IMG-LOGO

महिलामा यौना· चिलाउने समस्या

 मंगल, भदौ २३, २०७७  प्रा. डा. सुमनराज ताम्राकार

यौनाङ्ग चिलाउनु एकअसहज र पीडादायी समस्या हो । त्यसात पुरुष एवं बालबालिकामा पनिशरीरको विभिन्न भागमा चिलाउनसमस्या हुन्छ । तर महिला वाकिशोरीहरुमा वर्षात् मौसम वा गमीमौसमको आगमनसँगै यौनाङ्ग चिलाउनसमस्या बढ्ने हुन्छ । र, स्त्रीजननेन्द्रियमा चिलाएको अनुभूती हुनु रयौनाङ्ग दुख्नु एवं पीडा हुनु फरक फरककुरा हो । स्त्री रोग ओपिडीमा आउनमहिलामध्ये करिब १० प्रतिशत महिलायोनी एवं योनीद्वार वरिपरि चिलाउनसमस्या लिएर आउँछ । किशोरीवस्थामापुगेपछि स–साना रौं पलाउने यौनाङ्गवरिपरिको भागलाई मेडिकल भाषामाभल्भा भनिन्छ । योनीका साथै भल्भातिरपनि चिलाउने समस्या हुन्छ । बढी जसामहिलाले रातीको समयमा बढीचिलाउने शिकायत गर्दछन् । रातीकासमयमा एकाग्रता बढ्नु, केन्द्रिय स्नायप्रणाली थकित हुनु एवं यौनाङ्ग वरिपरितातोपना बढ्नु तथा हावाको चलखेलघटी हुनुको कारणले पनि राती बढ्ताचिलाउँछ । त्यसो त दिउँसोको समय वाअन्य मानिसहरुको उपस्थितीमा यौनाङ्गवरिपरि चिलाउने समस्या भैहालेपनिवातावरण अनुकूल हुँदैन ।चिडचिडाहट पैदा गर्ने तत्व(ईरिटेण्टस्), यौनाङ्गको संक्रमण एवरजनोवृत्तिका कारण यौनाङ्ग तथायसका वरिपरि चिलाउने समस्याउत्पन्न हुन्छ । यसका साथै कतिपयछालाजन्य रोग, यौनरोग र विरलभएपनि भल्भाको क्यान्सरमा पनियौनाङ्ग चिलाउने समस्या हुन्छ ।बासनादार साबुन, क्रिम,डिटरजेण्ट, योनीमा दिइने डुस, यौनाङ्गलगाउने कतिपय परिवार नियोजनकासाधन, भड्किलो ट्वाइलेट पेपर रभित्री कट्टुमा प्रयोग गरिने कपडा (फेब्रिक) लगायतका ईरिटेण्टस्काकारण यौनाङ्ग चिलाउने समस्याहुनसक्छ । त्यसैगरी मायो क्लिनिककातथ्यांक अनुसार तीन चौथाई महिलालआफ्नो जीवनकालमा एक न एक पटकढुसीजन्य संक्रमणका कारण यौनाङ्गचिलाउने समस्या व्यहोरेको हुन्छ ।प्रायसः महिलाले विभिन्नव्याक्टेरियाजन्य संक्रमणका लागिएण्टीबायोटिक औषधि सेवन गरेपछिढुसीजन्य संक्रमणको शिकायत गरेकाहुन्छ । यस्तो एण्टीबायोटिकले खराबव्याक्टेरियाका साथै ढुसीको वृद्धिनियन्त्रण गर्ने राम्र ा े खालव्याक्टेरियालाई पनि नष्ट गर्ने हुनालढुसीको समस्या उत्पन्न हुन्छ ।ढुसीजन्य संक्रमणमा यौनाङ्ग चिलाउने, पोल्ने, ढिक्का ढिक्का योनीश्राव बग्नलगायतका असहज स्थिती पैदा हुन्छ ।एक्जिमा तथा सोरियासिसनामक छालाजन्य समस्या पनि यौनाङ्गचिलाउने समस्या हुन्छ । दम, एलर्जीकासमस्या भएका महिलामा एक्जिमाकासमस्या पनि हुन्छ । एक्जिमाकासमस्यामा छाला कत्ला कत्ला पर्ने, राताडाबर आउने समस्याका साथै यौनाङ्गचिलाउने पनि हुन्छ । त्यसैगरीसोरियासिसको समस्यामा तालु, जोर्नीकासाथै यौनाङ्गको छालामा कत्ला कत्लाआउने, रातो दाग आउने तथा यौनाङ्गचिलाउने समस्या हुन्छ । सेबोरिकडर्माटाइटिस, इन्टरट्राइगो लगायतकाछालाजन्य समस्याले पनि यौनाङ्ग वरिपरिचिलाउँछ ।यसै ग री व्याक्टे िरयलभजाइनोसिस नामक संक्रमण शरीरकाप्रतिरोधात्मक क्षमता र खराब व्याक्टेरियाबीचको असन्तुलनले यौनाङ्ग चिलाउने,गन्हाउने एवं असामान्य खालकायोनीश्राव बग्ने हुन्छ । क्लामाइडिया,यौनाङ्गमा आउने मुसा (वार्ट), धातुमेह,हर्पि स , ट्र ा इको म ो न ास लगायतकायौनजन्य संक्रमणका कारणले हरियो वापहेँलो योनीश्राव बग्ने, पिसाब पोल्ने तथायौनाङ्ग चिलाउने हुन्छ । तर पिपयुक्तयोनीश्रावले चाहिँ योनी वरिपरि पनि पीडागराउँछ । साथै परजीवि (चुर्ना, लुतो) तथानाइलनयुक्त भित्री कपडा वा कतिपयसाबुन एवं केमिकलले धोएको भित्रीकपडाको प्रयोगले पनि यौनाङ्ग वरिपरिचिलाउने समस्या हुन्छ । विरलै भएपनिस्त्री जननेन्द्रिय मध्येको भल्भामै हुनकतिपय क्यान्सर र ट्युमरमा पनिचिलाउने समस्या हुन्छ ।मधुमेह तथा पिसाब चुहिनसमस्या भएका महिलामा पनि योनी रयसको वरिपरि चिलाउने समस्या हुन्छ ।मानसिक तथा शारीरिक तनावको कारणपनि यौनाङ्ग चिलाउने समस्या उत्पन्नहुन्छ । तनावको कारण शारीरिक क्षमताकमजोर हुन गई चिलाउने समस्या हुन्छ ।भिटामिन विशे ष् ाको कमी तथामनोरोगबाट प्रताडित भएको कतिपयमहिलामा पनि यौनाङ्ग चिलाउने समस्याहुन सक्छ ।त्यसो त यौनाङ्ग चिलाउनसमस्या अन्य रोगको एउटा लक्षण मात्रहुनसक्छ । त्यसैले चिलाउने समस्याभएकी महिलालाई विस्तृत तवरमाचिलाउन थालेको अवधि, अन्य लक्षणचिन्ह, परिवार नियोजनको प्रयोग,मानसिक समस्या, भित्री कपडाको बनोटसोध्नु पर्दछ । शारीरिक जाँचको क्रममातिनीहरुको पोषणको स्थिति, पंmगल वाअन्य संक्रमणको प्रमाण, चुर्ना, दाद भए नभएको हेक्का राख्नु पर्दछ । सम्भावितरोगको निक्र्यौलका लागि प्रभावित क्षेत्रकाछाला खुर्केर एवं रगत, पिसाब, दिसाकाजाँचबाट कारक तत्व पत्ता लगाउनसकिन्छ । तर भल्भामा मात्र अत्याधिकचिलाउने समस्या छ भने ट्राइको मोनास,क्यान्डिडा संक्रमण, भल्भाकै छालाजन्यसमस्या, मधुमेह तथा भल्भाकै क्यान्सरवा ट्युमर हो, होइन छुट्याउन आवश्यकछ ।उपचारको क्रममा व्यक्तिगतसरसफाई, भित्री कपडाको उचित छनौट,एन्टिबायोटिक वा स्टेरोइडयुक्त मलमकाअलावा मधुमेह, एलर्जीको यथोचितउपचार पनि गर्नुपर्दछ । ट्युमर वाक्यान्सर लागेको शंका भएमा प्रभावितक्षेत्रबाट मासुको अंश निकाली (बायोप्सीगरी) त्यसको रिपोर्ट अनुसार आवश्यकउपचार गराउनु पर्दछ ।त्यसैले पनि यौनाङ्ग चिलाउनसमस्याका साथै घाउ वा अल्सर देखा पर्ने,पीडा हुने, प्रभावित भाग रातो हुने, पिसाबफेर्न गाह्रो हुने, पिसाब पोल्ने, गन्हाउने एवअसामान्य योनीश्राव बग्ने, यौनसम्पकराख्दा पीडा हुने भएमा सम्बन्धितचिकित्सकको सल्लाह, परामर्श लिनपर्दछ ।गर्मी तथा वर्षात् मौससमायौनाङ्ग चिलाउने समस्याबाट बच्ननियमित रुपमा मन तातो पानीले यौनाङ्गसफा गर्ने गर्नुपर्दछ । बासनादार साबुन,लोसन, क्रिम प्रयोग गर्ने वा योनीमा डुसदिने कार्य गर्नु हुँदैन । पटक पटकमहिनावारीको बेलामा मात्र यौनाङ्गचिलाउने समस्या देखा परेको भएट्याम्पुन वा स्यानिटरी प्याडको एलर्जीकाकारण पनि हुनसक्छ । ती वस्तुहरु म्यादनाघेको, ओसिएको, ढुसी परेको वा प्याकपहिल्यै बिग्रेको हो कि चेक गर्नु पर्दछ ।स्विमिब वा एक्सरसाईज (अभ्यास) गनबानी छ भने भिजेको वा ओसिलो कट्टतुरुन्तै फेर्नु पर्दछ । खानामा दहीकानियमित सेवनले शारीरिक प्रतिरोधात्मकक्षमता बढाउने तथा ढुसीजन्य संक्रमणघटाउने हुनाले नियमित दहीको सेवन गनपर्दछ । कटनबाट निर्मित कट्टु वा प्यान्टीमात्र लगाउने तथा दैनिक रुपमा फेर्ने गनपर्दछ । यौनजन्य संक्रमणबाट बच्नकण्डमको प्रयोग गर्न लगाउनु पर्दछ ।यौनाङ्ग सफा गर्ने बेलामा प्रत्येक पटकअगाडिबाट पछाडि अर्थात् मुत्रद्वार,योनीद्वारबाट मलद्वारतिर सफा गर्नु पर्दछ ।यसो गर्दा मलद्वार तिरको समस्या वासंक्रमण योनी वा यसको वरिपरि पैmलिनपाउँदैन ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्