IMG-LOGO

असफल देउवाको तृष्णा

 मंगल, असोज २०, २०८३  -

    नेपाली कांग्रेसको १४ महाधिवेशनमा शेरबहादुर देउवा सफल थिए । महामन्त्रीका रूपमा गगन थापा र विश्वप्रकाश दुई युवा नेता निर्वाचित भएपछि देउवाले युवा आवाज मात्रै कुलिचएनन् आफूभन्दा दोश्रो दल एमालेसँग सत्ता सहकार्य गरे । त्यो पनि उधारो प्रधानमन्त्री पाउनका लागि । पाँचपल्ट प्रधानमन्त्री भइसकेका देउवाको प्रधानमन्त्री पदको लोभकै कारण आफ्नो पार्टीको सधैंको प्रतिपक्षी नेकपा एमालेसँग त्यसमा पनि केपी ओली जस्तो चतुर नेतासँग मिल्नु गम्भीर भुल थियो ।     राजनीति अत्यन्तै निर्मम हुन्छ । समयलाई चिन्न नसके यो जिन्दगीलाई कहाँ पु¥याउने हो थाहा हुँदैन । त्यस्तै हालतमा पुगेका छन् देउवा । उनले राजनीति त गरे तर समय अनुसार चल्न सकेनन् । जीवनको उत्तरार्धमा देउवा असफल मात्रै भएनन् अपमानित नै हुनुप¥यो । यो सबै कारणको प्रधानमन्त्री पदको लोभ । पाँच पटक पदमा पुगेर पनि जनताले सम्झनामा रहने एउटा काम गर्न नसकेका देउवा प्रधानमन्त्री हुन कै लागि नेपाली कांग्रेस पार्टीलाई भुत्ते पार्टी बनाए जसका कारण जनतामा तीन दलका शीर्ष नेताप्रति चरम घृणा भयो । तीन दलका तीन नेताको मात्रै एकलौटी कुर्सी जस्तो त्यो प्रधानमन्त्री पदको म्युजिकल चियर को लोभी आँखाले लोभ गर्दागर्दै गत सालको भदौ २३ र २४ गते जेन्जी विद्रोह भयो । विद्रोह पछि २४ गते देउवा घरमा आगो मात्रै लगाइएन देउवा दम्पती माथि हातपात भयो । मुस्किलले जोगाएर सेनाले सैनिक अस्पतालमा उपचार गराउन प¥यो । नेपामा केही समय उपचारपछि देउवा सिङ्गापुर र हङकङमा उपचार गराएर छ महिना पछि स्वदेश फर्किए । त्यस बीचमा नेपालमा धेरै परिवर्तन भएको छ देउवाले यही कुरा बुझेनन् ।     यदि देउवाले समाय चिनेको भए एमालेसँग मिल्दा पनि पहिलो दलको हिसाबले आफैं प्रधानमन्त्री बन्नुपर्ने थियो । केपी ओलीले गरेका कुशासनको भार नेपाली कांग्रेसले बोक्नु पर्ने थिएन र देउवा प्रधानमन्त्री भएको भए जेन्जी विद्रोह पनि हुने थिएन । त्यसैले देउवा सफल नेता होइनन् । देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिए पछि राजनीतिबाट विश्राम लिएर अभिभावकीय भूमिका लिनुपर्ने थियोे त्यो कारणले पनि यो उमेरमा देउवा अपमानित हुनु हो । नेपाली राजनीतिमा दुर्भाग्य नै नेताहरूको प्रधानमन्त्री पदको तृष्णा हो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्