IMG-LOGO

फुटको डिलमा नेपाली कांग्रेस

 मंगल, सावन १९, २०८३  -

    नेपाली कांग्रेस बिभाजनको डिलमा पुगेको छ । बिपि कोइरालाको पुत्र शशांक कोइरालाका नाममा बुढा कांग्रेसहरु बैतर्नी तर्न खोज्दै छन् । नेपाली राजनीतिमा नेपाली कांग्रेस फुट्नु शुभ संकेत होइन । नेपालको लोकतान्त्रिक आन्दोलनमा सधैं नेतृत्वदायी र निर्णायक भूमिका भएको ऐतिहासिक पार्टी पुरातात्विक बन्ने अवस्थामा पुग्नुको जिम्मेवार नै ८४ लाग्न लागेका शेरबहादुर देउवा हुन् । राजनीतिमा देउवा सधैं विवादास्पद रहे । कम्युनिष्टका प्रथम प्रधानमन्त्री मनमोहन अधिकारीलाई अविश्वास प्रस्तावबाट हटाएर प्रधानमन्त्री बनेका देउवाको पहिलो कार्यकालमा पजेरो सस्कृती भित्राएर र शुरा सुन्दरी काण्ड भयो । दोश्रो पल्ट देशमा संकटकाल लगाएर माओवादीहरुको टाउकाको मूल्य तोक्ने काम भयो । राजाबाट असक्षम प्रधानमन्त्री भएको दाग लाग्यो । फेरि राजाबाट पुनस्र्थापित भएपछि राजालाई बढी बिश्वास र बफादार बन्दा २०६१ माघ १९ को दुर्घटनाले मुलुकमा शाही शासन आयो ।      मुलुकमा गणतन्त्र स्थापना पछि चौथो र पाँचौ पल्टको कार्यकाल मात्रै राम्रो भएको देउवाले केपी ओलीलाई बिश्वास गरेर छैटौं कार्यकालको प्रधानमन्त्री पद आशा गर्दा जेन्जी आन्दोलनमा नराम्रोसँग कुटाइ मात्रै होईन घर जल्यो पैसा खरानी भए । आफ्नो स्वास्थ्य उपचारका नाममा विदेशमा रहेका देउवा बिशेष महाधिवेशनको बदला लिन सभापति गगन थापाका विरुद्ध बिपी पुत्र संशाक कोइराला प्रयोग गरेर कांग्रेस फुटाउने खेलमा छन् । देउवा कै आशिर्वादले पुर्णबहादुर खड्का र कृष्ण सिटौलाहरु बिपी गणेशमान सिंह पुत्र प्रकाशमानसिंह महेन्द्रनारायण सिंह पुत्र बिमलेन्द्र प्रयोग गरेर राष्ट्रिय कांग्रेस घोषणा गर्न लागेका हुन् ।      अहिले नेपाली कांग्रेसमा चार गुट छ । पहिलो र शक्तिशाली समुह बिशेष महाधिवेशन पक्षधर गगन र विश्वप्रकाशहरु दोश्रो विपक्षी देउवा समुह जो नयाँ पार्टी खोल्न तम्सिएका छन् । तेस्रो शेखर कोइराला र चौथो राजतन्त्र हिन्दुराज्य स्थापना गर्न कस्सिएका शंकर भण्डारीहरु । कांग्रेस एक हुन छोडेर अनेक टुक्रामा बिभाजन हुनु लोकतान्त्रिक आन्दोलनमा नराम्रो संकेत हुनु हो । राष्ट्रियता कमजोर भएको यो अवस्थामा कांग्रेस फुट्न हुँदैन । एक हुन जुट्नु र आगामी स्थानिय निर्वाचनलाई ध्यान दिएर अघि बढ्दा बेस हुन्छ । शशांक कोइरालाको नेतृत्वमा कांग्रेस फुटाएर नेपाली कांग्रेस बलियो बनाउछु भन्नु बिपि कोइराला प्रतिको अपमान हो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्