IMG-LOGO

प्रधानमन्त्री जिस्कने कुरा गर्छन्

 मंगल, असार २, २०८३  -

‘हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन । दुःख त्यो दिन मान्नु, जुन दिन म जिस्किन छोड्छु ।’     आइतबार प्रधानमन्त्री बालेन साहले उत्त स्टाटस फेसबुकमा लेखे । लाइक कमेन्ट लाखौंले गरे । हाम्रा प्रधानमन्त्री कतै भाषणमा बोल्दैनन् । उनी काम गर्छन् रे । के काम गर्छन् त्यो पनि जनतालाई थाहा छैन । बिदाका दिन जिस्कन्छन् रे । होला जिस्कने चीज खाँदा हुन् त जिस्कन मन लाग्छ । संसारमा मादकताले मान्छेलाई उफार्छ । त्यो मादकता यौनको हुन्छ , रक्सीको हुन्छ कि अर्को शक्तिको हुन्छ । बालेन साह नेपालका प्रधानमन्त्री हुन्, सुधन गुरुङ गृहमन्त्री हुन्, भने सुमित काफ्ले भौतिक पुर्वाधार मन्त्री हुन् । तीन जना देश बनाउने टोली भनेर फेसबुकमा फोटो पोस्ट गरेका छन् । उनीहरुको कालो चस्माले आँखा ढाकिएको छ र सायद बिदामा बिदा मनाउदै जिस्किए होलान् ।      हो नि बालेन साह जिस्किएको जहिल्यै देखिएको हो । जेन्जी सहिदको शवयात्राको दिनः– लभ यु हर्क भनेर जिस्किए । भारतीय फौजले सुस्तामा ज्यादती गरेको दिन अपी हिमालको भिडियो पोस्ट गरेर जिस्किए । दार्चुलामा नेपाली भूमिमा भारतीय सेनाको हेलिकप्टर उड्दा जिस्किने जानकारी दिए । गरिबको टेम्पो भिरबाट फालिएको प्रश्नमा  देश बनाउने टोली सार्वजनिक गरेर हामीलाई जिस्काए । हामी हाँस्यौ । मिचिएको नेपाली भूमि फिर्ताको माग गर्दा नेपालले पनि भारतको भूमी मिचेको भन्ने भाषण सदनमा गरेर हदैसम्म जिस्किए । सुधन गुरुङले राजीनामा दिनुपर्दा  सुकुम्बासी बस्तीमा डोजर लगाएर जिस्किए । राष्ट्रपति रामचन्द्र पौडेलको सदनमा सम्बोधन चलिरहँदा संसद बंक गरेर प्रधानमन्त्री जिस्किए ।        उनको जिस्कने बानी अहिलेको होइन । श्रीमतीको गाडी प्रहरीले चेक गर्दा सिंहदरबार जलाउने धम्की दिए एक वर्ष पुरा नहुदै धम्की वास्तविकतामा परिणत भयो । सिंहदरबार जलाउनेलाई पानी वितरण गर्ने केटोलाई गृहमन्त्री बनाएर नेपाली जनतालाई जिस्काए । अहिले त्यही केटासङ्ग अंगालो मारेर तस्बिरमा जिस्किए । प्रधानमन्त्रीको जिस्कने कलालाई मान्नुपर्छ । यो मजा मजा मै नेपाललाई अमेरिकका बनाइदिने प्रधानमन्त्रीको सपना पुरा हुने वातावरण देखिदंैछ । हिन्दीमा एउटा उखान छ – ख्याल करता हे प्राण परता हे । त्यस्तो नहोस् ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्