IMG-LOGO

प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति

 मंगल, बैशाख ८, २०८३  --

      प्रधानमन्त्री बालेन साह र साह नेतृत्वको सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण सुनेर नेपाली जनता छ्क्क परेका छन् । यति धेरै सुन, बैंक ब्यालेन्स, शेयरमा लगानी, यतिका घर घरेडी, जग्गा जमिनको विवरणले पुराना भन्दा धनाड्य यो मन्त्रीमण्डल देखियो । यति कि सबैभन्दा गरिब भनिएकी महिला तथा बालबालिका मन्त्री सीता बादीको सुन, नगद र अचल सम्पत्ति नै करोड माथि देखियो । त्यसकारण यो सरकारले अब भ्रष्टाचार गर्दैन भनेर सुनियो ।       कोही पनि व्यक्ति धनी हुँदैमा नैतिकवान हुन्छन् भन्ने के ग्यारेन्टी ? गरिब हुँदैमा बेइमान हुन्छन् भन्ने कहाँ नजिर छ । उखान त छ–जहाँ कंगाल उहाँ चण्डाल तर यो सबैमा लागु हुँदैन । हाम्रा प्रधानमन्त्री र मन्त्रीहरूको यत्रो सम्पत्ति कसरी आर्जन गरे ? त्यो खोजीको विषय भएको छ । सबै काम गरेर राजनीतिमा आएको अब भ्रष्टाचार गर्न पर्दैन भन्ने तर्क नै गलत छ । किनभने गृहमन्त्री सुधन गुरुङले चर्चित बिचौलिया दीपक भट्टसंग पाटनरशिप गरेको कुरा आइतबार बाहिर आएको छ ।       गृहमन्त्रीको कुरा सत्य हो भने गृहमन्त्रीले राजीनामा दिनुपर्छ । उनी लगायत प्रधानमन्त्री र सबै मन्त्रीहरुको सम्पत्तिको श्रोत छानबिन हुनुपर्छ । हाम्रो नेपाली समाजमा ४० वर्षको उमेरमा करोडौंको मालिक कोही पनि हुन सक्दैन । यदि हुन्छ भने त्यो मिहेनतको कमाइ हुन सक्दैन । पुर्खाको आर्जन हेर्ने हो भने २०२० सम्म अधिकांस जमिन, राणा शाह तिनका संरक्षक जमिनदारको हातमा थियो । अहिलेका मन्त्री ति वंशका पनि होइनन् त्यसैले सबैको सम्पत्तिको छानबिन हुनै पर्छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्