सचेत नागरिकहरु भन्दैछन् पुराना भन्दा नयाँहरु भ्mन् चण्डाल देखिए । यो कुरा रास्वपा सांसद विश्वराज पोखरेलले आफूलाई विद्यालयको गेटमै स्वागत गर्न नआएको झोकमा विद्यालयका प्राध्यानाअध्यापकलाई थर्काएको भिडिओ बाहिरिएपछि अहिले सबैले थाहा पाए । चुपचाप घण्टीमा छाप हालेकाहरु पनि लज्जित भएका छन् । माननीय पोखरेलको सर्वत्र तीव्र आलोचना भइरहेको छ । यसै विषयमा पूर्व शिक्षामन्त्री समेत रहेका महावीर पुनले कडा आपत्ति जनाएका छन् । उक्त भिडिओ सामाजिक सञ्जालमा शेयर गर्दै पुनले लेखेका छन्, म यिनको नेता भएको भए ठाउँको ठाउँ बर्खास्त गरेर घर पठाउँथेँ । सांसद भनेको जनताको नोकर हो, धाक र रवाफ देखाउने शासक होइन । एउटा जनसेवक पुन र हाम्रो प्रहरी प्रशासनबाट निवृत्त व्यक्तिमा कति फरक सोचाइ हुन्छ, प्रष्ट भएन र ? पोखरेल तिनै व्यक्ति हुन जस्ले छ करोड देउवा दम्पतीलाई बुझाउन नसकेकोले प्रहरी महानिरीक्षक (आइजिपी) हुन नपाएको कुरा गर्थें । शेरबहादुर देउवाले यस्तालाई आइजिपी नबनाएको चिनेरै रहेछ । ईश्वर पोखरेल गृहमन्त्री हुँदा उनी प्रहरी नियमावली विपरित नाजायज तरिकाले एकल रूपमा बढुवा भएका थिए । तिनै व्यक्तिलाई रास्वपाले ओखलढुंगाबाट आफ्नो उम्मेदवार बनाएको थियोे । उनी नेपाली काङ्ग्रेसका कुमार लुइँटेल भन्दा जम्मा ५ मतको अन्तरले विजयी भएका थिए । अहिले सामाजिक संजालमा धेरैले सांसद पोखरेलले तुरुन्त माफी माग्नुपर्ने वा जनताले राइट टु रिकल मार्फत फिर्ता बोलाउनुपर्ने माग गरेका छन् । सांसदको यस्तो हर्कतपछि जनस्तरबाट चर्को विरोध भइरहेको छ । यता विवादित सांसद पोखरेलले माफी मागिसकेका छन् । जनताको सेवक भएर जनता त्यसमा पनि गुरुलाई थर्काउनु सामन्ती मानसिकता हो । माफी मागेर हुँदैन उनलाई रास्वपाले निश्चिति अवधिका लागि निलम्बन गर्नु पर्छ । गणतन्त्रमा जनताले कसैको हुकुम मान्न पर्दैन र हुँदैन पनि ।
