IMG-LOGO

मुलुक पाकिस्तानी मोडलतिर

 मंगल, चैत १७, २०८२  --

       बालेन सरकारको बिहानी संकेतले स्पष्ट पारेको छ कि यो सरकारले दन्दको बाटो समात्दै छ । झण्डै दुई तिहाई जनमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टीको बालेन सरकार गठन भएको २४ घन्टा नबित्दै प्रतिशोधको बाटोमा उन्मुख छ । यस्तो शासन पाकिस्तान र बाङ्गलादेश जस्ता मुस्लिम देशमा हामीले देखेको हो । बाबाको आशौच (जुठो) बारेका केपी ओली र आमाको आशौच बारेका रमेश लेखकलाई चैत १४ गते एकाबिहान निवास्थानबाट प्रहरीले पक्राउ गरिनु राम्रो संकेत होइन । विश्व यतिबेला इरान र अमेरिका–इजरायल युद्धमा छ । बालेन सरकार भने  गृहयुद्ध निम्त्याउने बाटोमा छ । संसारभर तेलको हाहाकार छ । यस्तो अवस्थामा के संसारमा कोही तटस्थ हुन्छ ? न्युट्रलमा त गेर चन्ज गर्ने क्षणिक समय हो नी । तटस्थताका अर्थ नबुझने अब कोही पनि छैन होला । मुलुकमा  ओली र लेखकको पक्राउले बहस सिर्जना भएको छ । एमाले सडकमा ओर्लिएको छ ।        भदौ २३–२४ गते भएको जेन्जी बिद्रोहमा ओली सरकारले जेन्जी युवाहरूलाई मारेको ज्यान मुद्दामा कार्वाही गर्न गौरीबहादुर कार्कीको जाँचबुझ आयोगले प्रतिवेदन दिएपछि तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बालेन सरकारका गृहमन्त्री सुधन गुरुङले हिन्दी फिल्म नायक जसरी एक्सन लिएका छन् । जून निर्णय साह्रै कच्चा छ । यो काम आइतबार वा सोमबार पनि गर्न सकिन्थ्यो । शनिबार बिहान जसरी ओलीलाई समातेर लगियो त्यसको निन्दा गर्नुपर्छ किनभने यो प्रतिशोध हो । कार्वाही प्रक्रियागत हुन्छ । मुलुकमा १० वर्षको सशस्त्र बिद्रोहको बल्ल खाटा बसेको बेला अर्को घाउ बनाउनु मिलेको नेपाली समाज खलबल पार्नु र भत्काउनु हो । हामी सबै जित्ने नीति बनाउनु पर्ने बेलामा यस्ता उल्फट्याङ्ग काम गर्ने होइन । दुई तिहाई नजीकको सरकारले कुशासनको अन्त्य, कालो बजारी नियन्त्रण गरेर काम गर्नुपर्ने थियोे तर प्रतिशोधको राजनीति गर्नु राम्रो काम हुँदै होइन । यसको नराम्रो परिणाम निस्कने निश्चित छ ।        अर्को कुरा यो सरकारले अब सहकारी ठगको आरोपमा अदालतले ३ करोड धरौटी लिएका रास्वपा सभापति रवि लामिछाने माथिको मुद्दा के गर्छ ? सहकारी पीडितका लागि के गर्छ ? सवाल यो पनि छ नि । विगतमा कांग्रेस र कम्युनिस्ट सरकारले गरेका भ्रष्टाचार खोज्नु, तिनीहरुको अवैध सम्पत्ति जफत गर्नु आफ्नो देशको विकास गर्नु त्यो पो बुद्धिमानी हुन्थ्यो तर सरकार यो र त्यो आरोपमा पाकिस्तानी र बाङ्गलादेशी मोडलमा प्रतिसोधको राजनीति निम्त्याउनु पतन मार्गतिर उन्मुख हुनु हो । हामी भन्छौं –समयमै बुद्धि फिरोस् ।    

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्