राष्ट्र र राष्ट्रियताबारेमा विभिन्नकालमा विभिन्न किसिमका बिचार आए । ती बिचारमाथि बहस पनि भए । नेपालमा नेपालीले आफ्नो राष्ट्रबारेमा कुनै दुविधा हुनुपर्ने कुनै कारण नै छैन तर देशभक्ति र राष्ट्रियता बारेमा कुन ब्यक्ति र कुन पार्टीले हाम्रो देशलाई गद्दारी गर्यो त्यो भने इतिहासले हिसाबकिताब गरिरहेको छ । को राष्ट्रवादी को राष्ट्रघाती त्यो पनि इतिहासको कठघरामा छ । नेपाली कांग्रेस र कम्युनिस्टका बारेमा जनता पुरा जानकार छन् तर रास्वपाको बारेमा जनतालाई बुझाउन आवश्यक छ । रास्वपाको इतिहास लामो छैन । सो पार्टीका सभापति रवि लामिछाने को हुन ? कस्ता कस्ता ब्यक्तिहरु रास्वपामा आवद्ध छन् र रास्वपाको सिद्धान्त के हो ? यो बारेमा धेरैमा जानकारी पक्कै हुनुपर्छ । जानकारी नभए तितो सत्य यो हो कि – यो पार्टीको गठन नै कुनै सिद्धान्तमाथि टेकेर भएको होइन । तितो सत्य लेख्नुपर्दा – निर्वाचनलाई मुख्य राजनीति ठान्ने यसले लोकतान्त्रिक मुल्य मान्यता र देशभक्तिको कुरा भन्दा पनि इतिहास भएका पार्टीहरुलाइ सत्तो रराप गरेर जन्मिएको पार्टी हो । यस पार्टीमा आवद्ध जति पनि नेता र कार्यकर्ता हिजो कांग्रेस र कम्युनिस्ट पार्टीमा आवद्ध थिए । नेपाली कांग्रेस र कम्युनिस्ट पार्टी भित्र अवसर नपाएका र ति पार्टी भित्र कार्वाही गरेर निस्कासन गरिएका र असन्तुष्ट नेता, अवसर छोप्न आएका नेता कार्यकर्ता नै राष्ट्रिय स्वतन्त्र पार्टी भनेर हिडेका नेपाली नागरिक हुन । अब तिनीहरु भित्र कत्तिको राष्ट्रिय भाव छ ? ३५ बर्षमा देशमा केही भएन भन्ने भाष्य खडा गर्ने । फेसबुक लगायतका सामाजिक संजालमा विमत बिचारप्रति अशिष्ट भाषामा प्रतिक्रिया व्यक्त गर्ने । आफ्नो पार्टीप्रति आएका प्रतिपक्षी आवाजलाई सुन्दै नसुन्ने र तथाकथित आलोचना रमाइलो मान्ने पार्टी नै रास्वपा हो । यो पार्टीमा लागेका हाम्रा दाजुभाइ दिदीबहिनीहरुलाई हाम्रो सुझाव छ गाली महात्मये छोड्नुस । राम्रो आचरण व्यबहार जनतामा गर्नुस् र राष्ट्र राष्ट्रियता र भावी दिशा प्रति गम्भीर हुनुहोस् न कि बालेन सरकारको दोश्रो वरिष्ठतम् मन्त्री स्वर्णिम वाग्लेले भारत पुगेर भारतको गुलामी गर्दै भनेछन् कि भारत बिरोधि बिचार राष्ट्रियता होइन । मन्त्री वाग्ले जि मोदी र मोदी सरकारका मन्त्रीहरुलाई सोध्नुस् कि नेपालले के अपराध गरेको थियो र इतिहासमा भारतले पटकपटक नाकाबन्दी गर्छ । किन ? के चाहेको भारतले ? हामी बिरोधि होइनौं तर हाम्रो राष्ट्रियतामा गम्भीर असर पु¥याउने हाम्रा शत्रु हुन ।
