IMG-LOGO

पोलियोको सन्त्रास

 मंगल, कार्तिक १२, २०८२  – प्रा.डा. सुमनराज ताम्राकार

सन् १९५५ मा पोलियो विरुद्धको खोप बनाउने वैज्ञानिक जोनास एडवार्ड साल्क (१९१४–१९९५) को जन्म तिथिलाई सम्मान दिई रोटरी ईन्टरनेशनलले अक्टोबर २४ को दिन विश्व पोलियो दिवस मनाउने गरिन्छ । यसै परिप्रेक्ष्यमा गत शुक्रबार काभ्रेका रोटरी क्लब, रोट¥याक्टर क्लब र ईन्ट¥याक्टर क्लबहरुको संयुक्त सहभागितामा वनेपामा प्रभातफेरी गरिकन पोलियो दिवस मनाइयो । त्यसो त बिफर उन्मूलन गरेर हौसिएको विश्वले विश्व स्वास्थ्य संगठन, युनिसेफ, रोटरी ईन्टरनेशनल र बिल गेट्स फाउण्डेशन (पछिल्लो समय) को अथक पहलमा सन् १९८८ मै विश्वबाट पोलियो उन्मूलन गर्ने प्रतिबद्धता सहित नियमित खोप तालिका अन्तर्गत तीन मात्रा पोलियो थोपा खुवाउने गरिएको भए पनि नेपाललाई पोलियो मुक्त देश बनाउन थप पोलियो थोपा खुवाउने कार्यक्रम हुँदै आएको छ । त्यसो त विश्वव्यापी तवरमा ९९.९ प्रतिशत पोलियो उन्मूलन भैसकेको छ भने सन् २०२० मा १२५ वटा पोलियो केस र सन् २०२१ को मध्य अक्टोबरसम्मका केवल ६ वटा केस भेटिएका थिए । हालसम्म पाँच महादेशहरु पोलियो उन्मूलन घोषित भैसकेको भएपनि अफगानिस्तान र पाकिस्तानको कारण विश्व पोलियोमुक्त घोषित हुन ढिलो भैरहेको छ । नभन्दै सन् २०२२ को जुलाई ३१ सम्ममा पाकिस्तानमा १४ वटा पोलियोका केसहरु भेटिएको खबर छ । पोलियोमाइलाइटिस पोलियोमाइलाइटिस अर्थात्् आर एन ए खालको भाइरस (विषाणु) ले सामान्यतः मानिसको खाद्य नलीलाई असर गरे पनि थोरै प्रतिशत संक्रमित व्यक्तिको स्नायु प्रणालीलाई असर गरी विभिन्न स्तरको पक्षघात गराउनुका साथै ज्यान लिन सक्छ । पोलियो खोपको आविष्कार तथा प्रचलनपूर्व विश्वको हरेक देशमा हुने गरेको पोलियो रोग सन् १९५४ देखि व्यापक रुपमा पोलियो खुवाउन र यसको सुई लगाउन थालेपछि हाल नियन्त्रणमा आएको हो । उच्चस्तरको सामाजिक आर्थिक अवस्था र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध नभएका देशहरुमा मात्र यसको संक्रमण बाँकी छ । यसरी विकसित देशहरुमा पोलियो रोग विरलै पाइए पनि खोप नलगाउने राष्ट्रका ५ वर्षमुनिका बच्चाहरुमा ५ वर्षका उमेर सम्ममा पोलियो भाइरसको संक्रमणले यो रोग विरुद्ध लड्ने क्षमता प्राकृतिक रुपमै विकसित हुन्छ । नेपालजस्तो खोप कार्यक्रम भएको देशहरुमा खोपको भाइरसले जंगली (संक्रमण प्रकारको) भाइरसलाई विस्थापित गर्दछ । पोलियो भाइरसका ३ प्रजाति छन् । ती मध्ये पहिलो प्रकारको प्रजातिले महामारी पैmलाउँछ । पोलियो भाइरस वाँय वातावरणमा लामो समय बाँच्न सक्दछ । जस्तै चिसो पानीमा ४ महिना र दिसामा ६ महिना बाँच्न सक्दछ । वर्षात् मौसममा बढ्ता पैmलिने पोलियो संक्रमण दूषित खाना, पानीबाट सर्दछ । संक्रमित व्यक्तिको दिसा तथा मुख घाँटीको श्राव (¥याल) मा संक्रामक वस्तु हुन्छ । पोलियो संक्रमणको लक्षण चिन्ह देखा पर्नु १० दिन अगाडि देखि १० दिन पछाडि सम्म बढ्ता संक्रामक अवस्थामा हुन्छ । पोलियो संक्रमणले ६ महिनादेखि ३ वर्षसम्मका बालबालिकाहरुलाई बढ्ता प्रभावित गर्दछ । केटाहरुमा यस्ता संक्रमणको सम्भावना तेब्बर हुन्छ । कुनै ठाउँमा एक जना पोलियो रोगी पत्ता लाग्नुको तात्पर्य त्यो ठाउँमा थप १००० जना बालबालिकाहरु र ७५ जना वयस्क मानिसहरु पनि पोलियोबाट प्रभावित छन् भन्ने कुरा बुझ्नु पर्दछ । पोलियो संक्रमण लाग्न सक्ने व्यक्तिलाई चोट लाग्यो, कुनै शल्यक्रिया ग¥यो वा आलस्य भयो भने पोलियो लाग्ने बढ्ता सम्भावना हुन्छ । गर्भवती आमाबाट प्राप्त हुने पोलियो रोग विरुद्ध लड्न सक्ने क्षमता जन्मेको ६ महिनामा हराएर जान्छ । अतः नवजात शिशु डेढ महिना पुगेदेखि ४–४ हप्ताको अन्तरालमा तीन मात्र पोलियो खोप खुवाउनु पर्दछ । यसको अलावा बेला बेलामा खुवाउने गरेको थप पोलियो मात्रा पनि खुवाउँदै जानु पर्दछ । पोलियो संक्रमण लागे जतिलाई पक्षाघात (प्यारालाइसिस) हुने चाहिँ होइन । पोलियो संक्रमण लागेका करिब ९५ प्रतिशत व्यक्तिहरुमा यसको कुनै लक्षण चिन्ह देखा पर्दैन । यस्ता खाले बिरामीहरुमा ल्याब परीक्षण गर्दा भाइरस पत्ता लाग्ने वा उक्त रोग विरुद्ध लड्न सक्ने क्षमताको वृद्धि भएको पाइन्छ । करिब ४ देखि ८ प्रतिशत संक्रमित व्यक्तिहरुमा सामान्य खालको समस्या देखा पर्दछ । जुन आपैm निको भएर जान्छ । एक प्रतिशत संक्रमित व्यक्तिहरुमा पक्षाघात (प्यारालाइसिस) नहुने खालको पोलियो संक्रमण हुने हुनाले घाँटी (गर्दन) तथा पिठ्यु अररो हुने मात्र हुन्छ । यस्तो खाले संक्रमण मेनिन्जाइटिससँग मिल्दोजुल्दो हुन्छ । तर, एक प्रतिशतभन्दा कम संक्रमित व्यक्तिहरुमा पक्षाघात हुने खालको (गम्भीर प्रकारको) पोलियो संक्रमण हुन्छ । हातखुट्टा लुलो हुने, सुकेर जाने, सुुरुतिर ज्वरो आउने पनि हुन्छ । हात खुट्टा लुलो हुने समस्या बढ्दै जाने तथा लुलोपनासँगै काम छुट्ने, बेहोस हुने समस्या पनि छ भने पोलियो संक्रमण नभई अन्य कुनै संक्रमण हुनसक्छ । अतः यसबारे स्पष्ट हुन चिकित्सकलाई राम्ररी जाँच पड्ताल गराउनु पर्दछ । पोलियो संक्रमणको ठ्याक्कै कुनै उपचार छैन । अतः रोकथामका लागि पोलियो थोपा खुवाउनुपर्दछ । तर पोलियो संक्रमणबाट प्रभावित शरीरको भाग, मांसपेशी तथा जोर्नीलाई बढ्ता असर हुन नदिन वा अपाङ्ग हुनबाट जोगाउन समयमै फिजियोथेरापी (शारीरिक अभ्यास) एवं आवश्यक हेरचाह गर्नुपर्दछ । पोलियो संक्रमण विरुद्धको खुवाउने पोलियो थोपा सन् १९५७ मा पत्ता लागि प्रचलनमा आएको हो । मुखबाट खुवाउने खालको पोलियो थोपाले तीनै प्रजातिको पोलियो भाइरसबाट बचाउँदछ । संक्रामक रोग, गम्भीर प्रकारको ज्वरो तथा झाडापखाला, क्यान्सर लागेका तथा स्टेरोइड औषधि सेवन गरिरहेका बालबालिकाहरुलाई पोलियो थोपा खुवाउनु हुँदैन ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्