IMG-LOGO

जहाँ जतिबेला पनि मनलाग्दी

 मंगल, असोज १३, २०८३  -

    पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर राणालाई शनिबार मध्यराति पक्राउ गरी आइतबार छोडिएको छ । यो घटनाको पछाडि देशमा के के हुँदैछ भन्ने चौतर्फी दृष्टिकोणले फरक फरक धारणा आएका छन् । आखिर पूर्व प्रन्या चोलेन्द्र किन पक्राउ परे त्यसबारेमा एकिन जानकारी बाहिर आएको छैन । त्यो रहस्य भनेको घटनाबारे न त सरकारले दिन्छ न पक्राउ पर्ने पूर्व प्रन्या चोलेन्द्रले नै खोल्छन् । यो घटनाबाट स्पष्ट हुन्छ कि देशमा भित्र भित्र ठूलो आँधी आउँदै छ । त्यही आँधीको संकेत हो । सरकार र गृह मन्त्रालय जहाँ जतिबेला पनि मनलाग्दी गर्न सक्छ भन्ने उदाहरण हो चोलेन्द्र प्रकरण । २०४६ साल देखिको प्रजातान्त्रिक अभ्यासमा हाम्रो न्यायलयले न्याय नदिएको पक्कै हो । जो अपराधी हुन्, जो भ्रष्टाचारी हुन्, जो ब्यभिचारी हुन् तिनीहरूलाई छुट दिने न्यायाधीश र हाम्रो न्यायलय कति स्वच्छ र निष्पक्ष भयो त ?     अदालतमा सेटिङ्ग हुने न्यायमा घुस चल्ने भएपछि कसरी फैसला दुधको दुध पानीको पानी हुन्छ त ? न्याय नभएकोले नै अन्याय भएको हो । अन्याय भएकोले नै विद्रोह भएको हो । विद्रोहलाई उचित सम्बोधन गर्न नसक्दा देशमा अस्थिर सरकार बनेका हुन् । राजनीतिमा अपराधिकरण भएकोले नै देशमा भएका विकासका काम नदेखिएकोले ३५ वर्षको भाष्य खडा भएको हो । त्यही भाष्यले अल्गोरिदमले लगाएर इतिहास भएका पुराना दललाई पाखा लगाएर विदेशीले नाङ्गो नाच गरेको हो ।      देशमा दुई तिहाइको घण्टी सरकार भए पनि चोलेन्द्र प्रकरणले स्पस्ट संकेत गरेको छ कि मुलुकमा यो सरकार पाँच बर्ष शासन गर्न असक्षम सावित हुँदैछ । फेरि देश अध्यारो सुरुङ्ग भित्र पस्दैछ । मुलुकले यो नियति भोग्नुको कारण हाम्रो व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाले स्वतन्त्रता पूर्वक काम गर्न नपाएकोले हो । कार्यपालिका अर्थात सत्तामा पुगेका दल र व्यक्तिबाट हस्तक्षेप हुँदाको परिणाम हामी आज भोग्दैछौ । मुहान धमिलो भए पछि साङ्लो पानीको आशा गर्नु मूर्खता हो । सधैं अस्थिर हुने राजनीति र सरकारबाट स्थिर, सुशासन विकास र समृद्धिको आशा गर्नु बेकार हो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्