गगन थापाले रास्वपाको महाधिवेशनमा गएर राजनीतिक संस्कार देखाएका मात्रै छैनन् । उनको भाषणको राजनीतिक बृतमा धेरै तरङ्ग ल्याइदिएको छ । गगन थापा नेपाली कांग्रेसका सभापति मात्रै होइनन् । उनी राजनीतिक चेत भएका अब्बल नेता हुन् । यो कुराको पुष्टि उनी राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा सहभागी हुनुले स्पष्ट पारिदिएको छ । सत्तारुढ पार्टीको महाधिवेशन त्यसमा पनि पहिलो महाधिवेशन भएर पनि राजनीतिक विश्लेषकहरु कसैले पनि त्यति महत्व दिएका थिएनन् । जब गगन महाधिवेशनमा सहभागी हुने कुरा एकाएक बाहिरियो राजनीतिक व्यक्तिहरु कान ठाडो पारेर बसे उनले के बोल्छन्, भन्दै उत्सुक्तापूर्वक प्रतीक्षा गरिरहे । गगनका दिन नेपाली कांग्रेसमा आउँदै थिए, तर प्रधानमन्त्री बन्ने हतारोले उनको योजना समयानुकूल भएनन् । नेपाली कांग्रेस पार्टी पनि एक भएन तर हिजोको अवस्थाले नेपाली राजनीति चल्दैन, भन्ने कुरा गगनलाई राम्रोगरी थाहा छ । रवि र गगन मिले बध्याकरण भएका कम्युनिष्ट झन् सकिने छन् । नेपाली कम्युनिष्ट प्रतिको मोह घट्नुको कारण स्वंयम कम्युनिष्ट नेताहरू हुन् । गगन र रवि छुट्टाछुट्टै पार्टी भए पनि दुबैले देशलाई केन्द्र बिन्दु बनाएर गए, भने रवि र गगनको दिन आउँदा दिन हुन सक्छन् । नेपाली कांग्रेस कहिल्यै पनि नसकिने दुबो जस्तैः पार्टी हो । यो पार्टीलाई राजा महेन्द्रले सक्न खोजे तर सकेनन् । पञ्चायतले सक्न खोज्यो कसैगरी सकेन । माओवादीले छानीछानी कांग्रेसलाई आक्रमण ग¥यो उल्टै गिरिजाप्रसाद कोइरालाले माओवादीलाई वार्ता गर्दै शान्ति प्रक्रियामा ल्याए । आज रास्वपाले बाख्रे गगन भनेर जति भने पनि उनले राजनीतिक सन्देश मात्रै दिएनन् कि पुरै इतिहासको स्मरण गर्न र जिम्मेवार बन्न रास्वपालाई आग्रह गरे । राजनीतिक संस्कार बसाउन महाधिवेशनमा जानु उनको राजनीतिक बढपन थियो नै रास्वपा भित्र के हुन्छ भन्ने कुराको मतलब नराखी गगनले महाधिवेशनमा बोलेका कुराप्रति पुरा देशभरका सचेत नागरिक गम्भीर बनेको संकेत राजनीतिक विश्लेषकले गरिरहेका छन् ।
