यान्सर ४० प्रतिशतबाट अचाक्ली धुम्रपान गर्नेमा यस्तो जोखिम दोब्बरले बढ्न जान्छ । धुम्रपानले हुने आमाशयको क्यान्सर बढीजसो खाद्य नलीसँगै जोडिएको आमाशयको माथिल्लो भागमा हुन्छ । रक्सी सेवन अर्थात् मद्यपानले पनि आमाशयको क्यान्सरको जोखिम बढाउँछ । खानासँग ठ्याक्कै आमाशयको क्यान्सर हुनुको सम्बन्ध पाईएको छैन । तर पनिपोलेको, डढाएको, अत्याधिक नुनिलो, अमिलो खानेकुराका साथै रातो मासु एवं प्रशोधित मासुबाट आमाशयको क्यान्सर हुने सम्भावना बढ्छ । अर्को तिर ताजा फलपूmल, अमिलो खालको फलपूmल (कागती, सुन्तला आदि), एन्टी अक्सिडेन्ट युक्त खानेकुराले यसको जोखिम घटाउँछ । त्यसैगरी भूमध्यसागरिय परिकार र एस्पिरिन नामक औषधिको सेवनले पनि यसको जोखिम घटाउँछ । मोटोपनाभएकामा आमाशयको क्यान्सर हुने जोखिमदुई गुणा छ । मोटोपनाले माथिल्लो पेट थिचिनगई ग्यास्ट्राईटिस (बोलीचालीमा ग्यास्टिक) गराएर क्यान्सरको जोखिम बढाउने आँकलन छ । खानपानमा आयोडिनको कमी र आमाशयको क्यान्सरबीच सम्बन्ध पाइएको छ । बाँकी आगामी अंकमा....
