IMG-LOGO

प्रधानमन्त्री घेराबन्दीमा

 मंगल, सावन २६, २०८३  -

    प्रधानमन्त्री बानेन्द्र साह उर्फ बालेन चौतर्फी घेराबन्दीमा परेका छन् । जेन्जी बिद्रोह पछि लोकप्रियताको शिखरमा रहेका बालेनको लोकप्रियताको ग्राफ तल झर्न शुरूवात भएको छ । अत्यन्तै ब्यक्तिवादी बालेन साह, काठमाडौं महानगर पालिकाको मेयर हुँदा पुराना दल प्रति नकारात्मक टिप्पणी खासगरि केपी ओली माथि फेसबुकमा गरेकै कारण चर्चामा आए । उनी शुरूवातमा ¥याप गीत गाउँथे । उनका हजारमा होइन लाखौंमा फ्यान फलोअर्स छन् ।      राजनीति फ्यान फ्लोअर्सले चल्दैन । इतिहास भूगोल र दर्शनशस्त्रको ज्ञान हुनुपर्छ । नेपालको एकीकरण अगाडि पछाडिको जानकारी राख्नु पर्छ । भिम मल्ल देखि भीमसेन थापा, जङ्गबहादुर राणा उनीहरूको शासन देखि नेपालमा प्रजातन्त्रको स्थापना र पञ्चायती व्यवस्था देखि मरिचमानसिंह सम्म जान्नु पर्छ । पटकपटकका आन्दोलन र विद्रोह तत्कालीन प्रधानमन्त्री देखि गिरिजाप्रसाद देखि ओलीसम्मका शासन काल हेरेर पाइला चाले मात्रै प्रधानमन्त्रीमा सफलता पाउन सकिन्छ । कर्मचारीतन्त्र, कुटनैतिक नियोगलाई हात लिनुपर्छ तर बालेन साह दिनभर सल्लाहकारसङ्ग मिटिङ्ग गर्ने राति सर्को तानेर सुत्ने गरेका कारण उनले कसरी शासन गर्ने भेउ नै पाएनन् । आफ्नै २७ सदस्यीय सल्लाहकार समितिबाट घेरिएका प्रम बालेन कुहीरोमा हराएको काग जस्तै भएका छन् ।       राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार भएता पनि सो पार्टीका अध्यक्ष रवि लामिछाने प्रधानमन्त्री बालेनको कार्यशैली र व्यवहारले वाक्कदिक्क भएका छन् । रबिलाई यि सबै थाहा भएर पनि केही गर्न सकेका छैनन् । बालेनको वरिपरिको घेरा तोड्न रबिलाई फलामको च्युरा खान भन्दा गाह्रो भएको छ । सत्तामा पुगेपछि के के न गर्छु भन्ने उता बालेन पनि धरापमा छन् । बिचौलियाको पर्खालले सखाप हुने भए रवि बालेन दुबै । रबिका मान्छे अलि बुध्दिमान छन जस्तो लाग्छ । तर ती सबैलाई बालेनको समूहले दुश्मन भनेर कान भरिसके । बालेनले घेरा तोड्न सकेनन र उनी घेराबन्दीमा परेका हुन । पाँच वर्ष सरकार चलाउन जनमत पाएको यो सरकार असफल हुनु हुँदैन । नेपाली जनतालाई स्थिरता र शान्ति चाहिएको छ बरु बिकास ढिलो होस यो पार्टीको सरकार पुरा अवधि नचल्ने हो भने नेपाल असफल राष्ट्र बन्छ । नेपाललाई असफल राष्ट्र बनाउन हुन्न । बालेन आफ्नो घेरा तोडेर रवि लामिछानेसंग मिल्नुको विकल्प छैन । 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्