IMG-LOGO

नयाँ सरकारलाई शुभकामना

 मंगल, चैत १०, २०८२  --

               नेपालको संविधान २०७२ अनुसार एउटै राष्ट्रिय स्वतन्त्र पार्टीले झण्डै दुई तिहाइ ल्याएको छ । हुन त यसअघि पनि २०७४ सालमा एमाले र माओवादी गठबन्धनले झण्डै दुई तिहाई ल्याएको थियो । चुनाव पछि दुई पार्टीमा एकता पनि भएको थियोे । बिडम्बना दुई पार्टी एकता भएको दुई बर्ष नपुग्दै अदालतले फुटाइदियो । दुई पार्टी फुटेर तीन बाम भए हो त्यहीँ देखि जनतमा निराशा भयो । बामपंथी फुटेका मात्रै थिएनन् शत्रुतापूर्ण तरिकाले एक अर्कालाई सत्तोसराप गरेर एकले अर्कोलाई खुइलाइ रहेका थिए ।                तत्कालीन नेकपा माओवादी र एकीकृत समाजवादीले कांग्रेससँगै गठबन्धन गरेका थिए । एमाले प्रतिपक्षमा थियो । यो २०७९ पुग्दा स्थानीय चुनावमा बालेन साह र हर्क साङ्गपाङ्गको उदय भइसकेथियो । त्यो निराशाको घडीलाई छामेर टेलिभिजनकर्मी रवि लामिछाने घण्टी लिएर आम चुनावमा आए । पार्टी खोलेको छ महिनामा नै २० सीट ल्याएर राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रिय पार्टी भएको थियो । कम्युनिष्ट र कांग्रेसले जनताको निराशालाई बुभ्mन सकेनछन् । रास्वपा रवि लामिछानेलाई सहकारी ठगीको आरोपमा जेल हालियो । उनलाई अमानवीय व्यबहार तत्कालीन ओली सरकारले ग¥यो । जनताले रविको पक्ष ४० लाख हस्ताक्षर गरे । सरकारले नक्कली हस्ताक्षर भन्यो । जनतामा रविका पक्षमा माहोल बढ्दै गयो ।                जान्ने भएर ओली साकारले सामाजिक संजालमा प्रतिबन्ध लगायो । बालेन साहको भित्री योजनामा जेन्जीका नाममा भदौ २३–२४ गते राजधानीमा विद्रोह भयो । विद्रोहकै कारण तत्कालीन प्रधानमन्त्री केपी ओली हेलिकप्टर चढेर भाग्नु प¥यो । संसद विघटन भयो । छ महिनामा चुनाव गराउने अभिभारा सहित पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भयो । पुराना दल र गठबन्धन सस्कृतीबाट वाक्क जनताले नयाँ नायक खोजी गरे । बालेन साहलाई मार्केटिङ गरेर रास्वपाले झण्डै दुई तिहाई ल्यायो । १३ गते नयाँ प्रतिनिधि सभा सदस्यको सपथ ग्रहण हुँदैछ । त्यसपछि बालेन साहको नेतृत्वमा रास्वपाको बलियो सरकार गठन हुँदैछ । नयाँ सरकारलाई देश बिकास गर्न, बेथिति र सुशासन गराउन हाम्रो शुभकामना छ । देशले धेरै दुःख पाएको छ । जनताका आशालाई भरोसा दिन यो सरकार प्रतिबद्धताका साथ अगाडि बढोस् हाम्रो सुवेक्षा छ । हामी राम्रोलाई राम्रो नराम्रोलाई नराम्रो भन्ने छौँ । हामी सरकारको स्थायी प्रतिपक्ष हौं । चौथो अङ्गको भूमिका हामीले हिजो पनि निभाएका हौं, भोलि पनि निभाउने छौं ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्