IMG-LOGO

के हो एपेण्डिसाईटिस ?

 मंगल, भदौ १०, २०८२  – प्रा.डा. सुमनराज ताम्राकार

     परापूर्वकालमा हाम्रा पुर्खा जंगली अवस्थामा थिए । त्यहाँ जे भेटियो त्यहि खानुपर्ने बाध्यता थियो । धेरैजसो वनस्पतीजन्य खानेकुरा खानुपर्ने बाध्यता थियो । त्यसैले त्यो बेलामा शरीरको लागि आवश्यक एपेण्डिक्स समयक्रमसँगै अहिले मानव शरीरको लागि बेकामको भएको छ । कहिलेकाहीँ यस्तो काम नलाग्ने अङ्ग पनि सुन्निएर अनावश्यक दुख झेल्नुपर्ने हुन्छ । शाकाहारी जनावरमा एपेण्डिक्सको उपयोगिता अभैm भएबाट माथिको भनाईमा सत्यता पाईन्छ । उदाहरणको लागि कोयला भालुले मासु खाँदैन र आप्mनो जिविकोपार्जनको लागि वनस्पतिमै निर्भर छ । तिनीहरुमा खाना पचाउन एपेण्डिक्सले महत्वपूर्ण काम गरिरहेको हुन्छ ।      भित्री पेटमा सानो आन्द्रा अन्त्य भई ठूलो आन्द्रा शुरु हुनासाथै तुङरुङ गोलो जुका जस्तै र त्यतिकै आकारमा झुण्डिरहेको हुन्छ यो एपेण्डिक्स भन्ने अङ्ग । एपेण्डिक्सको एउटा मुख खुलेको हुन्छ भने अर्को तर्पm टालिएको हुन्छ । यो करीब साँढे तीन ईन्च लामो हुन्छ । एपेण्डिक्सको भित्री दुलोमा कुनै कारणवश अवरोध खडा भयो वा थुन्नियो भने त्यसमा संक्रमण हुन गई सुन्निन्छ । जसलाई मेडिकल भाषामा एपेण्डिसाईटिस भनिन्छ । तर यही समस्यालाई जनजिब्रोमा एपेण्डिक्स भयो, एपेण्डिक्स भयो भनिन्छ, गाडीको रेडियटरलाई रेडोवाटर भने गलत उच्चारण गरेभैंm ।      एपेण्डिक्समा चोट लाग्यो, पेटमा जुका प¥यो, लिम्फ ग्लेण्ड सुन्नियो वा दिसा साह्रो भई यसको एक टुक्रा एपेण्डिक्सको प्वालमा अड्कियो भने एपेण्डिसाईटिस हुनसक्छ । दिनदिनै दिसा नगर्ने तथा रेशादारयुक्त खानेकुरा नखाने मानिसहरुमा एपेण्डिसाईटिस हुने प्रबल सम्भावना हुन्छ । त्यसैले चाउचाउ, बिस्कुट तथा पाउरोटी भन्दा सुन्तला, स्याउ, सागपात बढी से बढी खानु एपेण्डिक्सको लागि स्वस्थ्यकर हुन्छ ।      प्रायसः १० देखि ३० वर्षकालाई हुने यो एपेण्डिसाईटिसको समस्या २ वर्ष मुनिकालाई विरलै देखिएको छ । एपेण्डिसाईटिस एक प्रकारको मेडिकल ईमर्जेन्सी हो । समयमा उपयुक्त उपचार तर्पm लागेन भने एपेण्डिक्स फुटेर पेटमा पैmलिएर र बेहोश भएर (रक्तचाप कम, नाडी छिटो, चिटचिट पसिना आउने, हातखुट्टा चिसो हुने, ओठमुख सुक्ने आदि) प्राणपखेरु उड्न बेर लाग्दैन । एपेण्डिसाईटिस नै एउटा यस्तो बढी से बढी गरिने शल्यक्रिया हो, जोसुकै सर्जन बन्ने डाक्टरले हात बसाल्ने नै यही अपरेशन गर्दागर्दै हो । उदाहरणको लागि कुनैपनि सिकारु नेपाली चित्रकारले माछापुच्छ्रेको चित्र बनाए जस्तै ।      कारण जे भएपनि नाईटो वरिपरिबाट पेट दुख्न शुरु भई तल्लो पेटको दायाँ भाग तिर सर्नु चाहीँ एपेण्डिसाईटिस शंका गर्ने एक मात्र लक्षण हो । यसको अलावा हल्का ज्वरो आउने, खान मन नलाग्ने, वाकवाकी लाग्ने, बान्ता हुने एपेण्डिसाईटिसका अन्य लक्षणचिन्हहरु हुन् । रगत जाँच्यो भने श्वेत रक्तकण र यसमा भएको न्यूट्रोफिल तथा सीआरपी भन्ने पदार्थ बढेको हुन्छ । कहिलेकाहीँ पिसाबको संक्रमणसँग झुक्किन सक्ने हुनाले पिसाबको जाँच गराउनु पर्दछ । अल्ट्रासाउण्ड अर्थात् भिडियो एक्सरेबाट एपेण्डिसाईटिसको समस्याको निदान हुन्छ । करीब १५ प्रतिशतमा भने एपेण्डिक्स ठूलो आन्द्रा पछाडि लुकेर बसेको कारणले वा आन्द्रामा अचाक्ली दिसा वा ग्याँस भरिनाले एपेण्डिसाईटिसको शुरुको अवस्था मिस हुन सक्छ ।      आन्द्रा सम्बन्धि संक्रमण, डाईभर्टिकुलाइटिस, क्रोन्स डिजिज, अल्सरेटिभ कोलाईटिस, प्यान्क्रियाटाइटिस, तल्लो निमोनिया, बाह्य पेटको मासुमा रगत जम्दा, आमाशय वा भित्री पेटको कुनैपनि अङ्ग च्यातिँदा तथा महिलाहरुमा भए अण्डाशय बटारिँदा, डिम्ववाहिनी नलीमा गर्भ रहँदा, ईन्डोमेट्रिओसिसको समस्या हुँदा, स्त्री जननेन्द्रियको संक्रमण हुँदा एपेण्डिसाईटिससँग झुक्किन सक्छ ।      यो समस्याबाट ज्यान पनि जान सक्ने हुनाले रोग निदान नभएसम्म बुस्कोपान, आयोस्पान लगायतका दुख्न कम हुने औषधि खानु हुँदैन । बरु भिडियो एक्सरे र ईमर्जेन्सी शल्यक्रियाको सुविधा भएको अस्पताल वा स्वास्थ्य संस्थामा तुरुन्तै जानु पर्दछ । एपेण्डिसाईटिसको शल्यक्रिया रोगीको अवस्था हेरेर घाउ बनाएर वा प्वाल पारेर (ल्याप्रोस्कोपी विधिबाट) गर्न सकिन्छ । केही दिनको आराम पछि घर जान सकिन्छ । अचेल एपेन्डिक्स निकाल्ने शल्यक्रिया ल्याप्रोस्कोपी प्रविधीबाट नै सरल र सहज तरिकाले गरिन्छ ।      यदि ढिलो हुँदै गयो भने एपेण्डिक्सको डल्लो बन्न सक्छ । यस्तो जटिल परिस्थितिमा औषधि खाएर मात्र निको गर्नुपर्ने बाध्यता हुन्छ । यस्तो अवस्थामा समय लाग्नुको साथै एपेण्डिक्स नै फुट्ने डर पनि हुन्छ । औषधि खाएर समस्या कम भएको करीब ३ महिना पछि एपेण्डिक्स निकाल्ने शल्यक्रिया गराउनु पर्दछ । किनकि अपरेशन गराएन भने फेरि फेरि एपेण्डिक्स सुन्निएर दुख्ने समस्या हुन्छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्