IMG-LOGO

चिसोमा औंला सुन्निने समस्या

 मंगल, पौष १५, २०८२  – प्रा.डा. सुमनराज ताम्राकार

       मेडिकल भाषामा चिल ब्लेन भनिने यो समस्यामा प्रभावित व्यक्तिको हातखुट्टाका औंला, नाक, कान चिसोको कारणले सुन्निने हुन्छ । यस क्रममा पीडा हुनुका साथै दुख्ने, घाउ हुने पनि हुन्छ । यस समस्याबाट महिला, धुम्रपान गर्ने तथा कम तौल भएका व्यक्ति बढी प्रभातिव हुन्छ । निरन्तर पानी खेलाइरहनुपर्नेहरुमा यो समस्या हुन्छ ।      माथि उल्लेखित अङ्गका रक्तनशाहरु पातलिँदै त्यहिँ टुङ्गिन्छन् त्यसैले पनि बाह्य वातावरणको तापक्रममा कमी आउनासाथ रक्त प्रवाहमा नकारात्मक असर पुगी छालामुनिका स–साना रक्तकेशिकाहरु खुम्चिन्छ । यसको अलावा यी अङ्ग प्रायसः कपडाबाट नछोपिने भएकोले पनि चाँडै प्रभावित हुन्छ । करिब तीन सातासम्म रहने यो समस्या न्यानो हुँदै गएपछि आफैं हराउँदै जान्छ । चिसोका कारण हुने हुनाले प्रभावित हुनसक्ने अङ्गलाई चिसोबाट बचाउनु पर्दछ । पञ्जा, मास्क, गलबन्दी, टोपी, मोजा लगायतका न्याना लुगाहरु लगाउनु पर्दछ । रक्त जम्ने समस्या तथा मधुमेह भएकामा थप जटिलता उत्पन्न हुनसक्ने हुनाल चिकित्सकको सल्लाह लिनु पर्दछ ।      घरायसी कामकाजमा मनतातो पानीको प्रयाग गर्नु पर्दछ । जोखिममा रहेका व्यक्तिले पञ्जा लगाई काम गर्नु पर्दछ । चिसोमा औंला सुन्निने समस्या भएकाले तत्कालै तातो हुने खालको हिटरमा हात खुट्टा सेक्ने काम घातक सिद्ध हुनसक्दछ । एकैचोटी तताउनु भन्दा मनतातो पानीमा हातखुट्टा डुबाउने, पुछ्ने र नरम हुने खालका भ्यासलिन वा लोसन दल्नु पर्दछ । यसका साथै न्यायो पार्नका लागि मोजा वा पञ्जा लगाउनु पर्दछ । मर्निङ्ग वाक निस्किने तथा बिहानै स्कुल तथा कलेज धाउनेहरुले हात, मुख, नाक, कान छोपिने गरि हिँड्नु पर्दछ ।      

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्