IMG-LOGO

मिर्गौलामा पत्थरीको समस्या

 मंगल, भदौ २४, २०८२  --

– प्रा.डा. सुमनराज ताम्राकार     शल्यचिकित्सा क्षेत्रमा प्रायसः (कतिपय अवस्थामा आकस्मिक तवरले) गरिने शल्यक्रियाहरुमा एपेन्डिक्स सुन्निएको, आन्द्रा फुटेको र पित्तथैलीमा पत्थरीका लागि हुन् । त्यसपछि मिर्गौलामा पत्थरीको समस्या उल्लेख्य छ । वैज्ञानिकहरुको एक अनुसन्धानमा करिब सात हजार वर्ष पुरानो इजिप्स्यिनमा मिर्गौलाका पत्थरी फेला पारेबाट यस समस्यालाई आधुनिक जीवनशैलीको उपज मान्न सकिँदैन । किनकि यस समस्याले लामो इतिहास बोकेको पाइन्छ ।      चिकित्साको दृष्टिले क्याल्सियम, फोसफेट, अक्जालेट र युरिक एसिड गरी चार प्रकारका पत्थरी हुन्छन् । कुनै पत्थरी अदुवा आकारको हुन्छ जुन मिर्गौलामै टाँसिएर बसेको हुन्छ भने कुनै मास वा चामलको गेडा आकारका हुन्छन् । यी स–साना आकारका पत्थरी चाहिँ पिसाब नली हुँदै पिसाब थैली भई बाहिर आउन सक्छ ।     करिब ५ प्रतिशतमा पत्थरीको समस्या हुन्छ । गर्मी ठाउँमा पानीको अभाव (जलवियोजन) को कारणले तराई तथा मधेशमा मृर्गौलाको पत्थरी समस्या बढ्ता देखिन्छ । पत्थरीका रोगीहरु अलि जटिल अवस्थामा पुगेपछि मात्र जचाउन आउने हुनाले मृर्गौलाको समस्या लिई उपचार गराउन आउने मध्ये करिब १० प्रतिशतमा पत्थरीको समस्या हुने गरेको पाइएको छ । अमेरिकामा भएको एक अध्ययन अनुसार विगत ३० वर्षका अवधिभित्र यस समस्याबाट प्रताडित हुनेहरु दिन प्रतिदिन बढ्दैछन् । त्यसो त महिला भन्दा पुरुष नै यस समस्याबाट बढी पीडित हुने गरेको छ । ४० वर्ष देखि ७० वर्षसम्मका पुरुषहरु यस समस्याबाट बढी पीडित हुन्छन् भने महिलामा भने ५० वर्ष उमेर कटेपछि यस समस्याको जोखिम बढ्छ । कुनै पनि व्यक्तिमा एकपटक पत्थर देखा परेमा अरु संख्या बढ्दै जाने क्रम बढी हुन्छ । के हो मिर्गौला ?     मानव शरीरको कम्मरको दुवै तिर ठूलो सिमी आकारका मिर्गाैलाहरु हुन्छन् । प्रत्येक मिर्गौला करिब १२ ६ ३ सेमीका हुन्छन् भने दायाँतर्पmको मिर्गाैला थोरै तलतिर हुन्छ । २४ घण्टामा मिर्गौलाले करिब १८० लिटर रगत (तरल पदार्थ) मा रहेको विकार वस्तु (हानीकारक र रासायानिक पदार्थ) फिल्टर गरेर फेरि शरीरमा फर्काउँछ । यस प्रक्रियामा करिब डेढ लिटर पिसाबको रुपमा निर्माण हुन्छ । यस हिसाबले ६० देखि ७० मिली पिसाब प्रति घण्टा बन्नु पर्दछ । तर मिर्गौलामा कुनै समस्या उत्पन्न भएको खण्डमा शरीरको विकार वस्तु पिसाबको माध्यमबाट बाहिर फ्याँक्न कम्तिमा ३० मिली पिसाब प्रतिघण्टा बन्नु आवश्यक छ ।     मिर्गौलाले ८५ देखि ९० प्रतिशतसम्म कार्य गर्न छोडेपछि शरीरमा विकारयुक्त रासायानिक वस्तुहरु थुप्रिन्छ । यस्तो प्रतिकूल अवस्थामा मेशिनको सहायताले विकारसँगै अनावश्यक लवण र अतिरिक्त पानी शरीरबाट बाहिर फ्याँक्ने प्रक्रियालाई डायलाइसिस भनिन्छ । यो प्रविधि शहरी क्षेत्रका अस्पतालमा मात्र उपलब्घध छ । शरीरमा विकार वस्तु थुप्रिएको मात्रा र थुप्रिने अवधि हेरिकन पटक पटक डायलाइसिस गराउनु पर्ने हुन्छ । समग्रमा मिर्गौला प्रत्ययारोपण नगरिएसम्म छिटो छिटो डायलाइसिस गराउँदै जानुपर्ने हुन्छ ।     मिर्गौला तथा पिसाब नलीमा हुने पटक पटको संक्रमण, मिर्गौलामा पत्थरी, मिर्गौलामा पानीको फोका (सिस्ट) बन्ने समस्या, मिर्गौलाकै वंशानुगत समस्या तथा मिर्र्गौलाको ट्युमर (क्यान्सर) ले पनि मिर्गाैलाको खराबी हुने भएपनि मिर्गाैला भित्रको नेफ्रोनको सुजन, मधुमेह, तथा उच्च रक्तचापका कारणले चाहीँ मिर्गौलाको समस्या बढ्ता देखा पर्दछ ।      नेपालमा करिब २७ लाख नेपालीमा मिर्गौला सम्बन्धी समस्या भएको, त्यसमध्ये २७ हजारमा अति गम्भीर खालको समस्या रहेको र वर्षेनी २७ सय जनाको मिर्गौलाले पूर्ण रुपमा काम गर्न छोडेको कुरा प्रकाशमा आएको छ । पत्थरी कसरी हुन्छ ?     मिर्गौलामा पत्थरी हुनुमा विभिन्न कारणहरु हुन सक्छन् । तुलनात्मक रुपमा यसबाट प्रभावित बिरामीहरुका लागि गर्मीको समय अभैm बढी घातक सिद्ध हुने तथ्य अमेरिकामा भएको एक अनुसन्धानबाट थाहा भएको छ । अत्याधिक गर्मीको समयमा शरीरबाट पसिनाको रुपमा पानी बाहिर जाने र सोही अनुपातमा पानी नपिउनाले शरीरमा पानीको मात्रा कम हुन गई जिउ सुख्खा हुन जान्छ । यसले गर्दा पिसाबमा भएका विभिन्न तत्वहरुको घनत्व (कन्सेन्ट्रेसन) लाई पनि बढाउँछ । त्यसपछि ती तत्वहरु एक आपसमा मिलेर ढिक्का बनी पत्थरीको रुप लिने अमेरिकन फाउण्डेशन फर युरोलोजिक डिजिज विभागले जनाएको छ । उक्त संस्थाका अनुसार घर बाहिर चर्को घाममा काम गर्ने र पानीको साथै अन्य तरल पदार्थ नपिउने व्यक्तिहरुलाई यो समस्या लाग्ने बढी सम्भावना हुन्छ ।      बढी जसो पत्थरी क्याल्सियम अक्जालेट खालको हुन्छ । उच्च सोडियमयुक्त खाना र पानीको कमीले यस्तो पत्थरीको सम्भावना बढाउँछ । विशेषतः पिसाबमा हुने पोटासियम, म्याग्नेसियम, भिटामिन सी र बी ६ ले पत्थरी हुन दिँदैन । कतिपय व्यक्तिमा यसको अभावमा पनि पत्थरीको समस्या हुन्छ । शरीरमा पानीको मात्रा कम हुनु मात्रै मिर्गौलाको पत्थरीको कारण चाहिँ पटक्कै होइन । यस बाहेक पिसाब नली थुनिनु वा अन्य केही संक्रमण हुनु, हप्तौंसम्म पनि आराम तरिकाले एकै ठाउँमा बसिरहनु, खानामा क्याल्सियम, अक्जालेट, युरिक एसिड, भिटामिन डीको मात्रामा बढी हुनु, केही औषधिको गलत प्रयोग र अन्य विभिन्न रोगका कारणले पनि पत्थरीको समस्या हुनसक्छ । अमिलो रसयुक्त फल वा पेयले पत्थरीको समस्या घटाएपनि भिटामिन सी चक्कीको रुपमा बढी लिँदा पत्थरीको समस्या हुनसक्छ ।  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्