– नेपालमा सामान्यतया ४० वर्ष देखि ५५ वर्ष (औसतमा ५० वर्ष) सम्ममा नेपाली महिलाहरुको सुक्ने गरेको छ । महिलाको उमेर घर्केपछि डिम्बाशयमा डिम्ब निख्रिनाले तथा टाउको भित्रको हाइपोथालामस, पिट्युटरी ग्रन्थी देखि पाठेघरको भित्री तहको आ–आफ्नो काममा शिथिलता आउनाले महिनावारी सुक्दछ । डिम्बाशयका क्रियाकलापमा कमी आएर प्रजनन् उमेरको अन्त्यताका स्थायी रुपमा महिनावारी बन्द हुने परिस्थितिलाई रजनोवृत्ति भनिन्छ । रजनोवृत्ति भन्नलाई लगातार कम्तिमा १२ महिनासम्म महिनावारी बन्द भईसकेको हुनुपर्छ । मेडिकल भाषामा महिनावारी सुक्न लागेका अवस्थालाई पेरिमेनोपज, महिनावारी बन्द भएकालाई मेनोपज र सुकेपश्चात्को अवस्थालाई पोस्टमेनोपज भनिन्छ । गर्भको संख्या, स्तनपानको अवधि, पिल्स चक्कीको सेवन, सामाजिक तथा आर्थिक अवस्था, जाति, उचाई, तौलसँग पनि यसको सम्बन्ध छैन । तर पनि पातलो ज्यान भएकी, कडा खालको कुपोषण भएकी तथा धुम्रपान गर्ने महिलामा चाँडै रजनोवृत्ति हुनसक्छ । ४० वर्षमुनिका महिनावारी सुक्नुलाई चाँडै रजनोवृत्ति, ५५ वर्ष पछि महिनावारी सुक्नुलाई ढिलो रजनोवृत्ति भनिन्छ । पाठेघरमा मासु पलाएमा, मधुमेह, कतिपय डिम्बाशयको ट्युमरमा ढिलो रजनोवृत्ति हुन्छ भने पाठेघर निकाल्ने वा अन्य शल्यक्रियाका क्रममा दुवै डिम्बाशय निकालेमा वा विकीरणका कारणले कृत्तिम रुपमा रजनोवृत्ति निम्तिन्छ । विश्वमा अन्यत्र जस्तै नेपाली महिलाहरुको औसत आयुको वृद्धिसँगै रजनोवृत्तिपछि पनि एक तिहाई जीवन बाँकी हुने हुँदा यस अवधिमा लामो समयसम्म इस्ट्रोजेन हर्मोनको अभावमा विभिन्न स्वास्थ्य समस्या उत्पन्न हुन्छ । इस्ट्रोजेन हर्मोनको अभावमा पाठेघरलाई भर दिने मांसपेशी तथा बाक्लो तन्तु पनि खुकुलो हुन गई आङ खस्ने लगायत पिसाब थैली झोलिने, पिसाब राम्ररी ननिख्रने समस्या उत्पन्न हुन बेर लाग्दैन । लक्षण चिन्ह रजनोवृत्ति हुनै लाग्दा वा रजनोवृत्तिपछि डिम्बाशय सुक्छ, चाउरिन्छ । पाठेघर, डिम्बवाहिनी नली, योनीद्वार साँगुरिन्छ । यी अङ्गका लचकपना घट्छ । यसका बाह्य सतह पातलिन्छ । डोडेरलेन नामक व्याक्टेरियाको अभावमा योनीद्वारको क्षारियपना बढ्न गई स्त्री जननेन्द्रियको संक्रमणको खतरा बढ्छ । स्तनमा बोसोको मात्रा घट्न गई आकार सानो हुन्छ । यसकारण स्तन झोलिने हुन्छ । रजनोवृत्ति भएकी महिलाको छाला चाउरिने, चाँडै असर पुग्ने, संक्रमण हुने हुनसक्छ । रजनोवृत्तिपछि हड्डी कमजोर हुने, हड्डी त्यत्तिकै भाँचिने, हृदयाघात हुने, मुटुका रक्तनलीको समस्या हुने, मस्तिष्काघात हुने सम्भावना बढ्छ । सामान्यतया हड्डीको निर्माण तथा क्षय महिलाको उमेर, इन्डोक्राइन क्रियाकलाप, पोषण तथा वंशाणुगतमा भर पर्ने भएपनि रजनोवृत्ति पछिको प्रति वर्ष ३ देखि ५ प्रतिशत हड्डीको मात्रा घट्छ । इस्ट्रोजेनको अभावमा रजनोवृत्तिपछि कोलेस्टेरोलको मात्रा तथा हानीकारक लिपोप्रोटिन बढ्ने, फाइदाजनक लिपोप्रोटिन घट्ने, रक्तनलीको भित्ताको बाक्लोपना बढ्ने, कडा हुने, रक्तनली भित्रै रगत जम्ने समग्रमा मुटु सम्बन्धि समस्या बढन सक्छ । रजनोवृत्ति अगाडि महिनावारी गडबडी हुने वा महिनावारी एक्कासी बन्द हुनसक्छ । यस क्रममा बग्ने रगतको मात्रा कम हँुदै जाने वा अधिक मात्रामा रगत बग्ने वा धेरै समयको फरकमा महिनावारी (अनियमित) हुनसक्छ । रजनोवृत्ति लगत्तै कतिपय महिलालाई बेलुकी गर्मी महशुश हुने, पसिना आउने, निन्द्रा लाग्न गाह्रो हुने, मुटुको ढुकढुकी बढ्ने, नाडी छिटो चल्ने हुनसक्छ भने यौनसम्पर्कका क्रममा बढ्ता पीडा हुने हुनसक्छ । यस्तो महिलामा हाँस्दा, खोक्दा वा गह्रुँगो भारी उठाउँदा पिसाब छुट्ने तथा पिसाब पोल्ने, पटक पटक पिसाब लाग्ने हुनसक्छ । यसका साथै चिन्ता हुने, टाउको दुख्ने, निद्रा नलाग्ने, चिडचिडाहट हुने, उदास हुने हुनसक्छ । बढी उमेर, एशियन तथा गोरा जाति, इस्ट्रोजेनको अभाव, कम शारीरिक तौल, चाँडै रजनोवृत्ति, खानामा क्याल्सियम भिटामिन डीको कमी, क्याफिन तथा धुम्रपान बढी सेवन गर्ने रजनोवृत्ति भएकी महिलामा मुटु तथा रक्तसंचार सम्बन्धि समस्याको जोखिम बढी हुन्छ भने हेपारिन वा कोर्टीकोस्टेरोइड सेवन, थाइरोइड समस्या, पाचन गडबडी भएकीमा हड्डी कमजोर हुन्छ । ल्याब परीक्षण कतिपय महिलामा रजनोवृत्तिका लक्षण चिन्हहरु क्यान्सर लगायतका अन्य गम्भीर स्वास्थ्य समस्यासँग झुक्किन सक्छ । र, थाइरोइड हर्मोनको कमी हुने हाइपोथाईरोईडिज्म यस्तै अर्को गतिलो उदाहरण हुनसक्छ । यसरी रगत जाँच पछि रजनोवृत्ति चरण पुग्न लागेको निर्धक्क भएपछि अन्य अप्रत्याशित स्वास्थ्य समस्या नभएको ढुक्क पनि भईन्छ । महिलामा इस्ट्रोजन, प्रोजेस्टेरोन, टेस्टोस्टेरोन लगायत डीएचईए (म्ज्भ्ब्), थाईरोइड हर्मोनको परीक्षण पश्चात् तपाईंको चिकित्सकलाई पनि तपाईं रजनोवृत्तिको कुन बिन्दुमा हुनुहुन्छ भन्ने थाहा हुन्छ र तपाईंंलाई कस्तो खालको उपचारको जरुरत पर्दछ निर्धारण गर्न सहज हुन्छ । तर हर्मोन परीक्षण सम्बन्धमा एउटा सजकता के छ भने शरीरमा हर्मोनको लेभल अनुसारको रजनोवृत्तिका लक्षणहरु देखापर्नु पर्छ भन्ने बाध्यता भने हुँदैन । ल्याब परीक्षणको क्रममा एफएसएच, एलएच (ँक्ज्,ीज्), इस्ट्रोजन, प्रोजेस्टेरोन र टेस्टोस्टेरोनको मात्रा, सुगरको लेभल, लिपिड प्रोफाइल (समग्रमा विभिन्न थरिका कोलेस्टेरोलको जाँच), मिर्गौला एवं कलेकजोको काम गराईको जाँच (च्भलब िागलअतष्यल तभकत र ीष्खभच ागलअतष्यल तभकत), मुटुको प्रारम्भिक परीक्षणको लागि ईसीजी, स्तनको क्यान्सरको स्क्रिनिङको लागि म्यामोग्राफी, यसैगरी डिम्बाशय एवं पाठेघरको क्यान्सरको स्क्रिनिङको लागि अल्ट्रासाउण्ड र पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङको लागि प्याप स्मियर, कल्पोस्कोपी, भीआईए, एचपीभी टेस्ट, योनीश्रावको जाँच गरिन्छ । उपचारमा सँलग्न चिकित्सकलाई सहज लाग्ने ल्याब परीक्षण नै स्विकार्नुस् किनकि तपाईंको उपचार ल्याबको रिपोर्ट मात्रले नभई तपाईंको समग्र परिस्थिति विचार गरेर चिकित्सकले नै गर्ने हुन् । यदि तपाईं रजनोवृत्तिबाट प्रताडित हुनुहुन्छ र लक्षणहरु नै छन् भने उपचार शुरु गर्नु पूर्व र पछि हर्मोनको लेभल चेक गर्नु राम्रो हुन्छ । वास्तवमा उपचार थाल्नु अगाडि त्यति साह्रो हर्मोनको चेक गराउने गरिँदैन तर हर्मोनको लेभल प्रत्येक दिन (दिनमै पनि धेरै पटक) वा महिनामा तल माथि भैराख्छ भन्ने हेक्का भने हुनुपर्छ । त्यसो भएर नमूना संकलन गर्ने (विशेषतः टेस्टोस्टेरोनको लागि) उपयुक्त समय भनेको बिहानी सखारैको समय हो । महिनाको कुन दिनमा भन्ने कुरा गर्नुहन्छ भने मासिक चक्रको बीसौं देखि तेईसौं दिनमा, जुन बखत प्रोजेस्टेरोन यसको उचाईमा हुन्छ । जीवनशैलीमा ल्याएको परिवर्तनसँगै हर्मोन लेभलमा उल्लेख्य परिवर्तन आउन सक्ने हुनाले फलोअपको बेला पनि हर्मोन जाँच गराउन मनासिब नै हुन्छ । आधुनिक चिकित्सा विज्ञानमा राम्रो कुरा के छ भने हर्मोनको क्षेत्रमा नयाँ नयाँ अनुसन्धान कार्य भैरहेको छ । यसले गर्दा जैविक रुपमा सक्रिय इस्ट्रोजन, प्रोजेस्टेरोन र टेस्टोस्टेरोनको मात्रा मात्र होइन, यसका पाचनपछिका अंशहरु पनि पत्ता लगाउन सक्ने भएको छ । हर्मोनको उचित सन्तुलनले हड्डीको स्वास्थ्य, शरीरमा बोसोको पाचन, रोग प्रतिरोधात्मक क्षमताका साथै स्तन एवं पाठेघर जस्ता हर्माेनमा आधारित आश्रित क्यान्सरमा फाईदा पु¥याउँछ भन्ने कुरा अनुसन्धानबाट प्रमाणित भैसकेको छ । उपचार थालनीसँगै पोषण, व्यायाम लगायतका जीवनशैलीमा परिवर्तन र सम्भावित हर्मोनको थप मात्राका कारण रगतमा हर्मोनको मात्रामा फरकपना आउन थाल्ने हुनाले बेला बेलामा हर्मोनको लेभल जाँच्न राम्रै हुन्छ । यदि तपाईंमा रजनोवृत्तिका लक्षणहरु छन् र हर्मोनथेरापीमै हुनुहुन्छ भने त हर्मोनको परीक्षण झनै आवश्यक हुन्छ । र, हर्मोनसँग अभ्यस्त चिकित्सकको निगरानीमा रहनु बुद्धिमानी हुन्छ । रजनोवृत्ति उमेर पुग्न लागेका तथा भैसकेकी महिलालाई पोसिलो खानाका साथै थप क्याल्सियम, नियमित व्यायाम लगायत भिटामिन डी, बाइफोस्फेट, फ्लोराइड, क्याल्सिटोनिन, थप हर्मोनको जरुरत पर्नसक्छ । यसका साथै यदि उक्त महिलामा उच्च रक्तचाप, धुम्रपान, उच्च कोलेस्टेरोल, मधुमेह छ भने थप उपचारको जरुरत पर्दछ । यसै परिप्रेक्ष्यमा पेरिमोनपज, मेनोपज एवं पोस्टमेनोपज अवस्थाका महिलाहरुको समग्रमा स्वास्थ्य जाँच एवं ल्याब परीक्षण तथा त्यसपछि आवश्यक उपचारका लागि यो हप्ता धुलिखेल अस्पतालमा मेनोपज क्लिनिकको संचालन भैरहेको छ ।
