लामो इतिहास बोकेको पार्टी नेपाली कांग्रेसको वडा इकाई देखि गाउँ नगर क्षेत्र प्रदेशको अधिवेशन हुँदैछन् । नेपाली कांग्रेसको विधानले चल्छ । केन्द्रमा पुग्न वडा देखि नै जित्नुपर्छ । कम्युनिष्टमा जस्तो टप्पक टिपेर माथि लैजाने राजनीति कांग्रेसमा हुँदैन । जेन्जी विद्रोहपछि नेपाली कांग्रेसमा धेरै ठूलो विवाद आयो । गगन थापा र विश्वप्रकाश शर्माहरु विशेष–महाधिवेशन गरेर नेपाली कांग्रेसको आधिकारिकता नै आफ्नो बनाए भने शेरबहादुर देउवा पुर्णबहादुर खड्का शेखर कोइराला र बिमलेन्द्र निधि प्रकाशमानसिंहहरु विपक्षीमा रहे । यो दुई धु्रवको लडाइँ अदालतमा पुग्यो अदालतले पनि गगनको नेतृत्वलाई आधिकारिक मान्यो । यो अधिवेशनसम्म आइपुग्दा पनि कांग्रेस विभाजित छ । अर्थात अब नेपाली कांग्रेसको विभाजन भएको छ । बुढाखाडालाई अत्यन्तै सकस छ । करिब ८० प्रतिशत कांग्रेस गगन थापा तर्फ उभिए पछि त्यो विभाजनले नेपाली कांग्रेसलाई खासै फरक पार्दैन तर स्थानीय देखि प्रदेश केन्द्रको निर्वाचनमा कांग्रेसलाई जिताउन भन्दा हराउँन सक्छ । त्यसैले कांग्रेसको हितको लागि कांग्रेसहरु एक भएको राम्रो हो ।
